Hindi Films


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ पौष १८ शुक्रबार गोरखा: सभामुख सुबासचन्द्र नेम्बाङले संविधान बनाउने पूर्ण जिम्मेवारी माग गरेकामा एमाओबादी नेता बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । चेपाङ समुदायलाई कम्बल बितरण गर्न शुक्रबार गोरखा आएका भट्टराईले भने 'सभामुख रेफ्री हो, उसले गोल गर्न पाउँदैन' । उनले सभामुखको यो अभिब्यक्ति सत्तासिन दलको उक्साहटमा आएको बताए । सभामुखले संविधान बनाउनु र रेफ्रीले गोल गर्नु उस्तै भएको भन्दै सभामुखलाई संबिधान बनाउन कुनै हालतमा नदिने बताए ।
‘सभामुख भनेको खेलको रेफ्री हो’ नेता भट्टराईले भने, ‘दुवै पक्षलाई खेल खेलाउने रेफ्रि आफै मैदानमा खेल खेल्न गयो भने के हुन्छ ?' अनावश्यक ढंगले रेफ्री (सभामुख)लाई बिबादमा तान्न नहुने भट्टराईको भनाई छ । संविधानसभाका सबै नियमावली मिचेर सभामुखलाई संबिधान लेख्न दिनुपर्छ भनेर प्रस्ताव आउनु ठूलो षडयन्त्र भएको उनले बताए । ‘सभामुखको यो अभिब्यक्ति त्यसै आएको होइन, यो ठूलो षड्यन्त्रपूर्वक आएको हो’ भट्टराईले भने ‘जनताको बिचबाट चुनेर आएका जनप्रतिनिधिले संविधान नबनाइकन एकजना मान्छेलाई संविधान निर्माणको जिम्मा दिन खोजिएको छ । यसमा हाम्रो आपत्ति छ ।’ सभामुखले संबिधान लेख्ने प्रस्ताब कुनै हालतमा एमाओवादीलाई स्विकार नहुने उनको दाबी छ । चार दलको सहमती बेगर संबिधान निर्माण हुन नसक्ने उनले तर्क गरे । प्रक्रियामा गएर संबिधान निर्माण हुन नसक्ने भन्दै उनले राम्रो संविधान, हाम्रो संबिधान निर्माणका लागि सबै दल लचिलो भएर बैठकमा बस्नुपर्ने बताए । ‘अंकगणितको बलमा सम्झौता हुन सक्दैन’ उनले भने, ‘अग्रगामी संविधानका लागि, सहमति उत्तम बिकल्प हो ।’ सहमति भए संविधान निर्माणका लागि माघ ८ कुर्नु नपर्ने उनको तर्क थियो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२ असोज, काठमाडौँ । उद्योगमन्त्री महेश बस्नेतले सरकारी खर्चमा आफूले हवाइजहाज नचढ्ने घोषणा गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री बस्नेतले मुलुकलाई हित हुनेबाहेक अरु कुरामा विदेश पनि नजाने समेत बताए । “हिजो गाविस हुँदा मोटरसाइकल चढ्थेँ, एक लिटर तेल पनि लिइन, अहिले मन्त्री हुँदा सरकारी खर्चबाट प्लेन चढ्दिन, आर्थिक प्रलोभन हुने कुनै काम गर्दिन” उनलले भने । मन्त्री बस्नेतले औद्योगिक क्षेत्रभित्र शान्ति सुरक्षा कायम गर्न ट्रेड युनियनका पदाधिकारीसँग वार्ता गरी समझदारी कायम गर्ने र बन्द र रुग्ण उद्योगको सञ्चालन तथा औद्योगिक क्षेत्रभित्र भौतिक पूर्वाधार विकास गर्नेतर्फ जोड दिइने पनि बताएका छन् । मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले उद्योगलाई कसरी सुविधा दिने भन्नेमा मन्त्रालय लागिपरेको जानकारी दिँदै नजिँकिदै गरेको चाडपर्वलाई ध्यानमा रखी उपभोग्य वस्तुको गुणस्तरमा ध्यान दिन व्यवसायीलाई आग्रह गरेका थिए । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको पदाधिकारीसहितको टोलीले उद्योग क्षेत्रमा सुरक्षित लगानीको वातावरण सिर्जना गर्न तथा रुग्ण उद्योग फस्टाउने र विदेशी लगानी भित्रने वातावरण बनाइदिन मन्त्रीसमक्ष आग्रह गरेको थियो । अध्यक्ष श्रेष्ठले सार्वजनिक निजी साझेदारीलाई अझ प्रभावकारी बनाउन दिए । रासस
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले आफू खुट्टा कमाउने मान्छे नभएको बताएका छन् । सम्वाद समितिको प्रतिवेदनमाथि संविधानसभामा विहीबार भएको छलफलपछि भट्टराईले आफूले दबाव आएको भन्न नखोजेको बताए । आफूले कसैप्रति आक्षेप लगाउन खोजेको नभई संविधान नबनोस् भन्ने चाहना राख्ने वा अघिल्लोपटक जस्तै योपटक पनि संविधान बन्दैन भनेर कटाक्ष गर्नेहरुप्रति सतर्क रहनुपर्छ भन्ने मात्रै आफ्नो भनाइ रहेको उनले बताए । ‘धम्की आयो, दबाव आयो भन्न खोजेको होइन’ उनले भने-मैले बनावटी कुरा गरेको होइन । आमरुपमा यो के हो भन्ने मात्र प्रस्तुत गरेको हो ।’ एमाओवादी नेता समेत रहेका भट्टराईले यस्ता शक्ति को हुन् के हुन् भन्नेतर्फ लाग्नुभन्दा समयमा संविधान बनाएर उनीहरुको मुख बन्द गर्नुपर्ने बताए । छलफलका क्रममा सभासदहरुले खुट्टा नकमाउनुस्, हामी साथ दिन्छौं भनेको स्मरण गर्दै भट्टराईले भने-‘म खुट्टा कमाउनेवाला मान्छे परिँन । किनकि मान्छेलाई सबैभन्दा ठूलो डर मृत्युको हुन्छ, जसले मृत्युलाई जितेको हुन्छ, त्यो कसैसँग पनि डराउँदैन । त्यसैले हामीले डराउन आवश्यक छैन ।’ सम्वाद समितिका सभापति भट्टराईले समयमा अग्रगामी संविधान बनाउन आफू प्रतिवद्ध रहेको बताए । उनले माघ ८ भित्रै संविधान बनाउनुपर्छ भन्नेमा संविधानसभाका सबै दलहरु प्रतिवद्ध रहेको आफूले पाएको बताए । गणतन्त्र, संघीयतामा केहीको फरक मत भए पनि आम रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन आम सहमति भएको उनले बताए । भट्टराईले सबैखाले अतिवादबाट बच्नु पर्ने भन्दै सामान्य प्राविधिक बाहेकका विषयमा सहमतिका आधारमा अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।
काठमाडौँ, ३० भदौ । औपचारिक कार्यक्रमा सधैँ गम्भीर मुद्रामा देखा पर्ने एमाओवादी बरिष्ठ नेता डा. बाबुरा भट्टराई सोमबार भने हसिँलो मुद्रामा प्रस्तुत भए । सामान्य कार्यक्रममा समेत गम्भीर र अस्वभाविक मुद्रा देखाउने नेता भट्टराई सोमबार भने आफ्नै सहकर्मी तथा पार्टी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनको शोकाकुल वातावरणमा भने हँसिलो मुद्रामा प्रस्तुत भएको घटना अहिले चौतर्फी चासोको विषय बनेको छ । किन उनी चौतर्फी शोक छाएर रुवावासी मच्चिएको बेलामा हँशीलो मुद्रामा प्रस्तुत भए ? पछिल्लो पटक उनी पार्टीमा फरक मत राख्दै आएका छन् । पार्टी अध्यक्ष प्रचण्डको विश्वास पात्र र उनका सल्लाहकार समेत रहेका बोगटीलाई अन्तिम श्रद्धाञ्जली दिन पार्टी कार्यलय पुगेका भट्टराईले आखिर हाँसो किन रोक्न सकेनन् त । पार्टी अध्यक्ष प्रचण्ड पछि अर्को गर्दै कमजोर बन्दै गइरहेका छन् भने बोगटीको असामयीक निधन सँगै प्रचण्डले अर्को सहारा पनि गुमाएका छन् कतै त्यसकै परावर्तित रुप त हैन बाबुरामको हाँसो ? माओवादी बृत्तमा अहिले विभिन्न जोड र कोणबाट चर्चा परिचर्चा सुरु भएको छ ।
