Hindi Films



एजेन्सी– २५ वर्षको उमेरमा गर्भवती हुँदा सजिलो मात्र हुँदैन, आमा र शिशु दुबैका लागि सुरक्षित पनि हुन्छ । तर, आजभोली प्रायः महिला अध्ययन र करिअरको पछाडि लाग्दा ३५ वर्ष पुगेपछि मात्र बच्चा जन्माउने सोच बनाउँछन् । अर्थात् सन्तान भन्दा करिअर र रोजगारीलाई प्राथमिकतामा राख्ने प्रबृत्ति बढ्दो छ ।  काबु बाहिरको परिस्थितिका कारण पनि कतिपय दम्पत्तीको ढिलो सन्तान हुने गरेको हुन्छ । विज्ञहरुका अनुसार सन्तान जन्माउन ढिलाईको अर्थ आमा र शिशु दुबैको स्वास्थ्यमा थप समस्या र संकट ल्याउनु हो ।
बच्चा जन्माउदा ढिलाई गर्नु यसकारण अस्वथ छनौट होः

उमेर बढ्दै जाँदा उर्वरता घट्छ
तपाईँको उमेर बढ्दै जाँदा महिलाको ओभरीमा हुने अण्डा क्रमशः घट्दै जान्छ । यसको अर्थ तपाईँले गर्भाधारण गर्न जति ढिलाई गर्नुहुन्छ, त्यति नै तपाईले आफूलाई बाभोपन तर्फ धकेलिरहनु भएको छ । महिलाले ३० वर्ष पुगेपछि कम अण्डा निस्कासन गर्ने भएकोले गर्भधारण गर्न कठिन हुन्छ । यतिबेला जतिसुकै असुरक्षित यौनसम्र्पक गरेपनि महिला प्रजनन कोषमा फर्टिलाइजेसन हुने सम्भावना न्यून हुन्छ । यसबाहेक उमेर बढेसँगै अन्डलाई अन्डासयबाट पाठेघरसम्म पुयाउने ट्युबहरुसमेत साँघुरा र कतिपय अवस्थामा बन्द हुने गर्छ । जसका कारण जतिसुकै प्रयत्न गरे पनि गर्भाधारण हुँदैन ।
अपांंगताको खतरा
विज्ञानको चमत्कार र स्वास्थ्य क्षेमा भएको प्रगतिसँगै गर्भधारण गर्न उमेरको तगारो विस्तारै हटेपनि ३५ वर्ष पुगेपछि जन्माएको सन्तानमा अपांगता लगायत विभिन्न समस्याहरु देखिन्छन् । असामान्य क्रोमोजोमका कारण ३० वर्षको उमेरमा बच्चा जन्माउदा १ हजार शिशुमा हरेक १ एउटा शिशु जन्मदै सुस्त मनस्थिति हुने गर्छन् । त्यस्तै, चालिस वर्ष सो भन्दा बढी उमेरमा सन्तान जन्माउदा १ सय जनामध्ये एक जनामा डाउन सिन्ड्रोम समस्या देखिन्छ ।
तसर्थ बच्चाहरु लुलो लंगडो, अपांग, सुस्त मनस्थित लगायतका अधिकांश समस्या पाको उमेरमा सन्तान उत्पादनको उपज हो । ३० वर्षपछि पहिलो गर्भाधारण हुँदा तुहिने वा पेटमा नै बच्चा मर्ने खतरा हुन्छ । तसर्थ आफू र आफ्नो परिबारको स्वास्थ्य भन्दा ठूलो करिअर र पढाई हुन सक्दैन ।
बच्चा जन्माउन निकै गाहो
सुत्केरी हुने बेलामा पनि उमेर छिप्पिएर गर्भाधारण गरेका महिलालाई निकै कठिनाई र पिडा हुने विज्ञहरु बताउँछन् । कि त उनीहरुलाई व्यथा लामो हुन्छ वा निकै तीब्र पीडा हुन्छ । त्यस्तो बेला उनीहरुलाई सी सेक्सनको आवश्यकता पर्न सक्छ । उमेरसँगै भ्रूण राख्ने पाठेघर पनि बुढो हँुदै जान्छ  र २० वर्षको उमेरमा जस्तो यसले प्रभाकारी रुपमा काम गर्दैन ।
मातृ स्वास्थ्य खराब
पाको उमेरमा गर्भाधारण गर्दा महिलामा अन्य समस्याहरु पनि हुन्छन् । जस्तै उनीहरुमा डायविटिज, उच्च रक्त चापको समस्या हुन सक्छ । मुटु, रक्तचाप, सुगरका विरामीलाई गर्भधारण गर्न निकै कठिन हुन्छ । उनीहरुले जन्माएको शिशु पनि अस्वस्थ हुने खतरा त छँदैछ ९ महिनासम्म गर्भाधारणको समयमा पनि विभिन्न पीडा हुने गर्छ ।  वंशानुगत समस्याका कारण पहिलोे बच्चा अपांग भयो भने दोस्रो सन्तान पनि त्यस्तै हुने २५ प्रतिशत सम्भावना हुन्छ । र, पाको उमेरमा गर्भाधारण गर्दा त यो समस्या झनै बढी हुन्छ । तसर्थ पहिलो बच्चामा वशांनुगत समस्या छ भने दोस्रो सन्तान जन्माउँदा चिकित्सकसँग वंशानुगत परामर्श लिनुपर्छ ।

अब जानकारीको लागि गर्भमा रहेका शिशु छोरा हो कि छोरी भन्ने कुरा अब सजिलो उपाय छ ,जो चाहि सुँघेर नै थाहा पाउने एक अध्ययनले बताएको छ । ओयसनेपालमा खबर छ ।

 युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीले यो तथ्य फेला पारेका हुन् ।उक्त नयाँ अनुसन्धानका अनुसार यदि गर्भवती महिलाको पेटमा छोरा छ भने उनको शरिरबाट एउटा भिन्न प्रकारको गन्ध आउने गर्दछ जबकि छोरी भएको अवस्थामा भिन्न प्रकारको गन्ध आउने गर्दछ ।
 

 यो गन्धको आधारमा गर्भवती महिलाले छोराको जन्म दिँदैछिन् कि छोरीको जन्म दिँदैछिन् भन्ने थाहा हुन्छ । लीमर प्रजातिको बाँदरमा गरिएको थियो परिक्षणः- युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीका वैज्ञानिकहरुले जेरेमी क्राउफोर्ड तथा क्रिस्टाइन डेराले यो कुराको परिक्षण लीमर प्रजातिको बाँदरमा गरेका छन् ।

यी दुबै वैज्ञानिकहरुले यो शोध रोयल सोसाइटी जर्नल बायोलोजी लेटर्समा छापेका छन् । डेली मेल स्रोत मा उल्लेख गरिएको छ । ब्लड हर्मोनमा हुँदैछ परिवर्तन :- गर्भावस्थाको दौरान महिलाहरुको हर्मोनमा थुप्रै प्रकारको परिवर्तन हुने वैज्ञानिकहरुले आफ्नो शोधमा पाएका छन् ।

यदि गर्भमा छोरा छन् भने यसको परिवर्तनमा अझ बढि मात्रामा हुने गर्दछ । छोरा छ भने तेज गन्ध :- गर्भवती लीमरको पेटमा छोरा भएको बेलामा अर्कै प्रकारको निकै तेज गन्ध निस्किएको र छोरी हुँदा हल्का गन्ध आएको अनुसन्धानको क्रममा पत्ता लागेको छ ।

