फेरी अर्को जहाज दुर्घटनाग्रस्त ,पाइलटले हामफालेर ज्यान बचाए
![]() |

पाइलटले हामफालेर ज्यान बचाए
एजेन्सी : भारतीय वायुसेनाको एडभान्स जेट ट्रेनर जहाज बुधबार दिउँसो दुर्घटनामा परेको छ । भारतको कलाईकोन्डा एयरबेसबाट करिब ५० किलोमिटर टाढाको बाहरागोरामा यो जहाज दुर्घटनाग्रस्त भएको हो ।
दिउँसो १ बजेर २८ मिनेटमा भएकव दुर्घटनाका क्रममा जहाजमा सवार दुबै पाइलटले हामफालेर ज्यान बचाएका छन् ।
यो दुर्घटना हुँदा जहाज आफ्नो नियमित तालिका अनुसारको मिसनमा थियो । वायुसेनाले जहाज दुर्घटना छानविनका लागि कोर्ट अफ इनक्वाइरी गठन गर्न आदेश दिएको छ। यो जहाजको लडाकू जहाजका पाइलटलार्इ तालिम दिनका लागि प्रयोग हुँदै आएको थियो ।
वायुसेनाले यो जहाजन बेलायतसँग सन् २०११ मा खरिद गरेको थियो । २००४ मा भएको ८ खर्बको सम्झौताका क्रममा दुर्इ इन्जिनवाला ६६ जटा ट्रेनर जहाज भारतले लिएको थियो ।
यसमा २६ वटा जहाज बेलायतबाटै ल्याइएको थियो भने बाँकी ४० वटा जहाज हिन्दुस्तान एरोनेटिक्स लिमिटेडमा बनाइएको थियो ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments