उसो त नायिका निशा अधिकारी यतिबेला क्रिकेटर शरद भेष्वाकरको प्रेममा मस्त छिन् । तर, चलचित्रको पर्दामा भने निशाको प्रेम कलाकार संयम पुरीसँग भएको छ ।
पौष २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘आभाष’को एक गीतमा निशाप्रति कलाकार संयम पुरीले माया देखाएका छन् । गोविन्द शाहीको निर्माणमा तयार भएको यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।
चलचित्रमा निशा र संयमका अलवा आश्मा डीसी, सलोन बस्नेत लगायतका कलाकारको पनि अभिनय छ । सार्वजनिक गीतको शब्द, लोकेशन र छायांकन पक्ष उत्कृष्ट देखिएको छ । सम्पादनबाट निर्देशनमा हात हालेकाले पनि निर्देशक पौडेलको कामको अग्निपरिक्षा ‘आभाष’मा छ ।
यो बर्षकै आशा गरिएको यो चलचित्रले प्रेमको कथा भनेको छ । सार्वजनिक ‘तिम्रो तस्बिर’ बोलको गीतमा प्रकाश तिमिल्सिनाको संगीत, सन्तोष लामाको स्वर, सुजन सुवेदीको शब्द छ । चलचित्रमा चन्द्र पन्तको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन छ ।
काठमाडौं, नायिका पूजना प्रधानले निर्माण गरिरहेको नयाँ फिल्म ‘चकलेट’को एउटा गीतको राजधानीमा शनिबार छायाँकन गरिएको छ । निर्मल शर्मा ‘गैडा’ले यो फिल्मको निर्देशन गरिरहेका छन ।
यो फिल्म पूजना फिल्मस्को ब्यानरमा निर्माण भैरहेको छ भने यस फिल्म ‘चकलेट’लाइ खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गर्दैछन । सडक बालबालिकाहरुको कथामाथि आधारित रहेर यो फिल्मको निर्माण गरिएको छ ।
यस फिल्ममा आयुष्मान घिमिरे, अनुज शाक्य, पूजना स्त्री, नम्रता झा, केशव भट्टराइ तथा सुमन गैरेले प्रमुख भूमिकामा अभिनय गरिरहेका छन । यस फिल्ममा अन्य सात जना बालबालिकाहरू शीर्ष भूमिकामा रहेका छन । यस फिल्मको नाम चकलेट राख्नुमा बालबालिकालाइ मनपर्ने कुरा चकलेट भएकाले फिल्मको नाम ‘चकलेट’ राखिएको फिल्मकी निर्मात्री तथा नायिका पूजनाले बताएकी छन ।
यस फिल्मको छायाँकन आगामी दशैं अगाबै सक्ने तयारीमा निर्माण युनिट लागेको छ ।
यस फिल्मको नयाँ छायाकन भएको गीतको भिडियो हेर्नुहोस










