Hindi Films

 



प्रेमी प्रमिकाद्धारा आत्महत्या

 केरावारी २ स्थित मच्छिन्द्र उमाविको छेउमा घर भएकी 17 वर्षिय रक्षा भण्डारीले मामाघरमा गई सिलिङको बलोमा झुुण्डिएर आत्महत्या गरिन् । उनको आत्महत्या वारे विभिन्न अडकल बाजी भए । घर परिवार आफन्तमा विभिन्न संका उब्जियो । घट्नालाई स्वभाविक रुपमा लिएर शव पोष्ट मार्टम गर्न लगियो । मृत्युको कारणवारे यथेष्ट प्रमाण नभेटिए पछि दाहसंस्कार गर्ने तयारी भइरहेको थियो । शुक्रवार मध्यान्ह दाहसंस्कार स्थलमा दागवति दिने तयारी भइरहेको थियो । अचानक फोन आयो एकजना युवकले पनि आत्महत्या गरे रे । सवैको ध्यान फेरी युवकको घट्नातिर मोडियो । अधिकांस मलामीहरु घट्नास्थल तर्फ लागे । छर छिमेकी सवैको बाक्लो भिड लागिसकेको थियो । उनको मृत्युको खवर सुन्ने बितिकै मलामी गएकी आमा आइन खै कहा छ मेरो छोरो भन्दै उनी भक्कानिदै तलामाथि कोठामा पसिन तर छोराको प्राण पखेरु उडिसकेको थियो । केही छिनपछि उनीपनि अचेत वनिन् ।



प्रायस मानिसहरु आवेगमा आएर आत्महत्या गर्छन् । कतिपय जीवनदेखि हरेस खाएर आत्म ग्लानीका कारण आत्महत्या गर्न पुग्छन् । आत्महत्या आफैमा अस्वाभाविक मृत्यु हो ।। जीवन देखि कावा खाएका हिम्मत हारेका मान्छेले मात्र आत्महत्या गर्छन भन्ने हाम्रो समाजको मान्यताका कारण पनि आत्महत्यालाई कसैले राम्रो मान्दैनन् तर केरावारीमा शुक्रवार २४ घण्टाभित्र एउटा यस्तो घट्ना घट्यो जुन आवेगमा नभएर चोखो माया प्राप्तिको लागि थियो । कुनै विश्वविश्ख्यात प्रेमी प्रेमिकाको माया प्रेम जस्तो झल्को दिने ती युवा युवतिको अस्वाभाविक घट्नाले अविभावकलाई सचेत मात्र गराएन मृत्यु भन्दा ठूलो प्रेम नै हुदो रहेछ भन्ने सन्देश समेत दिलाए ।
झट्ट सुन्दा सामान्य झै लागेपनि घट्नाको कारण केलाउँदा विश्वविख्यात प्रेमी प्रेमिका रोमियो र जुलियटको झै लाग्ने दुइ युवतिको आत्महत्याले यो साता केरावारी निकै सनसनी वन्यो । केरावारीमा यस अघि कुनै यस्तो घट्ना नघटेको र नसुनेका कारणले पनि हुन सक्छ घट्नास्थलमा धेरै युवायुवतिको भिडभाड समेत लागेको थियो ।


आफनो प्रेमिकाले आत्महत्या गरेको खवर पाएपछि निरास बनेका केरावारी ४का 19 वर्षिय युवा खेमप्रसाद वरालले वहिनीवाट लिएको ३०० रुपैया सापटी रकम समेत फिर्ता गरिदिएको भनि अविभावकलाई सम्वोधन गर्दै लेखेको सुसाइट नोटले अझ वढी जो कोहीलाई स्तव्ध वनाएको थियो । अनि हाम्रो प्रेम अमर बनाउन म १२ः१० वजे मर्दैछु भनि सुसाइट नोट लेखेरै आफनो जीवनको अन्तिम इच्छा पुरा गर्न आत्महत्या गरेको वताएका छन् ।