२८ भदौ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ संविधानमा हिन्दु राज्य कायम नगरे सडकमा उत्रने चेतावनी दिएका छन् । राप्रपा नेपालले कलंकीमा गरेको सभामा थापाले प्रमुख दलहरुले बुझ्दै नबुझी मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको दावी गरे । उनले भने-‘आफ्नो धर्मको रक्षाका लागि नेपाली जनता चुप लागेर बस्दैनन् । त्यस्तो अवस्थामा डरलाग्दो धार्मिक द्वन्द्व हुनसक्छ ।’ मुलुकमा धार्मिक द्वन्द्व भए त्यसको जिम्मेवार मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्ने दल र नेताहरु नै हुने उनको भनाइ छ । राप्रपा नेपालका अध्यक्ष थापाले धर्म निरपेक्षताका विषयमा जनमत संग्रह हुनु पर्ने भन्दै धर्म निरपेक्षताको पक्षमा बहुमत ल्याएर देखाउन चुनौती दिएका छन् ।
काठमाडौ भदौ २८ – हालै नेपाल सरकारले छ देशका राजदूत नियुक्त गरेपनि मुख्य देश भारत, अमेरिका, बेलायत देशका लागि नियुक्त गर्न बाँकी नै छन् । बाँकी रहेका यी देशका लागि विभिन्न शक्तिकेन्द्रबाट नियुक्तिका लागि दवाव आइरहेका बेला भारतीय योग गुरु स्वामी रामदेवले पनि भारतका लागि राजदूत बनाउन प्रधानमन्त्रीलाई दवाव दिएका छन् । स्रोतका अनुसार पताञ्जली योगपिठ नेपालका अध्यक्ष शालिग्राम सिंहलाई भारतका लागि नेपाली राजदूत बनाउन स्वामी रामदेवले प्रधानमन्त्री सुशील कोइरालालाई दवाव दिएका छन् । मन्त्रीपरिषद्बाट मनोनित हुने २६ जना सभासद्मा सिंहलाई पार्न दवाव रामदेव मात्र होइन कि भारतीय दूतावासले पनि दिएका थिए । तर २६ जनामध्येमा नपरे पछि भारतमा नियुक्त गर्न बाँकी रहेका राजदूतमा नै नियुक्त गर्न दवाव दिइरहेको प्रधानमन्त्री कोइराला निकट स्रोतले बताएका छन् । यद्यपि शालिग्राम सिंह भारतका लागि नेपाली राजदूत होस् भने चाहना भारतीय दुतावासको नरहेको पनि बताइएको छ । स्वामी रामदेवले प्रधानमन्त्री कोइरालालाई दवाव दिएपछि प्रधानमन्त्री कोइरालाले यसबारे पछि सल्लाह गर्ने जवाफ दिएर पठाएको स्रोतको दावी गरेका छ भने यता सिहले पनि विभिन्न व्यक्तिमार्फत प्रधानमन्त्री कोइराला र परराष्ट्र मन्त्री महेन्द्र पाण्डेमाथि दवाव बढाइरहेको बताइन्छ । उनले दुतावासका केही व्यक्तिमार्फत पनि सरकारमाथि दवाव दिन लगाइएको छ । अध्यक्ष सिहले रातोपाटीसँग कुरा गर्दै भने, बाबा रामदेवले के दवाव दिनुभएको छ वा छैन त्यो कुरा त मलाई थाह भएन तर भारतका लागि सक्षम राजदूत हुनुपर्ने पक्षमा म छु । भारतको सरकारसँग राम्रो सम्बन्ध भएको व्यक्ति नै भारतको राजदुत हुनपर्ने