Hindi Films


mathias-corujo-luis-suarez-y-abel-hernandez-uruguay-venezuela-copa-america-centenario-09062016_1n7gz9ucd4lxd1pn8i7i5nj1wzपेन्सिलभेनिया – कोपा अमेरिका सेन्टेनारियोमा लागातार दोस्रो हार बेहोर्दै उपाधि दाबेदार मानिएको उरुग्वे प्रतियोगिताको समूह चरणबाटै बाहिरएको छ । भेनेजुएलासँग १–० ले पराजित भएपछि १५ पटकको विजेता उरुग्वे प्रतियोगिताबाट बाहिरिएको हो ।
स्टार खेलाडी लुइस सुवारेज बिनानै मैदानमा उत्रेको उरुग्वेविरुद्ध सालोमोन रोन्डोनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
दोस्रो हाफमा सुवारेज मैदानमा छिर्न तयार बने पनि खेल्ने टोलीमा उनको नाम सवामेश नभएको पाइएपछि मैदान छिर्न पाएनन् । टोलीमा उनको नाम अतिरिक्त खेलाडीको रुपमा नभएर घाइते खेलाडीको रुपमा राखिएको थियो ।
मैदान छिर्न नपाएपछि सुवारेज र प्रशिक्षकबीच भनाभन भएको थियो भने उनले रिसले भित्तामा समेत हिर्काएका थिए ।
351C2A7600000578-3634369-image-a-42_1465524767986
पहिलो खेलमा मेक्सिकोसँग ३–१ को हार बेहोरेपछि प्रशिक्षक ओस्कर टाबारेजले टोलीमा चार परिर्वतन गरे पनि हार जोगाउन सकेनन् ।
उता, मेक्सिकोले जमाइकालाई २–० ले पराजित गरेपछि भेनेजुएलासँगै मेक्सिको पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मेक्सिकोलाई जित दिलाउन ह्याभिर हर्नान्डेज र ओरिबी पेराल्टाले एक–एक गोल गरे ।

फोटो :एजेन्सी
काठमाडौंः यो सिजनको स्पेनिस ला लिगाको उपाधि जित्नका लागि साविक विजेता बार्सिलोना र रियल मड्रिडबीच कडा प्रतिस्पर्धा भइरहेको छ । 

गएराति भएका खेलमा उपाधि होडमा रहेको एट्लेटिको मड्रिड पराजित भएपछि यी दुई क्लबबीच ला लिगाको उपाधिका लागि कडा टक्कर पर्ने भएको हो । 

लिगमा एक चरण अर्थात ३८ औं चरणको मात्र खेल बाँकी रहँदा बार्सिलोना रियल मड्रिड भन्दा एक अंकले पछि रहेको छ । यस्तोमा ग्रानडाविरुद्धको अन्तिम खेलमा विजयी भएमा बार्सिलोनाले उपाधि जित्ने छ । 

तर बार्सिलोना बराबरी या पराजित भएको अवस्थामा रियल मड्रिडले डेर्पोटिभोविरुद्धको अन्तिम खेलमा जित निकालेमा भने उपाधि उसकै पोल्टामा पुग्नेछ । 

गएरातिको खेलमा मेसीले १, स्वारेजले २, नेमारले १ र राफिन्नाले १ गोल गरेपछि  बार्सिलोनाले स्पानियोललाई ५–० को फराकिलो अन्तरले पराजित गरेको थियो । 

यो जितपछि ३७ खेलबाट ८८ अंकसहित बार्सिलोना उपाधि होडको अग्रस्थानमा छ । 
अर्कातिर गएरातिकै खेलमा भ्यालेन्सियामाथि ३–२ को कठिन जित निकालेपछि रियलले पनि बार्सिलोनालाई उपाधिका लागि दबाब दिइरहेको छ ।
रोनाल्डोले २ र बेन्जेमाले एक गोल गरेपछि रियलले बार्सालाई उपाधिका लागि दबाब दिइरहेको हो । उसले ३७ खेलबाट ८७ अंक जोडेका छ र बार्सा भन्दा एक अंकले पछि छ । 

हिजै भएको खेलमा उपाधि होडमा रहेको एट्लेटिको मड्रिड भने रेलिगेशनमा परिसकेको लेभान्टेसँग २–१ ले पराजि भएपछि उपाधि होडबाट बाहिरिएको छ । 

लेभान्टेसँग पराजित भएपछि ८५ अंकमा सीमित भएको एट्लेटिकोको उपाधि जित्ने आशा करिब समाप्त भएको हो । 

मुम्बाई – कप्तान ए बी डिभेलियर्सले बिस्फोटक ब्याटिङ गर्दै तीव्र गतिमा शतक बनाएपछि भारतविरुद्धको निर्णायक एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले ४ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिनय कुमारको बलमा आउट हुनअघि डिभेलियर्सले १ सय १९ रन बनाए । उनले मात्र ६१ बलको सामना गर्दै ३ चौका र ११ छक्का प्रहार गरे । यसअघि ओपनर क्विनटन डि ककले पनि १ सय ९ रन बनाए । उनलाई हासिम आमला र फाप डु प्लेसिसले राम्रो साथ दिए । अमलाले २३ रन बनाए भने डु प्लेसिसले रिटायर्ड हर्ट हुनअघि १ सय ३३ रनको विशाल पारी खेले । निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा दक्षिण अफ्रिकाले ४ सय ३८ रन बनायो । एकदिवसीय खेलको एउटै इनिङमा तीनवटा ब्याटस्म्यानले शतक बनाएको यो दोस्रो अवसर हो । यसअघि दक्षिण अफ्रिकाले नै वेस्ट इन्डिजविरुद्ध यस्तो रेकर्ड बनाएको थियो । ५ खेलको एकदिवसीय श्रृंखला २–२ को बराबरीमा रहेको छ ।