केरावारी २ कि १८ वर्षिय रक्षा भण्डारी र सोही गाविसको वडा नम्वर ४ मा बस्ने २० वर्षिय खेमप्रसाद बरालले यसैवर्ष संगै एसएलसी उतिर्ण गरेका थिए । एक वर्ष अघि देखि टुसाएको उनीहरुको प्रेमसम्वन्ध यहासम्म पुगेको रहेछ जो एक अर्काविना वाच्न नसक्ने कुरा उनीहरुले देखाएपछि मात्र सार्वजनिक भयो । खेमप्रसादले आफनो प्रेमिका रक्षालाई घरमा ल्याउन हर सम्भव प्रयास गरेको रहेछन् भन्ने कुरा समेत घट्नामा संलग्न भएको सुसाइट नोटवाट थाहा पाइन्छ । यदपी रक्षाले किन आत्म हत्या गरीन भन्ने वारेमा भने केही वुझ्न नसकिएपनि विवाह गर्ने वारे असमझदारी वढेको कारण दुवैको मृत्यु हुनसक्ने आंकलन गरिएको छ । उनको मृत्युपछि भावविह्वल वनेकी आमाले रुदै भन्दै थिइन् ल्याउछस भने ले भनेर त भनेकै थिएनी । तर आज मलाई नै छाडेर गयौं । यता युवतिको आत्महत्यावारे केही कारण खुल्न नसकेपनि उनका प्रेमि बरालले भने युवतीको मृत्यु पछि एक्लै बाच्न नसक्ने र आफनो प्रेम सफल वनाउन आत्महत्या गरेको सुसाइट नोट मार्फत जानकारी गराएका छन् । उनले सुसाइट नोटमा लेखेका छन् रक्षा तीन महिना अघि विरामी पर्दा पनि तिमीले मलाई वचाऔं । आज तिमी यो संसारवाट टाढा भएपनि यो संसार मेरो लागि एक्लो छ ।तिमी विना म कसरी वाच्न सक्छुर त्यसैले तिमीलाई १२ ः१० वजे म भेट्ने छु ।
वरालले आत्महत्या गर्नुपूर्व आफनो किताव माथि एउटा पेपरमा लेखेर छाडेका सुसाइट नोटमा भनेका छन् । सुसाइट नोटमा उनले आफनो जीवनको सर्वस्व रक्षा भएको र उनको आत्महत्याको खवरले आफू चिन्तित भई उनी विना यो संसारमा वाच्नुको अर्थ नरहेको भन्दै आफनो प्रेम सफल पार्न पनि आत्म हत्या गरेको वताएका छन् ।यदपी म मरेपछि मेरो लासलाई पोष्टमार्टम पनि नगर्नु । र रक्षा संगै एउटै चितामा जलाउनु यही नै मेरो खुशी हुनेछ ।  - केरावारी डटकम 
 १७९ पटक
बुधबार, ८ असार
काठमाडौं । अफगानिस्तानको काबुलमा सोमबार भएको बम हमलामा निधन भएका १२ जना नेपालीको शव त्रिभुवन विमानस्थलमा ओरालिएको छ।
काबुलबाट शव लिएर फर्केको नेपाल वायु सेवा निगमको जहाज जब विमानस्थलमा ओर्लियो, परिवारको रुवावासिले विमानस्थलको वातावरण एकाएक भावविव्हल बन्यो।
विमानस्थलमा प्रीयजनको शव बुझ्न आएका परिवारहरु रोईरहेका छन् ।प्रधानमन्त्री ओली देखि गृहमन्त्री शक्ति बस्नेत देखि सरकारी अधिकारिहरु अत्यन्त भावविह्वल मुद्रामा देखिन्छन् ।
kp_oli-airport