बताउँदै घुमाउरो पारमा आफू त्यसका लागि उपयुक्त भएको बताए । ‘रामदेव र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राम्रो सम्बन्ध रहेको छ । चुनावमा जिताउनु पनि वहाँले अहम भूमिका खेल्नुभएको थियो । चार वर्षमा एकपटक भारतीय प्रधानमन्त्रीलाई भेट्न पाउने नेपाली राजदूत त्यहाँ चाहिँदैन । मोदीसँग सिधै सम्पर्क गर्न सक्ने, भेट्न सक्ने व्यक्ति त्यहाँका लागि राजदूत चाहिएको छ,’ उनले भने । भारतमा तीन वर्षदेखि राजदूत खाली छ ।
काठमाडौ, भदौ २७ – नेपाली काग्रेसका नेता खुमबहादुर खड्काले धर्म निरपेक्षता सहितको संविधान जारी गरे भोली पल्टै राजधानीको शान्तिबाटीकामा जलाउने चेतावनी दिएका छन् । राजधानीमा अयोजित कार्यक्रमा उनले धर्मनिरपेक्षता जनआन्दोलनको म्याण्डेड नभएको भन्दै पेलेर बहुमतको आधारमा धर्मनिरपेक्षता सहितको संविधान जारी गरे जलाउने चेतावनी दिएका हुन् । अब बस्ने नेपाली काँग्रेसका केन्द्रिय समितिको बैठकमा आफूले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने र संघियता विनाको संविधान जारी गर्नुपर्ने प्रस्ताव पेश गर्ने पनि उनले जानकारी दिएका छन् । उनले ८१ दशमलब ५ प्रतिसत जनता हिन्दु भएको मुलुकमा काग्रेसले धर्म निरपेक्षतामा गएर गल्ती गरेको तर्क गर्दै धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र हुनु पर्ने माग गरे । खड्काले अहिले पेलेर धर्म निरपेक्षता घोषणा गरिए पनि आगामी दश–बाह्र वर्षभित्र मुलुक भयंकर धार्मिक द्धन्दमा फस्ने चेतावनी दिए । उनले काग्रेसका सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलपनि कोठाभित्र हिन्दु धर्मकै पक्षमा रहे पनि बाहिर बोल्न नसकेको दावी गर्दै नेपाली काग्रेसको केन्द्रीय समितिमा पनि हिन्दु राष्ट्रको पक्षमा बहुमत पुग्ने ठोकुवा गरे । खड्काले आफू संघीयताको पक्षपाती नभएको स्पष्ट पार्दै संघीयताले मुलुकको हित नगर्ने बताए । उनले संघीयतामा जानै पर्ने भए पनि अहिलेको पाच विकास क्षेत्रलाई पाँच प्रदेश मानेर उत्तर–दक्षिण संघीयतामा भौगोलिक आधारमै जानु पर्ने भन्दै जातीय आधारको संघीयतामा गए मुलुक विभाजित हुने दावी गरे । आफ्नै पार्टी सभापतिको नेतृत्वको सरकारले अहिलेसम्म कुनै गतिलो काम गर्न नसकेको टिप्पणी गर्दै यहि गतिमा अघि बढीरहे काग्रेसको अस्तित्व नै समाप्त हुने ठोकुवा गरे ।
काठमाडौ, २५ भदौ । एमाओवादीको विद्यार्थीको संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले राजीनामा दिएका छन् । शर्माले बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । गत चैत्रमा भएको अधिवेशनमा जाग्रित रायमाझी र रमेश मल्लबीच नेतृत्व विवाद भएपछि पार्टीले शर्मालाई पुनः अध्यक्षको जिम्मेवारी दिएको थियो । ‘पार्टीले उहाँलाई असारसम्म बनिदिनुस् भनेको थियो । हामी सहमति गर्छौं भनेको थियो । तर, नभएपछि हाम्रो केन्द्रीय कार्यालयले नै उहाँ हिमाललाई तपाई राजीनामा दिनुस् भनेको हो’ एक पदाधिकारीले भने । अब पार्टी शीर्ष नेताहरुबीच सहमति गरेर नयाँ अध्यक्ष चयन वा राष्ट्रिय सम्मेलन गर्ने दुई विकल्प अघि सारिएको छ । चैतमा भएको अधिवेशनमा नेतृत्वमा सहमति हुन नसकेपछि तत्कालीन पदाधिकारीहरुले नै अध्यक्ष चयन गरिदिन लिखित रुपमा पार्टीलाई आग्रह गरेका थिए । तर, पार्टी नेताहरु रायमाझी र मल्लको पक्षमा विभाजित भएपछि केही समयका लागि हिमाल शर्मालाई नै जिम्मावारी दिइएको थियो । शर्मा अहिले एमाओवादी काठमाडौं जिल्ला समितिका अध्यक्ष समेत हुन् ।
काठमाडौं – अस्लिल शव्दले धेरै व्यावहारलाई छोएको हुन्छ । किन रामचन्द्र पौडेलको समाचार अस्लिल शव्दसंग जोडियो त ? संविधानसभाका अन्तरवस्तुबारे छलफल गर्न जुट्दा एउटा पार्टीका शीर्षस्थ नेताले अश्लील हर्कत देखाएपछि नेपालका नेताहरुको असली औकात छर्लङ्ग भएको छ । शुक्रबार दिउँसो सिंहदरबारमा भएको घटना हो यो । खै,प्राज्ञ र विज्ञहरुसँग पर्याप्त छलफल गरेको ? खै तिनको सुझाव बटुलेको ? कसैले यस्तो कुरा कोट्याउन नपाउँदै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बसेकै सिटबाट बुद्धिजीविमाथि आक्रामक प्रहार गरेका हुन्–‘को छ यहाँ बुद्धिजीवी ? इ…. त्यस्ता बुद्धिजीवी?’ त्यो भन्दा उनले आफ्ना दुबै हात गोप्य अंगतिर लगेका थिए । उनको यो व्यावहारले नजिकै रहेकी एमाले उपाध्यक्ष विद्यादेबी भण्डारीले अप्ठारो मान्दै भनिन्,‘आजका मितिसम्म तपार्इंबारे मेरो धारणा बेग्लै थियो । प्रधानमन्त्री चुनावमा १७ पटकसम्म हारेकाले अबसर दिउँ न त एकचोटी भन्ने लागेको थियो । आजबाट सारा भ्रम टुट्यो ।’ रामचन्द्रले लाजै नमानी जवाफ फर्काए–अब के गर्नु मैले ? भ्रम टुटे टुटोस् मैले त एकताका किशुनजीले राखेको कुरा यहाँ राखिदिएको मात्र हुँ ।’ सोही क्रममा एमालेका अर्का नेताले भदौ २१ गतको क्यालेन्डर मिलाउन बाबुराम भट्टराईको सक्रियतालाई जब पर्यो राति तब बुढी ताती’ को संज्ञा दिएपछि छेउमा बसेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको टिप्पणी थियो–यी बुढाहरु किन मात्तिएका होलान् !’आजको जनआस्था साप्ताहिकमा खबर छ -
काठमाडौं, भदौ २२ – भनिन्छ, मान्छेको जिब्रोमा हाड हुँदैन, हाड नभएको जिब्रो बेलाबेला चिप्लिन्छ । यस्तै भएको छ कांग्रेसका नेता रामचन्द्र पौडेललाई । जिब्रो चिप्लिँदा उनको एक सार्वजनिक कार्यक्रममा निकै लज्जित बन्नुपरेको छ । सन्दर्भ हो बिपि ट्रष्टद्वारा राजधानीमा आयोजित कार्यक्रमको । कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइराला लगायत सभासद् तथा कांग्रेस नेताहरु उपस्थित थिए । कार्यक्रममा आफ्नो मन्तत्व राख्ने क्रममा पौडेलले झुक्किएर स्वर्गीय सुशील कोइराला भन्न पुगेका थिए । त्यो भन्ने बित्तिकै हल हाँसोले जुन्जिएको थियो । मञ्चमा बसेका प्रधानमन्त्री कोइराला पनि एक छिन अक्क नबक्क बने र यता उति पालकपुलुक हेरे । पछि रामचन्द्रले माफी माग्दै आफूले विपि पत्नी सुशीला कोइराला भन्न खोजेको भन्दै स्पष्टिकरण दिएका थिए ।
काठमाडौं : नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले दोस्रो संविधान सभाले बनाउने नयाँ संविधानमा 'धर्म निरपेक्ष राष्ट्र नेपाल' लेखिए संविधान जलाउने व्यक्ति आफू पहिलो हुने बताएका छन्। सनातन हिन्दु राष्ट्र नेपाल नागरिक संघर्ष समिति ओमकार परिवार नेपालले मंगलबार राजधानीमा आयोजना गरेको 'सनातन हिन्दु राष्ट्र नेपाल कायम गरौं' विषयक अन्तक्र्रियामा पूर्वमन्त्री खड्काले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले भने, 'पूर्वप्रधानमन्त्री एवं पूर्वकांग्रेससभापति गिरिजाप्रसाद कोइरालाले पुल्पुल्याएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशीको इशारामा र पैसाको प्रलोभनमा परी नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेका हुन्। न १२ बुँदे सहमतिमा धर्म निरपेक्ष र धर्मको कुरो कतै उल्लेख छ।' कांग्रेसका पूर्वनेता कृष्णप्रसाद भट्टराईले पनि धर्म निरपेक्षका बारेमा असहमति जनाएको स्मरण गर्दै भने, 'कांग्रेसले बेलैमा हिन्दू राष्ट्रलाई स्वीकार गरोस् नत्र पछुताउनु पर्नेछ, जनमत संग्रहका लागि पनि तयार होस्।' पूर्वप्रधानसेनापति रूक्मांगत कट्वालले राजनीतिक दलहरूले नेपाललाई धर्म निरपेक्ष राष्ट्र भनेर घोषणा गर्दैमा त्यो नहुने दाबी गरे। उनले भने, '९५ प्रतिशत ओमकार परिवारले हिन्दु धर्मलाई सम्मान गरेका छन् र यसभित्र अन्य धर्म पनि रमाएकै अवस्था थियो। दलहरूले जनताको विचार नबुझी घोषणा गरेर राष्ट्रघाती काम गरेका हुन्।' अनादिकालदेखि हिन्दू धर्म मानिँदै आएकोले क्षणिक निर्णय कसैलाई मान्य नहुने भन्दै उनले थपे, 'दुर्गम गाउँहरूमा क्रिश्चियनले गरिब र अबोध मानिसलाई पैसाको प्रलोभनमा पारी धर्म परिवर्तन गराउने काम गरिरहेका छन्।' पूर्वमन्त्री एवं एमालेनेता मोदनाथ प्रश्रितले नेपाललाई जनताको इच्छाविपरित धर्म निरपेक्ष घोषणा गरेर आफ्नो खाल्डो आफैंले खनेको बताए। उनले भने, 'रूढीवादी संस्कृति जोगाएरचाँही हामी हिन्दु पनि अब अघि बढ्न सक्दैनौं तर नेताहरूको अवसरवादी चरित्रबाट पनि हाम्रो धर्म, संस्कार र संस्कृति जोगिँदैन।' बुबा नारायणलाई मार्ने र छोरा दिनबन्धु पोखरेललाई भागवत पढ्न लगाएर अस्पताल बनाउने प्रचण्डको दोधारे चरित्र भन्दै उनले भने, 'पश्चिमको पैसा खाएर इसाई धर्मको प्रचारप्रसारका लागि प्रचण्ड नायक बनेर मुलुकलाई धर्म निरपेक्ष राष्ट्र घोषणा भएको हो।' कार्यक्रममा नेपाल धर्म निरपेक्ष राज्य हुनु संभव छ? शीर्षकमा प्रश्रितले कार्यपत्र प्रस्तुत गरेका थिए। अर्का वक्ता कुमार रेग्मीले हिन्दु र बौद्ध धर्मको अस्तित्व निस्तेज पार्न नेताहरूले षडयन्त्रमूलक ढंगबाट नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको दाबी गरे।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला