Hindi Films

काठमाडौं,जेठ १४ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि संविधानसभा निर्वाचनको मिति घोषणा हुने दावी गर्नुभयो । लाजिम्पाटस्थित आफ्नो निवासमा रिपोर्टर्स क्लवको टोलीसंग कुरा गर्दे प्रचण्डले गणतन्त्र दिवसको दिन सरकारले निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको आफुले थाहा पाएको जानकारी दिनुभयो । मंसिरको पहिलो साता मतदान हुने गरी मिति घोषणा र निर्वाचन ऐनलाई अन्तिम रुप दिन आजै बिहान अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसंग छलफल गरिएको जानकारी दिदै प्रचण्डले अब निर्वाचन बिथोल्न कसैको तागतले नभ्याउने बताउनुभयो । निर्वाचनमा एक प्रतिशत मतको सीमाका बारे कांग्रेस र एमालेले बखेडा गरेको भन्दै प्रचण्डले अब बिवाद गर्नुको तुक नरहेको पनि प्रष्ट पार्नुभयो । प्रचण्डले चुनावी तयारीमा लागेका मन्त्रिपरिषद अध्यक्षको राजीनामा माग्नु अर्को दुर्घटना निम्त्याउनु रहेको बताउनुभयो । उहाँले नेकपा–माओवादीलाई चारदलीय राजनीतिक समितिमा ल्याउन आफु बाध नरहेको दावी समेत गर्नुभयो ।