विमानस्थलमा अचानक रुवावासी चलेपछि प्रधानमन्त्रीको अनुहार अचानक मलिन भयो र काबुलबाट फर्किएका अन्य २४ नेपालीलाई नेपालमै केहि गरौंला चिन्ता नमान्नुस भन्दै भावुक भएर प्रधानमन्त्रीले उनीहरुलाई सम्झाउन थाले
प्रधानमन्त्रीको आश्वासनले एक यूवा झनै रुन थाले सायद उनीलाई आश्वासननै धेरै ठुलो लाग्यो
pm-oli
हजारौं सपना देखेर विदेशिएका १२ नेपाली युवाहरुको शव अचानक विमानबाट ओराल्दा मृतकका परिवार आफन्त र विमानस्थलमा जुटेका उल्लेख्य सर्वसाधारणका आँखा रसाएका थिए ।
नेपाली सेनाका जवानहरूले शवको बाकस विमानबाट ओरालेका थिए।
Airport-family1
आफ्नै देशको बेरोजगारिको समस्याको कारण विदेश जान बाध्य युवाहरुको शव देख्दा प्रधानमन्त्रीको मन पनि थामिएन अनि उनी पनि स्तब्ध बने ।
dead-body-nepali
पछिल्लो सोमवार काबुलस्थित क्यानेडियन राजदूतावासको सुरक्षार्थ खटिएका बेला नेपाली सवार बसमा तालिवान लडाकूले आत्मघाती आक्रमण गर्दा १२ नेपालीसहित १४ जनाको मृत्यु भएको थियो । आक्रमणमा ७ नेपाली घाइते भएका थिए ।
 

 कथाः एक घृणास्पद संयोग

prostitute
अप्सरा तिम्सिना  
एक्कासि उनलाई शुक्रबार फोन आयो । तर, त्यो फोन शनिबार आउनुपर्ने थियो । उनले सेड्युल मिलाएकी थिइन्, हरेक बार कहाँ जाने भनेर । उनी तयार भएकी थिइन्, रुटिनअनुसार जानैपर्ने ठाउँका लागि । उनले मुस्कुराउँदै फोन उठाइन्- हेलो !
‘हजुर, म फलानो लजबाट । आज तपाईंले सोचेभन्दा राम्रो कमाइ हुन्छ । गेस्टको चाहनामा पनि तपाईं नै हुनुहुन्छ । के छ विचार ?’
उनलाई विशेष व्यक्तिको आगमनको कारण बोलाइएको रहेछ । उनले नाइँ भन्ने कुरै भएन । तिज पनि नजिकिँदै छ । पैसाको महत्त्व बढ्दै थियो ।
उनले ‘हुन्छ’ भनिन् ।
apasara timalsina
अप्सरा तिम्सिना
उनी हतार-हतार सेड्युलअनुसार लजमा गइन् । आज उनलाई हतार थियो । ग्राहकभन्दा अगाडि नै आफू तयार भइन् । उनले नै आफ्नै सक्रियतामा काम भ्याइन् र शनिबार जानुपर्ने होटलतिर लागिन् ।
किनकिन, आज उनलाई अनौठो लागेको थियो । मनमा के-के कुरा खेलिरहेका थिएँ । मन निकै अशान्त थियो तर पनि सोचिन्- जानु त पर्छ नै । अनि, ट्याक्सी चढिन् ।
ट्याक्सीबाट उत्रनु केहीबेरअघि फेरि एकपटक आफ्नो अनुहार ऐनामा हेरिन् । निकै राम्री भएको आभास भयो । सरासरी गइन् र लजको म्यानेजरलाई भेटिन् ।
म्यानेजर बोले, ‘ए आउनु भयो ?’
उनी मुसुक्क मुस्कुराउँदै भनिन्, ‘हजुर ।’
म्यानेजर- ‘एक रातको १० हजार । तर, रात पूरै बस्नुपर्छ । मन्जुर ?’
‘ओके, नो प्रोब्लम ।’
म्यानेजर- ‘रुम नम्बर १०४ ।’
‘ओके ।’
भर्याङको सिँढी चढ्दै गर्दा मनमनै सोचिन्, एक हप्तामा कमाउने एकै रातमा पाइने भयो । उनी खुसी भइन् । एकपटक हातेझोलाबाट ऐना निकालेर हेरिन् ।
खुसी हुँदै सरासर ढोकाको लक समाइन् । सजिलै खुल्यो, भित्र पसिन् । कोठामा कोही थिएन । तर, एउटा ह्यान्डक्यारी र दुइटा सुटकेस थिए । यताउता हेरिन् । एट्याच बाथरुममा पानीको धारा खोलेको आवाज आइरहेको थियो । उनले संकेत गरिन् ।
बाथरुमको ढोकामा ऐना थियो, हेरिन् । गाजल, लिपिस्टिक पोतिएको ठाउँमा फेरि पोतिन्, भद्दा पाराले । उनको पहिचानवाला सेन्ट पनि छरिन् र सुहागरातमा दुलहीझैँ सजिएर बसिन् । एक्कासि बाथरुमको ढोका खुल्यो ।
‘हाई डार्लिङ ! पहिलो प्रेमिकालाई डेटिङमा वेट गर्दा पनि यति बोर लागेको थिएन । किन ढिला गरेकी ? तिम्रो तारिफ मैले धेरैबाट सुनेको थिएँ । त्यसैले तिमीलाई नै बोलाउन भनेको थिएँ ।’
उनको पछाडिबाट आवाज आइरहेको थियो । उनी झस्किरहेकी थिइन् । यो आवाजसँग । उनलाई कतै-कतै यो आवाज सुनेजस्तो लाग्यो । डिम लाइटको छायामा गेस्ट टावेलले शरीर पुछ्दै स्यान्डो हातमा लिएर अगाडि बढ्यो । सरासर फोनको रिसिभर समायो । फोन गरेर माग गर्यो-
‘हेलो, मिल्क कफी, स्न्याक्स र दुई प्याक वाइन । हट एन्ड कोल्ड वाटर पनि ।’
उनी यो आवाजसँग झन्झन् त्रसित भइरहेकी थिइन् । किनकि त्यो आवाज उनले कतै सुनेको जस्तो थियो । उनलाई त्यस पुरुषको अनुहार हेर्न हिम्मत आइरहेको थिएन । भागौँ-भागौँ पनि लागिरहेको थियो । तर एकै रातको १० हजार सम्झिइन् । जोसुकै भए पनि बस्ने निधो गरिन् ।
वेटरले ढोका ढकढकायो- ‘सर कफी !’
‘राखेर जाउ’
वेटर कफी राखेर बाहिरियो ।
त्यो पुरुष बोल्यो, ‘डार्लिङ ! किन नबोलेकी ? आउ कफी लिउँ । रात हाम्रै त हो ।’
उनी बिस्तारै उठिन् । उनी उठ्दा पुरुषले पछाडिबाट आफ्नो नितम्बमा हेरेको चाल पाएकी थिइन् ।
उनी सोफामा बसिन् । झ्याप्प बत्ती गयो ।
ऊ क्यान्डल खोज्दै गर्दा भन्दै थियो, ‘जलस्रोतको धनी देश भन्छन् तर हाम्रो दशा यस्तो ।’
उसले क्यान्डल भेट्यो । फेरि लाइटर खोज्दै गर्दा भन्दै थियो, ‘बरु विदेश नै राम्रो । केही कुराको अभाव त छैन । यस्तो अँध्यारोमा कसरी बस्नु हुन्छ है तपाईंहरू !’
लाइटर बाल्यो, उज्यालोको छिर्काले दुवैको अनुहार झिल्कियो । गेस्टको धुन क्यान्डलमा थियो । बिस्तारै क्यान्डल सल्कियो । अनि उसको आँखा जुध्यो, आफ्नै दिदीसँग ।
त्यतिबेलासम्म दिदीको आँखा आँसुले भरिइसकेको थियो । शरीर पूरै गलेर शिथिल भएकी थिइन् । उनले आफ्नो एक मात्र भाइ संयोगलाई लाइटरले छरेको उज्यालोको छिर्काले नै चिनिसकेकी थिइन् । उनी उठेर भाग्न चाहन्थिन् तर अशक्त महसुस भइरहेको थियो, शरीरका नसा गलेजस्तो, उनी भाग्नै सकिनन् ।
‘तँ यतिसम्म गिरेकी छस् भनेर मैले कल्पनासम्म पनि गरेको थिइनँ । म के देख्दै छु यो अहिले के यो साँचो हो ? तैँले छोरी भएर बाबुको गाउँमा चलेको नामको बदनाम गरिस् । कुलंगार्नी,’ भाइले गाली गर्न थाल्यो ।
भाइको गाली सुनिसकेपछि उनका नसा बिस्तारै दरिए । शरीरमा केही तागत मिलेको आभास भयो । उनी सलले मुख छोपेर रुँदै दौडिन् ।
भोलिपल्ट बिहान ६ बजेतिर वेटरले ढोका ढकढक्यायो । तर ढोका आफैँ खुल्यो । वेटरले पानी, कफी र एउटा खाम टेबलमा राखिदियो र निस्कियो । बिस्तारै संयोगका आँखा खुले । उसलाई आफू कहाँ छु भन्ने पनि हेक्का भइरहेको थिएन । रातभर पिएको हार्ड डि्रंक्सले ऊ रन्थनिरहेको थियो ।
घडीले नौ बजाइसकेको थियो । ऊ अझै सिरकमा गुटमुटिएर सोचिरहेको थियो । कफी खाने याद पनि उसलाई भएन तर ट्रेमा राखिएको खामले उनलाई तान्यो र बिस्तारै खाम समात्यो । बलै लगाएर खाम खोल्यो । लेखिएको थियो-
‘भाइ, हुन त म तिमीलाई भाइ भनेर सम्बोधन गर्न लायक रहिनँ । तैपनि अन्तिमपटक सम्बोधन गर्दै छु । सक्छौ भने माफ गर । आज मलाई अतीतले बेस्सरी पोलेको छ । गाउँमा बाको ठूलो इज्जत थियो । आफ्नो नाक तीखो बनाउन उनी तिमीलाई इन्जिनियर बनाउन चाहन्थे ।
सामाजिक आडम्बरको पर्खाल नढलोस् भन्दै बाले खेतको गैरी पाटो बिक्री गरे र तिमीलाई प्राइभेट कलेजमा इन्जिनियरिङ अध्ययनका लागि भर्ना गरिदिए । जग्गा बिक्रीबाट आएको रकमले केवल कलेज खर्च मात्र पुग्ने भयो । तिम्रो अन्य खर्चका लागि बाले बीए पास गरेकी छोरीको नाताले मसँग आशा गर्नुभयो ।
उहाँले जागिर खुवाउने सर्तमा जिम्दारको ज्वाइँका साथ लगाएर मलाई सहर पठाउनु भयो । म पढे-लेखेकी छोरी भएको नाताले बाको चुच्चो नाकलाई अझ चुच्चो बनाउनु कर्तव्य ठानेँ ।
जिम्दारका ज्वाइँले मलाई महिनाको ३५ सयमा आफ्नै घरको घरेलु काम दिए । म आफ्नो उच्च शिक्षा पढ्ने रहरलाई निमोठेर मार्दै घरेलु कामदारमा भर्ती भएँ । यस समय न मैले आफ्नो मनको संरक्षण गर्न सकेँ, न त तनको नै ।
संसारको सबैभन्दा कोमल वस्तु भनेको मन नै रहेछ । मन ढुंगामा ठोस्सिँदाजस्तो नमीठो दुखाइ अरू केही हुँदैन रहेछ । मेरो कोमल मन र तनमाथि जिमदारका ज्वाइँको नजर पर्‍यो । मैले खुला आकाशमा खेल्न पाएको भए संसारका सबै गेम जित्न सक्थेँ सायद । तर, म उसले चपाउँदाचपाउँदा रस सिद्धिएको चुइगम बनेँ र तिम्रो आठौँ सेमेस्टर पूरा हुन नपाउँदै फालिएँ आफ्नै पहाड घरतिर ।
मेरो मुहारबाट रङहरू उडेर वायुमण्डलमा लुकिसकेका थिए । यो कुरा गाउँमा प्रायः सबैलाई थाहा थियो । यतिबेला तिम्रो पढाइ पनि पूरा हुन थालेको थियो भने म पनि परिवारमा घाँडो भएकी थिएँ । यी यावत् कुरा थाहा पाएर नै चारवटा सन्तानका बाबु, जसकी स्वास्नी मरेको एक वर्ष नपुग्दै मलाई माग्न आए ।
उनी झन्डै हाम्रा बाका उमेरका थिए । यो मेरा निम्ति अवसर थियो । मैले स्विकारेँ र विवाह गरेँ ।
तिम्रो परीक्षा परेकाले तिमी मेरो विवाहमा पनि आउन सकेनौँ । बुवाले केटाको बारेमा केही नभन्ने तर भाइलाई बोलाउने उर्दी जारी गर्नुभएको थियो । म पनि केही बोल्ने अवस्थामा थिइनँ ।
त्यस्तो जिन्दगीभन्दा यो जिन्दगी मलाई कैयौँ गुणा मन परेको थियो । विवाह गरेको ६ महिनामै उनी हर्टअट्याक भएर गए । सौताकै भए पनि बच्चा न हुन्, सानै थिए । उनीहरूलाई पढाउन र हुर्काउन मैले कमाउनुपथ्र्यो ।
खेती किसानी गर्ने बानी थिएन । त्यसैले ममाथि यति धेरै घटना घट्दा पनि तिमी सहरमै भएकाले होला थाहा पाएनौँ । वास्ता नगरेको म भन्दिनँ । आज बाल्यकालदेखिका घटना चलचित्रको रिलझैँ फनफनी घुमिरहेको छन् । भाइ, आजैदेखि मैले जिन्दगीको बाटो बदलेँ । तिम्रो पनि त्यस्तो घटना कहिल्यै नदोहोरियोस् ।’
उही अभागिनी दिदी

 
फोटो :फाइल फोटो
सरकारको विरोध स्याल हुइँयामात्रै
भक्तपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले देश टुक्र्याउनका लागि देशी विदेशी शक्तिबाट आफूलाई दबाब आइरहेको खुलासा गरेका छन् । 
देशभित्र र बाहिरबाट पहाड र तराई अलग गरेर देश टुक्र्याउन आफूलाई तीब्र दबाब आएको बताउँदै तर त्यसलाई कदापि नस्वीकार्ने धारणा राखे । 
‘देश टुक्राउने षड्यन्त्र घनीभूतरुपमा भइरहेको छ । यसलाई जबरजस्ती स्वीकार्न बाध्य पारिँदैछ’, उनले भने, ‘यसको पहिलो पाइलाकारुपमा पहाड र तराई सर्लक्क छुट्याउन लागिपरेका छन् । यति भयो भने अरु स्टेप आउनेछन् । तर हामीलाई यो स्वीकार्य छैन ।’
उनले तराईमा हिंसा जारी रहे त्यसविरुद्ध सरकार कडारुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । हिंसालाई नियन्त्रण गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो ।
सरकारको विरोध स्याल हुइँयामात्रै
सरकारले अघि सारेका योजनालाई हावादारी गफमात्रै भनेर विरोध गर्नु स्याल हुइँयामात्रै भएको बताएका छन् ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारले सक्ने भएर विभिन्न महत्वाकांक्षी योजना अघि सारेको बताएका हुन् ।
‘एक वर्षमा लोडसेडिङ अन्त्य हुने गरी काम भइरहेको छ, हावा र सूर्यबाट बिजुली निकालिसक्यौं । हावाबाट बिजुली निकाल्छु भन्दा हावादारी गफ गर्नुको पनि हद हुन्छ भनेर उडाए । सबैतिरबाट विरोध भयो’, उनले भने, ‘यी सबै स्याल हुइँया हुन् । एउटाले ठाडो घाँटी लगाएर हुइँया भनेपछि सबैले त्यसै गर्छन् । अहिले त्यस्तै भएको हो । यो अस्वाभाविक होइन ।’
प्रधानमन्त्री ओलीले एकवर्षभित्र देशभरका तुइन हटाइछाड्ने पुनः दोहोर्याए । ‘मेरो सरकारको पहिलो निर्णयानुसार केही तुइन हटिसकेका छन्’, सरकारले यसतर्फ प्राथमिकतासाथ काम गरिरहेको जानकारी दिँदै उनले भने,  ‘मान्छेको ज्यान लिने सबै तुइन हटाइन्छ । एक वर्षभित्र कम्तीमा तुइनलाई झोलुंगे पुलसम्म पुर्याउँछु ।’
उत्तरका सबै नाका खोलिन्छ
प्रधानमन्त्री ओलीले चीनसँग व्यापार व्यवसाय बढाउन उत्तरका सबै नाका खोलिने बताएका छन् । उनले नेपाल भारत वेष्ठितमात्रै नभई चीन बेष्ठित पनि भएकाले उससँग जोडिएका सबै नाका खोलिने बताएका हुन् ।
प्रम ओलीले तातोपानी नाका छिट्टै सञ्चालनमा ल्याई गल्छी–त्रिशुली–धुन्चे–रसुवागढी सडकलाई दुई लेन बनाउने कार्य सुरु भइसकेको जानकारी दिए ।
चीनसँग सम्बन्ध तथा व्यापार व्यवसाय बढाउनुलाई भारतले आफ्नो विरुद्ध सोच्न नहुने उनको जोड थियो ।
‘चीनसँग सम्बन्ध र व्यापार व्यवसाय बढाउँदा कुनै देशको विरोध हुँदैन । भारतले आफ्नो विरोध सोच्न पनि हुन्न’, प्रम ओलीले भने, ‘यो नेपालको आवश्यकता हो, नेपाल र नेपालीको हितको विषय हो, देशको स्वाभीमानको कुरा हो ।’
