नियमित परीक्षणसँगै फोलिक एसिड नामक औषधीको सेवन गर्ने, आइरन, क्याल्सियमलगायतका औषधी नियमित रुपमा सेवन गर्नुपर्छ । सुत्केरी भएको ६ हप्तासम्म नियमित सेवन गर्ने, गर्भवती भएको तीन महिना पूरा भएपछि एकपटक जुकाको औषधी पनि प्रयोग गर्ने, धनुष्टंकारविरुद्ध टिटानस टक्सोइडको इन्जेक्सन लगाउनुपर्छ ।
डा. रक्षा कोइराला
गर्भावस्था विशेष अवस्था हो । यो समयमा महिलालाई अरु बेला भन्दा बढी स्याहारको आवश्यकता पर्छ । सानो हेलचेक्रयाई गरेमा आमा तथा शिशुको ज्यान जोखिममा पर्न सक्छ । गर्भवती अवस्थामा सुरक्षित बानी व्यवहार अपनाउनु, स्वस्थ सन्तुलित खाना खानु तथा पारिवारिक सहयोगको ठूलो भूमिका रहने गर्छ ।
गर्भावस्थाको पहिचान तथा ध्यान दिनुपर्ने कुरा गर्भ रहेको लक्षण
नियमित रुपमा शारीरिक सम्पर्क हुने महिलाको नियमित महिनावारी रोकिनु, बिहान वाकवाक लाग्नु वा बान्ता आउनु, छिटो–छिटो पिसाब लाग्नु, स्तनको आकार बढ्दै जाने, स्तन दुख्ने, बढी मात्रामा अमिलो, पीरो खान मन लाग्ने । पिसाब तथा रगतमा गर्भावस्था जाँच गरेर गर्भ रहेको प्रमाणित गर्न सकिन्छ । पछिल्ला दिनमा भने अल्ट्रासाउण्डबाट पनि शिशुको अवस्था थाहा पाउन सकिन्छ ।
गर्भावस्थामा नियमित परीक्षण
गर्भवती महिलाले स्वास्थ्यको अवस्था तथा पाठेघरमा हुर्कदै गरेको शिशुको अवस्था जानकारी प्राप्त गर्नका लागि गर्भ रहेदेखि शिशु नजन्माएसम्म महिलाले कम्तिमा पनि ४ पटक नजिकको स्वास्थ्यसंस्थामा गएर स्वास्थ्य जाँच गराउनै पर्छ ।
पहिलो जाँच : गर्भवती भएको शंका लाग्नासाथ यो जाँच गराउनुपर्छ ।
दोस्रो जाँच : गर्भवती भएको ५ देखि ७ महिनामा ।
तेस्रो जाँच : गर्भवती भएको ८ महिनामा ।
अन्तिम जाँच : गर्भवती भएको ९ महिनाभित्र ।
त्यसैगरी चिकित्सकको सल्लाहमा आवश्यकता अनुसार अल्ट्रासाउण्ड परीक्षण गरेमा पाठेघरमा बढ्दै गएको शिशुको अवस्था, वृद्धि विकास, पाठेघरमा रहने पानीको अवस्थाबारे थाहा पाउन सकिन्छ ।
आवश्यकताअनुसार रगतको समूह, हेमोग्लोबिन, रगतमा चिनीको मात्रा, पिसाबको परीक्षण उच्च रक्ताचापको पनि जाँच गर्नुपर्छ ।
गर्भावस्थामा गर्नुपर्ने तयारी
नियमित परीक्षणसँगै फोलिक एसिड नामक औषधीको सेवन गर्ने, आइरन, क्याल्सियमलगायतका औषधी नियमित रुपमा सेवन गर्नुपर्छ । सुत्केरी भएको ६ हप्तासम्म नियमित सेवन गर्ने, गर्भवती भएको तीन महिना पूरा भएपछि एकपटक जुकाको औषधी पनि प्रयोग गर्ने, धनुष्टंकारविरुद्ध टिटानस टक्सोइडको इन्जेक्सन लगाउनुपर्छ । कम्तिमा पनि ४ पटक सा सोभन्दा बढी पटक स्वास्थ्य संस्थामा जचाउनुपर्छ । मुख, हातखुट्टा, नङ, गुप्तांगलगायत सम्पूर्ण शरीर सरसफाइ गर्ने, नियमित रुपमा पोषिला खानेकुरा खानुपर्छ । चुरोट, जाँडरक्सी तथा जथाभावी औषधीको सेवन नगर्ने । यो समयमा महिलाले बढी आराम गर्नुपर्छ । गह्रौ सामान बोक्नुहुदैन । सकारात्मक सोच, स्वास्थ्य संस्थाको एवं आफूलाई आइपर्ने पैसाको जोहो गर्नु आवश्यक हुन्छ । गर्भावस्थामा चाहिने पोषिला खानेकुरा
क्यालोरी–भात, रोटी, घिऊ, तेल सख्खर, चिनी
प्रोटिन –दाल, गेडागुडी, माछा, मासु, अन्डा, दुध
फोलेट–दाल, गेडागुडी, कलेजो, सुन्तला, पालुंगो, हरिया सागपात
आइरन– रातो मासु, गाढा हरिया सागपात, गेडागुडी ।
खानेकुराबाट मात्र आइरनको आवश्यकता पूर्ति नहुने भएकाले आइरन चक्की तथा फोलेट पनि सेवन गर्नुपर्छ )
गर्भावस्थामा हुनसक्ने सामान्य समस्याको समाधान :
यो समयमा बिहानीपख वाकवाकी लाग्छ । वाकवाकी घटाउनका लागि ओछ्यानबाट बिस्तारै उठेर भुटेको खानेकुरा, चुइंगम तथा चकलेट खाने । पटक–पटक थोरै खाना खाने ।कब्जियत घटाउनका लागि दिनहुँ हल्का काम गर्ने । रेशादार खानेकुरा खाने । दिनमा कम्तिमा १० गिलास पानी तथा अन्य तरल पदार्थ पिउने । दिसा लाग्नेबित्तिकै दिसा गर्ने वा दिसा लगाउने औषधी लिनुपरेमा चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्ने । चिल्लो तथा मसलेदार खानेकुरा नखाने । खाना खाएको एक घन्टासम्म नसुत्ने । खाना खाएको केहि समयसम्म कडा परिश्रम तथा व्यायाम गनुहुदैन । गर्भावस्थामा हुनसक्ने खतरा
साधारण शारीरिक तथा मानसिक परिवर्तन गर्भावस्थामा स्वभाविक हो । साधारण गर्भमा महिलाको तौल ११ किलोग्रामले बढ्छ । खतराका लक्षण देखा पर्नासाथ स्वास्थ्यसंस्थामा गई परीक्षण गराउनुपर्छ । यो अवस्थामा हुने खतराका केही लक्षण
आँखा तिर्मिराएर धमिलो देख्ने, हात र मुख सुन्निएमा, टाउको दुखेमा, तल्लो पेट दुखेमा, हातखुट्टा अररो भई कम्प छुटेमा, मुर्छा परेमा, योनीबाट अलिकति पनि रगत बगेमा आदि ।
बच्चा जन्माउने बेलामा देखापर्नसक्ने खतराका लक्षणहरू
८ घण्टाभन्दा लामो सुत्केरी व्यथा लाग्ने, बच्चा जन्माउनुअघि अथवा जन्मिसकेपछि पनि धेरै रगत बग्ने, पहिले हातखुट्टा वा नाल निस्कने, हातखुट्टा अररो भई काँप छुट्ने वा मुच्र्छा पर्ने आदि ।
सुत्केरी अवस्थामा देखिन सक्ने खतराका लक्षणहरू :
ज्वरो आउने, तल्लो पेट (पाठेघर) दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, धेरै रगत बग्ने, टाउको दुख्ने, हातखुट्टा अररो भई मुर्छा पर्ने आदि । यस्ता खतराका चिन्ह देखिनासाथ स्वास्थ्य संस्थामा गई परीक्षण गराउनुपर्छ ।
गर्भवती महिलामा हेपाटाइटिस, पोलियो, हर्पिस, इन्फ्लुएन्जा, हाँडेज्वरो, टोक्सोप्लाज्मोसिस लगायतका विभिन्न खाले संक्रमण तथा रगतजन्य विकार छ भने गर्भे शिशुको मृत्युको कारण हो । साथै गर्भवती महिलामा उच्च रक्तचाप, अनियन्त्रित मधुमेह, गम्भीर खालको रक्तअल्पता, उच्च ज्वरो, तराई क्षेत्रमा औलो, रगत समूह नमिल्दा, इन्सेफ्लाइटिसका कारण पनि गर्भे शिशुको स्वास्थ्यमा असर पर्नुका साथै मृत्यु नै हुन्छ । पाठेघरमा साल ठाउँमा नबसेर वा समय अगावै साल छुट्टिएर सुत्केरी पूर्व योनीद्वारबाट रगत बगेमा पनि गर्भमै शिशुको मृत्यु हुन सक्छ ।