मानिसहरुमा पनि यस्तै सम्भव :- लीमर बाँदरमाथि गरिएको यो सफल परिक्षणका अनुसन्धानकर्ताद्वयले यस्तै मानिसहरुमा पनि सम्भव हुने बताएका छन् । यद्यपी गर्भवती महिलाको शरिरबाट निस्किएको गन्धको आधारमा छोरा÷छोरी पहिचान गर्नको लागि अहिलेसम्म कुनै पनि अनुसन्धान गरिएको छैन ।  


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

२०७२ जेष्ठ २९ शुक्रबार 
फोटो :भूकम्पको त्रास भगाउन नाला भगवतीमा पूजा गरिँदै ।  
अनिष्ट हुने डरले स्थानीय त्रसित
धुलिखेल : काभ्रेको उग्रचण्डी नाला–४ मा रहेको उग्रचण्डी नाला भगवतीको मूर्तिको शिलाबाट साढे सात महिनापछि फेरि पसिना आएको छ ।

शुक्रबार काठमाडौँबाट नाला भगवतीमा पूजा गर्न आएका दर्शनार्थीहरुले मध्यान्ह १२ बजे भगवतीको शिलाबाट एक्कासी पसिना आएको देखेका थिए ।

नाला भगवतीलाई पसिना आएपछि स्थानीयबासी त्रसित बनेका छन् । भगवतीलाई पसिना आएपछि मुलुकमा अनिष्ट हुने किंवदन्ती भएकाले स्थानीय त्रसित बनेको मन्दिरका पूजारी कृष्णगोपाल कर्माचार्यले जानकारी दिए ।

उनका अनुसार काठमाडौँबाट आएका दुई महिला पूजा गर्ने क्रममा कामेपछि शिलामा पसिना आएको हो ।  भगवतीलाई पसिना आएपछि भगवतीको क्षमापुजा गर्न अनुरोध गरिएको कर्माचार्यले बताए ।

भगवतीको कोखबाट पसिना आउन सुरु भएको केही समयपछि पसिना आउने क्रम कम भएको पुजारी कर्माचार्यले बताए । उनले अहिले पनि भगवतीको दायाँ गोडामा पसिना आइरहेको जानकारी दिए ।

भगवतीलाई यसअघि २०७१ कातिक १५ गते पनि पसिना आएको थियो । भगवतीको शिलाबाट पसिना आएपछि देशमा अनिष्ट हुने किंवदन्ती रहेकोले भूकम्पको पीडामा रहेका सर्वसाधारण फेरि देशमा अर्को अनिष्ट हुने चिन्तामा रहेका छन् ।

कातिक १५ गते नाला भगवतीलाई पसिना आएपछि अनिष्ट हुन नदिन मन्दिर व्यवस्थापन समिति र नालबासीले क्षमापूजा, एक लाख पटक जप, सवा करोड दीप प्रज्वलन गर्नुको साथै नियमित पूजाआजा पनि गरेका थिए ।

भगवतीलाई पसिना आएकै कारण वैशाख १२ गते विनाशकारी भूकम्प गएको हुनसक्ने स्थानीयको बुझाइ छ ।     (लाभगवतीमा भूकम्‍प भगाउन क्षमा पूजा)

कातिक १५ गतेभन्दा अघि करिब एक सय ९४ वर्ष पहिले अर्थात् वि.सं. १८७७ पुस ४ गते शनिवार भगवतीको मूर्ति माथिबाट रगत खसेर ढाड हुँदै बाहुलीबाट खुट्टामुनि गएको नालाबासीले देखेको बुढापाका बताउँछन् ।

त्यसैगरी सोही वर्ष माघ ३० गते कुम्भ लग्ने शरीरको बीच भागबाट रगत आई आङ्गबाट खुट्टामूनि सिंहसानमा गएको हस्तलिखित पट्याउने किताबमा उल्लेख । भगवतीको शरीरबाट रगत बगेको केही महिनापछि हैजा लागेर धेरै नालाबासीको मृत्यु भएको किताबमा लेखिएको छ ।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
३३ बर्ष उमेरकी कोरी रोवल्याण्ड ब्रिटेनकी सबैभन्दा कान्छी हजुरआमा बनेकी छिन। १५ वर्षको उमेरमै सन् १९९७ मा छोरी जन्माएकि थिइन उनले। बेथानि उनको छोरीको नाम थियो। १७ वर्ष नपुग्दै बेथानीले एउटा छोरो जन्माइदिइन्। कोरी भर्खर ३३ वर्ष पगेकी छिन्। सामान्यतया यो उमेर अधिकतम महिला आमा-अवस्था मै गुजारिरहेका हुन्छन्।
33 year grandmother (2)
कोरी (आमा) र बेथानी (छोरी)
विवाह पनि गरकी छैनन बेथानीले। उनको केटा साथी भने कलिलो उमेरमै पिता बन्ने हुँदा तनावमा छन्। अवोर्सन गर्ने सोच्न सकिन भनि भन्छिन बेथानी।
कलिलै उमेरमा आमा बन्दा धेरै कुरा त्याग्न पर्ने भन्दै कोरी उनको छोरी प्रति चिन्तित पनि छिन् तर भनिन्छ उसले जति खुसी अन्यले भोग्दैनन पनि।
33 year grandmother (1)33 year grandmother (5)
कोरी अाफ्नी छोरी बेथानी संग (बाँया), कोरी आफ्नो नातीसँग (दाँया)
33 year grandmother (4)33 year grandmother (7)33 year grandmother (3)