उनले सरकारले चीनसँग मात्रै होइन बंगलादेश, पाकिस्तान, श्रीलंकालगायतका अन्य छिमेकी देशहरुसँग पनि सम्बन्ध र व्यापार विस्तार गर्ने बताए ।
सरकार लम्बिएला भन्ने पीर
प्रधानमन्त्री ओलीले विपक्षीहरुलाई आफ्नो नेतृत्वको सरकार लामो समय टिक्ला भन्ने डर बढिरहेकोसमेत दावी गरे । उनले केपी ओलीले अलि बढी सरकार चलाए उद्युम मच्चाउछन् भन्ने पीर पर्न थालिसकेको जिकिर गरे ।
‘विपक्षीहरुलाई केपी ओलीको सरकारलाई ड्याम्मै ढाल्न पाए हुन्थ्यो भन्ने भइसक्यो’, उनले भने, ‘यो सरकार अलि बढी समयसम्म रह्यो भने उद्युम गर्छ भन्ने पीर पर्न थालिसक्यो । साँच्चै हामी हावादारी गफ गर्न होइन काम गर्न नै सरकारमा गएका हौं । हामीलाई जनताको हितमा काम गर्न नदिने षड्यन्त्र भइरहेको छ ।’
तातोपानीबाट पनि बिजुली
हावापानी, घामबाट बिजुली निकालेर लोडसेडिंग अन्त्य गर्ने बताउँदै आएका प्रधानमन्त्री ओलीले तातोपानीबाट समेत बिजुली निकाल्ने दावी गरेका छन् ।

नेपालका हिमाली क्षेत्रमा भएको तातोपानीबाट जिओ थर्मल प्रविधिबाट बिजुली निकाल्ने उनको तर्क थियो । त्यस्तै तातोपानी भएका क्षेत्रमा होटल सञ्चालनमा ल्याइने उनको भनाइ थियो ।
‘हाम्रो हिमाली क्षेत्रका तातोपानी खेर गइरहेका छन् । उल्टो चिसो पानी उमाल्न खर्च गरिरहनुपरेको छ’, उनले भने, ‘तर अब तातोपानी खेर जाने छैन । यसबाट जिओ थर्मल प्रविधिबाट बिजुली निकालिनेछ । त्यस्तै होटल खोलेर तातोपानीको स्वीमिंग पुल तथा पोखरी बनाइन्छ । जहाँ कोठाभित्र भन्दा पोखरीमा बसेर तातो महसुस गर्नेछन् ।’
कांग्रेसमा छट्पटी
एमालेलाई बाहिर राख्न चाहने कांग्रेस अहिले आफै बाहिर बस्नुपर्दा उसलाई छटपटी सुरु भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले कांग्रेसलाई एमाले नेतृत्वको सरकार सही नसक्नु भएकोसमेत दावी गरे ।
संविधान निर्माणपछि कांग्रेसले सहमति र राष्ट्रिय एकता छाडेर सत्तालोलुपता सधैं ओहोदामा बसिरहने लोभ देखाएको उनको आरोप थियो ।
‘त्यसैले संविधान जारी भएपछि कांग्रेसले रुप परिवर्तन गर्यो, सत्तामा हामी नै हुनुपर्छ भन्न थाल्यो । यसैको परिणाम राष्ट्रलाई एकजुट बनाएर भूकम्पपछिको पुनर्निर्माणमा जाने सोच फेल खायो’, प्रधानमन्त्रीले भने, ‘कांग्रेसले एमालेलाई सबै क्षेत्रमा बाहिर राखी टिक्न नदिने बेइमानीको राजनीति ग¥यो । तर परिणाम उल्टो आयो, जसलाई बाहिर हाल्छु भन्यो, उही भित्र प¥यो र जो भित्र बस्छु भन्यो उही बाहिर पर्यो । त्यसैले अहिले कांग्रेसलाई छटपटी भइरहेको छ ।’
उनले कांग्रेसले अहिले पनि एमाले र सरकारलाई असहयोग गरिरहेको आरोप लगाए ।
यो गुटबन्दी गर्ने बेला होइन
कांग्रेस र त्यसका नेतृत्वप्रति कडा रुपमा प्रस्तुत भएका प्रधानमन्त्री आफ्नै पार्टीका गुटबन्दीमा लागेका नेताहरुविरुद्ध पनि खरो रुपमा उत्रे ।
गुटबन्दीमा लागेका नेताहरुलाई उनको कटाक्ष थियो, ‘अरु काम नपाएर सदैव गुटबन्दी गुटबन्दी भनेर लागिरहेका छन् । के गुटबन्दीबाहेक अरु आउँदैन ?’
उनले देश बनाउने जिम्मेवारी एमालेको काँधमा आएकाले सबै एकजुट भएर लाग्ने बेला भएको बताए ।
‘अहिले सबै एकजुट भएर लाग्ने बेला हो । गुटबन्दी गरेर बस्ने समय छैन’, नेता ओलीले भने, ‘मुलुकमा परिवर्तन तीव्र गतिले भइरहेको छ । यस्तो अवस्थामा नेतृत्व गर्ने नै अगाडि बढ्ने हो । अरु पछाडि नै पर्छ ।’
सरकारप्रति विरोध र गिज्याउने कार्य हुँदा पनि पार्टी पंक्ति सरकारको रक्षामा आउन नसकेको भन्दै आक्रोश पोखे । उनले सरकारले भनेका कुराहरुलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रचारकै रुपमा अघि लानुपर्ने बताए ।

 पाँचथर,माघ ७ । पाँचथर ओयाम १ फाक्लुङका एक १४ महिनाको बालकलाई बोक्सी लागको भन्दै झाँक्रीले फाली र ढुंगा तताएर डामेपछि वालकको पछाडिको भाग जलेको छ । धनबहादुर राईका १४ महिनाका बालक दिपसन राईलाई झाँक्रीले उपचार गर्ने क्रममा डामिदिँदा शरीरको पछाडीको भाग जलेको हो ।
झाडा पाखाल लागेर विरामी भएका बच्चालाई विझुवा लागेको भन्दैपिठ्युमा डाबिदिएका थिए । विझुवाले डामेपछि घाइते भएर सिकिस्त बच्चालाई डामेको १२ दिन भइसक्दा पनि उपचारका लागि लगिएको छैन ।
झाडापखालाले सिकिस्त भएका बच्चालाई डामेपछि निको हुन्छ भन्दै झाँक्रीले डामेपछि बच्चाको स्थिति झनै बिग्रीएको छ । डामेपछि बच्चालाई सन्चो हुन्छ भनेर दुईजना झाँक्रीले बताएपछि बच्चालाई तताएर राखिएको ढुंगामा राखिएको र फाली तताएर डामेको आमा उर्मिला राईले बताए ।
बच्चाको शरिरको पछिल्लो भागमा डडेर घाउ भएको छ । उपचार नहुँदा घाउ पाक्न थालेको छ । कडा बोक्सि लागेकाले डामेर मात्र निको हुने भनेपछि यस्तो घटना भएको स्थानीय बासिनदाले बताएका छन् । मंगलवार वडा नागरिक मञ्चको बैठकमा कुरा उठेपछि मात्रै घटना सार्वजनिक भएको हो । बच्चाको घाउ गम्भीर किमिसको छ ।
वडा नागरिक मञ्चका अध्यक्ष इन्द्रबहादुर राईका अनुसार बच्चाको घाउ जटिल बन्दै गएको छ । ढिलो गरी थाहा पाइएकाले अब उपचार गर्नेबारे परिवारसँग सल्लाह भइरहेको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म घटना सम्वन्धित निकाय सम्म आउन सकेको छैन् ।
 

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला