Hindi Films

खगेन्द्र संग्रौलालाई गगन थापाको यस्तो पत्र !,के लेखे गगनले हेर्नुहोस!

Unknown | 14:46 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
gagan thapa फाल्गुन १३ - आदरणीय खगेन्द्र दाइ, कान्तिपुर दैनिकमा 'सौम्य मुद्रामा नरहरि र गगन' शीर्षकको लेखमार्फत तपाईंले प्रकट गर्नुभएको गुनासोलाई मैले 'मप्रतिको विश्वास र स्नेहमय थप्पड' का रूपमा लिएको छु। तपाईंजस्तै बौद्धिक अग्रजहरूबाट प्राप्त ज्ञानले नै मेरो विश्वदृष्टि विकसित र परिष्कृत भएको हो। लोकतान्त्रिक पाठशालाबाट शिक्षति र दीक्षति मैले समाजलाई हेर्ने 'वाम दृष्टिकोण' तपाइर्ंहरूकै संगतबाट पाएको हुँ। निरङ्कुशता, अन्याय र विभेदका विरुद्ध लड्ने आत्मबल र कुनै पनि विषयमा धारणा बनाउँदा व्यक्ति वा पार्टीगत लाभहानिमा होइन, समाजको बृहत्तर हितको आँखाबाट हेरिनुपर्छ भन्ने विवेक पनि तपाईंहरूकै सान्निध्यबाट प्राप्त गरेको हुँ। त्यसैले लेखमार्फत जुन प्रेमभावका साथ चासो राख्नुभएको छ, त्यसको सम्मान गर्दै केही गम्भीर विषयमा आफ्ना धारणा नराख्दा तपाईं स्वयं र आम पाठकहरूमा समेत केही भ्रमहरू स्थापित हुनसक्ने जोखिम भएकोले यो पत्र लेखेको छु।
पहिलो कुरा, अहिले संविधानसभाबाट बाहिरिएका दुई शक्तिमध्ये एमाओवादी मोर्चा भन्दैछ, '०४७ सालको संविधान ब्युँताउन खोजियो', अनि कमल थापाको दलको ठहर छ, '०४७ सालको संविधान ब्युँताउन दिइएन।' यी परस्पर विरोधी दुबै कुरा एकैपटक सत्य हुन सम्भव छ? वास्तवमा, कमल थापाले जे भन्नुभयो, त्यो नै सत्य हो, किनकि संविधानसभाले स्थापित गरिसकेको छ कि नयाँ संविधानको आधार बाह्रबुँदे समझदारी, जनआन्दोलन, विस्तृत शान्ति सम्झौता र मधेस आन्दोलन लगायतले मार्गनिर्देश गरेको अन्तरिम संविधान नै हो। त्यसैले लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीकरण लगायतका सिद्धान्तमा त प्रश्नसमेत उठाउन निषेध गरिएको छ। अतः नयाँ संविधानको मूल सिद्धान्त के हुन्छ भन्ने विषयमा प्रस्ट भइसकेकोले ०४७ को संविधान ब्युँताउन खोजियो भन्ने आरोप आधारहीन भएको वास्तविकता जनतामा सञ्चार गरी द्वन्द्वलाई रोक्नु बौद्धिक समुदायसमेतको उत्तिकै दायित्व हो भन्नेमा विश्वस्त छु। दोस्रो, वरिष्ठ पत्रकार विजयकुमारले भन्नुभए जस्तै यो संविधानसभामा जम्मा २ वटामात्र पार्टी छन्, '१२ बुँदे पार्टी' र 'कमल थापा पार्टी'। म '१२ बुँदे पार्टी'का बीचमा 'समझदारी' हुनुपर्छ भन्नेमा प्रस्ट छु। '१२ बुँदे पार्टी'को बीचमा फुट आयो भने परिवर्तनका उपलव्धि गुम्ने जोखिम त छँदैछ, संविधान बने पनि कार्यान्वयन सहज हुँदैन भन्ने चेतका साथ पार्टीमा, संविधानसभाभित्र र पार्टीहरूका माझमा समझदारीको निम्ति अनेकन विकल्पका साथ अन्य साथीहरूका साथ म प्रयासरत छु। चाहे आफू नरहेको संवाद समितिमा समेत निवेदन दिएर कात्तिक ११ गतेको बैठकमा राखेको प्रस्ताव होस् वा प्रधानमन्त्रीलाई समझदारीका निम्ति अग्रसरता लिन पार्टीभित्र गरिराखेको प्रयत्न अथवा विभिन्न पार्टीका युवा साथीसँग मिलेर चलाइएको दबाब अभियान होस्। यसरी हामीले निरन्तर बोलेका, लेखेका, प्रस्तुत गरेका यस्ता प्रयासहरू खगेन्द्र दाइसम्म पुगेनछन्। नेपथ्यबाट आएको प्रदीप दाइको झनिो स्वर सुन्नुभएको खगेन्द्र दाइले त्यो स्वर हाम्रो प्रतिनिधि आवाज हो र पार्टीभित्रका हाम्रा अनेकन प्रयासबाट निस्किएको हो भन्ने बुझ्न आवश्यक ठान्नुभएन होला। तपाईंकै शब्दमा 'कांग्रेस, एमालेको नौबुँदे पिरती'ले सहमतिको बाटो खोल्दैन, विकल्पका लागि तयार हुनुपर्छ भनेर पार्टीभित्र र सञ्चार माध्यममार्फत विवादास्पद भनिएका तीनवटै विषयमा मैले राख्दै आएको वैकल्पिक प्रस्ताव 'स्थायित्व, जनउत्तरदायित्व र समावेशिताका निम्ति प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसदबाट निर्वाचित राष्ट्रपति, ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत प्राथमिकता पहिल्यै तोकिएको प्रादेशिक सूचीसहितको मिश्रति प्रणाली सम्बन्धित प्रदेशका समुदायलाई सम्बोधन हुनेगरी नामाङ्कन र सिमाङ्कनका सन्दर्भमा सहमति गर्न जिल्लागत सीमा तोड्ने वा विवादित जिल्लालाई केन्द्रशासित राख्ने वा तेस्रो तह तय गरी त्यसको आधारमा प्रदेशको सिमाङ्कन' सायद पढ्न र सुन्न भ्याउनुभएन होला। मैले राजनीतिलाई कहिल्यै व्यक्तिगत नाफाघाटाको विषय बनाएको छैन। बरु सत्यको पक्षमा उभिँदा धेरैपटक राजनीतिक मूल्य चुकाउन तयार भएको छु। वर्तमानमा पनि अनेकन प्रकरणमा पार्टी नेतत्वको सिंगो पङक्त एकातिर हुँदा पनि त्यसको खिलाफमा उभिँदै गर्दा सत्ता राजनीतिमा पुग्ने नोक्सानीबारे म अनभिज्ञ छैन। संविधान निर्माणको सन्दर्भमा पनि आपmनो ब्रह्म र विवेकले देखेको कुरा निर्भिकतापूर्वक प्रकट गर्दा मलाई लाभहानिको कुनै प्रवाह छैन। अन्त्यमा, मेरो यो सार्वजनिक प्रतिक्रिया द्वन्द्वलाई रोकेर समझदारी निर्माणका लागि हामीले गरेका यावत प्रयत्नहरूमा ग्रहण नलागोस् भनेर मात्र हो, कुनै स्पष्टीकरण होइन। परिवर्तनका उपलब्धि संस्थागत गर्ने मेरो प्रयासमा तपाईंको चासो, चिन्ता र खबरदारीले मलाई थप सचेत बनाएको छ, त्यसका निम्ति हार्दिक धन्यवाद। - गगन थापा सभासद, नेपाली कांग्रेस
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments