Hindi Films


११. सूर्य नमस्कारको संस्कार
हिन्दुहरूले एकाबिहानै सूर्य भगवानलाई जल चढाउने परम्परा कायम राखेका छन् । यसो किन गरिएको हो भने बिहानीपख सूर्यका किरणलाई पानीमा हेर्दा वा सिधै हेर्दा आँखालाई राम्रो गर्छ अनि यो कार्य नियमित गर्दा हामी बिहानीको जीवनशैली अपनाउन थाल्छौं र बिहानको समय दिनको सबभन्दा प्रभावकारी भाग हो भनी प्रमाणित भएको छ ।
१२. टुप्पी पाल्ने चलन
आयुर्वेदका प्रमुख चिकित्सक सुश्रुत ऋषिले शिरको सबभन्दा संवेदनशील क्षेत्रका रूपमा अभिपति मर्मलाई लिएका छन् जहाँ सबै स्नायुका जालोहरू विद्यमान हुन्छन् । शिखा वा टुप्पीले यो क्षेत्रलाई संरक्षण गर्छ । यसमुनि दिमागमा ब्रह्मरन्ध्र हुन्छ जहाँ सुषुम्ना नाडी शरीरको तल्लो भागबाट आइपुग्छ । योगमा ब्रह्मरन्ध्रलाई सर्वोच्च, सातौं चक्र मानिन्छ जुन हजारवटा पात भएको कमलजस्तो देखिन्छ । यो बुद्धिविवेकको केन्द्र हो । बाँधिएको टुप्पीले यो केन्द्रलाई बलियो बनाउन मद्दत गर्छ र यहाँ रहेको ओजस् नामक सूक्ष्म ऊर्जालाई संरक्षण गर्छ ।tupi
१३. व्रतको संस्कार
आयुर्वेदमा व्रत लिनुका पछाडि रहेको सिद्धान्तका बारेमा चर्चा गरिएको छ । यो प्राचीन भारतीय स्वास्थ्य पद्धतिले थुप्रै रोगको आधारभूत कारण भनेको पाचन प्रणालीमा जम्मा हुने विकार नै हो भनी मानेको छ । विकारयुक्त पदार्थको नियमित सफाइले मानिसलाई स्वस्थ बनाउँछ । व्रत बस्दा पाचन अंगहरूले आराम पाउँछन् र शरीरका सबै संयन्त्र सफा हुन्छन् र सुध्रिन्छन् ।
Hand holding fork and knifeपूर्ण निराहार व्रतले स्वास्थ्य राम्रो बनाउँछ र व्रत लिएका बेलामा यदाकदा कागतीको रस मनतातो पानीमा राखेर लिँदा अपान वायुको समस्या पनि हुँदैन । आयुर्वेदले व्याख्या गरेअनुसार मानव शरीर पृथिवीजस्तै ८० प्रतिशत तरल तथा २० प्रतिशत ठोस हुने भएकाले चन्द्रमाको गुरुत्वाकर्षण शक्तिले शरीरको तरल पदार्थलाई असर पु-याउँछ ।
यसले शरीरमा भावनात्मक असन्तुलन ल्याउँछ र केही मानिस तनावयुक्त, झर्कोफर्को गर्ने र हिंस्रक हुन पुग्छन् । व्रत बस्दा यसको उपचार हुन्छ किनकि यसले शरीरमा रहेको अम्लीय वस्तुलाई घटाउँछ जसका कारण मानिसले आफ्नो दिमागी सन्तुलन कायम राख्छन् । अनुसन्धानले पत्ता लगाएअनुसार व्रत बस्दा क्यालोरीको नियन्त्रणका रूपमा प्रमुख स्वास्थ्य सम्बन्धी फाइदा हुन्छन् जस्तै क्यान्सर, मुटुरोग, मधुमेह तथा रोगप्रतिरोध क्षमतामा ह्रास लगायतका समस्याको जोखिम घट्ने हुन्छ ।manivelu-hindu-concepts-touching-feet-of-guru_ful
१४. खुट्टा ढोग्ने संस्कार
सामान्यतया तपाईं कि त वृद्ध कि त पवित्र व्यक्तिको चरण स्पर्श गर्नुहुन्छ । उहाँहरूले तपाईंको घटेको अहंकार (जसलाई श्रद्धा भनिन्छ) बाट उत्पन्न भएको सम्मानलाई स्वीकार गरेपछि उहाँहरूको हृदयले सकारात्मक सोच पैदा गर्छ (जसलाई करुणा भनिन्छ) र यो तपाईंकोमा उहाँहरूको हात र गोडाका औंला मार्फत पुग्छन् । सारमा भन्दा यो वृत्ताकार पूर्णताले ऊर्जाको प्रवाहलाई सशक्त बनाउँछ र ब्रह्मा
ण्डीय ऊर्जालाई अभिवृद्धि गर्छ जसबाट दुई मन र मुटुलाई तत्काल जोड्छ ।
एक हदसम्म यही कुरा हात मिलाउँदा र अंगालो हाल्दा समेत प्राप्त हुन्छ । हाम्रो दिमागबाट शुरु हुने स्नायु शरीरभरि फैलिन्छ । यी स्नायुहरू हात र गोडाका औंलाका टुप्पामा गएर टुंगिन्छन् । तपाईंले हातका औंलाका टुप्पा उहाँहरूका गोडाका औंलामा छुवाउँदा तत्कालै एक वृत्त बन्छ र दुई शरीरका ऊर्जाहरू जोडिन्छन् । तपाईंका औंला र हत्केला ऊर्जाको संप्रापक बन्छन् र सम्माननीय व्यक्तिको गोडा ऊर्जाको प्रदाता बन्छ ।sindoor american nepali
१५. सिन्दूर लगाउने चलन
विवाहिता महिलाले सिन्दूर लगाउनुमा शरीरवैज्ञानिक महत्व छ । बेसार र कागतीलाई पारो धातुसँग मिसाएर सिन्दूर तयार गरिन्छ । यसमा राखिएको पारोमा भएका आन्तरिक वस्तुले उक्तचाप नियन्त्रण गर्नुका साथै यौन इच्छालाई पनि तीव्र बनाउँछ । यसैकारण विधवाहरूलाई सिन्दूर लगाउन प्रतिबन्ध लगाइएको हो । यसको उच्चतम परिणाम प्राप्त गर्नका लागि सिन्दूर पीयूषिका ग्रन्थिसम्म लगाउनुपर्छ जहाँ हाम्रा सबै अनुभूतिहरू केन्द्रित हुन्छन् । पारोले तनाव र ऐंठनलाई हटाउन समेत मद्दत गर्छ ।
१६. पीपलको रुखलाई पूजा गर्ने संस्कारPeepal-Tree
पीपलको महत्व साधारण मानिसका लागि छायाँ दिनेबाहेक अरू खासै छैन । पीपलमा मीठो फल लाग्दैन, यसको काठ बलियो पनि हुँदैन अनि एकजना साधारण गाउँलेले यसलाई पूजा गर्ने वा वास्ता गर्ने किन गर्नुप¥यो ?
रातको समयमा पनि अक्सिजन पैदा गर्ने रुखमध्ये पीपल पनि एक हो भनी हाम्रा पूर्खाहरूलाई थाहा थियो । त्यसैले यस्तो अद्वितीय विशेषताले भरिएको यो रुख बचाउनका लागि उहाँहरूले शायद यसलाई ईश्वर÷धर्मसँग जोडेका हुन् ।
१७. तुलसीको पूजा गर्ने संस्कार
हिन्दु धर्मले तुलसीलाई आमाको दर्जा दिएको छ । संसारका धेरै भागमा यसको धार्मिक तथा आध्यात्मिक महत्वलाई स्वीकार गरिएको छ । वैदिक ऋषिहरूलाई तुलसीको महत्वका बारेमा जानकारी भएकाले तुलसीलाई देवीका रूपमा लिएका थिए र समुदायका सबैले यसको ध्यान दिनुपर्छ भनी प्रस्ट सन्देश दिएका थिए । यो मानवजातिका लागि सञ्जीवनी जस्तो भएकाले हामी यसलाई संरक्षण गर्न कोशिश गर्छौं ।4_Tulsi_108989921
दिनदिनै चियामा वा पानीमा तुलसी राखेर पिउँदा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र पिउने व्यक्तिलाई रोग लाग्नबाट बचाउँछ, स्वास्थ्य स्थितिलाई स्थिर राख्छ तथा शारीरिक प्रणालीलाई सन्तुलनमा राख्छ अनि सबभन्दा महत्वपूर्ण कुरा जीवन लम्ब्याउँछ । घरमा तुलसीको बिरुवा लगाउँदा कीरा र लामखुट्टे घरमा पस्न पाउँदैनन् । सर्पहरू पनि तुलसीको बिरुवानेर जाने हिम्मत गर्दैनन् भनिन्छ । शायद त्यसैले होला प्राचीनकालका मानिस घरनजिकै तुलसी रोप्थे ।
१८. मूर्तिपूजाको संस्कारlarge
हिन्दु धर्मले अन्यका तुलनामा मूर्तिपूजालाई बढी प्रोत्साहन गर्छ । अनुसन्धाताका अनुसार प्रार्थनालाई बढाउने उद्देश्यका साथ यो प्रथा शुरु भएको हो । मनोवैज्ञानिकहरूका अनुसार मानिसले आफूले देखेका कुराका आधारमा विचार बनाउँछ ।
तपाईँका अगाडि तीनथरी विभिन्न वस्तु छन् भने तपाईँको सोच हेरिरहेको वस्तुका आधारमा परिवर्तन हुन्छ । त्यसैले प्राचीन भारतमा मूर्तिपूजाको प्रथा स्थापना गरिएको थियो ताकि मान्छेले मूर्ति हेरेर ध्यानस्थ हुन सकून् जसबाट आध्यात्मिक ऊर्जा प्राप्त होस् र कुनै मानसिक विषयान्तर विना ध्यान गर्न सकून् ।
१९. चुराको संस्कारbangle_ktm
सामान्यतया मान्छेको नाडी लगातार चलिरहेको हुन्छ । अनि नाडीको नसा छामेर नै सबै किसिमका रोग परीक्षण गर्न सकिन्छ । महिलाहरूले प्रयोग गर्ने चुरा प्रायः नाडीमा नै लगाइन्छ र यसको लगातार घर्षणले रक्तसञ्चारको तहलाई बढाउँछ । अझ, बाहिरी छालाबाट प्रवाहित बिजुली वृत्ताकार चुराका कारण शरीरमै फर्केर आउँछ । चुराको छेउटुप्पो नहुने हुनाले ऊर्जा बाहिर जाँदैन बरू शरीरमै फर्किन्छ ।
२०. मन्दिर जाने संस्कार
मन्दिरहरू यस्तो ठाउँमा राखिएका हुन्छन् जहाँ उत्तर÷दक्षिण ध्रुवको चुम्बकीय तथा विद्युतीय वितरणबाट प्राप्त सकारात्मक ऊर्जा प्रशस्त उपलब्ध हुन्छ । मुख्य मूर्ति मन्दिरको ठीक केन्द्रमा राखिएको हुन्छ जसलाई गर्भगृह वा मूलस्थान भनिन्छ । वास्तवमा मूर्ति प्रतिष्ठा गरेपछि मन्दिरको संरचना निर्माण गरिन्छ । यही मूलस्थानमा पृथिवीका सबभन्दा धेरै चुम्बकीय तरंग पाइन्छन् । मुख्य मूर्तिमुनि वैदिक लिपि खुँदिएका ताम्रपत्र पनि गाडिएका हुन्छन् ।
ताम्रपत्रले पृथिवीका चुम्बकीय तरंगलाई सोस्छ तथा त्यसलाई वरपरको वातावरणमा फैलाउँछ । त्यसैले नियमित रूपमा मन्दिर भ्रमण गर्ने र मुख्य मूर्तिलाई दाहिने घुम्ने व्यक्तिले यो चुम्बकीय तरंगलाई ग्रहण गरेर शरीरले सोस्छ । यो एकदमै ढिलो प्रक्रिया हो र मन्दिरको नियमित भ्रमण गर्दा यो सकारात्मक ऊर्जालाई सोस्न मद्दत गर्छ । वैज्ञानिक रूपमा भन्नुपर्दा स्वस्थ जीवनका लागि हामी सबैलाई सकारात्मक ऊर्जा आवश्यक हुन्छ ।1358493429_0!!-!!manakamana-temple-nepal-kathmandu
 स्रोत : लोकांतर 
 

१. नमस्कारको चलन namaskaar
हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ ।
तर वैज्ञानिक रूपमा भन्नुपर्दा दुवै हात जोड्नाले सबै औंलाका टुप्पा जोडिन पुग्छन् र तिनले आँखा, कान र दिमागका चाप विन्दुहरूलाई जनाउँछन् । ती सबैलाई एकैचोटि दबाउँदा चाप विन्दुहरू सक्रिय हुन्छन् जसका कारण हामीले अभिवादन गरिएको व्यक्तिलाई लामो समयसम्म सम्झन मद्दत पुग्छ । अनि कुनै शारीरिक सम्पर्क नभएकाले कीटाणु सर्ने पनि भएन ।
२. महिलाले गोडाका औंलामा औंठी लगाउने चलन ring
भारतीय हिन्दु महिलाहरूले आफ्नो  गोडाको औंलामा औंठी लगाउने गर्छन् । यो विवाहिता महिलाको विशेषता मात्र नभएर यसका पछाडि वैज्ञानिक कारण पनि छ । सामान्यतया औंलाका औंठी दोस्रो औंलामा लगाइन्छ । दोस्रो औंलामा रहेको एक विशेष नसाले गर्भाशयलाई जोड्छ र त्यो मुटुमा पुग्छ ।
यो औंलामा औंठी लगाउँदा गर्भाशय मजबुत हुन्छ । यसले रक्तप्रवाहलाई नियमित गरेर स्वस्थ बनाउँछ र महिनावारीलाई नियमित बनाउँछ । यो औंठी चाँदीको हुने हुनाले यसले पृथिवीबाट ध्रुवीय ऊर्जालाई सोस्छ र शरीरमा पठाउँछ ।
३. नदीमा सिक्का फाल्ने चलन coin
नदीमा सिक्का फाल्दा सौभाग्य प्राप्त हुन्छ भन्ने कारण प्रायः दिइन्छ । तर वैज्ञानिक तवरले भन्नुपर्दा प्राचीन समयमा प्रयोग गरिने अधिकांश मुद्राहरू तामाबाट बनेका हुन्थे, अहिलेको जस्तो स्टिलबाट हैन । तामा मानव शरीरका लागि अत्यन्त उपयोगी धातु हो ।
पहिले नदी मात्र जलको स्रोत भएकाले पानी पिउँदा हाम्रो शरीरले पर्याप्त मात्रामा तामा पनि लिन सकोस् भनी सुनिश्चित गर्नका लागि हाम्रा पुर्खाले तामा फाल्न लगाएका हुन् । यो अभ्यास पालन गरून् भनी सुनिश्चित गर्नका लागि यसलाई परम्परा नै बनाइएको हो ।
४. निधारमा ‘तिलक’ लगाउने चलनtilak
निधारमा दुई आँखीभौंको बीचमा रहेको थलोलाई प्राचीनकालदेखि नै मानव शरीरको प्रमुख स्नायुविन्दुका रूपमा लिइन्थ्यो । ऊर्जाको क्षय रोक्नका लागि तिलकको महत्व रहेको विश्वास गरिन्छ ।
आँखीभौंका बीचमा रातो ‘कुमकुम’ लगाउँदा मानव शरीरमा ऊर्जा कायम राख्न मद्दत पुग्छ र ध्यानका विविध तहलाई नियन्त्रण गर्न सकिन्छ ।
आँखीभौंको मध्यको भाग र आद्यचक्रमा कुमकुम लगाउँदा ती स्वतः थिचिन्छन् । यसले अनुहारका मांसपेशीमा रक्तप्रवाहलाई बढाउँछन् ।
५. मन्दिरमा घन्टी राख्ने चलन temple_bell-desinema
मन्दिरमा दर्शन गर्न आउने मानिसले गर्भगृह, भन्नाले मूर्ति राखेको ठाउँ, मा प्रवेश गर्नुअघि घन्टी बजाउँछन्, बजाउनुपर्छ । आगमशास्त्रका अनुसार घन्टीकोले पाप शक्तिहरूलाई भगाउँछ भने भगवानलाई घन्टीको आवाज सुमधुर लाग्छ । तर यसको वैज्ञानिक कारणका बारेमा कुरा गर्नुपर्दा घन्टीको ध्वनिले हाम्रो मनलई सफा पारेर हामीलाई जागरुक बनाउन तथा भक्तिको उद्देश्यपूर्तिका लागि पूर्ण ध्यान दिन मद्दत गर्छ ।
यी घन्टीहरू यसरी बनाइएका हुन्छन् कि तिनले ध्वनि निकाल्दा तीखो र लामो आवाज सुनिन्छ जुन प्रतिध्वनिको अवस्थामा कम्तीमा सात सेकेन्डसम्म सुनिन्छ । प्रतिध्वनिको समयावधिले हाम्रो शरीरका सातैवटा रोगनिवारक केन्द्रलाई सक्रिय बनाउँछ । यसले हाम्रो दिमागबाट सबैखाले नकारात्मक विचार हटाउन मद्दत गर्छ ।
६. मसलापछि मिठाइ खाने चलन
हाम्रो भोजन अलिक मसलादार खानेकुराबाट शुरु गरेर अन्त्य चाहिँ गुलियो खानेकुराबाट गर्नुपर्छ भनी हाम्रा पूर्खाले जोड दिएका छन् । यस्तो भोजन व्यवहारको महत्व भनेको मसलादार खानेकुराले पाचन रस र अम्लहरूलाई सक्रिय बनाउँछ र पाचन प्रक्रिया सुचारु चलोस् भनी सुनिश्चित गर्छ भने मिठाइ वा कार्बोहाइड्रेटले पाचन प्रक्रियालाई घटाउँछ । त्यसैले मिठाइ जहिलेपनि अन्तिम वस्तुका रूपमा ग्रहण गर्न सिफारिस गरिन्छ ।
७. हात र गोडामा मेहेन्दी/हीना लगाउने चलन mehandi
हातमा रंग लगाउनुका अलावा मेहेन्दी एक अत्यन्त शक्तिशाली औषधीय जडीबुटी हो । विवाह प्रक्रिया तनावयुक्त हुन्छन् र प्रायः तनावले टाउको दुख्ने र ज्वरो फुटाउने काम गर्छन् । विवाहको दिन नजिकिँदै गर्दा उत्सुकताका साथ मिसिएको तनावयुक्त पर्खाइले दुलाहा र दुलही दुवैलाई असर पार्छ । मेहेन्दी लगाउँदा अत्यधिक तनावलाई रोकथाम गर्छ किनकि यसले शरीरलाई चिस्याउँछ र नसालाई तनावयुक्त हुन दिँदैन । यही कारणले गर्दा मेहेन्दी हात र गोडाहरूमा लगाइन्छ जहाँ शरीरका नसाका टुप्पाहरू विद्यमान हुन्छन् ।
८. भुइँमा बसेर खाने चलन padmasan_eating
भुइँमा बसेर खाने यो परम्परा मात्र होइन । यसलाई त सुखासनमा बस्ने अनि खाने रूपमा लिइन्छ । सुखासन हामीले प्रायः योग आसनका लागि प्रयोग गर्छौं ।
तपाईं भुइँमा बस्नुहुँदा प्रायः गोडा मारेर बस्नुहुन्छ : सुखासन वा अर्धपद्मासन । यी आसनले तत्कालै शान्तिको अनुभूति दिलाउँछन् र पाचनमा मद्दत पु¥याउँछन् । यिनले स्वतःस्फुर्त रूपमा पेटलाई पाचन प्रक्रियामा जानका लागि तपाईंको दिमागलाई संकेत दिन्छन् ।
९.उत्तरतर्फ टाउको फर्काएर सुत्नुहुन्न भन्ने विश्वास
भन्न त यसो गर्दा भूत वा मृत्युलाई डाक्ने काम हुन्छ भनिन्छ तर यसो किन गरिन्छ भने मानव शरीरको आफ्नै चुम्बकीय क्षेत्र हुन्छ (जसलाई रक्तप्रवाहका कारण मुटुको चुम्बकीय क्षेत्र भनिन्छ) र पृथिवी एक विशाल चुम्बक हो । हामी उत्त।तिर टाउको फर्काएर सुत्दा हाम्रो शरीरको चुम्बकीय क्षेत्र पृथिवीको चुम्बकीय क्षेत्रसँग पटक्कै तालमेल खाँदैन ।sleeping
त्यसले रक्तचाप सम्बन्धी समस्या निम्त्याउँछ र हाम्रो मुटुले चुम्बकीय क्षेत्रहरूको यो बेमेलमाथि विजय पाउन बढी मेहनत गर्नुपर्ने हुन्छ । योबाहेक पनि हाम्रो शरीरमा बग्ने रगतमा उल्लेख्य मात्रामा फलाम पाइन्छ । अनि यसरी उत्तर फर्किएर सुत्दा शरीरभर फैलिएको फलाम दिमागमा जम्मा हुन थाल्छ । यसले टाउको दुख्ने, विस्मरण रोग लाग्ने, ज्ञानको घटी, पार्किन्सन रोग र दिमाग बिग्रदै जाने समस्या आउँछ ।
१०. कान छेड्ने चलन
कान छेड्नुको भारतवर्षीय संस्कारमा ठूलो महत्व छ । भारतीय चिकित्सक तथा दार्शनिकहरूले कान छेड्दा विद्वत्ता, सोच्ने शक्ति तथा निर्णय लिने क्षमताको विकासमा मद्दत गर्छ ।ear-ring
धेर बोल्दा जीवन ऊर्जा हराउँदै जान्छ । कान छेड्नाले बोली नियन्त्रणमा मद्दत पुग्छ । यसले अस्वाभाविक व्यवहार घटाउन मद्दत गर्छ र कानका च्यानलहरू विकारमुक्त हुन्छन् । यो विचारले पश्चिमी जगतलाई समेत आकर्षण गरेको छ, त्यसैले पश्चिमाहरू पनि फेसनकै लागि भएपनि सुन्दर इयररिङ लगाउनका लागि कान छेड्न थालेका छन् ।
स्रोत : देसिनेमा
 यदि भनिएजस्तो भएको खण्डमा नेपाली चलचित्रका उदयमान सुपरस्टार नायक अनमोल केसी सर्वाधिक पारिश्रमिक लिने नायक बन्नेछन् । केही महिना अगाडि एक चलचित्रको पत्रकार सम्मेलनमा नायक निखिल उप्रेतीले एउटा चलचित्रबाट २० लाख पाएको खण्डमा बर्षमा २ वटा मात्र चलचित्र गर्ने बताएका थिए । तर, निखिललाई २० लाख दिन अझै कोही निर्माता तयार भएका छैनन् ।

तर, सुपरस्टार नायक केसीलाई भने २० लाख पारिश्रमिक दिएर चलचित्र बनाउन निर्माता-निर्देशक तयार भएको श्रोतले बताएको छ । ‘केसर’ नाम राखेर काम भैरहेको चलचित्रका लागि अनमोललाई २० लाख पारिश्रमिक दिन लागिएको हो । साथमा नायक भूवन केसीको ब्यानर ‘द सुपर काजोल’ले यसमा ४० प्रतिशत लगानी गर्नेछ ।
नायक भूवन केसीले भने अनमोलले २० लाख पारिश्रमिक भन्दा पनि कथा हेरेर काम गर्छु भनेको बताए । उनका अनुसार अहिले नै अनमोलले काम गर्ने नगर्ने कुनै संझौता भएको छैन । उनले निर्मात्री पूनम गौतमले भने अनमोललाई २० लाख दिएर काम गर्न अफर गरेको बताए । भूवनका अनुसार निर्माता सुवास गिरी र र द सुपर काजोल फिल्मस्ले मिलेर चलचित्र बनाउने कुरा भएको छ ।
बेलायत र नेपालमा छायांकन हुने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । निर्माता सुवास गिरीको यसमा लगानी रहनेछ । अहिलेसम्म निर्माणपक्षले यसमा कुनै मुख खोलेको छैन । निर्माता गिरी नेपालबाहिर रहेकाले पनि अनमोलसँग संझौता हुन बाँकी रहेको हो । तर, मौखिक रुपमा सम्पूर्ण सहमती भैसकेको वुझिएको छ ।
चलचित्र ‘गाजलु’मा पनि महंगो पारिश्रमिक लिएका अनमोलले बर्षमा एउटा मात्र चलचित्रमा अभिनय गर्दै आएका छन् । उनले अभिनय गरेको होम प्रोडक्शन चलचित्र ‘ड्रिम्स’ले नेपालबाट मात्र २ करोडको शेयर दिएको थियो । यसैले पनि अनमोल र उनका पिता भूवन केसी महंगो पारिश्रमिक र शेयर विना चलचित्रमा संझौता गर्दैनन् । अहिले, अनमोलको करिअरमा भूवनको प्रत्यक्ष हस्तक्षेप छ । शेयर नपाएका कारण अनमोलले केही चलचित्र छाडेका पनि छन् ।

समुन्द्र शास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्बन्धि विभिन्न कुरा भविष्यवाणि गर्न सकिन्छ । शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् जुन गुण हुने ब्यक्ति सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् ।
उक्त पुराणमा भाग्यमानी हुने कन्याको उल्लेख गरिएको छ । यी १२ गुण हुने युवतीसँग विवाह गर्ने पुरुष राजा समान बन्न सक्ने समेत उक्त पुराणमा उल्लेख छ ।
यस्ता आँखा हुनेसँग बच्नुस्
१ समुन्द्र शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् ।
२ कालो कपाल भएका र आगाडीपट्टी झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुन्द्र शास्त्रको भनाइ छ । चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ ।
३ गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।
४ जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ
५ सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यवती मानिन्छन् ।
६ आँखी भौ जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ



संसारमा जीवको सृष्टिसँगै महिला र पुरुष गरी दुई जात बने । ती दुईको सम्बन्धबाट जीवनको विस्तार हुँदै गयो । मानिस तथा जनावरमामात्र हैन कतिपय रुखबिरुवामा समेत भाले र पोथी गरी दुई जात छन् । प्रकृतिले नै ती दुई जातलाई कतिपय अलगअलग काम लगायो भने कतिपय समाजले महिला र पुरुषको कार्य विभाजन गर्य ।
प्रकृतिले छुट्याएका काम अझै पनि जस्ताको तस्तै सम्पादन दुवैथरिले गर्दै आएका भए पनि समाज र मानवजातिले लगाएका काममा भने समयअनुसार परिवर्तन हुँदै आएको छ । विभिन्न धर्मशास्त्र तथा समयअनुसारका अरु नीति–तर्कशास्त्रले मात्र नभई साहित्यले समेत स्त्री र पुरुषलाई सामाजिक गुणका आधारमा विभाजन गरेको छ । मुख्यतया स्त्रीलाई सौन्दर्य, माया, वाणी, कोमलता, क्षमा आदिजस्ता गुणका आधारमा हेरियो भने पुरुषलाई वीरता, पराक्रम, नेतृत्व तथा उद्यमशीलाता आदिजस्ता गुणले हेर्ने काम भयो । हुन त यी दुवै प्रकारका गुण दुवै जातिमा पाइन्छ, तर पनि हजारौँ वर्षसम्म समाजमा यो परम्परा बन्यो र अझै छँदैछ । गुणको आधारमा फरक गर्ने काम विकासशील राष्ट्रमा मात्र नभई अत्यन्त विकसित राष्ट्रमा पनि उत्तिकै भएको पाइन्छ ।

यसरी प्राकृतिकरूपमा आएको भन्दा फरक ढंगले शास्त्रले गुण विभाजन गर्दा स्त्रीका गुणलाई ऐश्वर्य भनियो, जुन सातप्रकारका हुन्छन् । तर, पुरुषका गुण भने प्रकृतिसँगै जोडेर बनाइयो । शास्त्रीय भाषामा प्रकृति भनेको पञ्चमहाभूत पृथ्वी, जल, आकास, वायु र अग्नी तथा मन, बुद्धि र अहंकार गरी आठ तŒवको सम्मिश्रण हो । यही आठ तŒवमध्ये जुन गुण बढी हुन्छ, त्यो पुरुष त्यही गुणको अधीनमा रहन्छ । जुन गुणको प्रधानता हुन्छ, पुरुषले त्यही गुणअनुसारको कर्म गर्छ । ती प्राकृतिक पुरुष गुण कस्ता हुन्छन् त ?

पृथ्वी स्वभाव भएका पुरुष सुव्यवस्थित हुन्छन्, स्थिर स्वभावका हुन्छन्, कर्ममा विश्वास गर्छन् । भोगविलासमा बढी लाग्छन् । उनीहरू धेरै हदसम्म रजोगुण र तमोगुणको बीचतिरको जीवननिर्वाह गर्छन् । लोभ, स्वाद, पद उनीहरूको रहर हुन्छ र समाजको विकासमा लागिरहन्छन् । उनीहरू सांसारिकरूपमा खुसी र अध्यात्मिकरूपमा दुःखी जीवन बिताइरहेका हुन्छन् । खोज अनुसन्धानमा लाग्ने, धर्मलाई अन्धविश्वास हो भन्दै सबै विज्ञान हो भन्ने विचार तिनको हुन्छ । आजका सबै पुरुषमा धेरथोर यो गुण पाइन्छ । राजनीतिकर्मी, शिक्षक र अनुसन्धानकर्ता यो श्रेणीमा पर्छन् । तर, यस्ता पुरुष निश्चित गन्तव्यमा पुगेपछि प्रकृतिको अर्को गुणतर्फ आकर्षित हुन खोज्छन् ।

जल स्वभावका पुरुष मीठो बोलेर अरुलाई बसमा पार्ने, मीठो खानुपर्ने र रमाइलो धेरै गर्नुपर्ने खालका हुन्छन् । यिनीहरू भोलिबारे कममात्र चिन्ता गर्छन् । बचत गर्नुपर्छ भन्ने उनीहरूको विचार हुँदैन । कलाकार व्यवहारका यी पुरुष अरुको निन्दाचर्चा गर्दैनन् र आफ्नो निन्दाचर्चा अरुले गरेको पनि मन पराउँदैनन् । काममा नियमित नहुने हुँदा यस्ता मानिस जागिर वा उद्यममा खासै सफल हुँदैनन् । हाँसोठट्टामा धेरै समय बिताउने यस प्रकारका मानिसको अरुले कमै विश्वास गर्छन् । कलाकार, मूर्तिकार र गायक यो कोटीमा पर्छन् । बचतको अभावले यिनको जीवनको पछिल्लो पाटो विपन्नतामा बित्छ ।

अग्नि स्वभावका पुरुष नेतृत्वदायी भूमिकामा पुग्न आतुर हुन्छन्, यिनीहरूको स्वभाव चञ्चल हुन्छ, हमेसा नयाँ कुराको खोजीमा हुन्छन् । यिनीहरू तिखो बोल्ने हुँदा यदाकदा विवादमा आउँछन्, स्वभावैले भोक सहन नसक्ने तथा भोकाउँदा धेरै र जे पनि खाने बानी हुन्छ । क्रूर स्वभावका हुनेहुँदा माथिल्लो तहमा पुगे पनि टिकिरहन भने सक्दैनन् । अरुको अस्तित्व स्वीकार गर्न गाह्रो मान्ने उनीहरू धेरै स्थानमा लुकेर बस्ने चरित्रका हुन्छन् । तर, जब आफ्नो पालो आउँछ तब कसैलाई नछाड्ने खालका हुन्छन् । उनीहरू धार्मिक स्वभावका हुन्छन् र अन्धविश्वासी पनि हुन्छन् । उनीहरूलाई अरुले कुरा बुझाउन कठिन हुन्छ । आफूले भनेको कुरा अरुले नमानेमा रिसाउने र ती मानिससँग शत्रुता मोल्ने यस्ता पुरुषको स्वभाव हुन्छ । सरकार, सेना र प्रहरीका उच्च पदमा हुने पुरुषमा यो गुणको बाहुल्यता पाइन्छ ।

वायु स्वभावका पुरुष चञ्चल, दुब्ला र भ्रमणशील हुन्छन् । यस्ता मानिस एकै स्थानमा कर्म गर्न नचाहने हुन्छन् । धेरैजसो व्यापारीमा यो गुणको प्रधानता पाइन्छ । चाँडै रिसाउने पनि वायु स्वभावको गुण भएकाले उनीहरू कुनै पनि बेला अप्ठेरोमा पर्न सक्छन् । यही किसिमको कर्म–व्यापार गर्नुपर्छ भन्ने नभएकोले उनीहरू जे पनि गर्न अघि बढ्छन् । घर पनि परिवर्तन गरिरहन्छन् र पेशा पनि । आफ्नो पेशामा जति समर्पित भए पनि यो गुणप्रधान पुरुष झुट बोल्छ । आफ्नोमात्र स्वार्थमा कार्य गर्ने हुँदा यस्ता पुरुषबाट अरुलाई घाटा हुन्छ ।

आकास स्वभावका पुरुष काममा निपुण हुन्छन् । उनीहरू खुल्ला विचार र उच्च तथा प्रभावशाली भाषण गर्न सक्ने हुन्छन् । यो स्वभावका पुरुष कुशल प्रशासक, गतिशील नेता र प्रभावकारी शिक्षक हुन्छन् । यो स्वभावमा अग्नि तŒवका सकारात्मक गुण मिसिएको खण्डमा त्यो पुरुष अत्यन्त प्रभावशाली हुन्छ । सानातिना समस्यामा विचलित नहुने र कार्यलाई निरन्तरता दिने भएकाले यस्ता पुरुष सफल हुन्छन् । स्पष्ट विचार, धार्मिक भावना, सहयोगी र क्षमताका कारण यस्ता पुरुषका पछाडि धेरथोर मानिस सदैव हुन्छन् । उनीहरू पनि अरुलाई ध्यान दिन कहिल्यै चुक्दैनन् ।

माथिका पञ्चमहाभूतसँग सम्बन्धित गुणका पुरुषलाई प्रकृतिका अरु तीन तŒव मन, बुद्धि र अहंकारका आधारमा पनि पृथक बनाएको पाइन्छ । मनले देवताको गुणको प्रतिनिधित्व गर्छ भने बुद्धिले मानिसको गुणको । अहंकारले दानव गुणको प्रतिनिधित्व गर्छ । यी तीन नै सत्व, रज र तम गुणको आधार पनि हुन् । मन स्वभावका पुरुष देवतातुल्य हुन्छन् । शास्त्रका ज्ञाता, सत्मार्गमा लागेका उनीहरू समाजमा राम्रो व्यवहारको प्रचारमा लागेका हुन्छन् । उनीहरू त्यागी हुन्छन् । सामान्य क्रोध उनीहरूसँग भए पनि त्यसले कसैको केही बिगार्दैन । सबैसँग समान भाव राख्छन् र धर्मको रक्षामा आफूलाई समर्पित गर्छन् । उनीहरूको स्वभाव र भोजन दुवै सत्वगुणको हुन्छ । सेवा उनीहरूको आदर्श हुन्छ । जीविकाका निम्ति अरुमा भर पर्दैनन् । सत्य बोल्छन् र सामान्य जीवन बाँच्छन् । अरुको लागि युद्धै गर्नुपरे पनि निस्वार्थ ढंगमा गर्छन् । आफ्नो स्वार्थ नहुने र अरुको सेवामा तत्पर हुने हुँदा यस्ता पुरुष सबैको आदर्श हुन्छन् ।

बुद्धि स्वभावका पुरुष संगीतमा भिज्ने, राम्रो कपडा लगाउन मन पराउनेखालका हुन्छन् । कर्मयोगी उनीहरू साथी र नातागोताका सहयोगी हुन्छन् । कसैको दुःख हेर्न नसक्ने, ठीक–बेठीकबीच भेद गर्न सक्ने शक्ति हुन्छ । यो स्वभाव भएका पुरुष नेतृत्व तहमा भन्दा अलि तल बीचको स्तरमा बसेर काम गर्न रूचाउँछन् र सफल पनि हुन्छन् । रजोगुण प्रधान यस्ता पुरुषको खानामा चिल्लो, अमिलोको मात्रा बढी हुनेहुँदा रोगी हुन्छन् । अहिले संसारमा भएका अधिकांश पुरुष यही गुणमा आश्रित छन् । धन कमाउनु, परिवारका लागि खर्च गर्नु, रमाइलो गर्नु यो गुणका पुरुषको दिनचर्या हो । धर्म, पाप, झगडा, माया सबै यी गुणका पुरुषमा धेरथोर पाइन्छ ।

अहंकार स्वभावका पुरुष चाँडै रिसाउने, दुष्ट र रिस पछिसम्म राखी बदलाको भावमा काम गर्ने हुन्छन् । पापकर्ममा सदैव तत्पर यी हतियार संग्रह गर्छन् र डरधाकको जीवन बाँच्न चाहन्छन् । परिवार, समाजप्रति खासै वास्ता नगर्ने, धर्ममा विश्वास नगर्ने, कालो धन्दा र गलत व्यवसायमा लाग्छन् । केही समय राम्रो गरे पनि उनीहरूको जीवनको पछिल्लो समय कठिन हुन्छ । उनीहरूलाई राम्रो लगाउन र मीठो खान नपर्ने हुँदा हेर्दा पनि सारै सामान्य हुन्छन् । तामसी गुणयुक्त पदार्थ खानाले के ठीक, के बेठीक भन्ने छुट्उयाउन सक्ने शक्ति नास भैसकेको हुन्छ ।

माथिका कुनै एकमात्र स्वभाव भएको पुरुष समाजमा हुन सक्दैन । कुनै पुरुष जन्मँदा उसले स्वभाव साथमा लिएर जन्मँदैन । ऊ हुर्केको वातावरण, पाएको शिक्षा तथा उसले काम गर्ने स्थान र कामको प्रकृतिले समयअनुसार गुण परिवर्तन हुन्छ । तसर्थ, कसैलाई यो मानिस यस्तो भन्नेभन्दा पनि उसलाई प्राप्त वातावरणमा ध्यान दिनु जरुरी हुन्छ । कसैको गुण परिवर्तन गराउनुपर्यो भने पनि वातावरणमा परिवर्तन ल्याइदिनु जरुरी हुन्छ । 





चस्मा लगाएपछि आफू अगाडि उभिएको मान्छे नांगै देखिने (म्याजिक चश्मा)का नाममा ठगी गर्ने गिरोहका चार जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
जेठ १२ गते सुराकीको सूचनाका आधारमा प्रहरी हवल्दारसहित तीन जना र जेठ १६ गते थप एक जना गरी पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले आइतबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले कञ्चनपुरको बेलौरी गाविस ४ का २८ वर्षीय विक्रम चन्द, कञ्चनपुरकै त्रिभुवनबस्ती गाविस वडा नं २ ङ गाउँका रामप्रसाद उपाध्याय, कञ्चनपुरको लक्ष्मीपुर गाविस ९ घर भएका इलाका प्रहरी कार्यालय लम्कीमा कार्यरत प्रहरी हवलदार दिपकबहादुर सिंह र धनगढी नगरपालिका ३ विशालनगरका राजन भट्टलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।


प्रहरीले उनीहरुको साथबाट एक थान नक्कली चस्मा र लुटपाट गरिएका ५ थान एटिएम कार्ड तथा नगद बरामद गरेको जनाएको छ । प्रहरीले घटनाका मुख्य योजनाकारका रुपमा विक्रमचन्द रहेको जनाएको छ । विक्रमले आफूसँग म्याजिक चस्मा छ भन्दै ग्राहक बोलाउने र त्यसको बैना बापत रकम असुल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । ‘अहिले फोनबाट २५ लाखसम्मको बैना लिएको मौखिक खबरहरु आइरहेका छन, तर म्याजिक ग्लास नेपालमा प्रतिबन्ध भएकाले बैना पनि किन दियो भनेर उल्टै पक्राउ पर्ने डरले कसैले पनि लिखित उजुरी भने दिएको छैन’ प्रहरी नायव उपरीक्षक रमेश पण्डितले भन्नुभयो । यस्तै पक्राउ परेका रामप्रसाद उपाध्यायले पीडितलाई समातेर कुटपिट गरेको, प्रहरी हवलदार सिंहले होटलमा कोठा बुक गरी पीडितलाई धम्की दिँदै काबुमा लिने प्रयास गरेको प्रहरीले जनाएको छ । प्रहरीले धनगढीको टप टाइगर होटलको काठा नंं १०८ मा महोत्तरीका धीरेन्द्र पण्डितलाई नियन्त्रणमा लिएर कुटपिट गरिरहेका बेला तीनै जनालाई पक्राउ गरेको जनाएको छ । दुई दिनअघि मात्रै पक्राउ परेका राजन भट्टको साथबाट नक्कली चस्मा बरामद भएको र उनले म्याजिक चस्मा भन्दै नक्कली चस्मा आफूसँग राख्ने गरेको प्रहरी नायव उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो ।
नेपाल भारतमा विलय गराउँ: नेहरु, नाम नेपाल राखौं : महेन्द्र
प्रधानमन्त्री भएका बखत बीपी कोइराला भारत जानुअघि नेपाल कम्युनिष्ट पार्टीका तात्कालिन महासचिव केशरजंग रायमाझीलाई घरमा बोलाएर १० हजार रुपियाँ थमाए । नमागिएको पैसा पाएपछि रायमाझीले प्रयोजन सोधे । बीपीले भने– ‘ म गएपछि मेरा विरुद्ध नारा जुलुस गराउनुस् । त्यसो भयो भने मैले देश हितमा अरु बढी काम गर्न सक्छु ।’ नेहरुले नेपाल भारतसंग विलय गर्ने प्रस्ताव राख्दा राजा महेन्द्रले शर्त राखेका थिए रे– ‘देशको नाम चाहिँ नेपाल राखिनुपर्छ ।’ त्यो दूरदर्शिता अहिले मिथक बनेको छ ।
प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणसंग पनि यस्ता यक्ष प्रश्न जोडिएका छन् । बहुदलपछि बनेका प्रधानमन्त्री मध्ये कृष्णप्रसाद भट्टराई बाहेक अरुले भारतसंग सार्वभौम राष्ट्रको इज्जत धानेर संवाद नै गर्न सकेनन् । नेपाल भूमिमा क्रान्तिकारीहरु भारतको माटो टेक्नासाथ आज्ञाकारी हुने रोगबाट निरपेक्ष हुन सकेनन् ।
संग्रहालय पुगेर कोट सुम्सुम्याउदै बीपीसंग आफूलाई तुलना गर्ने आशाका पात्र प्रचण्ड भावनामा अघि काममा पछि देखिए । भाषणमा क्रान्तिकारी काममा आज्ञाकारी उनको पछिल्लो विशेÈता बनेको छ । बीपीकै सानिमाका छोरा सुशील मूल्य, मान्यता र आदर्शको रटबाट माथि नउठी भगवानका प्यारा भए । कुमार बन्नुबाहेक उनले कार्यशैलीमा न बीपी, न जीपीको छाप छोड्न सके ।
नेपालका कुनै कम्युनिष्ट नेतालाई अर्को देशको कम्युनिष्ट नेताले पत्याएर एउटा साइकल उपहार दिएको सुनिएको छैन तर तिनैले विरोध गर्ने राजा त्रिभुवनले हिटलरबाट पाएको गाडीको अवशेष अझै संग्रहालयमा सुरक्षित छ । जसरी रक्सी खान कुरानले बन्देज लगाएको तर भोड्का खान छूट दिएको भन्दै ज्यान छोडेर भोड्का तान्ने रुसी मुसलमानहरुको आलोचना गरिन्छ, त्यसैगरी कम्युनिष्टको खास्टो ओढेर हिङदेखि हर्दीसम्मको व्यापार भ्याउने चरित्रका कारण नेपाली नेताहरु बद्नाम छन् । कम्युनिष्ट नाम उनीहरुका लागि नक्कली जोगीले धसेको खरानीजस्तै भएको छ । जुन कम्युनिष्ट नेताहरु इमान्दार छन् , तिनीहरु जन्मेदेखि अहिलेसम्म सडकमै छन् । अपेक्षित इमान्दार नेताहरु ‘गद्दार’ को पुरस्कारबाट विभूषित हुने गरेका छन् । नेपालमा क्षमतावान नेता प्रशस्तै जन्मिए । कतिले सपना देखे, समय पाएनन् । अहिलेकाले समय पाए, सपनै देखेनन् ।
टंकप्रसाद आचार्य एकताका चीन भ्रमणमा थिए । त्यो बेला चीन र जापानबीच सम्बन्ध चिसिएको थियो । चीनले शान्तिदूतका रुपमा जापान गएर दुई देशबीचको सम्बन्ध सुलह गराइदिन गरेको आग्रहलाई उनले सफलतापूर्वक सम्पन्न गरिदिए । १४ भाषाका ज्ञाता मातृका प्रधानमन्त्री भइसकेपछि पनि अमेरिकाको राजदूत भएर पद सानो ठूलो हुँदैन भन्ने प्रमाणित गरे । राष्ट्रसंघमा अलिखित भाÈण गर्ने मातृका त्यसवेलाका विश्वकै चर्चित वक्ता थिए । पञ्चायत कालको सुनलाई पनि पितल देख्ने पूर्वाग्रही चश्मा ओढेका इतिहासकारहरुले मातृकाको त्यो छविप्रति कहिल्यै न्याय गरेनन् । बीपीले राष्ट्रिय स्वाधिनताका लागि बमदेखि साइनाइटसम्म बोके ।
अपठित जंगबहादुर कति अनुशासित थिए भने पानीजहाजमा गाई, पिपलसमेत लिएर बेलायत गए । रानी भिक्टोरियालाई प्रभावित पार्न सफल उनले उताबाट आउँदा जनता सूसूचित गर्न गिद्धे प्रेसमात्र ल्याएनन, त्यहाँका सैनिकको मार्चपास अवलोकन गरेर आफ्नो देशको सैनिक संरचनामा व्यापक सुधार गरे । राजा वीरेन्द्रले झण्डै डेढसय देशबाट नेपाललाई शान्तिक्षेत्र घोषित गराए । तर गणतन्त्र आएपछि लोकतन्त्रको जननी मानिने बेलायतमा रहेको नेपाली दूताबास कमिसनको चक्करमा बेच्ने प्रक्रिया आरम्भ भए ।
एउटा मानिस प्रत्येक दिन जंगलमा गएर मादल बजाउँथ्यो । मादल बज्नासाथ एउटा मृगको बच्चा कतैबाट दौडँदै आएर नजिकै बस्दथ्यो । एकदिन त्यो मानिसले मृगको बच्चासंग जिज्ञासा राख्यो– ‘मेरो गायन राम्रो कि ताल जसका कारण तिमी मैले मादल बजाएपछि नजिकै आएर बस्छौ ?’
मृगको बच्चाले जवाफ दियो– ‘मलाई थाहा छैन कि तपाईंको गायन राम्रो कि ताल । म त केवल यति जान्दछु– तपाईंको मादलमा रहेको छाला मेरी आमाको हो । जब तपाईं यसमा हान्नुहुन्छ मलाई लाग्छ, आमाले मलाई पुकार्दैछिन । तिनै आमाको आर्तनादले मलाई तपाईं सामु खिचेर ल्याएको हो । यदि परलोक छ भने देशमा प्रजातन्त्र ल्याउने लडाइँमा आफूलाई विसर्जन गरेका नेताहरुको अवस्था मादल सुन्ने पाठाको जस्तै हुँदो हो । बीपी, पुष्पलाल, गणेशमानसिंह, मदन भण्डारी, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराईजस्ता युगपुरुषहरु स्वर्गको आँखीझ्यालबाट यहाँको चर्तिकला त्यही पाठा झैं सुन्दा हुन् । अनि विरक्तिएर आर्तनादको दुन्दुभि बजाउँदा हुन् । आफ्नो विगत सम्झिदा उनीहरुलाई नै कहालीलाग्दो हो । देशको अगाध माया हुँदाहुँदै शक्तिको माथापच्चीका कारण त्यसबेला मिल्न नसकेकोमा राजा महेन्द्र र बीपी पश्चातापको आँसु बगाउँदा हुन् । हुन पनि उनीहरुले शासन गरेको त्यो युग स्वर्णयुग थियो । नेपाल र नेपालीको इज्जत थियो । राष्ट्रहितका लागि राजा रंक समान थिए ।
राजा महेन्द्र अमेरिकी राष्ट्रपति आइजनहावर निमन्त्रणामा अमेरिका जाने तयारीमा थिए । राजाकै लगानीमा निस्किने ‘हालखबर’ पत्रिकाले समाचार छाप्यो– ‘राजालाई स्वागत गर्न राष्ट्रपति आइजनहावर विमानस्थल नजाने ।’ त्यसबेला बीपी कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई सभामुख थिए । बीपीको अनुमति लिएर सभामुख भट्टराईले अमेरिकी दूताबासका कार्यबाहक राजदूत फिक्सलाई हप्काउँदै भने– ‘ हाम्रो राजालाई स्वागत नगर्ने ? हामीलाई सानो देश भनेर हेपेको हो ?’ राजदूतले स्पष्टीकरण दिंदै भनेका थिए– ‘हाम्रो राष्ट्रपति मुटु रोगी हुनुहुन्छ । कुटनीतिक मर्यादाका कारण विमानस्थलदेखि विमानसम्म चिसोबाट बच्न डाक्टरले दिएको टोपी लगाएर जान मिलेन् । त्यस्तो चिसोमा टोपी नलाई जानु झन् घातक हुन्छ । फेरि उमेरका दृष्टिले पनि उहा बृद्ध हुनुहुन्छ । डाक्टरले जतिबेलै पनि स्ट्रोक हुनसक्ने भविष्यवाणी गरेका छन् । त्यसैले नजाने भनेको हो ।’ अन्तर्राष्ट्रिय मञ्चमा त्यसबेला नेपालको कुटनीतिक मर्यादा र क्षमता यति शक्तिशाली थियो कि त्यस्ता गम्भीर विरामी आइजनहावर हेलिकोप्टरमा विमानस्थल गएर राजा महेन्द्रको भव्य स्वागत गरेका थिए । घटनाको यही संवेदनशिलतालाई हेरेर अमेरिकी सरकारले तत्काल प्रोटोकल फेरेर अब उप्रान्त विदेशी पाहुनाको स्वागतमा राष्ट्रपति विमानस्थल नजाने बरु पाहुनालाई हेलिकोप्टरमा ह्वाईट हाउस ल्याएर गार्ड अफ अनर दिने प्रचलन शुरु गर्यो ।नेपाली पाहुनाका कारण ६ दशकअघि फेरिएको त्यो चलन बाराक ओबामाको पालासम्म आइपुग्दा पनि कायमै छ ।
त्यतिमात्र होइन, दोस्रो विश्वयुद्धमा नेपालले गरेको उल्लेखनीय सहयोगप्रति कृतज्ञता जनाउँदै जर्मनी, बेलायतलगायत पूर्वी तथा पश्चिम युरोपका थुप्रै देशले नेपालीलाई यथास्थानमा आगन्तुक भिसा उपलब्ध गराउँथे । राजनीतिमा भात जित्ने तर भविष्य हार्ने खेलका कारण हाम्रो कुटनीतिक मर्यादा रसातलमा पुगेको छ । दल र नेताहरुको साख मेची र महाकालीबाट पारी तर्न सकेको छैन् ।
भारतमा नरेन्द्र मोदी नामको वर्षा हुँदा यहाँ अनगिन्ती छाता ओढ्नेहरु निस्कन्छन् । मुख्यमन्त्री हुँदा उनले गुजरातमा गरेको कायापलट कसैका लागि अनुकरणीय हुँदैन् । मोदीकी ८५ वर्षीया आमाले सार्वजनिक यातायात चढेर मतदान गरेको दृश्यले कसैलाई छुँदैन् । चिया पसले मोदी विशाल भारतको कार्यकारी पदमा कसरी पुग्यो ? त्यसको विश्लेषण छैन् । अब भारतीय जनताले देशका लागि मर्ने दिन गए भन्ने उद्घोष गर्ने मोदीको विकास आन्दोलनमा नेपालले उर्जा दिएर सघाउन सक्छ । नेपालले उत्पादन गर्ने जति पनि उर्जा अब भारतका लागि कम हुन्छ । बरु हाम्रा प्रधानमन्त्रीको उखान सुनेर मख्ख पर्न छाडेर यसखाले काममा तदारुकता देखाउन सके पुस्तौं पुस्ताका लागि असल कर्म हुने थियो । मोदीसंगको भेट छोरा या नातिलाई मेडिकल पढ्न पठाउने, औषधोपचार गराइ माग्ने, निर्वाचन क्षेत्रमा एउटा एम्बुलेन्स पाउन बिन्तीपत्र हुने संकीर्ण विचारमै सीमित गर्ने हो भने राजनीति नामको सौदा गर्नुको के अर्थ रहन्छ ?
कुनै पनि दलका अघिल्लो पुस्ताका नेता रहँदासम्म देशको साखमाथि कसैले खेल्न सकेको थिएन । चीनले सगरमाथा आफ्नो हो भनेर दाबी गर्दा बीपीले सोधेका थिए– ‘यदि सगरमाथा तिम्रो हो भने चिनिया भाषामा सगरमाथाको नाम के हो ?’ यसो भन्दा चिनियाले उत्तर दिए– ‘चोमोलोङमा ।’ बीपीले तत्काल प्रतिवाद गरी त्यो तिब्बती नाम भएको भन्दै सगरमाथाको लालपुर्जा नेपालको नाममा दिलाई छोडे । एशियाका कुनै देशले इजरायललाई स्वतन्त्र राष्ट्रको मान्यता दिनुअघि बीपीले मान्यता दिएर निर्णय क्षमताको परिचय दिएका थिए । जसका कारण भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु उनीसंग रुष्ट बनेका थिए ।
१९५० को सन्धिलाई नेहरु विश्वविद्यालयका प्रोफेसर मुचुकन्दले समस्याको बाकस भएको भन्दै यसलाई एकैपटक नखोल्न सुझाव दिएका थिए । मोहनशम्शेर जननिर्वाचित प्रधानमन्त्री थिएनन् । तर उनैले सन्धिमा सही धस्काएका थिए । सबैलाई थाहा भएकै सत्य हो– संसदले अनुमोदन नगरेको सन्धि अवैध मानिन्छ । अहिले यही सन्धि दलहरुका लागि अन्धाले छामेको हात्तीजस्तो बनेको छ । पश्चिमा राष्ट्रहरुले विकासभन्दा मानवअधिकारलाई पहिलो एजेण्डा बनाएका छन् । जुन रणनीति गरिब देशमा खेल्ने सजिलो औजार बनेको छ । तर मौलिक रोडम्याप नहुँदा हामीले जसको लाठी उसको भैंसीको नियति भोग्नुपरेको छ ।
शुरु शुरुमा अमेरिकाले तेस्रो विश्वलाई आफ्नो प्रभावमा पार्न आर्थिक रणनीतिको हतियार उपयोग गरेको थियो । अमेरिकी सरकारको चार सूत्रीय कार्यक्रम अनुसार अल्पविकसित देशलाई प्रविधि सहायता दिइन्थ्यो । साम्यवादको चपेटाबाट सिर्जित गरिबी, भोकमरी, निराशा र अव्यवस्थाबाट बचाउन भन्दै उसले मार्सल योजना अन्तर्गत युरोपमा उल्लेखनीय धनराशी खर्च ग¥यो । अहिले त्यो रणनीति रुसमा केन्द्रित छ । यी सवै घटनाक्रमको निष्कर्ष हो– आत्मकेन्द्रित राजनीतिले मुलुक भड्खालोमा जाकिन्छ । जब नेता राजनेता बन्ने अवसर छोडेर एजेन्टमा रमाउँछन, त्यो बेला राम राम त भनिएला तर काँध हाल्ने र छाँद हाल्ने मरिगए भेटिदैन् । राजनीतिमा विश्वास भएन भने त्यो आत्मघात शिवाय केही हुँदैन् ।
भगवान बुद्धका मूति त धेरै स्थापना भए, तर बुद्धत्व ग्रहण गर्नेहरु थोरै भेटिए । देवताको पूजा गर्न मन्दिरमा थुप्रै भीड लाग्यो, देवत्वको मर्म आत्मसात् गर्ने झन् न्यून भए । जनयुद्ध जीवनको गम्भीर भूल थियो भन्न मात्र बाँकी राखेका माओवादी नेताहरुले ठूलो हैन असल बन्ने कोशिस गरे जाति हुन्थ्यो । कांग्रेस एमालेहरु आफूहरुलाई सृष्टिकर्ता र पालनकर्ता सम्झिने भ्रमबाट मुक्त भइदिए हुन्थ्यो । बसुधैव कुटुम्बकम्को मूल मर्म पनि यही हो ।
जनआस्था साप्ताहिकबाट साभार ।


प्राचीनकालमा हिन्दुहरुले गाईको मासु खान्थे
उनले लेखेका छन्, ‘ विष्णुका लागि गोरु, इन्द्रका लागि सिंङ र जुरो भएको साँढे र रुद्रका लागि रातो गाई चाहिन्थ्यो ।’
नेपालका अधिकांश जनजातिहरुले गाईको मासु खान्छन् । त्यस्तै मुस्लिम समुदायको पनि खाद्य पदार्थ हो । जनजातिहरुको धार्मिक कर्ममा गाईको मासु नभई नहुने हुन्छ । तर नेपालमा त्यही गाईको मासु खान प्रतिबन्ध लगाइएकोछ । हिन्दु धार्मिक मान्यतामा गाईलाई लक्ष्मीको रुपमा पुजा गरिन्छ । अझ नेपाल यस्तो देश हो जहाँ मानिसका लागि होइन, गाईकै लागि एक दिन विदासमेत दिइन्छ ।
धर्म निरपेक्ष राष्ट्र नेपाल भएकाले संविधानमा उल्लेख भएजस्तै नेपालमा सम्पूर्ण धर्महरु समान रहेका छन् । कसैले आफ्नो धर्मको पालना गर्दा अर्को धर्मालम्बीको आस्थामा चोट पुग्ने कार्य फेरिपनि गरिनु हुँदैन ।
नेपाल यस्तो देश हो जहाँ मानिसका लागि होइन, गाईकै लागि एक दिन विदासमेत दिइन्छ ।
यसै प्रसंगमा हिन्दुहरु स्वयमले प्राचीनकालमा गाईको मासु खान्थे, अझ् अचम्म त के छ भने आजका तिनै हिन्दु भगवानहरुलाई गाईकै बलि लिइन्थ्यो भन्ने तपाईलाई थाहा नहुन सक्छ । यसबारे भारतका एक जना विद्धान अम्बेडकरको धारणा हामीले यहाँ उल्लेख गरेका छौं ।
भारतीय संविधानको प्रमुख निर्माताहरु मध्ये एक थिए  अम्बेडकर । उनी एक सोधकर्तापनि थिए । उनले गौमांस खाने बारेमा एउटा निबन्ध लेखेका थिए । उक्त निबन्ध उनको ‘अछुतः को थिए र उनीहरु अछुत किन बने’ भन्ने पुस्तकमा सङ्ग्रहित छ ।
अम्बेडकरले लेखका छन्, ‘ ऋगवेदकालका आर्यहरुले खानका लागि गाईलाई मार्थे । यो ऋगवेदमा प्रस्ट शब्दमा लेखिएको छ ।’
दिल्ली विश्वविद्यालयमा राजनैतिक शास्त्रका प्रोफेसर शम्सुल इस्लामले उक्त निबन्धलाई सम्पादन गरि हिन्दी बीबीसीका लागि उपलब्ध गराएको सामाग्री हामीले यहाँ प्रस्तुत गरेका छौं ।
पवित्र छ त्यसकारण खानुपर्छ
अम्बेडकरले प्राचीन कालमा हिन्दुहरुले गाईको मासु खाने गरेको कुरा साबित गर्नकालागि हिन्दु र बौद्ध धर्मग्रन्थहरुको सहारा लिएका छन् ।
उनका अनुसार गाईलाई पवित्र मान्नु भन्दा पहिला गाईलाई मारिन्थ्यो । अम्बेडकरले हिन्दु धर्मशास्त्रका विख्यात विद्धान पीवी काणेलाई उदृत गर्दै सो कुरा बताएका छन् । काणेले लेखेका छन्, ‘यस्तो होइन की दैविककालमा गाई पवित्र थिएन, त्यही गाईको पवित्रताको कारणले नै त्यसलाई खानुपर्छ ।’ (मराठीमा धर्मशास्त्र विचार, पुष्ठ–१८०)
ऋगवेदमा (१०.८६.१४) मा इन्द्रले भनेका छन्, ‘उनीहरुले एकसाथ पाँचवटा भन्दा बढि गोरुहरु पकाए ।’
अम्बेडकरले लेखका छन्, ‘ ऋगवेदकालका आर्यहरुले खानका लागि गाईलाई मार्थे । यो ऋगवेदमा प्रस्ट शब्दमा लेखिएको छ ।’
ऋगवेदमा (१०.८६.१४) मा इन्द्रले भनेका छन्, ‘उनीहरुले एकसाथ पाँचवटा भन्दा बढि गोरुहरु पकाए ।’ (१०.९१.१४) भनिएको छ की अग्निका लागि घोडा, गोरु, साँडे, बाँझी गाईहरु र भेँडाहरु बलि दिइन्थ्यो । (१०.७२.६) गाईलाई तरबारले मार्ने गरिन्थ्यो ।
अम्बेडकरले वैदिक ऋचाहरु उल्लेख गर्दै बलि दिनका लागि गाई र साँडे छनौट गर्ने गरिन्थ्यो उनी उल्लेख गरेका छन् ।
हिन्दु जसमा ब्राम्हण र गैर–ब्राम्हण दुबै थिए उनीहरुले गाईको मासु खाएका थिए ।’
अम्बेडकरले भिविन्न भगवानलाई गोरु र गाई बलि दिइन्थ्यो भनि लेखेका छन् । उनले भनेका छन्, ‘ विष्णु भगवानका लागि गोरु, भगवान इन्द्रका लागि सिंङ र चुरो भएको साँडे, पुशनका लागि काली गाई, रुद्रकालागि रातो गाई चाहिन्थ्यो ।’
सोधपत्रको आधारमा अम्बेडकरले एक समय हिन्दुहरु गाईको हत्या गरेर मासु खान्थे भनि उल्लेख गरेका छन् । अन्तमा अम्बेडकरले लेखेका छन्, ‘ यो प्रमाणबाट कुनै सन्देह छैन की एक समय यस्तो समय थियो, जब हिन्दु जसमा ब्राम्हण र गैर–ब्राम्हण दुबै थिए उनीहरुले गाईको मासु खाएका थिए ।’


cooking_
हाम्रोे समाजमा खाना पकाउने अर्थात् भान्सा सम्हाल्ने काम महिलाको हो भन्ने मान्यता छ र यो काम गृहिणी महिलाकै काँधमा हुन्छ । घरमा खाना पकाउने काममा त अधिकांस महिलाहरु नै संलग्न भएका हुन्छन् तर दुनियामा विभिन्न होटल रेष्टुरेन्टहरुमा खाना पकाउने शेफको रुपमा भने महिलाको तुलनामा पुरुषको संख्या निकै बढि रहेको पाइन्छ । यसको अर्थ खाना पकाउने कामलाई पेशाको रुपमा अँगाल्ने मामिलामा पुरुषहरु महिलाको तुलनामा अगाडि देखिन्छन् ।
सायद तपाइँले एउटा उखान सुन्नुभएकै छ होला, दीलको बाटो पेट हुँदै गएको हुन्छ । यो भनाइ महिलाहरुकै सन्दर्भमा भन्ने गरिन्छ । तर साँचो के हो भने महिलाहरु समेत यस्ता पुरुष मन पराउँछन् जसले खाना पकाउन जान्दछन् ।
महिलाहरु खाना पकाउन सिपालु पुरुषहरुप्रति बढि आकषिर्त हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । आफ्नो पार्टनरलाई खुसी राख्ने मामिलामा पुरुषको खाना पकाउने सीप निकै कामयावी हुन्छ । आफ्नो पार्टनरलाई खुसी राख्नका लागि उनलाई मनपर्ने खानेकुरा बनाएर टक्राउने तथा कुनै विशेष दिनमा आफैले खाना बनाएर भोजको आयोजना गर्ने पुरुष पार्टनरबाट महिलाहरु निकै खुसी हुन्छन् ।
अफिस वा अन्य कामका लागि बाहिर जानु नपर्ने अर्थात् विदाको दिनमा समेत भान्सामा श्रीमतीलाई सघाउने पुरुषहरु कमै हुन्छन् । तर यदि तपाइँले फुर्सदको समयमा भान्साको धन्दामा श्रीमतीलाई सघाउनुभयो भने उनी निकै खुसी हुन्छिन् र तपाइँहरुबीचको आत्मीयतामा पनि वृद्धि हुन्छ ।
यदि तपाइँलाई खाना बनाउन आउँछ भने कुनैदिन तपाइँको श्रीमती बिरामी हुँदा तपाइँ आफैले खाना बनाएर खुवाउन सक्नुहुन्छ । तर कतिपय पुरुषहरु त खाना बनाउनै नआउने हुँदा बिरामी भएपनि श्रीमतीहरुले नै सकी नसकी खाना बनाउनुपर्ने हुन्छ ।
महिलाहरु सधै आफैले पकाएको खानेकुरा खाँदा दिक्क भएका हुन्छन् । यस्तो बेलामा उनीहरु कुनैदिन अरुले पकाएको खानेकुराको फरक स्वाद पनि लिन चाहन्छन् । त्यसैले यदि तपाइँले बेलाबेलामा आफुले पकाएर परिवारलाई खुवाउनुभयो भने त्यसले उनमा खुसी बढ्दछ र दाम्पत्य जिवन सुखमय बनाउन मद्धत मिल्दछ । -एजेन्सीको सहयोगमा



 चीनमा अहिले नयाँ ट्रेन्डले सामाजिक सञ्जाल तातेको छ । आफूलाई वास्तविक महिला प्रमाणित गर्ने नाममा महिलाहरुले स्तनमूनी पेन च्यापेर सेल्फी अपलोड गर्न थालेका छन् । उपाय सजिलो छ , त्यसका लागि स्तनमूनि पेन वा पेन्सिल राख्नुहोस् । त्यहाँ पेन वा पेन्सिल त्यतिकै रह्यो भने तपाई वास्तविक महिला हुनुभयो । सेल्फी खिच्नुहोस् र त्यसलाई सामाजिक सञ्जालमा हाल्नुहोस् । 

अहिले आफूलाई वास्तविक महिला देखाउने होडमा केही महिलाले त पेन र पेन्सिल छाडेर स्तनमूनि बोटल वा ब्रस समेत अड्याउन थालेका छन् । यसअघि सामाजिक सञ्जालमा चर्चित ‘ह्यास होल्ड अ कोक विथ योर बुब’ च्यालेन्जसँगै यो ट्रेन्डलाई तुलना गरिएको थियो । उक्त ट्रेन्डका दौरान थुप्रै टपलेस फोटो यसरी नै सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । चीनियाँ सामाजिक सञ्जालमा अहिले यस्ता फोटोहरु दशौँ लाख पटक शेयर भएका छन् । यसमा लेखिएको छ , पास द च्यालेन्ज टु प्रुभ यू आर अ ट्यू ओमन । यो भाइरल ट्रेन्डलाई महिलाहरुले आफ्नो शरीर प्रदर्शन गर्ने राम्रो मौकाका रुपमा समेत लिएका छन् ।  

काठमाडौं । बेला बेलामा उत्तेजक प्रस्तुती दिएर चर्चामा आइरहने मोडल तीर्सना बुढाथोकीले फेरी अर्को यस्तै फोटो सार्वजनिक गरेकी छिन् ।
उनले स्विमिङ पुलमा निर्वस्त्र भएर नुहाइरहेको फोटो सार्वजनिक गरेकी हुन् ।
केही समय अघि मात्रै नेपालको झण्डाको रंग लगाएर नाकाबन्दीको विरोध गरेको भन्दै फोटो सार्वजनिक गरेकी उनको यस्तो फोटो आएको हो ।
12512717_463452203843624_4964464494659232823_n-e1453287745858



Capture-26tirshana-budathoki1