यसकारण फिट छन् सलमानदेखि ऋतिक, थाहा पाउनुहोस् दीपिका र प्रियंकाको सुन्दरताको राज
|
भनिन्छ कलाकारहरु सबै भन्दा धेरै चनाखो आफ्नै शरिरको विषयमा हुनुपर्छ । शरीरमा भएको चमक जोगाउनका लागि केबल क्रिम पाउडर र लोसन लगाएर मात्रै हुँदैन खानामा पनि विषेश ध्यान दिनुपर्छ ।
शरीर जोगाउनकै लागि कतिपय कलाकारले आफुलाई मन पर्ने कुरा समेत खान छाडेका छन् । नायक रणबीर कपुरले ब्रेकफाष्टमा जहिले तीनवटा अण्डा खान्छन् तर, सेतो भाग मात्रै । ब्राउन ब्रेड उनलाई मन पर्ने अर्को परिकार हो । प्रोटिन शेक र बदाम पनि उनी खाने गर्छन् ।
भारतीय ब्रेकफाष्ट डोसा पटक्कै मन पर्दैन दीपिका पादुकोणलाई । सेतो अण्डाको अमलेट बनाएर खाने गरेकी दीपिका पाउरोटी त्यति मन पराउँदिनन् ।
आफ्नो शरीरको वारेमा निकै ख्याल राख्ने नायकको रुपमा चिनिन्छन् ऋतिक रोशन । उनी हरेक दिन ब्रेकफाष्टमा ४ वटा अण्डा खान्छन् भने प्रोटिन शेक र फ्रेश फ्रुट उनलाई नभई हुँदैन ।
आफ्नो शरीरको वारेमा निकै ख्याल राख्ने नायकको रुपमा चिनिन्छन् ऋतिक रोशन । उनी हरेक दिन ब्रेकफाष्टमा ४ वटा अण्डा खान्छन् भने प्रोटिन शेक र फ्रेश फ्रुट उनलाई नभई हुँदैन ।
गँठिलो ज्यानकै कारण लाखौं फ्यान बनाएका जोन अब्राहम हरेक बिहान ६ वटा अण्डा खान्छन् । बटर लगाएर ४ पिस पाउरोटी खाने गरेका जोन बदाम र फ्रेश जुस छुटाउँदैनन् ।
असाध्यै सामान्य ब्रेकफाष्ट खाने कलाकारको रुपमा चिनिन्छिन् करिना कपुर । बिहान उठ्ने बित्तिकै एक कप कफि खाने करिनाले केही फलफूल र परौठा खाने गर्छिन् । नायक सलमान खान हरेक दिन ब्रेकफाष्टको परिकार फेर्न मन पराउँछन् । ब्रेड, अण्डा, मिक्स भेजिटेवल, चपाती र दुध उनको ब्रेकफाष्ट मेनुमा जहिल्यै हुनेगर्छ । बिहान कहिल्यै हेभी खाना खाँदैनन् सलमान ।
खानाको विषयमा असाध्यै सजग हुने गर्छिन प्रियंका चोपडा । ब्रेकफाष्टमा दुईटा अण्डा र फ्रेश दुध खाने बानी छ उनको । यसको अतिरिक्त बदाम र नरीवल पानी पनि उनलाई मन पर्छ ।
अण्डा, केरा र प|mुटलाई विषेश ध्यान दिन्छिन् मल्लिका शेरावत । अन्य समयमा पनि कडा काम गरेको बेला फलफुल खाने बानी छ उनको । ‘हिरोपन्थी’वाट अभिनय सुरु गरेका टाइगर श्राफ अण्डाप्रेमी नायकको रुपमा चिनिन्छन् । उनी हरेक दिन ८ वटा अण्डा खान्छन् ।
|
Category: CelebrityNews And Gossips, News
0 comments