Hindi Films

बोक्सीको आरोपमा दिसा खुवाउने प्रहरी हिरासतमा

Unknown | 04:47 | 0 comments

म्याग्दी: सदरमुकाम बेनीमा एकजना महिलामाथि दिसा खुवाएर दुव्र्यवहार गर्ने दुईजना प्रहरी हिरासतमा परेका छन् । बुधबार बेनी नगरपालिका–७ क्याम्पसचोककी ४२ वर्षीया कोपिला बानियाँलाई बोक्सीको आरोपमा दिसा खुवाएर दुव्र्यवहार गर्ने ५० वर्षीया मैती थापा र २५ वर्षीया विश्सु केसीलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको हो । प्रहरी नियन्त्रणमा रहेका पीडक थापा पीडित बानियाँकी आफ्नै आमाजु र केसी भान्जी हुन् । उनीहरूले बोक्सीको आरोप लगाउँदै आफूलाई दिसा खुवाएको भनी पीडितले प्रहरीमा दिएको उजुरीका आधारमा उनीहरूलाई मुलुकी ऐन, अदालतको महलअन्तर्गत मुद्दा चलाएर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । यस्तो अपराध गर्नेलाई तीन महिनादेखि दुई वर्षसम्म कैद सजाय, रु पाँच हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै हुने कानुनी प्रावधान रहेको छ । सदरमुकाम बेनीमै एक महिलामाथि भएको यस्तो अमानवीय व्यवहारप्रति यहाँका सरोकारवालाले पीडकमाथि कडा कारबाहीको माग गरेका छन् ।

Category:

0 comments