यसैबिच मेरी बास्सैबाट केदार घिमीरे ‘माग्ने बुढा’ र विल्सन विक्रम राई ‘तक्मे बुढा’ पनि नयाँ श्रृंखला ल्याउने तयारीका साथ नदेखिएपछि केही खस्किँदै गएको भन्ने आलोचना भइरहेका बेला मुन्द्रेको उपस्थितीले ‘मेरी बास्सै’ थप रोचक हुने अनुमान गरिएको छ । स्रोतका अनुसार मेरी बास्सैमा जितु नेपाल ‘मुन्द्रे’ कै भूमिकामा देखिने छन् ।
जिरे खुर्सानीको निमार्ण र व्यवसायिक प्रशारण गर्दै आएको विज्ञापन एजेन्सीले बैंकको झुटो विवरण र कागजात पेश गरेको भेटिए पछि अहिले घटना छानबिनकै क्रममा रहेकाले जिरे खुर्सानी र हाँस्य टेलिश्रृखंला ‘भद्रगोल’को नियमित प्रसारण रोकिँदै आएको छ ।





.png)












