Comedian actor Nirmal Sharma is
playing as an actor in
the film “CHOCOLATE” which is going to be release on 18th of Mangsir. He himself is the director of the film whereas; actress for the film is Pujana Pradhan. Maybe this is the reason why he is busy going through different social network of other artists and medias. He is utilizing all networks to promote his film. “We are trying to come up to the audiences by new method of
promotion and I m inspired by different kinds of
presentationof chocolates done in various countries”, said Sharma.
It is said that the film shows the story of street children and their lifestyle. Besides, Nirmal and Pujana other two artists are Aayushman Ghimire and Namrata Jha. Arjun Pokharel, Shikhar Santosh and Rayan Karki are the musicians.
काठमाडौं, फागुन २० pr
‘कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्दै सशक्त रुपमा किसान आन्दोलन गरेर शहिद बनेका किसान नेता भीमदत्त पन्त शुक्रबारबाट प्रर्दशनमा ने बायोपिक फिल्म ‘भीमदत्त’बाट पर्दामा ब्यूँझदै छन। ‘भीमदत्त’बाट निर्देशक बन्न लागेका हिमग्याप टासी आफ्नो पहिलो फिल्म सफल असफल जे भएपनि कम्तिमा तीन फिल्म बनाइ छाड्ने अठोटमा दृढ छन।
विषय छानेपछि फिल्म कस्तो बनाउँछु भन्ने योजना थियो?
‘भिमदत्तमाथि फिल्म बनाउने भन्ने भएपछि हामी भीमदत्त जे जस्तो छ उस्तै हुबहु बनाउने की यसमा केही कुराहरु थपेर नयाँ तरिकाले बनाउने भन्ने कुरा थियो। नवलजी(नवल खड्का)सँग मैले लगातार नेपाली फिल्महरु नचलिरहेको अवश्था नयाँ केही नथपि बनाउँदा नचल्ला की भन्ने डर थियो। त्यसैले हामीले भीमदत्तलाई हुबहु नबनाइ केही ‘कमर्शियल भ्यालु’हरु राखेर बनाउने निर्णय गर्यौ र त्यही अनुरुप यसको निर्माण गर्यौ।’
फिल्म कसरी बनाइएको छ ?
‘कथा नेपालका पहिलो क्रान्तिकारी किसान शहिद भीमदत्तको भएतापनि यसलाई नेपालको सामाजिक र राजनितिक वर्तमानसँग जोडेर बनाएका छौ। यसरी जोडेर बनाउनुको उद्देश्य भनेको अहिलेका दर्शकले पनि फिल्मसँग आफूलाई जोड्न सकुन भनेर हो।’
कस्ता दर्शकले यसलाई मन पराउलान्?
‘राजनितिमा पक्ष र विपक्ष तथा पीडक र पिडित रहन्छ। त्यहाँ विद्रोहीपनि रहेको हुन्छ। हाम्रो फिल्मलाई पिडित र समानताको लागि विद्रोह गर्ने भावना राख्नेहरुले मनपराउनु हुन्छ जस्तो लाग्छ।’
‘भीमदत्त’मा नवल खड्का नै किन?
‘फिल्मको प्रमुख पात्र भीमदत्तको चरित्र र बडि ल्याङ्वेज आक्रामक छ। त्यसमा नवलजी फिट हुन आउनुभएकोले नै उहाँलाई भीमदत्तको केन्द्रिय भुमिका लिइएको हो। उहाँ सो भुमिकालाई न्याय गर्नु भएको छ। अन्य कलाकारको हकमा त्यही हो। सबैले चरित्रका हिसाबले आआफ्नो भुमिकालाई न्याय गर्नु भएको छ।’
कसैको जीवनमाथि फिल्म बनाउनु सजिलो हुँदोरहेछ?