Untitled-1



























कुनै पनि विषयको परीक्षामा पूर्णांक भन्दा कसैले बढि अंक पाएको सुन्नुभएको छ ? वास्तवमा पूर्णांक भन्दा प्राप्तांक बढि भन्ने असम्भव नै हो । तर एकजना विद्यार्थीको हकमा भने यो सम्भव भएको थियो । उनले गणितको परीक्षामा १ सय पूर्णांकमा १ सय १० अंक प्राप्त गरेका थिए ।
भारतका चर्चित वैज्ञानिक तथा गणितज्ञ सत्येन्द्र नाथ बोस यो दुनियाका एकमात्र यस्ता व्यक्ति हुन् जसले परीक्षामा पूर्णांक भन्दा बढि अंक प्राप्त गरेका थिए ।
बच्चादेखि नै विलक्षण प्रतिभाका धनी बोसको जन्म कलकत्तामा भएको थियो । प्रारम्भिक शिक्षा घर नजिकैको स्कुलमा लिएपछि उनलाई हिन्दु स्कुलमा भर्ना गरियो । हिन्दु स्कुलमा प्रसिद्ध अध्यापक उपेन्द्र बक्सीले गणित पढाउँथे ।
उनले कक्षामा लिएको परीक्षापछि कपी चेक गरेर विद्यार्थीहरुलाई फिर्ता दिइरहेका थिए । जब उनले सत्येन्द्रको उत्तरपुस्तिका फिर्ता गरे तब उनको उत्तरपुस्तिकामा १ सय पूर्णांकमा १ सय १० अंक दिएको देखियो । यो आश्चर्यजनक घटना वास्तवमा परीक्षाको नियम विपरित थियो । तर यो कसरी सम्भव भयो ?
विद्यार्थीलाई पूर्णांक भन्दा बढि नम्बर दिएपनि स्कुलमा हंगामा मच्चियो । उक्त स्कुलका प्रधानाध्यापकले गणित शिक्षक उपेन्द्रलाई यसको कारण सोधे । शिक्षक उपेन्द्रको जवाफ यस्तो थियो-मैले जे गरेँ, ठिक गरेँ ।
सत्येन्द्रले निर्धारित समयमा कुनैपनि विकल्प नछाडिकन सबै प्रश्नको सही ढंगले उत्तर दिनुका साथै कतिपय प्रश्नलाई एक भन्दा बढि तरिकाबाट समेत हल गरेका छन् । यदि तपाइँले निर्देशन नै दिनुहुन्छ भने त म उनको अंक घटाएर सयमा सय नै बनाइदिउँला, तर यसले सत्येन्द्रको प्रतिभा कम हुँदैन ।
जब प्रश्न नै गल्ती थियो
स्कुल शिक्षा पूरा गरेपछि सत्येन्द्र कलकत्ताको प्रेसिडेन्सी कलेजमा भर्ना भए । त्यस समयमा उक्त कलेजमा प्रसिद्ध वैज्ञानिक जगदिशचन्द्र बोस तथा प्रफुल्ल चन्द्र राय जस्ता शिक्षकहरुले पढाउँथे । मेघनाथ साहा र प्रसान्त चन्द्र महालनेभिस सत्येन्द्रका सहपाठी थिए । कक्षामा सत्येन्द्र प्रथम र साहा दोश्रो हुन्थे, सधै ।
जब उनीहरु एमएससीमा अध्ययनरत थिए त्यसबेला परीक्षामा गणितको प्रश्नपत्रमा सोधिएको एउटा प्रश्न कुनैपनि विद्यार्थीले हल गरेनन् । यस्तो देखेर कलेजका कुलपति अर्थात् गणितका महाविद्वान प्राध्यापक आशुतोषले असन्तुष प्रकट गर्दै सबै विद्यार्थी र शिक्षकलाई भेला पारेर थर्काए । ‘तिमीहरु के पढाउँछौँ अनि विद्यार्थीहरु के पढ्छौ ? मैले बुझ्न सक्दिन । यो पटक मैले गणितको प्रश्नपत्रमा एउटा प्रश्न दिएको थिएँ जसलाई कसैले पनि हल गरेनन् । निकै लाजलाग्दो विषय हो यो ।’
आशुतोषको कुरालाई बिचमै काट्ने हिम्मत कसको हुने ? सबैले मुन्टो निहुराए । तर सत्येन्द्र भने बोलिहाले – सर जब प्रश्न नै गलत हुन्छ भने त्यसलाई कसरी हल गर्ने ?
सत्येन्द्रले प्रश्न नै गलत भएको बताएपछि त्यहाँ सन्नाटा छायो । आशुतोषले तत्कालै सोधे- प्रश्न गलत थियो भनेर कसरी तिमीले भन्न सक्छौ ? सत्येन्द्रले प्राध्यापक आशुतोषकै सामुन्ने प्रश्नलाई गलत सावित गरेर देखाइदिए ।
त्यसपछि आशुतोषले उनलाई धाप मारेर तारिफ गर्न थाले । उनको प्रतिभाको कदर गर्दै स्नातकोत्तर उत्तीर्ण गरेसँगै आशुतोषले सत्येन्द्रलाई कलकत्ता विश्वविद्यालयको प्राध्यापकमा नियुक्त गरे ।


  •  

लण्डन–बेलायतको बर्मिंघम शहरमा अदालतले यौनसम्पर्क गर्दा 'आवाज' ननिकाल्नु भन्ने आदेश उल्लघंन गरेको अभियोगमा एक महिलालाई जेल सजाय सुनाइएको छ । बीबीसीका अनुसार बर्मिंघमको स्माल हिथ इलाकाकी गेमा वेललाई यौनसम्पर्क गर्दा बेसरी आवाज निकालेको अभियोगमा दुई साताको जेल सजाय सुनाइएको हो।
'यौनसम्पर्क गर्दा बेस्सरी आवाज निकाल्नु समाज विरोधी व्यवहारको सम्बन्धमा दिएको आदेशको उल्लघंन हो । यस्तो कामले छिमेकीलाई असर गर्छ,' फैसला सुनाउँदै न्यायाधीश एमा कैलीले भनिन् । एक छिमेकीले यौनसम्पर्क गर्दा बेस्सरी आवाज निकालेको भन्दै अदालतमा उजरी दिएपछि बर्मिंघम परिषदले ती महिला विरुद्ध कानुनी कारवाही गरेको थियो । न्यायाधीशले आफ्नो फैशलामा महिलाले आफ्नो केटासाथीसँग कुरा गर्दा र आफ्नो घरमा हल्ला गरेर अदालतको आदेशको उल्लघंन गरेको फैसला सुनाएकी छिन् ।

छिमेकीले उजुरी पत्रमा भनेका छन,'गेमा यौनसम्पर्क गर्दा बेस्सरी आवाज निकालेर कराउन थालिन । यो क्रम दश मिनेटसम्म चल्यो जसका कारण हाम्रो निन्द्रा गायव भयो ।'फैसलामा न्यायाधीशले भनिन,'म यो कुराबाट सन्तुष्ट छु, की २९ जनवरीको विहान करिव पाँच बजे अभियुक्त यौनसम्पर्क गर्दा बेस्सरी आवाज निकालेका कारण दोषी छिन । उनको आवाज यति ठुलो थियो की जसले छिमेकीलाईसमेत असर गर्यो ।'


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
कलियुगका लागि भागवत पुराणमा बिभिन्न आश्चर्यजनक भबिष्यवाणीहरु गरिएकाछन्। संसारमा प्रलय आउने छ भनि बिभिन्न समयमा आउने हल्लाखल्ला हामीले नसुनेका छैनौं।


कालान्तरमा कुनै दिन हामी वरिपरिको वस्तुहरु रहने छैनन्, पृथ्वी वञ्जर हुनेछ। जीवको लागि आवश्यक पानी सुकेर जानेछ र पृथ्वी केवल ढुङ्गा र माटोको पिण्ड रहनेछ। तर सत्य के हो, त्यो कतै लेखिएको छैन न त कुनै भबिष्यवाणीले नै मान्न सकिने गरि सत्य बताएको छ।

वैज्ञानिक तवरमा हेर्ने हो भने, अधिकांश बिकसित देशहरु भने दिनानु दिन पृथ्वीको विनाश तर्फ उन्मुख छन्।

हिन्दु ग्रन्थहरुमा पृथ्वीको बिनास कलियुगमा हुनेछ भनि बिभिन्न अवस्थामा उल्लेख गरेको पाइन्छ। भागवत पुराणको अन्तिम श्लोकले पृथ्वीको भबिष्यको ठुलो रहस्य बताएको भने छ। करिब ५००० वर्ष अघि वेदव्यासले पृथ्वीको बारेमा बिभिन्न भबिष्यवाणी उल्लेख गरेका छन्।


भागवत पुराणमा गरिएका १५ भविष्यवाणी जुन पुरा पनि भइरहेका छन।


भबिष्यवाणी १

धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ।

श्रीमद् भागवत् १२-२-१।

भबिष्यवाणी २

कलियुगमा केवल 'धन' मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असल गुणको आधार मानिनेछ। कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हुनेछ।