गर्भे शिशुमा वंशाणुअंश (क्रोमोजोम) मा खराबी, रुबेला, साइटोमेगालो भाइरस तथा पार्वो भाइरस नामका भाइरलजन्य संक्रमणबाट अकालमा गर्भे शिशुको मृत्यु हुनसक्छ । यस बाहेक स्वास्थ्यकर्मीले पेट बाहिरबाटै पाठेघरमा गर्भे शिशुको बसाई परिवर्तन गर्न खोज्दा, बच्चा पाउनु पर्ने समय सीमा नाघ्दा र कतिपय औषधी सेवनले पनि शिशुको मृत्यु गर्भमै हुन सक्छ ।
– गर्भे शिशुको मृत्युको मुख्य लक्षण बच्चा कम चल्नु हो । यो कुरा अल्ट्रासाउण्डबाट मात्र निक्र्योल गर्न सकिन्छ । मृत शिशु पाएपछि गर्भवती महिलालाई दोषारोपण गरेर गाली गर्नुभन्दा मानसिक मन हल्का हुने सल्लाह दिनुपर्छ । यस्तो भएपछि कम्तिमा पनि तीन महिनासम्म अर्को शिशुका लागि सोच्नुहुदैन । चिकित्सकको सल्लाह लिनुपर्छ । जन्म अवधि
साधारणतया अन्तिम महिनावारीको पहिलो दिनबाट ९ महिना ७ दिन जोडेर बच्चा जन्माउने दिन अड्कल गर्न सकिन्छ ।
– ‘नेइगेली सूत्र’ अनुसार ४ प्रंतिशत जन्म त्यही दिनमा, ५० प्रतिशत जन्म भए हप्ता अगाडि वा पछाडि ८० प्रतिशत दुई हप्ता अगाडि वा पछाडि, १० प्रतिशत जन्म ४२ औं हप्तामा र ४ प्रतिशत जन्म ४३ औं हप्ता हुन सक्छ । नवजात स्वास्थ्य
बच्चाजन्मदाको न्यूनतम तौल २ दशमलव ५ केजी हो । जन्मनेबित्तिकै नवजात शिशुको तुरुन्तै स्याहारसुसार गर्नुपर्छ । शिशुलाई न्यानो तथा सफा राख्नुपर्छ । शिशुको जीवनको पहिलो केही घन्टामै भिटामिन के (ओरल वा आइ. एम) र पोलियो दिनुपर्छ । आमाको छालाको स्पर्शमा न्यानो बनाएर राख्ने र आमाको स्तनपान गराउनुपर्छ । आमाले पोषिलो आहार खाने, शिशुलाई ६ महिनासम्म स्तनपान गराउनुपर्छ ।
– शिशुको नालको हेरविचार गर्नुपर्छ र हाम्रो समाजमा नालमा प्रयोग हुने परम्परागत हानिकारक पदार्थ निरुत्साहित गर्नुपर्छ ।
– नवजात शिशुको जन्म अस्पतालमै भएको हो भने कम्तिमा २४ घन्टा आमाको प्रसव हेरविचार गर्नुपर्छ । शिशुको जन्म घरमै भएको अवस्थामा प्रसव प्रारम्भिक हेरविचार जन्म सकेसम्म २४ घन्टाभित्र हुनुपर्छ ।
– जन्मपछि नवजात शिशुलाई परीक्षणका लागि अस्पताल ७ देखि १४ र ६ हप्ताबीच, ३ दिन लैजानुपर्छ । खोप तालिका अनुसार शिशुलाई खोप दिनु जरुरी छ ।
Source: Nari Magazine (Ekantipur)
(20 Feb) कुशल श्रेष्ठ गोलभेडा भनेको यस्तो तरकारी/फलफूल हो, जसलाई विश्वभरी नै प्रयोग गरिन्छ। जस्तोसुकै खानामा पनि गोलभेडालाई प्रयोग गर्न मिल्दछ। यसलाई काँचै खान पनि सकिन्छ भने पकाएर, सुप बनाएर अथवा जुस बनाएर पनि प्रयोग गर्न सकिन्छ। विश्वभरी करीब २५ हजार प्रजातीका गोलभेडा पाइन्छन् र चिकित्साक्षेत्रमा पनि गोलभेडालाई पोलेको, जलेको अनि काटेको घाउलाई राहत प्रदान गर्नको लागि प्रयोग गरिन्छ। साथै यसको नियमित तर नियन्त्रित सेवनले क्यान्सरको खतरालाई समेत टाल्न सक्दछ भने मुटुको स्वास्थ्यमा समेत सुधार ल्याउँदछ। यसले हाम्रो छाला, कपाल, नङ् र हाडजोर्नीलाई समेत बलियो बनाउँदछ। गोलभेडाको स्वास्थ्य फाइदाको कुरा गर्ने हो भने थुप्रै छन्, किनभने यसमा प्रशस्तै पौष्टिक तत्व अनि खनिज पदार्थहरू पाइन्छन्, तर प्रायःलाई यसको बारेमा जानकारी नभएकोले यसलाई 'त्यति मन नपराइने खानेकुरा'को रूपमा चिनिन्छ। गोलभेडामा 'पोटासियम' नामक खनिज पदार्थ पाइन्छ, जसले हाम्रो रक्तनसा र मांशपेसीलाई स्वस्थ राख्न महत्वपूर्ण भूमीका खेल्दछ। यसले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँदछ भने रक्तचापलाई समेत नियन्त्रणमा राख्न मद्दत गर्दछ। साथै यसले मृगौलाको फोहोर पदार्थ छान्ने प्रक्रियामा समेत सहयोग पुर्याउँदछ। गोलभेडाको आकार, गुणस्तर र पाकेको/नपाकेकोले त्यसमा रहेको पोटासियमको मात्रामा फरक पर्दछ, त्यसैले अत्याधिक मात्रा पोटासियम चाहनुहुन्छ भने राम्रोसँग पाकेको गोलभेडालाई यत्तिकै खानु उचित हुन्छ। गोलभेडामा भिटामिन-सी, भिटामिन-ए र बेटा-क्यारोटिन नामक एण्टिअक्सिडेन्टहरू पाइन्छन्। यी एण्टिअक्सिडेन्टले फ्रि राडिकलद्वारा क्षय भएका हाम्रा कोषहरूलाई निको बनाउने काम गर्दछ। यसले हामीलाई स्वस्थ महशुस गराउनुको साथै हामीलाई सुन्दर अनि आकर्षक देखिन पनि मद्दत गर्दछ। जस्तै; यसले हाम्रो कपाललाई चम्किलो र बलियो बनाउँदछ भने हाम्रो आँखाको शक्तिमा पनि सुधार ल्याउँदछ, साथै छालालाई पनि नरम बनाइराख्दछ।
मानवशरीरमा प्रचुरमात्रामा क्याल्सियम पाइन्छ। तर १% क्याल्सियम शरीरका रक्तनसा, मांशपेसी र स्नायू प्रणालीले प्रयोग गर्दछ भने बाँकी ९९% क्याल्सियम हाडजोर्नी र दाँतले राख्दछ। मानिसको उमेर जति बढ्दै गयो, दाँत र हाडले पनि उत्ति नै बढि क्याल्सियम लिन थाल्दछ। क्याल्सियम पाइने अर्को श्रोत भनेको दूध पनि हो, तर दूधले अधिकांशलाई एलर्जी अथवा ग्यास्ट्रिकको समस्या गराउने हुनाले दाँत र हाडजोर्नी बचाउनको लागि गोलभेडा खानु सबैभन्दा राम्रो उपाय हुन जान्छ। गोलभेडामा पाइने अर्को खनिज पदार्थ हो- क्रोमियम, जसले हाम्रो शरीरको इन्सुलिनको मात्रालाई ह्वात्तै बढाउँछ र रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्न सहज बनाउँछ। त्यसैले मधुमेहलाई नियन्त्रण र रोकथाम गर्ने उपाय मध्ये पाकेको गोलभेडालाई यत्तिकै खानु पनि पर्दछ। चुरोटमा पाइने 'कार्सिनोजेन्स'ले हाम्रो फोक्सो र स्वासनलीलाई असर गर्दछ भने गोलभेडामा पाइने 'कौमेरिक एसिड' र 'क्लोरोजेनिक एसिड'ले उक्त असरलाई निको गराउँदछ। यो एक प्रकारको एण्टिअक्सिडेन्ट हो जसले शरीरको आन्तरिक अङ्गमा हुने जलन र पीडालाई कम गराउँदछ। धारिलो हतियारले काटेको अथवा आगो (तातो वस्तु)ले पोलेको ठाउँमा असाध्यै जलन भएको छ एकैछिनमा राहत पाउन चाहनुहुन्छ भने, पाकेको रातो गोलभेडा निचोरेर पोलेको भागमा लगाइदिनुहोस्। यसमा पाइने एण्टिअक्सिडेन्टले जस्तोसुकै जलनलाई पनि राहत दिने काम गर्दछ। पाकेको फलफूल तथा सागसब्जीमा अरूमा भन्दा बढि ब्याक्टेरियाले सङ्क्रमण गर्ने सम्भावना हुन्छ। त्यसैले गोलभेडा किन्दा राम्रोसँग हेरेर नकुहिएको, नगिल्थिलिएको, घाउचोट नलागेको छानेर मात्रै किन्नुहोला।
मेथी हामिले तरकारी तथा अन्य खानाका परिकार पकाऊदा मसलाको रुपमा प्रयोग गर्ने गर्छौं । यसको उपयोगिता खानाका परिकार बनाउदा तेलमा फुराउने मात्र नभई अन्य धेरै कुराहरुको लागि पनि उपयोगी हुने कुरा साहेद तपाईलाई थाहा नहुन पनि सक्छ । यसका थुप्रै थुप्रै फाईदाहरु छन् । तर तपाईलाई हामी यस्तो कुरा बताउदैछौ जुन कुरा सुनेर तपाई आश्चर्यचकित पनि पर्न सक्नुहुन्छ ।
मेथीको उपयोगिताबारे अष्ट्रेलियाको ब्रिसबेनमा गरिएको एक अध्ययनले मेथीका दानाको सेवन गर्दा यौन शक्तिमा अत्याधिक वृद्धी हुनुका साथै कामेच्छा पनि बढ्ने तथ्य खुल्न आएको छ । ब्रिसबेनमा रहेको आणविक चिकित्सा केन्द्रका अनुसन्धानकर्ताहरुले मेथीका दानामा पुरुषकाको कामेच्छा र यौन शक्ति बढाउने तत्व पाइने कुराको खुलासा गरेका छन् । मेथीमा यौनशक्तिमा प्रचुर वृद्धी ल्याई यौन क्रिडाको अवधी लम्ब्याउने कार्य गर्ने अध्ययनबाट प्रस्ट पारिएको छ ।
पश्चिमाहरुले यौन क्रिडाको अवधी बढाउने औषधीहरु मेथीको प्रयोग पहिले देखिने प्रयोग गर्दै आइरहेका थिए । पूर्ण बैज्ञानिक रुपले गरिएको अनुसन्धानमा भनिएको छ, मेथीको विउमा पाइने स्यापोनीन नामको तत्व पुरुषमा हुने टेस्टोस्टेरोन हरमोनमा उत्तेजना पैदा गर्न प्रभावकारी भूमिका निर्वाह गर्दछ । त्यस्तै स्वस्थ यौन जीवनका लागि नियमित मेथी सेवन गर्नु अतिनै राम्रो हुने अनुसन्धानकर्ताले जनाएका छन् ।
अनुसन्धानकर्ताका अनुसार मेथीले गर्मी गराउने हुँदा यसको अत्यधिक मात्रामा सेवन गर्नु छालाको लागि घातक सावित पनि हुनसक्ने बताएका छन्।
-डा गोकर्ण दहाल, हान्याङ स्कुल अफ मेडिसिन, दक्षिण कोरिया नेपालको दुर्गम तथा पहाडी क्षेत्रमा बिषालु च्याउ खाएर मर्नेको संख्या बर्षेनी बढ्दो छ । बर्षात्को समयमा हरेक बर्ष ३० देखि ४० जनाले ज्यान गुमाएको तथ्याङ्कले देखाउँछ । यो त अस्पतालमा आएकाहरुको मात्र आंकडा हो । कतिपय अवस्थामा त घर परिवार नै सखाप भएको पाइन्छ । यो समस्या नेपालको मात्र होइन विश्वब्यापी नै छ । एक तथ्याङ्कसार अमेरिकामा पनि हरेक १ लाख जनामा पाँच जना विषालु च्याउ खाएरै अस्पतालमा भर्ना हुने गरेको पाइएको छ । यद्यपी त्यहाँ च्याउ खाएरै मुत्यु भएको तथ्याङ्क पच्चीस बर्ष यता भेटिएको छैन ।
कस्ता च्याउ बिषालु हुन्छन् र कसरी चिन्ने ? नेपालमा हजार भन्दा बढि च्याउका प्रजातीहरु पाइन्छन् । तीमध्य करिब ११० जातका च्याउ मात्र खान योग्य छन् । परम्परागत रुपमा १३ प्रजातिका च्याउ औषधि रुपमा प्रयोग गर्ने गरिएको छ भने ४५ प्रजातिका च्याउ विषाक्त भएको अनुमान छ । सामान्य देखेको भरमा मात्र च्याउ विषालु वा अविषालु भनेर छुट्याउन गाह्रो हुन्छ । यसका लागि प्रशस्त अनुभव र बिज्ञताको खाँचो चाहिन्छ । नेपालमा खासगरि च्याउ पहाडि क्षेत्रमा पाइने र परम्परागत अनुभवका आधारमा नै यसको संकलन गर्ने गरिएको छ । कहिलेकाहिँ च्याउ आफैंमा बिषाक्त नभए पनि हामीले संकलन तथा र भण्डारण तरिकाले पनि विषाक्त बनाउँछ । सामान्यतया अहिलेसम्मका अनुसन्धानका आधारमा निम्न तरकिाले विषालु प्रजातिका च्याउहरु छुट्याउन सकिन्छ ।च्याउ भाँच्दा चोप निस्कियो भने र छुँदा त्सको रङमा परिवर्तन आएमा त्यो विषालु हो ।
बैजनी तथा गाढा रातो रङका च्याउ प्राय विषालु हुन्छन् ।
च्याउको माथि रहने छाता छाम्दा चिल्लो सतही भयो भने त्यो खानयोग्य हो तर खस्रो एबं तलमाथि उठेको देखिएमा बिषालु हो भनि अनुमान गर्न सकिन्छ ।नमिठो गन्ध, तीतो स्वाद, धेरै झुस भएका र माटो तथा गोबर काठ दाउरमा उम्रेका च्याउ खाँदा बिचार पुर्याउनु पर्दछ ।बिषालु च्याउको वरिपरि किराहरु नलाग्ने हुन्छ, त्यसैले यी च्याउहरु देख्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिन्छन् ।च्याउलाई कुखुराको अण्डा एबं दुधमा राख्दा केहि समय पश्चात दुध फाटेमा एबं अण्डा जमेमा पनि उक्त च्याउ विषालु हुनसक्छ ।यी च्याउ जाँच्ने सामान्य बिधी मात्र हुन् । यसैका मात्र आधारमा विषालु हो वा होइन भनि छुट्याउन गारो हुन्छ यसका लागि अनुभव र बिज्ञता नै आबश्यक छ । तर गाँउघर जहाँ च्याउ संकलन गरिदै आएको छ त्यहाँ अलिकति भएपनि सहजता होस् भनेर यहाँ प्रस्तुत गरिएको हो ।
विषाक्त च्याउ खाँदा देखिने समस्या
च्याउको विषको असर च्याउको प्रकार, खाएको मात्रा, उमेर समूह, एवं संकलन गरेको स्थान आदिमा भर पर्दछ । च्याउमा धेरै प्रकारका टक्सिनहरु पाइन्छन् जस्तै अमाटोटक्सिन, ओरेलिन, सिलीकोविन आदि । अहिलेसम्म च्याउले शरीरमा पार्ने प्रभावका आधारमा १४ प्रकारको विषाक्तताको पुष्टि भएको छ । बिषालु च्याउ खाइसकेपछि यो हाम्रो शरीरको कलेजोमा पुग्दछ र शरीरको पित्तसँग मिलेर नयाँ किसिमको तत्वको निर्माण गर्दछ, जसले बिस्तारै हाम्रो मृगौलाको काम गर्ने क्षमतामा कमी गराउँदै जान्छ । र अन्तमा कलेजो तथा मृगौला फेल हुन्छ र मानिसको मृत्यु हुन्छ । च्याउको बिषाक्तताको असर सामान्यदेखि अत्यन्त जटिलसम्म छ अर्थात् ९५ प्रतिशतसम्म घातक अवस्था पनि हुन्छ । बालक तथा बृद्धहरुमा च्याउको बिषाक्तताको असर छिटो तथा धेरै देखिन्छ भने वयस्क ब्यक्तिमा अलि कमै हुन्छ । च्याउ खाएको ६ घण्टा देखि २४ घण्टा पछिसम्म पनि यसका असरहरु देखिन्छन् । कतिपय बिरामीले पेटको तल्लो भाग दुखेको, छटपटी भएको, आँखा वरिपरि अँध्यारो भएको महशुस गर्छन् भने कतिलाई पखाला लाग्ने र बान्ताहुने जस्ता लक्षण पनि देखिन्छन् ।
च्याउको विषबाट बच्न के गर्ने ?