‘कुनै पनि ऐतिहासिक व्यक्तिको जीवनमाथि फिल्म बनाउने काम कठिन हुँदो रहेछ। बायोपिक फिल्महरु एकपटक हेरेर नबुझिने रैछ। ती फिल्महरु प्रत्येक पटक हेर्दा फरक अनुभुति प्राप्त हुने। मैले भीमदत्त बनाउने भएपछि ‘रिफरेन्सेस’को लागि अरु बायोपिक फिल्महरु हेरिन। मलाई ती फिल्महेरेपछि ती फिल्महरु जस्तै बनाउने प्रयास गर्दा चिप्लिन्छु कि भन्ने थियो।’
आफैले फिल्म हेर्दा कस्तो लाग्यो?
‘फिल्म बनिसकेपछि हामीले जे सोचेका थियौं, त्यो चिज पाएका छौं। तर जे चिज हुनुपर्थ्यो त्यो नभएको पनि हुनसक्छ। फिल्म बनाएर हेरपछि केही यस्ता दृश्य पनि रहे जसलाई मैले हेतेरिका भन्ने ठनेको छु तर करिब नब्बे बेसी च्यारिटि भइसकेको यस फिल्मका तीनै चिजलाई कतिले आहा! पनि भनिदिनु भएको छ। अब त्यसको ठ्याक्कै यही हो भन्ने त फिल्म नियमित प्रदर्शनमा अइसकेपछि अझ स्पष्ट होला।’
गीत सोचेजति चर्चित नभएको हो? गीतको चर्चाले पनि नेपाली फिल्मको सफलतामा राख्छ नि हैन?
‘फिल्मका गीत-संगीतलाई मैले फिल्मको कथासँग नजिक राख्ने प्रयास गरेको छु। मेरो यो प्रयासका कारण गीत भनिएजस्तै अन्य व्यवसायिक फिल्मका गीत जत्तिकै चर्चित हुनसकेका छैनन होला। हामीले गीतहरुलाई मिडियामा धेरै पेल्न नसकेका कारण पनि यस्तो भएको हुनसक्छ।’
फिल्मको सार्वजनिक प्रदर्शन कस्तो होला?
‘फिल्म चल्नसक्ने र नसक्ने दुईवटा सम्भावना हरदम नै रहन्छ। नब्बे पटक भन्दा धेरै च्यारिटि हुँदा पाएका प्रतिक्रियाहरु उत्साहजनक नै हुँदा फिल्म चल्छ भन्ने आशा छ। फेरी यो फिल्म नचलिरहेको अवश्थामा फिल्म चलेन भने अरु जस्तै मेरो नि चलेन भन्ने हुन्छ। यदि चल्यो भने अरुको नचलिरहेको अवश्थामा मेरो चल्यो भनेर गर्व गर्ने ठाँऊ पनि उत्तिकै रहन्छ।’
फिल्म प्रचार प्रसारमा त्यति आक्रामक नहुनुको कारण?
‘फिल्मको प्रचारप्रसारको पाटो त फिल्मको निर्माण पक्षसँग सम्बन्धित रहन्छ। त्यसको उचित जवाफ पनि उहावहरुले मात्र दिनसक्नु हुन्छ। तर मेरो पनि निर्देशकिय हिसाबले पहिलो फिल्म भएकाले फिल्मको प्रचार बढीभन्दा बढी होस बन्ने हुन्छ नै। निर्माण पक्षले व्यापक प्रचार गरेका फिल्महरु पनि नचलिरहेको अवश्थालाई देखेर केहि सुस्ताउनु भएको हुनसक्छ। तर उहाँले फिल्मको प्रचार आफ्नो ढंगले गरिरहनु बऐको देखेको छु।’
‘भीमदत्त’पछिका योजनाहरु?
‘भीमदत्त पहिलो प्रयास हो र यो यसैमा टुंगिदैन। म कम्तिमा तीन फिल्मको निर्माण वा निर्देशन गर्छु। तीनका परिणामले चाँहि म फिल्म क्षेत्रमा निरन्तर हुन्छु कि हुन्न भन्ने चाँहि स्पष्ट पार्नेछ। फिल्म रिलिजभएको केहीसमय पछी मैले अर्को नयाँ फिल्मको घोषणा गर्दैछु।’
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला