Hindi Films


ramchandra-and-Sher-bahadur-deubaकाठमाडौं । सभापतिका तीन प्रत्यासी, दुई चरणको मतदान, महामन्त्रीमा ज्वाई ससुराको भिडन्त, नीति भन्दा नेता छान्ने चटारो आदि कारणले नेपाली काँग्रेसकाे यसपालीको १३ औं महाधिवेशन चर्चामा रह्यो ।
यी सबैको बिचमा फेरि सभापतिमा शेरबहादुर देउवाले जितेपनि महामन्त्री र कोषाध्यक्षमा उनको प्यानलका नेताहरु पराजित भएका छन् । सबैको अनुमान विपरित कोषाध्यक्षमा चर्चित नेतृ तथा निवर्तमान कोषाध्यक्ष चित्रलेखा यादवलाई हराउँदै सीतादेवी यादवले आश्चर्यजनक रुपमा जित निकालिन् ।
माओवादी जनयुद्धको समयमा पति गुमाएकी तथा मधेस आन्दोलनमा घर गुमाएकी सीतादेवीको जितलाई कतिपयले न्यायको जितको संज्ञा दिन समेत भ्याएका छन् ।
नेपालको अंगीकृत नागरिकता लिएकी, बिहार मधुवन माइत भएकी नेपालकी बुहारी सीतादेवी काँग्रेसको पदाधिकारी बनेपनि उनले नेपालमा सभामुख, प्रधामन्त्री, राष्ट्रपतिजस्तो कार्यकारी पदमा पुग्न भने सक्ने छैनन । तर उनीसँगै पराजित भएकी चित्रलेखा यादवलाई भने यसमा कुनै छेकबार लाग्नेछैन ।
किनभने उनी सिरहाको जमिन्दार परिवारमा जन्मिएर बंशजको नागरिकता लिएकी नेपालकै छोरी हुन ।
सभापतिमा शेरबहादुर देउवासँग ५२६ मतको फराकिलो अन्तरले पराजित भएका काँग्रेस कार्यबहाक सभापति रामचन्द्र पौडेल आफैले जित्न नसकेपनि उनको रणनीतिले भने काम गरेको छ । उनले आफ्नो तर्फबाट कोषाध्यक्षका प्रत्यासीका रुपमा रहेका फर्मुल्ला मन्सुरलाई छाडेर सीतादेवीलाई उम्मेदवार बनाउने साहसिक निर्णय गरेका थिए । जुन सफल पनि भयो ।
महामन्त्रीमा पनि उनी पक्षकै शशांक कोइराला विजयी भएपनि त्यो परिणाम पूर्वानुमानित थियो । एक त वीपीपुत्र, अर्को कोइराला परिवारको लिगेसी, त्यसमाथि महामन्त्रीमा गगन थापाका ज्वाई ससुरा नै भिडेका कारण पनि उनलाई जित दिलाउन भूमिका खेले ।
रामचन्द्र पौडेल आफै सभापतिमा पराजित भएपनि उनी पक्षीय नेताहरु विजयी भएपछि आगामी दिनमा शेरबहादुर देउवालाई पार्टी चलाउन भने त्यति सजिलो नहुने देखिएको छ ।
देउवा आफैले जितेपनि आफ्नै प्यानलका अन्य नेताहरुलाई जिताउन सकेनन् । अघिल्लो महाधिवेशनमा आफू पराजित भएपनि कोषाध्यक्ष चित्रलेखा यादवलाई जिताउन सफल भएका थिए ।
तर यसपाली चित्रलेखाको ग्राउण्ड त्यति मतबुत थिएन । सुशील कोइराला नेतृत्वको सरकारमा शिक्षामन्त्री रहेकी यादव पार्टी भित्र मात्रै होइन बाहिर पनि निकै अलोकप्रिय बनेकी थिइन ।
त्यसमाथि उनी त्यहीबेला संस्थापन पक्षमा लागेको कुरा बाहिर आएको थियो । तर सभापति सुशील कोइरालाको निधनपछि एकाएक उनी देउवा पक्षमा पुगेकी थिइन । सोही कारण पुष्पा भुसाललाई कोषाध्यक्षमा उठाउने आवाज पनि उठेको थियो । यो सबैलाई बेवास्ता गर्दै उनले संस्थापन पक्षबाट तानेर अर्जुननरसिंह केसीलाई महामन्त्री र चित्रलेखालाई कोषाध्यक्षमा उठाउने निर्णय गरे । जुन निर्णय अफाबसिद्ध भयो ।
पदाधिकारीको मतपरिणामलाई हेर्दा देउवाले सभापतिमा जितेपनि रणनीतिक रुपमा हार ब्येहोरेका छन् र आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर लैजाने चुनौती थपिएको छ भने रामचन्द्र पौडेलले सभापति पदमा हारेपनि रणनीतिक रुपमा जित हासिल गरेका छन् र आगामी दिनमा देउवालाई अफ्ठेराहरु सिर्जना गरिरहन सक्ने स्थानमा पुगेका छन् ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२९, काठमाडौं । सरकारले गरेको विभिन्न मन्त्रालयको रकमान्तरबारे चासो राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै २० करोडको रकमान्तर भएको तथ्य खुलेको छ । यसरी रकमान्तर गर्नेमा २५ मन्त्रालयका साथै राष्ट्रपति कार्यालयदेखि महालेखा परीक्षकको कार्यालयसम्म छन् । अनलाइनखबरलाई प्राप्त रकमान्तरसम्बन्धी विवरणअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २० करोड ९२ लाख ६७ हजार ९ सय २० रुपैयाँ रकमान्तर गरिएको छ । अघिल्लो आर्थिक वर्षमा अख्तियारमा ३ करोड ७४ लाख रुपैयाँमात्रै रकमान्तर गरिएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष अख्तियारमा १६ करोडभन्दा बढी रकमको रकमान्तर गरिएको छ । यसरी आफैंले रकमान्तर गरेको अख्तियारले सरकारले गरेको रकमान्तरबारे चासो दिएको छ । रक्षा, गृह र यातायात मन्त्रालयमा बढी रकमान्तर सबैभन्दा बढी रकमान्तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको छ । सो मन्त्रालयले ६ अर्ब ७१ करोड ३९ लाख ४७ हजार ८ सय रुपैयाँ रकमान्तर गरेको छ । यातायातपछि बढी रकमान्तर गर्नेमा गृह मन्त्रालय परेको छ । गृह मन्त्रालयमा ४ अर्ब ९४ करोड ८ लाख ६९ हजार ३ सय २० रुपैयाँ रकमान्तर गरिएको छ । बढी रकमान्तर गर्नेमा रक्षा मन्त्रालय तेस्रोमा परेको छ । नेपाली सेनाको समेत विभागीय मन्त्रालय मानिने रक्षा मन्त्रालयले ४ अर्ब ८ करोड ७१ लाख ९५ हजार २ सय ८६ रुपैयाँ रकमान्तर गरेको छ । त्यसैगरी दुई अर्बभन्दा बढी रकमान्तर गर्ने निकायहरुमा सहरी विकास मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय रहेका छन् । स्थानीय विकास मन्त्रालयमा रक्षा र गृहमा भन्दा कम रकमान्तर भएको छ । यसले विकासमा भन्दा सुरक्षामा बढी रकमान्तर गरिएको देखाउँछ । स्थानीय विकास मन्त्रालयमा २ अर्ब ९४ करोड ३० लाख ३ हजार रुपैयाँ रकमान्तर गरिएको पाइएको छ । राष्ट्रपतिदेखि न्यायपरिषदसम्म रकमान्तर राष्ट्रपति कार्यालयमा २ करोड १५ लाख ५१ हजार ९ सय ५३ रुपैयाँ रकमान्तर गरिएको छ । उपराष्ट्रपति कार्यालयको रकमान्तर भने साढे ५ लाखको हाराहारीमा मात्र छ । अदालतमा ४४ करोडभन्दा बढी रकमान्तर भएको छ । महालेखा परीक्षकको कार्यालयमा ७१ लाख ६० हजारको रकमान्तर भएको छ । लोकसेवा आयोगमा ४ करोड र निर्वाचन आयोगमा साढे ५ लाख रकमान्तर भएको छ । महालेखा परीक्षकको कार्यालयमा २ करोड ७० लाख ९५ हजारको रकमान्तर गरिएको छ । न्यायपरिषदमा १ करोड ५५ लाख ३८ हजार ६ सय रुपैयाँको रकमान्तर भएको छ । प्रधानमन्त्रीको कार्यालयले १ अर्ब ९ करोड, ९३ लाख १७ हजार २ सय ७५ रुपैयाँ रकमान्तर गरेको छ । जबकि अघिल्लो सरकारका पालामा मन्त्रिपरिषद कार्यालयले १२ करोडमात्रै रकमान्तर गरेको थियो । हेर्नुहोस् रकमान्तरको विस्तृत विवरण

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२५ चैत, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं उपत्यका समन्वय कमिटीका नेता कृष्णगोपाल श्रेष्ठले एमालेको वर्तमान नेतृत्वले पार्टी हाँक्न नसक्ने बताउनुभएको छ । साथै श्रेष्ठले आगामी संविधानसभा चुनावमा एमालेलाई उपत्यकाका २२ वटा सीटमा विजयी बनाउने गरी चुनाबी अभियान शुरु गरिएको समेत जानकारी दिनुभयो । ’झलनाथ जी र बामदेवजीलाई बैसाखी चाहिएको छ । अबको चुनावमा बैसाखीको भरमा अघि बढ्नुपर्छ भन्नु कायरता हो ।’- उहाँले भन्नुभयो- ‘अहिलेको नेतृत्वले अब एमाले हाँक्न सक्दैन ।’श्रेष्ठले थप्नुभयो-’उपत्यकाका तीन जिल्लामा अहिले १५ वटा निर्वाचन क्षेत्र छन्, नयाँ निर्वाचन क्षेत्र निर्धारण भएपछि यहाँ २२ निर्वाचन क्षेत्र बन्छन् । ती सबैक्षेत्रमा एमालेलाई विजयी बनाउनका लागि अहिले अभियान शुरु भैसकेको छ ।’ शुक्रबार राजधानीमा उपत्यकास्तरीय अन्तक्रियाको आयोजना गरेर एमालेले राजधानीमा चुनाबी अभियान थालेको हो । तर, शुक्रबारको सभामा एमाले अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले लोकतान्त्रिक शक्तिसँग तालमेल गरेर चुनावमा जानुपर्ने बताएपछि एमालेभित्र तालमेल गर्ने कि एक्लै चुनावमा जाने भन्ने विवाद उत्पन्न भएको छ । माधव नेपाल र केपी ओली लगायतका नेताहरुले आफ्नै बुँतामा चुनावमा जानुपर्ने बताउँदै आउनुभएको छ ।’शुरुमै दुईखाले कुरा गरेर हाम्रा नेताले कार्यकर्ताको उत्साहमा चिसो पानी खन्याउने काम गरे ।’ केन्द्रीय सदस्य श्रेष्ठले भन्नुभयो-’अब यी नेताहरुलाई एकै ठाउँमा हैन, एक्लाएक्लै बोल्न लगाइन्छ ।’ श्रेष्ठले भनेझै शुक्रबार एकैठाउँमा भेला भएर भाषण गरेको नेताहरुले शनिबार बेग्लाबेग्लै बोलेका थिए । शनिबार बरिष्ठ नेता माधवकुमार नेपालले कोटेश्वरका भाषण गर्नुभएको थियो भने केपी ओली कपन पुग्नुभएको थियो । श्रेष्ठले चाँहि भक्तपुर पुगेर गाउँ सम्मेलनहरुको उद्घाटन गर्नुभएको थियो । पार्टी अध्यक्ष खनाल र वामदेव गौतमले एमाओवादी र मधेसको तालमेलको हल्ला सुनेर खुट्टा कमाएको र बैसाखी खोज्न थालेको श्रेष्ठको गुनासो छ । एमालेले एक्लै चुनाव लड्नुपर्ने र स्थानीय स्तरमा कसैसँग तालमेलसम्म गर्न सकिने श्रेष्ठको तर्क छ ।’एमाले आफ्नै बुँतामा हिँड्नुपर्छ । रियल निर्वाचनमा जाने हो भने जनताले बुझ्छन् । एकल जातीय पहिचान र संघीयतामा जानुहुन्छ कि नेपालको मौलिकताको आधारमा संघीयतामा जानुहुन्छ ? जातजातको नाममा राज्य बनाएर जाने पक्षमा एमाले छैन ।’ श्रेष्ठले भन्नुभयो- ‘हजारौंपटक हारे पनि एमाले आफैं बलबुँतामा उभिन चाहन्छ । त्यसैले हामी आफैं तयारीमा अघि बढ्ने हो ।’ ‘एमालेले चुनाब हार्‍यो भने एमालेसँगै देशले हार्छ । त्यसैले देशलाई जिताउने हो भने वाम प्रजातान्त्रिक एकतासहितको दुई तिहाइ एमालेलाई दिनुपर्छ ।’- एमाले नेता श्रेष्ठले भन्नुभयो-’बहुपहिचानसहितको संघीयता, संघीयतासहितको संविधान, संविधानसभाबाटै संविधान घोषणा गराउन आगामी दोस्रो संविधानसभाको निर्वाचनमा एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न सम्पूर्ण शक्ति लगाएर हामी मैदानमा उत्रन्छौं ।’ श्रेष्ठले एमालेलाई पहिलो शक्तिका रुपमा जनताले उभ्याए भनेमात्रै मुलुकमा जातीय सद्भाव कायम हुने दाबी गर्नुभयो ।विगतका चुनावमा उपत्यकामा राम्रो प्रभाव जमाउँदै आएको नेकपा एमालेले ०६४को संविधानसभा चुनावमा काठमाडौं, ललितपुर र भक्तपुरमा १५ स्थानमध्ये एउटा सीटमा पनि विजय हासिल गर्न सकेको थिएन ।