सकभर आफुले चिनेको र अभ्यस्त भएको च्याउ मात्र संकलन गर्ने वा बजारमा विक्रीवितरण गर्ने र खाने । संकलन गर्दा वा भण्डारण गर्दा पलास्टिकको झोला, फलाम एबं टिनको बाकसहरु प्रयोग नगर्ने वा च्याउलाई खुला राख्ने नगुम्साउने ।सकभर दुई प्रजातिका फरक– फरक च्याउहरु सँगै मिसाएर नपकाउने र जुनसुकै च्याउ पनि पकाउनु भन्दा अघि १० देखि १५ मिनेट बफाएर पकाउने ।उमाल्दैमा, फ्रिजिङ गर्दैमा र अन्य प्रोसेसिङ गर्दैमा च्याउको विष नाश हुँदैन, त्यसैले यो भ्रमबाट मुक्त रहने ।च्याउको विष लाग्दै गरेको अवस्था छ भने शरीररबाट यसलाई जतिसक्यो चाँडो बाहिर निकाल्न प्रयास गर्नुपर्दछ । यसका लागि बिरामी होशमै छ भने नुन पानी खाान दिएर बान्ता गराउने वा पखाला लगाउने कुनै बिधी अपनाउने परम्परागत रुपमा प्रयोग गरिदै आएको लसुन ,दही तथा टिमुरको पनि प्रयोग गर्न सकिन्छ तर सबै भन्दा बुद्धिमानी छिटो भन्दा छिटो अस्पताल पुर्याउनु नै हो ।तसर्थ यसका लागि सरकारले पत्रपत्रिका, रेडियो तथा टेलिभिजन मार्फत जनतामा सचेतना फैलाउन जरुरी छ । बिभित्र निकायबाट च्याउको व्यावसायिक खेतिका बारेमा तालिम त दिइन्छ तर दुर्भाग्य च्याउको बिषाक्तताको बारेमा खासै बुझाउने चलन छैन । यस बारेमा सबेैले बेलैमा सोचेर च्याउ सेवनका कारण हुने मूत्यु र बिरामी दर घटाउनुपर्छ ।
म २१ बर्षकी भएँ । म अविबाहित मात्र होईन कुमारी नै छु । मेरो योनिमार्ग सा¥है चिलाउने गर्छ । कुनै कुनै बेला यसले निकै गाहो हुने गर्छ । अलिअलि सेतो पानी पनि बग्ने हुन्छ तर लाजको कारण कतै देखाएको छैन । मैले के गर्ने होला ?
उत्तर– योनीमार्ग अत्यधिक चिलाउने तथा सेतो पानी बग्ने कारण यानीमार्गको संक्रमणले गर्दा हुन सक्छ ।
योनीमार्गको संक्रमण गराउने जीवाणुहरु धेरै हुने गर्छन तर धेरै चिलाउने कारण फन्जाईको संक्रमणले गर्दा हुन सक्छ ।
फन्जाई वा अन्य जीवाणुको संक्रमण पत्तालगाउन सेतो पानीको परिक्ष्ँण महत्वपुर्ण मानिन्छ ।
यानीमार्गमा फन्जाई संक्रमण भएको अवस्थामा कोट्रिमाजोल क्रिम तथा पेसरी लगाउनु पर्ने हुन सक्छ ।
चिकित्सकको सल्लाह बमोजिम खाने औषधिहरु पनि सेवन गर्नु पर्ने हुन सक्छ ।
यस्ता समस्याका लागि सरसफाईमा निकै ध्यान पु¥याउनु पर्छ र अण्डरगार्मेन्ट सफा र नरम प्रयोग गर्नु पर्ने हुन्छ ।
योनि संक्रमणबारे जानकारी
योनि संक्रमण भनेको के हो?
बच्चा जन्माउन सक्षम उमेरका महिलाहरूमा जननांग संक्रमण आम हो र यो योनि क्षेत्रमा क्याण्डिडा एल्बिकन्स नाम गरेको खमीर जस्तो ढुसी (फंगस) प्राकृतिक तवरमा बढ्नाले हुन्छ।
सामान्य परिस्थितिमा, योनिमा कम्ती परिमाणको क्याण्डिडा सदैव रहन्छ। योनिको अम्लीय वातावरणमा कुनै परिवर्तन भयो भने, क्याण्डिडा धेरै बढ्न सक्छ, र महिलाहरूमा योनि संक्रमण हुने धेरै सम्भावना हुन्छ।
योनि संक्रमणको लागि के उपचार आवश्यक छ?
बहुसंख्यक महिलामा कुनै लक्षण नै हुँदैनन्, त्यसैले उपचार आवश्यक छैन।
कम्ती संख्यक महिलाहरूमा, भगमा चिलाउने सहित योनिबाट पहेँलो वा च्याटच्याटे पदार्थ निस्कने, योनि सुन्निने, वा यौनक्रिया गर्दा असजिलो महसूस हुने लक्षण हुन्छन्। गम्भीर मामिलामा, धेरै दुखाइका साथ भग, मूलाधार र काछ (काप) सुन्निने र त्यहाँ घाउ हुन्छ।
तपाईंमा योनि संक्रमणका संकेत र लक्षण देखिए भने, कृपया एक साधारण वाह्यरोगी क्लिनिक वा निजी डाक्टरबाट परामर्श लिनु होस्। परामर्शपछि, सठीक औषधिहरू जस्तै योनि पेशारि मिश्रण, स्थानीय मलहम वा खाने औषधिको लागि कृपया डाक्टरका निर्देशहरूको पालना गर्नु होस्।
उपचारपछि यो फेरि बल्झिन सक्छ।
के तपाईंको साथीलाई कुनै उपचारको आवश्यकता छ?
लक्षण नदेखिएका साथीको उपचार गर्नु पर्दछ भन्ने समर्थन गर्ने कुनै प्रमाण छैनन्।
यदि तपाईंको साथीमा पनि एउटै समयमा लक्षण देखिन्छन् भने, तपाईंहरू दुबैले परस्परलाई संक्रमित गराउने जोखिमलाई रोक्न उपचार गराउनु पर्दछ।
यसमा जोखिमका के कारकहरू छन्?
पुरूष र महिलाका यौनांग क्षेत्रमा सामान्य परिमाणको खमीर रहनु आम कुरो हो तर यसलाई बढाउने धेरै कारकहरू हुन सक्छन्।
क्याण्डिडालाई बढाउने कारकहरू हुन सक्छन्:
तपाईं एण्टबायोटिक्स लिंदै हुनुहुन्छ।
तपाईं गर्भवती हुनुहुन्छ।
तपाईं मधुमेह मेलिटसबाट पीडित हुनुहुन्छ।
प्रतिरक्षण क्षमता घटाउने एक स्थिति, जस्तै ह्यूमन इम्यूनोडेफिसिएन्सी भाइरस (एचआईभी) संक्रमणले तपाईंको प्रतिरक्षण क्षमतालाई कमजोड पारेको छ।
योनि संक्रमण रोकथाम कसरी गरिन्छ?
योनि संक्रमण विकसित हुने वा बल्झिने परिस्थितिमा निम्न सुझावहरूले मद्दत गर्न सक्छन्:
निजी स्वच्छताको राम्रो ध्यान राख्नु। आफ्ना कट्टूहरू नियमित धुनु।
नाइलन वा धेरै कस्सिने अण्डरवियर नलगाउनु, बरू सुतीका प्याण्टीहरू लगाउनु।
आफ्नो योनिलाई सफ्फा गर्दा एण्टिसेप्टिकको प्रयोग नगर्नु। यसले तपाईंको त्वचामा पोल्छ र त्यो ठाउँमा जीवाणुहरूले सजिलै संक्रमण फैलाउन सक्छन्।
डूस (पखाल्ने) प्रयोग नगर्नु होला।
सुगन्धित स्यानिटेरी प्याड र इत्रयुक्त टयलेट पेपर प्रयोग नगर्नु होला।
दिसा-पिसाब गरेपछि भगदेखि पछिसम्म पुछ्नु होला। यसले सामान्यतः तपाईंको मलाशयमा जीवित रहने ब्याक्टीरियालाई योनिसम्म जानबाट रोक्नमा मद्दत गर्न सक्छ।
डाक्टरको सहयोगमा
- न्यूजअभियान
सेक्स मानवीय जीवनको अपरिहार्य कुरा हो यसमा दुईमत नहोला । त्यसैले सेक्सविनाको जीवन परिकल्पना गर्न पनि सकिन्न । उसो त समयसँगै सेक्सको परिभाषा तथा आयामहरू पनि परिवर्तन अर्थात् आधुनिक हुँदै गइरहेको छ ।
पहिले विवाहअगाडिको सेक्स अपराध नै मानिन्थ्यो भने आजभोलि मन मिलेपछि जुनसुकै बेला सेक्स गर्दा पनि हुन्छ भन्न थालिएको छ । त्यस्तै पहिले सेक्स भनेको पुरुषको लिंग महिलाको योनीमा पसाएपछि मात्र हुन्छ भन्ने सोच थियो र मानिसले सोही अनुरूप सेक्सको मज्जा लिन्थे तर आजकल सेक्सको आयाम आधुनिक हुँदै गएको छ ।
अर्थात् अहिलेका जोडीहरू आफ्नो लिंग र योनीको प्रयोग भिन्न–भिन्नसँग गरेर यौनआनन्द लिन थालेका छन् । जसलाई मुखमैथुन वा ओराल सेक्स भनिन्छ ।अझ लन्डनमा हालै भएको एक अध्ययनले महिलाहरू त झन् मुखमैथुन गर्न मरिहत्ते गर्ने गरेको निष्कर्ष निकालेको छ ।
करिब तीन हजार जोडीहरूबीच गरिएको सो अध्ययनमा सहभागी ६३ प्रतिशत महिलाले मुखमैथुन गर्दा चरम आनन्द पाउने बताएका थिए। सेक्सको समयमा तनावरहित हुनुपर्ने समेत वताईएको छ ।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला।
किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ ।
यहाँ हामीले दैनिक जीवनमा गर्ने १० गल्तीको चर्चा गरिएको छ जसले मृगौलालाई हानी पुर्याउँछ ।
१ पानी कम पिउने
यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ । यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ ।
२ नून बढी
खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ । यसले मृगौलामा दवाव पैदा गर्छ । तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ ।
३ पिसाव रोक्ने
यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस् । पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ ।
४ गुलियो खाने बानी
यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस् । गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ ।
५ पोषणको अभाव
शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ । भिटामिन-6 र म्याग्नेशियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन ।
६ मासु बढी खाने
मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ । मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ ।
७ अनिद्रा
रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ । यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ ।
८ चिया कफी बढी सेवन
चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ । चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ ।
९ पेनकिलर सेवन
टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस् । धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ ।
१० जाँड रक्सी
अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ । यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ । यी १० कुरा सँधै ख्याल गर्नुस्
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला !
यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला।
खादा तितो अनि व्लड प्रेसर लो भएकाले धेरै खान नहुने हामीले तरकारीको रुपामा प्रयोग गर्ने फलनै तिते करेला हो । तीते करेलाको केहि फाईदा यस्ता छन् ।
खानामा रुचि बढाउँछ । छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ । खाएको कुरा राम्ररी पचाउँछ । पेटसफा राख्दछ । कब्जियत हुन दिँदैन । पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ । रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ । मधुमेह रोगीलाई इन्सुलिनको काम गर्छ ।
यसले छाला सम्बन्धी विभिन्न रोगजस्तै यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ । यस्तै तीतेकरेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ । औषधिको रूपमा तीतेकरेलको हरेक भाग जस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।
तीतेकरेलका बियाँ पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ । साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्तारोकिन्छ । मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहानबेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ । तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ । यस्तैआगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ ।
तीतेकरेलाको पात आगोमा तताएर सिधेनुन सँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ । बर्षा याममा हैजा लागेको शङ्का लागेमा वाहैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ । तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।
तीतेकरेलाको जराको रसमा बराबरमात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ । अन्य उपयोगितातीते करेलाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ । तीते करेलाको फई मात्रै होइन वेफाईदा पनि छ । गर्भवती महिलाले तीतेकरेलाको सेवन गर्नु उचित हुँदैन । यसको सेवनले गर्भवती महिलाहरूको गर्भपतन वा रक्तश्राव हुने सम्भावना हुन्छ ।
यसको बढी सेवनले पेटदुख्ने र झाडा हुने सम्भावना हुन्छ । रक्तअल्पता (एनिमिया) भएका र कमजोर व्यक्तिलाई भने तीतेकरेलाको नियमित सेवनले रिँगटा लाग्ने र अझ कमजोर हुने गरेको पाइन्छ । तीतेकरेलाको बियाँको घेरामा हुने तत्वलेसाना बालकहरूलाई विषादिको काम गर्छ!!
तिते करेला खादा यसको स्वाद सबैलाई मन नपर्न सक्छ । कति त तिते करेलाको नामै लिन चाहदैनन् । तर, यहि तिते करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस लगायतका गुणकारी भिटामिनहरु पाइन्छ । करेला विभिन्न रोगका लागि उपयोगी खानेकुरा हो । आज हामी हाम्रो भान्सामा पाक्ने तिते करेलाका १२ गुणका बारेमा चर्चा गर्दै छौं ।
१) श्वासप्रश्वास समस्यामा : ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्या भएकाहरुका लागि करेला निक्कै गुणकारी हुन्छ । यसको सेवनबाट यस्ता प्रकारका रोगहिरलाई केहि राहत मिल्न सक्छ ।
२) लिभर टनिक : दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । स्वास्थ्यमा परिवर्तन आएको हेर्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनै पर्ने हुन्छ ।
३) रोग प्रतिरोधक : पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।
४) डण्डीफोरमा : करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।
५) मधुमेह : करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । चिनिया र भारतीय प्राचिन चिकित्सा पद्दतिमा करेला लामोसमयदेखि प्रयोग हुँदैं आएको विश्वास गरिन्छ । हालै भएका अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ । इन्सुलिनको अभाव वा विकासका प्रतिरोधकका कारण कोषहरुले रगतबाट सुगरको मात्रा लिन असफल भएमा टाइप टु मधुमेह लाग्छ । दुवै अवस्थामा कोषहरु सुगर लिन असमर्थ रहन्छन् । किनासे नामका प्रोटिन सक्रिय नहुँदा कोषले सुगर लिन नसक्ने भएकाले करेलाले किनासेहरुलाई सक्रिय बनाउछन् । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।
६) कब्जियतमा : यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ ।
७) मिर्गौला र ब्लाडर : यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ ।
८) मुटुको रोग : यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।
१०) तौल घटाउन : यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चााँडो चाँडो तौल घटाउन यसले मद्दत गर्छ ।
११) छालाको समस्यामा : करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ ।
१२) कपाल चम्काउन : करेलाको रसमा एक कप दही मिसाएर लगाउनुस् र केही समयपछि धुनुस, यसले कपालमा प्राकृतिक चमक आउछ । करेलाको जुसले कपाल झर्ने समस्या पनि हटाउछ । करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने समस्या समाधान हुन्छ ।
असमयमै कपाल फुलेर हैरान हुनुभएको छ भने यसरी कपाललाई पुनः कालो बनाउन सक्नुहुन्छः अमला अमला खाने, यसलाई मेहदीमा मिसाएर अनुहारमा दल्ने र नरिवलको तेल तताएर यसमा अमलाको रस मिसाइ टाउको मसाज गर्ने गर्नाले कपाल कालो हुँदै जान्छ । मरिच कालो मरिचका दुई दाना पानीमा राखी उमाल्ने र यसरी उमालेको पानी सेलाइ टाउको धुने गर्नले कपाल कालो हुँदै जान्छ । कफी कफी र ब्ल्याक टीको घोललाई फुलेको कपालमा लगाउनाले पनि कपाल कालो हुन्छ । घ्यूकुमारी घ्यूकुमारीमा कागतीको रस मिसाइ पेस्ट बनाएर फुलेको कपालमा लगाउने र सुकेपछि पखाल्ने । दही मेहदी र दही समान मात्रामा मिसाई पेस्ट बनाउने कपालमा लगाउने । यो गर्दा कालो हुँदै जान्छ । प्याज नुहाउनुभन्दा केही समयअघि कपाल फुलेको ठाउँमा प्याजको रस लगाउने कपाल कालो हुँदै जान्छ । भृंगराज भृंगराज र अश्वगन्धाको जराको पेस्ट बनाई यसलाई नरिवलको तेलसँग मिलाएर टाउकोमा लगाई आधा घण्टापछि मनतातो पानीले धुने । दूध कपाल कालो बनाउन दूध लाभदायक हुन्छ । सातामा एकपटक काँचो दूधले कपाल मसाज गर्दा कपाल कालो हुन्छ ।
गर्मी सिजन लगभग सुरु भएको छ । यस्तो अवस्थामा शरीरलाई फिट राख्नु जरुरी हुन्छ । गर्मीमा शरीरलाई फिट राख्न के–के गर्न सकिन्छ त ?
तरल पदार्थ अत्यधिक लिनुहोस्
जूस, दही, लस्सी, मही, कागती पानी, बेलको सर्बत, नरिवल पानीजस्ता तरल पदार्थ बढी खानुपर्छ । चिया तथा कफीबाट भने सकेसम्म टाढै हुनुहोस् । यिनमा भएका क्याफिनले शरीरलाई डिहाइड्रेट बनाउँछ । ज्यादैं चिसो पानी पनि नपिउनुस् । ज्यादा चिसो पानीले पाचन प्रणालीलाई असर पार्छ र शरीरलाई प्राकृतिक चिसो बनाउने प्रणालीमा नकारात्मक असर पार्छ ।
सिजनअनुसारका तरकारी तथा फलफूल खानुहोस्
गर्मी मौसममा गोलभेंगा, पालुंगो, लौकाजस्ता तरकारी खानुहोस् र यिनीहरुमा कम क्यालोरी हुन्छ र एसिडीटीजस्ता समस्या समाधान हुन्छ । यी तरकारीले गर्मीमा चिसो बनाउन मद्दत गर्छ । यस्तै, मौसमी फलफूल पनि धेरै खानुपर्छ । यसबाट पेट पनि भरिन्छ र क्यालोरी पनि भरिन्छ । तरबूजाले शरीरलाई हाइड्रेट हुनबाट बचाउँछ र छालालाई सूर्यबाट हुने नकारात्मक असरबाट बचाउँछ । सुन्तला र कागतीले पनि छालालाई नरम बनाउछन् र शरीर ताजा बनाउछन् । आँपमा आइरन हुन्छ भने स्ट्रबेरीले युरिनरी समस्याबाट राहत मिल्छ । तौल घटाउन मन छ भने बिहान ब्रेकफास्टमा केरा खानुहोस्, यसमा रहेको पोटासियमले दिनभर तपाईंलाई चुस्त बनाउछ । अमला भिटामिन सी, क्याल्सियम, फस्फोरस वा आइरनको राम्रो स्रोत हो ।
हल्का ब्यायामले फिट राख्छ
बिहान–बेलुकी घरमा हल्का अभ्यास गर्नाले गर्मी मौसमका शरीरलाई फिट राख्छ । व्यायामचाहिँ कुनै कुशल गुरुसंग सिक्नुहोस् । यदि कुनै बिरामी हुनुभएको छ भने व्यायाम गर्नुअघि डाक्टरको अनुमति लिनुहोस् । बिहान ६ देखि सात बजेसम्मको समय मर्निङ वाक सबैभन्दा उपयुक्त हुन्छ । बेलुकी खाना खाएपछि पनि १५–२० मिनेट हिडडुल गर्नाले गर्मीमा शरीरलाई फिट राख्न मद्दत गर्छ । नवभारतटाइम्सबाट
कागती पानी : पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ ।
कार्बोहाइड्रेट कम खाने : पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।
दूध नपिउने : ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र अन्य दूधबाट बनेको परिकार खानु राम्रो हुन्छ ।
प्रशस्त पानी पिउने : लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्ड ड्रि«ङ्कको प्रयोग गर्नुहुँदैन । यसले पेटमा ग्यास बढाउँछ ।
लसुन पानी : बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ ।
खाना समयमा खाने : ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ।
सेक्स समस्या होइन, समस्या व्यक्तिको आफ्नै कुण्ठा हो। कोही लिंगको आकार सानो भएको कुण्ठामा रुमलिएका छन् भने कोही छातीका दाना साना भएका चिन्ताले ग्रस्त छन्। शताब्दीयौँदेखि ‘मोरल पुलिसिङ’को एकमात्र काम गरिरहेका सरकार र सामाजिक संस्थाहरूको अत्याचारमा मानिसहरू बिस्तारै खुल्न थाल्दा अनेक समस्या देखिनु स्वाभाविक हो।
केस नं. १ यही असारभित्र विवाह बन्धनमा बाँधिन लागेका २७ वर्षीय एक शहरिया र शिक्षित युवक यौन विशेषज्ञकहाँ पुग्छन्। देशविदेश घुमेका उनी धेरै कुरासँग परिचित छन्। तर, उनलाई एउटा कुराले साह्रै नराम्रोसँग पिरोलिरहेको छ। उनी असाध्यै अशान्त छन्, छटपटाइरहेका छन्। सेक्सका बारेमा उनले प्रशस्तै पढेका पनि छन्। उनलाई लाग्छ- उनको लिंग सानो छ। श्रीमतीलाई कसरी सन्तुष्टि दिनेहोला? यही प्रश्नले उनलाई भित्रभित्र खाइरहेको छ। यौन विशेषज्ञले कुनै उपाय सुझाउँछन् कि भन्ने आश छ उनलाई। केस नं २ भर्भराउँदो जवानी चढिसक्दा पनि चौबिस वर्षीया सीमा (नाम परिवर्तन) का स्तन आलुबखडाका दानाजत्रा छन्। अरूका पुष्ट स्तन देख्दा उनी हीनताबोधले खङ्रङ हुन्छिन्। रातारात भोगटेजत्रो स्तन बनाउने भनी पत्रपत्रिकामा छापिने विज्ञापनमा उनलाई विश्वास छैन। त्यसैले उनी पनि महिला यौन विशेषज्ञकहाँ स्तनको आकार बढाउन सकिन्छ कि भनेर पुगेकी छिन्। विवाहपछि श्रीमान्लाई स्तन सानो भएकै कारण सन्तुष्ट बनाउन सकिँदैन कि, यसकै कारण घरबारै बिग्रन्छ कि भन्ने चिन्ताले सताइरहेको छ उनलाई।
सेक्ससम्बन्धी भ्रम, अन्धविश्वास या कुण्ठाका यस्ता हजारौँ केस छन्। यौन भ्रमको वृक्ष ‰यांगिदै जाँदा मानिसहरू रोगी भइरहेका छन्। खुम्चेर बाँचिरहेका छन्। युगौँदेखि यौन उदार कहलिएका अमेरिकी र युरोपेली समाजमा पनि पर्याप्त यौन भ्रम छन् भने हामीकहाँ त सेक्सका बारेमा कुरा गर्न बल्ल सुरु गरिएको छ। भनिन्छ, सेक्ससँग सम्बन्धित ९० प्रतिशत समस्या मनोवैज्ञानिक हुन्छन्। ‘बेड’मा जाँदा पुरुष ‘ब्याटल’ मा गएजसरी जानु र सेक्सलाई विजय/पराजयको विषय बनाउनु पुरुषप्रधान मानसिकता (मेल सौभनिजम) को प्रतिविम्ब हो। गुलाब बोक्नुपर्ने कोमल अवस्थामा बन्दुक बोकेपछि के हुन्छ? असन्तुष्टि र हीनताबोधबाहेक के नै हात लाग्छन् र? नेपाली समाज यौनका मामिलामा उदार बन्दै छ। यो उदारतासँगै सेक्ससम्बन्धी पर्याप्त भ्रम र अन्धविश्वास पनि हुर्काएका छौँ हामीले। हाम्रो सेक्स लाइफ निकै बोझिलो भएको छ। अधिकांश समय सेक्सकै बारेमा चिन्ता गरेर बिताइरहेका छौँ। आफ्नो यौनांगको साइज, यौन सम्पर्कको अवधि, दुब्लो-मोटो शरीर, स्तनका आकारलगायत भ्रमैभ्रमको महाजालमा हाम्रो सेक्स लाइफ अल्झिएको छ, बल्झिएको छ। यौन शिक्षाको बारेमा बेलाबेलामा चर्चा हुने गरे पनि हामीले अहिलेसम्म यसलाई खुला बहसमा ल्याएका छैनौँ। पूर्वीय दर्शनले ‘आहार, निद्रा, भय र मैथुन’लाई उहिल्यै मानव जीवनका अनिवार्य तत्व घोषणा गरिसकेका हुन्। तर, सेक्सलाई जहिले पनि छोपेर राख्नाले हाम्रो यौन जीवन निरस र पट्यारोलाग्दो भएको छ। दिनभरि ‘हर्षमान्’ बने पनि राती ओछ्यानमा आँशुका ‘वर्षमान्’ धेरै छन् यहाँ। पत्रपत्रिकामा आउने यौन जिज्ञास र यौन विशेषज्ञका क्लिनिकमा लाग्ने ताँतीले यस सत्यलाई सोह्रै आना पुष्टि गर्छन्। लज्जा र हीनताबोधका कारण गुपचुप बस्ने, डराएर र खुम्चेर बाँच्ने त कति छन्, कति! यौन विशेषज्ञ या मनोविज्ञसँग सामान्य परामर्श गरेर आफूभित्रका भ्रम निवारण गर्दा यौन जीवन हरिलोभरिलो हुन्छ भन्ने ज्ञान साह्रै थोरैलाई मात्रै छ। यौनसम्बन्धी बिहान पढेको कुरा बेलुका श्रीमतीसँग सहवास गर्ने बेलामा भुल्ने जमात पनि सानो छैन। सहवासलाई युद्ध र खाटलाई युद्धमैदानका रूपमा लिने गलत मानसिकताका कारण पनि अधिकांशको यौन जीवन बर्बाद भएको छ। यौन सम्पर्कका बेला पुरुष हाबी हुनैपर्छ, श्रीमती वा पार्टनर सन्तुष्ट हुन सकिनन् भने त नामर्द नै भइन्छ भन्ने स्कुलिङका कारण हरेक पुरुष यौन सम्पर्कका बेला योद्धाको मानसिकतामा हुन्छ।
पुरुषप्रधान मानसिकता (मेल सौभनिजम) कति चर्को छ भने सेक्समा श्रीमती या पार्टनरलाई ‘हर्ट’ गरेर ‘सन्तुष्टि’ दिन सकिएन भने पुरुषको ‘इगो’ मर्माहत हुन्छ। यसैका कारण जिन्दगीको सबैभन्दा ठूलो आनन्द सबैभन्दा ठूलो पीडा बनेको हुन्छ, धेरैका सन्दर्भमा। मनोचिकित्सक डा. रवि शाक्य भन्छन्, ‘सेक्स भनेको ९० प्रतिशत मानसिक कार्य हो, १० प्रतिशतमात्रै शारीरिक कार्य हो। जबसम्म हामी मानसिक रूपमा आफूलाई फिट राख्न सक्दैनौँ, तबसम्म हामी सेक्समा सन्तुष्टि प्राप्त गर्न सक्दैनौँ।’ सेक्स भनेको कला पनि हो। यस कलालाई जसले राम्रोसँग ह्यान्डल गर्न सक्छ, उसैले आनन्द उठाउन सक्छ। सेक्सलाई जटिल ठान्नेहरूको जीवन जहिले सदा तनावमा बित्छ। डा. शाक्य भन्छन्, ‘दिमागमा रहेका अनावश्यक भ्रम नहट्दासम्म स्खलितमात्रै हुन सकिन्छ, सेक्सको असली आनन्द लिन सकिन्न।’ शुक्रवारको प्रकाशन सुरु भएदेखि नै हामीले ‘तपाईँको चासो’ स्तम्भअन्तर्गत पाठकका यौन जिज्ञासालाई स्थान दिँदै आएका छौँ। हामीले प्राप्त गरेका पाठकका पत्र र यौन विशेषज्ञ तथा मनोचिकित्सककहाँ आउने ‘केस’ हरूका आधारमा नेपाली समाजम व्याप्त केही भ्रम र ती सम्बन्धी वास्तविकतालाई यहाँ प्रस्तुत गरिन्छ।
सेक्स सम्बन्धी केही भ्रम
कुमारीत्व नेपाली समाजमा कुमारीत्वको अवधारणा अहिले पनि निकै बलियो छ। आफूले बिहे गरेर भित्याएकी श्रीमती कुनै पनि हालतमा कुमारी नै हुनुपर्छ भन्ने मान्यता धेरै पुरुषमा हुने गर्छ। बिहेको पहिलो रात सहवास गर्दा श्रीमतीको योनीबाट रगत बग्नुपर्छ भन्ने भ्रम राख्नेहरू धेरै छन्। सेतो तन्नामा रगतको टाटो बस्यो भनेमात्र श्रीमती कुमारी रहिछ भनी मान्नेहरू यही समाजमा छन्। तर, यो सोह्रै आना गलत हो। चिकित्सकका अनुसार को कुमारी हो, को कुमारी होइन, प्रमाणित गर्न निकै गाह्रो छ। योनी मार्गमा हुने एक प्रकारको झिल्ली, जसलाई हाइमन भनिन्छ, त्यो पहिलो पटक यौन सम्पर्क गर्दा च्यातिन्छ र रगत बग्छ भन्ने भ्रमका आधारमा कुमारीत्वको मापन गर्ने विधि अव्यावहारिक र मूर्खतापूर्ण भएको बताउँछन् चिकित्सक। वीर अस्पतालकी यौन तथा चर्मरोग विशेषज्ञ डा. अनुपमा कार्की कुमारीत्वको मापन गर्न नसकिने बताउँछिन्। भन्छिन्, ‘हाइमनको आधारमा को कुमारी हो, को होइन, त्यो मेडिकल्ली प्रमाणित गर्न गाह्रो छ।’ साइकल चढदा, कसरत गर्दा, उफ्रँदा, हस्तमैथुन गर्दा पनि हाइमन च्यातिन सक्छ। फेरि यो सबैमा हुन्छ भन्ने पनि छैन। धेरैजसो युवतीमा हाइमनले पूरै योनीमार्ग ढाकेको पनि हुँदैन। यो चन्द्राकारको पनि हुन्छ। यस्तो आकारको हाइमन भएकाहरूको बच्चा जन्माइसकेपछि यो झिल्ली ज्युँका त्युँ रहन्छ। ‘त्यसैले यसलाई आधार बनाएर कुमारीत्वको बारेमा सोच्नु भनेको सेक्स लाइफलाई सदाका लागि बर्बादीतिर धकेल्नु हो,’ मनोचिकित्सक डा. शाक्य भन्छन्। ‘बिहे नभएकी केटी’- बस्, कुमारीको परिभाषा यही हो।
हस्तमैथुन नेपालीहरूमा रहेको हस्तमैथुनसम्बन्धी भ्रमले चिकित्सकहरूको पनि टाउको खाइसक्यो। यौन चाहना मेटाउने यो सुरक्षित उपायलाई भ्रमको भुमरीमा पारिएको छ। माता मनकामना आरोग्य केन्द्र र सेक्सोलोजिस्ट डार्क्टस क्लिनिकमा आबद्ध डा. बद्री गौतमका अनुसार हस्तमैथुन नगरी पनि बस्न नसक्ने, गर्दा पनि के के न बिराएँ भनी चिन्ता गर्नेको ठूलो जमात छ। ‘म हस्तमैथुन गर्छु, मेरो टाउको दुख्यो, घुँडा दुख्यो भन्दै आउनेहरू पनि प्रशस्तै छन्,’ उनी भन्छन्। पूर्वीय दर्शनमा वीर्यको तुलना रगतसँग गरिन्छ। १०० थोपा रगत बराबर १ थोपा वीर्य हुन्छ भन्ने मान्यता छ। यसले गर्दा पनि हस्तमैथुन गर्नेहरूले आफूलाई कमजोर भएको ठान्छन्। यौन चाहना पूरा गर्न गरिने हस्तमैथुनले जो कोहीलाई पनि स्वस्थ र फूर्तिलो बनाउँछ। पछिल्लो समयमा चिकित्सकहरूले ‘धात सिन्ड्रोम’ भन्दै हस्तमैथुन गर्न हौसाइरहेका छन्। बढ्दो एचआइभी संक्रमण, यौन रोग, बलात्कार घटाउन युवाहरूलाई हस्तमैथुन गर्न प्ररित गरिएको छ। चिकित्सका अनुसार वीर्य स्खलन हुँदा कमजोर हुन्छु भन्नु थुक्दा मुख सुक्यो भन्नुजस्तै हो। पिच्च-पिच्च थुकिरहे पनि मुख सुख्खा हुने गरि कहिल्यै सुक्दैन। वीर्य स्खलन भएर सकिने चिज पनि होइन। अण्डकोष स्वस्थ रहुन्जेल यसको निर्माण प्रक्रिया एकदम तीव्र गतिमा हुन्छ। एक अध्ययन अनुसार ९५ प्रतिशत पुरुषले हस्तमैथुन गरेकै हुन्छन्। ‘हस्तमैथुनले विवाहपछि यौनजीवनलाई कुनै असर गर्दैन,’ डा. गौतम भन्छन्।
लिंगको आकार लिंगको आकारलाई लिएर तड्पिनेहरू कम छैनन्। पोर्न फिल्म हेर्नेहरू फिल्मको क्यारेक्टरको जत्रै लिंग भइदियोस् भन्ने कल्पना गर्छन्। लिंगको साइजले पार्टनरलाई सन्तुष्टि दिने सन्दर्भमा असर गर्छ भनी सोच्नु सर्वथा गलत हो। यौन सम्पर्कलाई आनन्ददायी बनाउन लिंगको साइजको कुनै भूमिका हुँदैन। पार्टनर, परिवेश, फोरप्लेलगायत पक्षमा ध्यान दिन सकेे यौन पार्टनरलाई पूर्ण सन्तुष्टि दिन सकिन्छ। पार्टनरलाई चरर्मोत्कर्षमा पुर्याउन ग्ल्यान्स ( छालाले ढाकेको लिंगको माथिल्लो भाग) नै पर्याप्त हुन्छ। डा. विनय वैद्यका अनुसार उत्तेजनामा आएको बेला तीन इन्च लम्बाइ हुने लिंग भएकाहरू सेक्समा शतप्रतिशत समर्थ हुन्छन्। ‘लिंग सानो हुँदा आनन्द आउँदैन भन्नु सानो जिब्रोले खानाको स्वाद थाहा पाउँदैन भन्नुजस्तै हो,’ उनी भन्छन्, ‘लिंगको साइजलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ।’
स्तनको आकार महिला र पुरुष दुवैमा यससम्बन्धी विभिन्न भ्रम छन्। स्तन सानो भएकी महिला ‘श्रीमान् या पार्टनरलाई सन्तुष्ट बनाउन सक्दिनँ’ भनेर सोचिरहेकी हुन्छिन् भने पुरुष पनि स्तन नै यति सानो भएकीले के आनन्द देली भनेर सोचिरहेको हुन्छ। यी दुवै गलत सोचाइ हुन्। स्तन भनेको कस्मेटिक अंगमात्र हो। यसले महिलालाई सुन्दर देखाउन मद्दत गरे पनि सेक्समा यसको साइजले कुनै अर्थ राख्दैन। महिलालाई यौन उत्तेजनामा ल्याउन निप्पलको टुप्पो नै काफी हुन्छ। बाँकी भनेको फ्याट र दूध उत्पादन गर्ने ग्रन्थीहरूको डल्लो मात्र हो।
सेक्स अवधि सेक्स अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन। तर, धेरै मानिस अहिले पनि शीघ्र पतन तथा ढिला पतनको विषयमा सोचेर दिन बिताइरहेका हुन्छन्। साथीहरूको बीचमा कुरा हुँदा मेरो त यार कहिले काहीँ एक घण्टासम्म पनि जान्छ भन्दै गफ चुट्ने अनि पोर्न फिल्ममा देखाइएको जस्तै लामो समयसम्म यौन सम्पर्क गर्न खोज्नेहरू थुप्रै छन्। तर, अवधिलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ। आफ्नो यौन पार्टनरसँग राम्रोसँग फोर प्ले गरिएको छ, उनलाई राम्रोसँग उत्तेजनामा ल्याइएको छ भने एक देखि तीन मिनेटसम्म इन्टरकोर्स गर्दा पर्याप्त हुन्छ। तर, पार्टनर देख्नेबित्तिकै बाघले शिकार झम्टेको जस्तै गरी झम्टिने हो भने दुवैको सेक्स लाइफ बिग्रन्छ। केटीहरू ढिलो उत्तेजनामा आउने र ढिलै शान्त हुने भएकाले उनीहरूमा उत्तेजना केही समय स्थीर रहन्छ। त्यसैले फोर प्लेमा जति बढी केटीलाई उत्तेजनामा ल्याउन सक्यो, यौन सम्पर्कका बेला त्यति नै बढी आन्नद प्राप्त गर्न सकिन्छ।
दुब्लो मान्छेलाई बढी सेक्स चाहिन्छ दुब्लोलाई सेक्स बढी चाहिने र मोटोलाई कम चाहिने भन्ने भ्रम पनि छ। तर, यसमा कुनै सत्यता छैन। चिकित्सकका अनुसार स्वस्थ मानिस मोटो या दुब्लो जे भए पनि, उसले सेक्सको भरपूर आन्नद लिन सक्छ। कसैलाई स्लिम केटीहरू सेक्सी लाग्छन् भने कसैलाई मोटा। यो व्यक्तिपिच्छे फरक पर्ने कुरा हो। त्यसैले मोटा जति सबै सेक्स नै नगरी बस्छन् भन्ने होइन। बाटोघाटोमा मोटो मानिस देख्नेबित्तिकै यसले कसरी सेक्स गर्ला भनेर हाँसो गर्नेहरू ठूलो भ्रमको शिकार भएका हुन्छन्। पुरुषलाई भन्दा महिलालाई बढी सेक्स चाहिन्छ भन्ने पनि गरिन्छ। तर वास्तविकता त्यस्तो होइन। हरेक व्यक्तिको यौन चाहनाको मात्रा फरक-फरक हुन्छ। महिलालाई बढी र पुरुषलाई कम भन्ने कुरा आउँदैन। तर, सुगर, ब्लडप्रेसर या डिप्रेसनजस्ता रोग भएकाहरूलाई सेक्स चाहना कम हुन्छ।
महिनावारीमा सेक्स गर्नुहुँदैन महिनावारी भएको बेला सेक्स हाम्रो समाजमा वर्जित छ। रजस्वला भएकी महिलालाई छुनै हुँदैन भन्ने मान्यता अहिले पनि प्रबल छ। तर, यस्तो बेलामा यौन सम्पर्क गर्नुहुँदैन भन्ने केही छैन। चिकित्सकका अनुसार रजस्वला भएको बेला महिलामा यौन चाहना झन् बढेको हुन्छ। यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलाले बढी चरमसुख पाउन सक्छिन्। योनीबाट धेरै नै रगत बगेको छ र रगत देख्दा घिन मान्नेहरूले यौन सम्पर्क गर्न सक्दैनन्। ‘मनमा अलिकति पनि शंका उब्जिएका बेला यौन सम्पर्क गर्दा रमाइलो नहुने भएकाले मनबाट सबै शंका हटेको खण्डमा यस्तो अवस्थामा ढुक्कसँग यौन सम्पर्क गर्दा हुन्छ,’ डा. अनुपमा कार्की भन्छिन्, ‘लिंगमा कुनै संक्रमण छ भने चाहिँ कन्डम प्रयोग गरेर यौन सम्पर्क गर्नु राम्रो हो।’
रक्सीले सेक्स अवधि बढाउँछ मदिराको मातमा सेक्स गर्दा दिव्य आनन्द प्राप्त हुन्छ भन्ने अन्धविश्वास भएका धेरै छन्। यो सरासर गलत हो। ठिक्क पिएको अवस्थामा कसैको मनको संकोच हटाउन रक्सी सफल भए पनि यसले सेक्सलाई गतिलो या भव्य बनाउँछ भन्ने होइन। रक्सी खाएपछिको सेक्सका तीनटा चरण हुन्छन्। डा. बद्री गौतमका अनुसार ठिक्क रक्सी खाएको अवस्थामा यसले संकोच हटाएर यौन सम्पर्कका लागि तयार पार्न मद्दत गर्छ। तर स्खलनको अवधि बढाउने चाहिँ होइन। डा. रवि शाक्य भन्छन्, ‘रक्सी खाएपछि लिंगको संवेदनशीलता हराउँछ र योनीभित्र लिंग प्रवेश गराउँदा धार फर्केको भुत्ते खुकुरी मासु थुंगेजस्तै हुन्छ।’
गर्भधारणपछि सेक्स गर्नुहुँदैन गर्भधारणपछि महिलाले सेक्स गर्नुहुँदैन भन्ने भ्रम व्याप्त छ। तर, चिकित्सकका अनुसार यस बेला महिलाले बिना कुनै संकोच सेक्स गरे हुन्छ। डा. रवि शाक्य भन्छन्, ‘गर्भवती महिलाले सेक्स गर्दा कुनै गर्भको बच्चा र उनको स्वास्थ्यमा कुनै असर पर्दैन। बरु, नियमित सेक्सले उनलाई बच्चा पाउन सजिलो हुनसक्छ। पेटमा दबाब पर्ने गरी भने सेक्स गर्नुहुँदैन। यौनासन परिवर्तन गर्नुपर्छ। पुरुष माथि महिला तल हुने आसनभन्दा छड्के या पछाडिबाट सेक्स गर्ने आसन उपयुक्त हुन्छ।’ बच्चा पाएपछि योनी खुकुलो हुन्छ : बच्चा पाएपछि योनी खुकुलो हुन्छ र सेक्स गर्दा मज्जा आउँदैन भन्ने भ्रम रहेका पनि थुप्रै हुन्छन्। बच्चा पाएपछि केही समयका लागि योनीद्वार खुकुलो भए पनि यो बिस्तारै पुरानै साइजमा आउँछ। डेलिभरी हुँदा योनी च्यातिएमा त्यसलाई सिलाउने पनि गरिन्छ। डा. बद्री भन्छन्, ‘योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एडजस्ट हुने खालको हुन्छ। यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ।’ ००० हिजोआज दुईचार हप्तामै लिंग मोटो र लामो बढाउने, रातारात स्तन ठूलो बनाउने, शीघ्र पतनलाई दुई दिनमै छुमन्तर पारिदिने खालका भ्रमात्मक विज्ञापन पत्रिकादेखि इन्टरनेटसम्म टन्न आउने गर्छन्। यो भ्रमको खेतीबाहेक केही पनि होइन। ह्यान्डमसम अप, २४ होर्मोटेसजस्ता उत्पादनका विज्ञापन भइरहेका छन्। तर, यौन विशेषज्ञका अनुसार यौनशक्ति बढाउने, लिंगको आकारमा वृद्धि गर्ने, स्तन ठूलो बनाउने कुनै पनि प्रोडक्ट हुँदैनन्। ओशोले भनेका थिए, ‘संसारमा सबैभन्दा बढी शोषण कुण्ठित मानिसको हुन्छ।’ यस्ता विज्ञापन पनि भ्रमित र कुण्ठित मान्छेको शोषणका लागि भइरहेका छन्। यौन विशेषज्ञ र मनोविज्ञसँग थोरै परामर्श गरेपछि सेक्ससम्बन्धी भ्रम र अन्धविश्वासबाट मुक्त हुनेबित्तिकै हाम्रो यौन जीवन रसिलो र सुखमय हुनथाल्छ। बस्, भ्रमको ओखती गरौँ।
शुक्रवार साप्ताहिकमा राजन नेपालले लेखेको खबरबाट
तस्बिरहरु : लाइफस्टाइल डट याहु डटकम, प्लानेटिभी डट कम, अन्य तस्बिर गुगुल सर्चको सहायतामा विभिन्न साइटहरुबाट लिइएको
- See more at: http://swasthyakhabar.com/2014/03/7578.html#sthash.OCJ0GXZT.dpuf
धेरै नेपालीमा ग्यास्ट्रिकको समस्या छ । नेपालीका लागि यो रोग राष्ट्रिय रोग जस्तै बनेको छ ।
पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि यो रोगका लक्षणहरु हुन् । ग्यास्ट्रिक भएपछि वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ आउने, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने जस्ता लक्षण देखिन्छन् ।
हाम्रो जीवनशैली खानपान शैली, मानसिकताले गर्दा यो रोग लाग्छ ।
यी हुन नेपालमै पाइने ग्यास्ट्रिकका उपचार विधी:
१. बेसारको पात
बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस् । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।
२. अम्बाको पात एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् । यसलाई दिनहँु पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।
३. सौंप सौंप पनि एक प्रकारको औषधिकै रुपमा लिन सकिन्छ । पानीमा सौंपको दाना राखी उमाल्नस् र सेलाए पछि खानुहोस् ।
४. अदुवा ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औषधिको रुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।
५. बेकिङ सोडा बेकिङ सोडामा धेरै मात्रामा ब्लतबअष्म भएको कारण यसले ग्यास्ट्रिकको समस्या हटाउन मदत गर्दछ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुस् र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् ।
६. दालचिनी तातेको दूधमा आधा चम्चा दालचिनी को धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ ।
७. हिंग हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा राखी केही समय राख्नु । यस्तो गर्दा यो समस्या हट्दै जान्छ ।
८. जिरा एक ग्लास तातो पानीमा एक चम्चा जिरा बिउ राखेर उमाल्ने र केही समय सम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन गर्नुहोस् ।
९. लसुन २ \३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिसनु, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमाल्नु र यसको सेवन गर्नु ।
१०. पुदिना एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई र तीन पटक खानुहोस् । यसले ग्यास्ट्रिक समस्यालाई हटाउन मदत गर्दछ ।