श्रीमद् भागवत् १२-२-२।

भबिष्यवाणी ३

पुरष र महिला केबल सतही आकर्षणको कारणले गर्दा मात्र मिलेर बस्नेछन। व्यापार र सफलता केवल छलमा निर्भर हुनेछ। पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाधेको आधारमा ब्राह्मण कहलिनेछ।

श्रीमद् भागवत् १२-२-३।

भबिष्यवाणी ४

व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ। जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ। जो धेरै शब्दहरुमा खेल्न सक्छ र गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ।

श्रीमद् भागवत् १२-२-४।

भबिष्यवाणी ५

कुनै व्यक्तिसंग धन छैन भने उ अधर्मी मानिनेछ। छल र कपटलाइ सद्गुण मानिनेछ। केवल मौखिक सहमतिले विवाह गरिनेछ, र कसैले स्नान मात्र गरेको छ भने सोच्ने छ कि उ सार्वजनिक रुपमा अरुको अगाडी आउन लायक छ।

श्रीमद् भागवत् १२-२-५।

भबिष्यवाणी ६

एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सिमित हुनेछ र सौन्दर्य कसैको कपालमा छ भन्ने सोचिनेछ। भुडि भर्ने जीवको लक्ष हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ। जसले परिवार पाल्न सक्छ उ विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ।

श्रीमद् भागवत् १२-२-६।

भबिष्यवाणी ७

जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्य जसले आफुलाइ शक्तिशाली देखाउन सक्छ उसले राजनैतिक शक्ति पाउने छ।

श्रीमद् भागवत् १२-२-७।

भबिष्यवाणी ८

अनिकाल र अत्याधिक करको कारण मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन्। खडेरीले गर्दा सबैकुरा बर्बाद हुनेछ।

श्रीमद् भागवत् १२-२-९।

भबिष्यवाणी ९

मानिसहरु चिसो, हावाहुरी, तापक्रमको बृद्धी, बर्षा तथा हिउँबाट प्रभावित हुनेछन्। यसको साथै आपसी झगडा, भोक, प्यास, रोग तथा चिन्ता तथा थकाइको सिकार हुनेछन।

श्रीमद् भागवत् १२-२-१०।

भबिष्यवाणी १०

कलियुगको लागि मानिसको उच्चतम उमेर ५० बर्ष हुनेछ।

श्रीमद् भागवत् १२-२-११।


भबिष्यवाणी ११

मानिसहरुले अब आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन।

श्रीमद् भागवत् १२-२-१२।

भबिष्यवाणी १२
कलियुगमा मानिसहरुले केहि सिक्काको लागि मात्र पनि क्रोध पैदा गर्नेछन। सबै मित्रवत् सम्बन्धलाइ त्याग्नेछन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन्।

श्रीमद् भागवत् १२-३-४१।

भबिष्यवाणी १३

संकार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् जसलाइ धर्म र संस्कृतिको बारेमा ज्ञान हुदैन उनै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ।

श्रीमद् भागवत् १२-३-३८।

भबिष्यवाणी १४

सेवकहरुले उसको मालिकको धन सकिए पछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस्। मालिकले परिवारमा पुस्तौबाट रहदैआएका सेवकहरु अशक्त भएमा परित्याग गर्नेछन। जब दुध दिन छोड्दछन् तब गाइहरु वेवारिसे छिडिनेछन वा मारिनेछन्।

श्रीमद् भागवत् १२-३-३६।

भबिष्यवाणी १५

सहरहरु चोर तथा फटाहहरुले लिनेछन। वेद नास्तिकहरुको गलत व्याख्याले भरिनेछ। राजनैतिक नेताहरुले विस्तारै जनता भस्म पार्नेछन्। पंण्डित तथा बुद्धिजीवीहरु पेट तथा जनेन्द्रियका भक्त हुनेछन।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

काठमाडौ, जेष्ठ ३ - भूकम्प पीडितलाई सहयोग गर्न आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका ‘अद्भूत बालक’ भनि प्रचारित आदित्य दाहालले प्रधानमन्त्री सुशील कोइरालालाई ‘नआत्तिनु, अब देशले काँचुली फेर्ने छ, तपाईंका ईच्छा पूरा हुनेछन्, पिएमज्यु’ भनेका छन् । प्रधानमन्त्री कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार आदित्यका आमाबुबाले प्रधानमन्त्रीलाई उनका बारे जानकारी दिएका थिए । प्रधानमन्त्रीले भने, ‘मैले थाहा पाएको थिएँ । सरकारले उपचारमा सहयोग पनि दिएको छ तर फुर्सद मिलाउन नसकेर म आउने इच्छा गर्दागर्दै पनि आउन सकिनँ ।’ त्यसपछि आदित्यका पिताले प्रधानमन्त्रीलाई केही सोध्ने मन छ भने सोध्नुस् भने । बोल्न नसक्ने साढे ४ वर्षका आदित्य मानिसहरुलाई उनीहरुकै भाषामा लेखेर जवाफ दिने गर्छन् । कोइरालाले आफ्नो नेतृत्वमा मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र र विकास कायम होस् भन्ने इच्छा रहेको आदित्यलाई बताए । प्रधानमन्त्रीको ईच्छा सुनेपछि आदित्यकी आमाले उनलाई डायरी र कलम दिइन् । उनले डायरीमा बायाँ हातले लेखे– ‘नआत्तिनू । यो अनिष्ट केही समयमा टर्नेछ । अनि मुलुकले काँचुली फेर्नेछ । हजूरका इच्छा पूरा हुने छ । पीएम ज्यू !’

 तिमीले नयाँ जीवन पायौ,आयुष्मान भव:
नानु तिमीलाई उद्धार गर्ने व्यक्तिहरु साक्षात यशु थिए कि यशुका अनुयायी? के त्यहाँ उद्धार गर्नेहरु अरु धर्मका थिएनन्? तिम्रो परमेश्वरले तिम्रा दुई साथीलाई चाहि किन बचाएनन् त? कि पर्मेश्वरले अरु धर्मावलम्वीलाई नबचाउने स्वार्थी छन् ? कि यशुका अनुयायीहरू कोही पनि पुरिएनन् ? वाहियात (किन अन्धो भक्त भएर बस्छौ,जाउ आँखामा पट्टि लगाएर तिम्रो स्वर्ग अरु २ जना साथि संगै ! तिम्रो भाषामा त उनीहरु प्रभुसँग स्वर्ग गएका छन् त  किन उनीहरु मर्दा दुख मान्नु पर्यो,ठुलो भोज पो गर्नु पर्ने !!!!भुकम्पमा मर्ने जति लाई के भन्छौ ? यो प्रश्न तिमी जस्ता हुनाहार मान्छेको  कलिलो दिमागमा गोबर राखी डलर कमाउनेहरुलाइ सोध ,किन भयो यस्तो ?)

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

kiran
सिन्धुपाल्चोक, वैशाख २९ - नासा बुलेट क्लबका तर्फबाट सिन्धुपाल्चोक र दोलखाका महाभूकम्प पीडित क्षेत्रमा राहत वितरणका लागि मंगलबार १६ जना बुलेट चालक सिन्धुपाल्चोक पुगियो । सिन्धुपाल्चोकको जुरेसम्म पुग्ने हाम्रो योजना थियो । तर, १२ : ५० को महाभूकम्पले हाम्रो योजनालाई बीचमै रोकिदियो ।
खाडीचौर नजिकै अँधेरी पुग्दा सशस्त्र प्रहरीको एउटा समूह दौडिदै हामीतिर आएको देखियो । लगत्तै मोटरसाइकल नियन्त्रणबाहिर जान थालेपछि भूकम्प आएको थाहा भयो । मोटरसाइकल त्यही छोडेर क्यामेरा निकालेर फोटो खिच्न तिर लागियो । 
भूकम्पको कम्पन जारी रहेका बेला सशस्त्र प्रहरीको चेक पोस्ट नजिक हल्लिइरहेका घरहरुको फोटो खिच्न थाल्दै थिएँ । पहिलो कम्पनमा खासै केही भएन । दोस्रो कम्पनलगत्तै ठूलो आवाज आयो । एउटा घर भासिएको रहेछ । पहिलो कम्पनमा मैले तस्विर लिएकै घर भासिएको रहेछ । पहिलो तस्विरमा चार तलाको देखिएको घरको दोस्रो तस्विरमा एउटा तलै थिएन । भासिएर यो घर तीन तल्लाको बनिसकेको थियो । 
घर भासिए पनि मानवीय क्षति भने भएको छैन । यो क्षेत्रमा केही मानिस घाइते भएका छन् । 

 
 


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
रामेछाप, सालुपोखरीकी १७ वर्षीया रमिला श्रेष्ठ राजधानीको ट्रमा सेन्टरमा। महाभूकम्प जाँदा धरहराको शिरबाट उपत्यका नियालिरहेकी रमिला बिस्तारै तंग्रिरहेकी छन्। तस्बिर: विजय राईरामेछाप, सालुपोखरीकी १७ वर्षीया रमिला श्रेष्ठ राजधानीको ट्रमा सेन्टरमा। महाभूकम्प जाँदा धरहराको शिरबाट उपत्यका नियालिरहेकी रमिला बिस्तारै तंग्रिरहेकी छन्। तस्बिर: विजय राई
मान्छेहरू सबै वामपुड्का छन्। टाउका मात्र देखिन्छन्। हात–गोडा छन् तर खुट्टिन्नन्। झुलुक्क देखापर्छन्, मिलिक्कै बिलाइहाल्छन्।
टाउकाहरू बढी गतिशील हुँदा रैछन्। बाक्लो कपालको बीचमा जु्रमाजस्तो खुर्रर दौडिन्छन्। कोही उपियाँझैं फुत्तफुत्त उफ्रन्छन्। कोही जुकासरी यहाँबाट उहाँ फड्किन्छन्। केही स्थिर टाउका पनि छन्, मैदानमा थुपारिएका फुटबलजस्ता।
अनेकथरी टाउकाको यो झुन्डसँगै कमिलाहरू ताँती लागेर कुदिरहेका छन्। त्यो गाडीको लश्कर हो।
‘आम्मामामा! तिरिमिरी हुँदो रैछ,' रमिला कहालिइन्।
Ramila Shrestha 01
धरहराको माथिल्लो गोलो झ्यालबाट पुलुक्क बाहिर नियालेकी रमिलाले हत्तपत्त नजर हटाइन्। मन थर्थराएर होला, आँखा चिम्म गरेकी थिइन्।
‘मैले कहाली लाग्छ भनेको हैन,' धरहराको साँघुरो भर्यााङमा असिनपसिन हुँदै उक्लिरहेका सञ्जीवले भने।
तलैदेखि छ–सात खुट्किला पछि परेका सञ्जीवले यहाँ बल्लतल्ल उनलाई भेट्टाएका थिए।
रमिलाले सुस्तरी आँखा उघारिन्। उनको निधारबाट पसिना चुहिरहेको थियो। गाला रातो भएको थियो। घाँटीको छालामा पसिनाको धाराले एक धर्सो डोब खनेको थियो। नबाटेको लामो कपाल पसिनाले भिजेर चिल्लो देखिएको थियो। 
Ramila Shrestha 02
उनी लामो–लामो सास तानिरहेकी थिइन्।
माथिबाट एक हुल केटा–केटी हाँस्दै तल झरे। भर्याकङ साँघुरो थियो। रमिला र सञ्जीवले भित्तामा अडेसिएर बाटो खोलिदिए।
‘जाऊँ जाऊँ माथि,' सञ्जीव अघि बढ्न खोजे।
‘म त हेर्छु के!' व्यग्र रमिला थामिइनन्।
फेरि उही गोलो झ्यालतिर टाउको घुसारिन्।
बाहिर घाम मलिन छ। बेस्कन स्याँठ चल्दैछ। आकाशमा काला बादलका छिटा पर्न थालिसके। आज बिहानैदेखि काठमाडौं उघि्रएको छैन। दिन चढ्दै जाँदा धुम्म मौसमले सहर अझ ढाकिँदैछ।
‘अग्ला घरहरू पनि यहाँबाट हेर्दा त कति फुच्चे देखिँदा रैछन् हगि,' रमिलाले फेरि मुन्टो भित्र लगिन्।
‘हो हो, ल माथि जाऊँ अब,' सञ्जीव हतारिए।
‘पख न कस्तो मान्छे होला!' रमिलाले झर्किंदै भनिन्, ‘भर्यामङ चढ्न मात्र धरहरा आ'को हो र! एकछिन हेर्न देऊ न।'
सञ्जीव चुप लागे।
रमिलाले फेरि बाहिर नियालिन्।
पर घन्टाघरमा ११ बजेर ५० मिनेट गएको छ। वरिपरि झुरुप्प घरैघरको उकुसमुकुसमा निस्सासिएझैं लाग्छ सहर। धन्न बीचमा टुँडिखेल छ, तैबिसेक सास फेर्न पाइएको छ। त्यही टुँडिखेल किनारमा झ्याम्म–झ्याम्म रुखहरू छन्। त्यसैमा फुलेका नीला फूलले सहरलाई नै शीतल दिइरहेझैं लाग्छ।
‘आहा कति राम्रो शिरीष फुलेको!'
‘शिरीष हैन त्यो,' सञ्जीवले भने।
‘हैन!' रमिला छक्क परिन्, ‘अनि के त?'
Ramila Shrestha 03
‘पहिला मलाई पनि शिरीषजस्तै लाग्थ्यो,' सञ्जीवले जवाफ दिए, ‘ज्याकरान्डा भन्छन् रे त्यसलाई।'
‘होला, जे पायो त्यही, शिरीष नै हो,' रमिलाले जिद्दी गरिन्।
‘ल ल, शिरीष नै हो, अब जाऊँ माथि,' सञ्जीवले रमिलासँग बहस गर्न चाहेनन्।
यसपालि चाहिँ रमिला राजी भइन्। सञ्जीव अघि बढे। रमिला उनलाई पछ्याउन थालिन्। ‘शिरीष पनि चिन्दिनँ भन्ठानेको,' उनी अझै बर्बराइरहेकी थिइन्।
केही खुट्किला मात्र बाँकी रहेछन् माथि पुग्न। उनीहरूलाई पाँच मिनेट पनि लागेन।
दुवैले लामो सुस्केरा हाले। पसिनाले लुछुप्पै भिजेको ज्यान चिसो स्याँठले एकछिनमै ओभानो बनाइदियो। एकाध मिनेट थकाइ मारेपछि जसै रमिलाका आँखा फैलिए, उनी चिच्याउन मात्र सकिनन्। मौसम नउघि्रए पनि काठमाडौंको त्यो दृश्य रमिलाको उत्तेजना बढाउन काफी थियो। यति ठूलो सहरलाई पहिलोचोटि यति फराकिलो आँखाले हेरिरहेकी थिइन् उनी।
उनले धरहरा चढ्ने लालसा पालेको पनि कम्ती भएको थियो र!
मुनि हेरिन्। वामपुड्का मान्छेहरू देखेर हाँसो उठ्यो। कमिलाझैं गाडीको लस्कर देखेर त खित्कै छुट्यो।
चारैतिर आँखा डुलाइन्। आकाशमा काला बादल बाक्लो हुँदै गएझैं लाग्यो। स्याँठ अझ जोडले चलेझैं भयो। त्यही बेला वसन्तपुरतिरबाट चराहरूको हुल चिँ चिँ चिँ गर्दै बेतोड आकाशमा उड्न थाल्यो। कागहरूको काँ काँ ले कोलाहल मच्चियो। कताकता टाढाबाट कुकुरहरू एकोहोरो रोइरहेको सुनियो। तल टुँडिखेलमा शिरीष हो कि ज्याकरान्डाका फूल पत्रपत्र हावामा उडेझैं लाग्यो।
रमिलाको मन स्याइँ्यय गर्‍यो।
पर घन्टाघरमा ११ बजेर ५६ मिनेट गएको थियो।
...
Ramila Shrestha 04
रमिलाको मन अझै स्याइँ्यय छ।
म बिहीबार दिउँसो सवा १ बजे उनलाई भेट्न ट्रमा सेन्टर गएको थिएँ। छैटौं तलामा वार्डभित्र छिर्नेबित्तिकै दाहिने मोडिएपछि झ्यालनिर उनको बेड छ।
बेड नम्बर १९।
सिरानीमा जिउ अढेस लगाएर पल्टिएकी थिइन् रमिला। सुन्तला रङमा कालो बुट्टेदार पहिरन उनलाई निकै खुलेको थियो। बेडको दाहिनेछेउ डन्डीमा सलाइन बोतल झुन्डिएको थियो। तपतप चुहिइरहेको सलाइन पानी मसिनो पाइप हुँदै नाडीबाट उनको शरीरमा छिरिरहेको थियो। लामा कपाल खुलै राखेकी थिइन् उनले। सायद उनलाई बाटेको भन्दा खुलै कपाल मन पर्छ! सुहाउँछ पनि!
उनको भाँच्चिएको देव्रे खुट्टा तिनिक्क तन्काएर राखिएको छ। दाहिने आँखामाथि छ टाँका लगाउनुपरेको थियो। अहिले टाँका फुकाइसक्यो, ब्यान्डेज भने बेरिएकै छ।
मैले उनलाई बधाइ र शुभकामना दिँदै भनेँ, ‘सञ्जीव खै त?'
उनले लजाउँदै भनिन्, ‘डिस्चार्ज भइसक्यो।'
Ram
‘ला... तिमी एक्लै पर्यौ‘?' मैले जिस्क्याएँ, ‘यस्तो विपद सँगसँगै झेल्नेले एक्लै छाडेर जान हुन्छ त, रोकिनौ?'
उनले जवाफ दिनै सकिनन्। खालि, मुसुक्क हाँसिन्। छेउमा उनकी दिदी थिइन्, रमा। उनी पनि लाजले अनुहार छोपेर हाँस्न थालिन्।
‘हामी सँगै डिस्चार्ज हुन्छौं भन्नुपर्दैन त डाक्टरहरूलाई,' मैले रमिलालाई फेरि जिस्क्याएँ। खासमा म कुराकानी सुरु गर्नुअघि उनको मन अलि हलुका पार्न चाहन्थेँ।
‘अस्ति (मंगलबार) भेट्न आएको थियो,' उनले लजाउँदै भनिन्।
‘ओहो! डिस्चार्ज भएर भेट्न पनि आइसक्यो?,' मैले थपेँ।
‘हैन, मलाई नै भेट्न आएको हैन,' उनले कुरा मिलाउन खोजिन्, ‘अस्पताल आउनुपर्ने रैछ, त्यही बेला यहाँ छिरेको।'
‘कि तिमीलाई भेट्नुपर्ने रैछ, त्यही बेला अस्पताल छिरेको?'
उनले अनुहार रातो पार्दै मुन्टो फर्काइन्। जति लुकाउन खोजे पनि उनको धपक्क बलेको अनुहार प्रस्टै देखिन्थ्यो।
‘हो कि हैन?' मैले कोट्ट्याएँ।
गाह्रो मान्दै भनिन्, ‘हैन।'
‘ल ठिक छ, के भन्यो त भेट्दा,' मैले सोधेँ।
‘केही भनेन।'
‘केही नभनेर उभिइरह्यो त?'
‘हैन।'
‘अनि?'
‘त्यसै।'
‘केही त भन्यो होला, तिमीलाई कस्तो छ रमिला भन्यो होला?'
‘अँ।'
‘तिमीले पनि उसलाई कस्तो छ सोधिनौ त?'
‘सोधेँ।'
‘के भन्यो त?'
‘केही भनेन।'
‘लौ, बोल्दैन कि क्या हो?'
‘बोल्छ नि।'
‘अनि के बोल्यो त?'
‘मेरो हात दुख्छ भन्यो।'
‘हो, त्यसो भन न त।'
उनी भुतुक्कै भइन्।
‘अनि?' फेरि सोधेँ।
‘मैले मेरो खुट्टा दुख्छ भनेँ।'
‘अनि?'
‘उसले तिमी आफ्नो ख्याल राख्नू है भन्यो।'
‘अनि?'
‘त्यत्ति, अनि गयो।'
Ramila Shrestha 05
त्यही बेला एक जना नर्स उनको बेडनजिकै आइपुगिन्। फाइल पल्टाउन थालिन्। प्लास्टिक फोडेर नयाँ सिरिन्ज झिकिन्। सिरिन्जमा औषधि भरिन्। सलाइन बगिरहेकै पाइपबाट सिरिन्जको औषधि उनको जिउभित्र पठाइन्।
हाम्रो कुराकानी एकछिन ट्याप्पै भयो। उनी एकोहोरो झ्यालबाहिर टोलाइरहिन्। मैले उनको अनुहार नियालिरहेँ।
मैले महसुस गरेँ, त्रास, खुसी र आशाको रंगीविरंगी भावले रमिलाको अनुहारमा इन्द्रेणी बनेको छ। खुसी र आशाको चमक त छ, घरिघरि त्रासको अन्धकारले पनि छोप्न आइपुग्छ। सञ्जीवको नाम लिनेबित्तिकै फक्रेको फूलझैं देखिन्छिन्। धरहराको घटना सम्झाउनेबित्तिकै फतक्क ओइलाइहाल्छिन्।
प्रकृतिको इन्द्रेणी र मान्छेको अनुहारको इन्द्रेणीमा एउटा समानता छ। यी दुवैले एकसाथ र एकै समयमा हुने विपरीत परिस्थितिको सम्मिश्रण बुझाउँछ। घाम र झरीको सम्मिश्रणले आकाशमा इन्द्रेणी छाउँछ, अनुहारमा छाउने इन्द्रेणीले मान्छेको अस्थिर मन झल्काउँछ। जहाँ त्रासका काला बादल पनि छाँट्टिएका हुन्नन्, आशाका झुल्का पनि पोखिन थालिसकेका हुन्छन्।
यस्तै दोसाँधको बेला हो मान्छेको मन स्याइँ्यय गर्ने!
घरि बर्खामा हुन्डरी मच्चेजस्तो स्याइँ्यय गर्ने, घरि वसन्तमा मन्द बतास चलेजस्तो स्याइँ्यय गर्ने!
ट्रमा सेन्टरमा डेढ–दुई घन्टा कुराकानी गर्दा मलाई लाग्यो, रमिलाको मन पनि त्यसैगरी स्याइँ्यय गर्दैछ।
...
Ramila Shrestha 06
वैशाख १२, शनिबारको दिन पर घन्टाघरमा ११ बजेर ५६ मिनेट जाँदा हो, रमिलाको मन पहिलोपटक स्याइँ्यय गरेको।
भुइँमा सल्बलाइरहेका वामपुड्का र कमिलाको ताँतीमा रमाइरहेकी रमिलालाई एक्कासि सिंगो आकाश डगमगाएजस्तो भयो। वेगले हावा चलेझैं लाग्यो। काग र चराहरूको कोलाहलले कानै खायो। आकाश चिरा परेझैं घटटटट, चरररर आवाज आयो। सामुन्ने उभिएका सञ्जीवलाई पनि तिरिमिरी देखिन् उनले। यस्तो लाग्यो, धरहराको टुप्पोमा हैन, बाँसको लिंगोमा झुन्डिएका छन् उनीहरू। र, कसैले मुनिबाट जोडसँग बाँस हल्लाउँदैछ।
रमिलाको एक हातमा मोबाइल र धरहरा चढ्न काटेको टिकट थियो। अर्को हातले धरहराको रेलिङ बेस्कन अँठ्याएकी थिइन्। मुठ्ठी जति कसे पनि रेलिङमा अडिन उनलाई सकस भइरहेको थियो। मुठ्ठीबाट बालुवा फुस्केझैं फलामको रेलिङ हातबाट खुस्कँदै गएझैं लाग्यो।
एकछिन अघिसम्म आफूलाई उडिरहेको पन्छी ठानेकी रमिला पखेटा काटिएको पन्छीझैं फड्फडाइरहेकी थिइन्।
कम्पन चर्कंदै थियो, उनको फड्फडाहट बढ्दै थियो। घरि हुर्रर दायाँ घचेटिन्थिन्, घरि बायाँ तानिन्थिन्। कहिले त्यहाँ भएका सबै एक डल्लो पर्न आइपुग्थे, कहिले चामलका दानाझैं छरिन्थे।
सञ्जीवले चिच्याउँदै भने, ‘भुइँमा बस भुइँमा।'
रमिला सञ्जीवले भनेजस्तै भुइँमा थुचुक्क बसिन्। दुवैका आँखा एकअर्कासँग ठोक्किइरहेका थिए। उनी सञ्जीवसम्म पुग्न चाहन्थिन्। सकिनन्। आँसुले भिजेका त्रसित आँखाले सञ्जीवलाई नियालिरहिन्।
सञ्जीवको हालत उस्तै थियो।
उनी रमिलाको अनुहारमा छट्पटीको भाव पढ्न सक्थे, तर चाहेर पनि साथ दिन सकिरहेका थिएनन्। उनी एक कदम अघि सर्दै रमिलाको हात च्याप्प समातेर भन्न चाहन्थे– नडराऊ रमिला, बाँचे सँगै बाचौंला, मरे सँगै मरौंला! तर, उनका पाइलै सरेनन्। चार पाउ टेकेर अगाडि बढ्न खोज्थे, कम्पनले अघि सर्नै दिएन।
त्यहाँ डर थियो। त्रास थियो। मृत्युको भय थियो। र, उनीहरू दुई थिए।
वरिपरिका चित्कार उनीहरूका कानमा बिस्तारै फिका हुँदै गए। उनीहरू केवल एकअर्कालाई हेरिरहेका थिए।
मौन। निःशब्द।
जब प्रेम असीमित हुन्छ, शब्द गौण बन्छ, आँखाले नै मनको गहिराइ नाप्न सक्छ। रमिला र सञ्जीवलाई त्यतिबेला त्यस्तै भइरहेको थियो।
एउटै मुद्रामा एकअर्कालाई हेरेर मूर्तिवत बसिरहेकै बेला रमिलालाई लाग्यो, धरहरामाथिको आकाश अझ माथि–माथि सर्दैछ। मानौं, बाँसको लिंगोमा झुन्डिएका उनीहरूलाई घिर्नीमा बेरेर कसैले तल झार्दैछ। बिस्तारै। हलुका–हलुकासँग।
एक छिन टुप्पोबाट खसेजस्तो मात्र भएको थियो, वेग थामियो। उनीहरू टक्क अडिए। कसैले च्याप्प रोकेजस्तो लाग्यो। भुर्रर उडिरहेको चरा रुखको हाँगोमा थकाइ मार्न बसेजस्तो। दायाँबायाँ कम्पन भने उस्तै थियो।
सम्हालिन पाएकै थिएनन्, आकाश फेरि माथि उचालियो। भुइँतिर त हेर्नै सकेनन्। एक पल त यस्तो पनि लाग्यो, उनीहरू चराझैं बेतोडले खसिरहेका छन्। कहाँ? कसरी? मेलोमेसो केही छैन।
आकाश जतिजति उचालिँदै थियो, कोलाहल उति बढ्दै थियो। घटटटट, कटटटट, चररररजस्ता अनेक आवाज कानका जाली फुट्ने गरी सुनिन थालेका थिए। काग र चराको कोलाहल भने सुनिन छाडे। बरु मान्छेका कोलाहल मिसिन आइपुगे। आकाशको गति कहिले थामिएजस्तो हुन्थ्यो, कहिले बढ्दै जान्थ्यो।
दुवै एकछिन शून्यतामा हराए।
कति सेकेन्ड? कति मिनेट? उनीहरूलाई पत्तो छैन।
कताकता टाढा सुनिएको मसिनो कल्याङमल्याङले रमिला बौरिइन्। पिर्लिक्क आँखा उघारिन्। मुन्टो दायाँबायाँ घुमाइन्। चारैतिर बुङबुङती धुलो उडिरहेको थियो। उनी ढुंगा, माटोमाथि यस्तरी पसारिएकी थिइन्, जसरी साना केटाकेटी माटोमा लडिबुडी खेल्छन्।
उनले चाल पाइन्, अघि आकाश डगमगाएको भान त मनकम्पनले सिर्जना गरेको भ्रम रहेछ। खासमा आकाश हैन, धर्ती डगमगाएको रहेछ। उनले यो त्यसबेला चाल पाइन् जब सिंगो धरहरा भग्नावशेष बनिसकेको थियो। उनी धरहराको टुप्पोबाट सिधै फेदमा झरेर रक्ताम्मे पछारिएकी थिइन्।
बेहोसीबाट बौरिनेबित्तिकै उनका आँखाले सबभन्दा पहिला सञ्जीवलाई खोज्यो।
सञ्जीव उही ठाउँमा थिए। उनकै सामुन्ने। उनी पनि कति सेकेन्ड, कति मिनेटको शून्यतापछि बिस्तारै पिर्लिक्क आँखा उघारेर रमिलालाई नै नियालिरहेका थिए।
रमिलाले देखिन्, सञ्जीव पूरै माटोमा पुरिएका छन्। उनको अनुहार रगतले रातो भएको छ। उनले आफ्नो अनुहार छामिन्। रगतले हात लुछुप्पै भिज्यो। बिस्तारै उठ्न खोजिन्। गोडा चलाउनै सकिनन्। देव्रे खुट्टा त चल्दै चलेन। जति बल लगाउँथिन्, पीडा उति तिखो भएर मुटु छेड्न आउँथ्यो।
वरिपरि हेरिन्, मान्छेका अचेत शरीर छरिएका छन्। कसैका हातगोडा उछिट्टिएका। कोही रक्ताम्मे भएर घिसि्रँदै भग्नावशेषबाट बाहिर निस्कन खोजिरहेका। एकछिन अघि धरहरामाथिबाट देखेजस्तै मान्छे, वामपुड्का, कीराजस्ता।
उनको मन दोस्रोचोटि स्याइँ्यय गर्योज।
उनले आमाबाबुलाई सम्भि्कइन्। बा, आमा भन्दै बेस्कन च्याँटि्ठइन्।
र, बेस्कन रोइन्।
‘म रोएको सुनेरै होला, कोही हामीनजिक आएजस्तो लाग्यो,' इन्जेक्सन लगाउन आएकी नर्स फर्केपछि वैशाख १२ को घटना सम्झन थालेकी रमिलाले सुनाइन्, ‘पुलिस होजस्तो लाग्छ। उसले मलाई बोकेसम्म याद छ, त्यसपछि थाहा पाइनँ।'
होस आउँदा रमिला वीर अस्पताल, आकस्मिक कक्षबाहिर सडकपेटीमा थिइन्। सञ्जीवलाई पनि त्यहीँ देखिन् उनले, आफूजस्तै हालतमा।
त्यतिबेलासम्म उनलाई ठम्याउन मुस्किल भइरहेको थियो– उनीहरू जिउँदै छन् कि मरिसके।
रमिलाको मन तेस्रोचोटि स्याइँ्यय गर्योइ।
...

रामेछाप, सालुपोखरीकी रमिला श्रेष्ठ १७ वर्ष पुगिन्। उनी स्थानीय सेतीदेवी उच्च माविमा कक्षा ९ पढ्छिन्।
सञ्जीव श्रेष्ठको उमेर २० वर्ष हो। रामेछापकै भीरपानेका सञ्जीव आफ्ना दाइ–भाउजूसँग काठमाडौंको वसन्तपुरमा बस्छन्। ललितपुर, कृष्णगल्लीको न्यु तन्दुरी फास्टफुड रेस्टुरेन्टमा काम गर्छन्।
सालुपोखरी र भीरपानेबीच झन्डै छ–सात कोस दुरी छ। उनीहरूको भेट भएको २०७० मंसिरमा हो।
रमिलाको ठूलोबुबाकी छोरीको बिहेमा जन्त आएका थिए सञ्जीव। दुलाहा सञ्जीवका दाइ पर्छन्। बिहेकै क्रममा उनीहरूले पहिलोचोटि एकअर्कालाई देखे। बोलीचाली भयो।
अनि उनीहरू नजिकिए।
कन्यादानपछि रमिलाकी दिदीलाई लिएर सञ्जीव जन्तसँगै भीरपाने फर्किए। केही दिनमै काठमाडौं आए।
त्यसपछि पनि उनीहरूको सम्बन्ध टुटेन। टेलिफोनमा नियमित कुराकानी भइरह्यो।
‘तिमी राम्ररी पढ्नू है?,' फरासिलो स्वभावका सञ्जीव रमिलालाई सधैं यस्तै भनेर सम्झाउँथे।
जवाफमा रमिला भन्थिन्, ‘तिमी पनि आफ्नो ख्याल राख्नू!'
उनीहरूको यो मित्रताबारे रमिलाकी दिदी रमालाई जानकारी थियो। रमिलाले नै दिदीसँग मनको कुरा साटेकी थिइन्। उनकी दिदी बिहेपछि काठमाडौंमा बसोबास गरिरहेकी छन्, जडीबुटीमा। रमिलाका बुबा पनि काठमाडौंमै बस्छन्। कीर्तिपुरको एउटा भाँडापसलमा काम गर्ने उनको बसोबास बल्खुमा छ।
यसपालि जाँच सकिएपछि रमिलाले काठमाडौं आउने निधो गरिन्। उनको तिनटा इच्छा थियो– बुबा र दिदीलाई भेट्ने, सञ्जीवसँग काठमाडौं घुम्ने र धरहरा चढ्ने।
स्कुल पढ्दा धरहराबाट पूरै काठमाडौं उपत्यका देखिन्छ भन्ने उनले सुनेकी थिइन्। र, मनमनै ठानेकी थिइन्, कुनै दिन त्यहाँ अवश्य पुग्छु।
काठमाडौं आएपछि उनले आफ्नो चाहना व्यक्त गरिन्। सञ्जीवले भने, ‘म लगिहाल्छु नि!'
यसबीच उनीहरू चिडियाखाना पुगे, स्वयम्भू गए, भृकुटीमण्डपको पार्क पनि घुमे। धरहरा चढ्ने साइत भने जुरेन। उनी हरेक दिन सञ्जीवलाई कचकच गरिरहेकी थिइन्, ‘हामी धरहरा कहिले चढ्ने?'
त्यस दिन सञ्जीवसँग घुम्ने योजना बनाएर घरबाट निस्केकी रमिला सुरुमै धरहरा चढ्न चाहन्थिन्। सञ्जीव भने ग्वार्कोको गुण सिनेमा हलमा फिल्म हेरेर अलि साँझतिर मात्र धरहरा जाऊँ भन्दै थिए। तर, रमिला के मान्थिन्! आखिर उनकै जित भयो।
उनीहरू लगभग साढे ११ बजेतिर टिकट काटेर धरहराभित्र छिरे।
सिँढी चढ्न थालेदेखि नै रमिला यतिविधि उत्साहित थिइन्, त्यति साँघुरो र अग्लोअग्लो भर्या?ङमा पनि सञ्जीवलाई उछिनेर उक्लिरहेकी थिइन्। माथि चढ्दा प्वालजस्तो गोलो झ्याल ठाउँठाउँमा थिए। रमिलाले प्रत्येकजसो झ्यालबाट चियाएर काठमाडौं हेरेकी थिइन्। उनीहरूले भर्यााङको बीचबीचमा उभिएर मोबाइलबाट थुप्रै फोटा पनि खिचेका थिए। धरहरासँगको स्मृति जोडिएका ती फोटाहरू मोबाइलको ग्यालरीमा गएर घरिघरि हेरेकी थिइन् रमिलाले।
र, खुब रमाएकी थिइन्।
११:५६ बजे चराहरूले कोलाहल मच्चाउँदा र आकाश टाढिँदै जाँदा पनि अन्तिम समयसम्म रमिलाले त्यो मोबाइल हातमा च्यापेरै राखेकी थिइन्, धरहराको टिकटसँगै।
अहिले उनीसँग न मोबाइल छ न ती फोटाहरू छन्।
धरहराको भग्नावशेषमा कतै पुरिएको उनको मोबाइलसँगै धरहरा–स्मृति पनि दबिएको छ।
‘केही छैन,' उनी भन्छिन्, ‘त्यो सम्झना यति भयानक रह्यो, फोटै नहेरे पनि म एक–एक क्षण कहिल्यै बिर्सन्न होला।'
हुन पनि त्यस दिनदेखि उनको मन घरिघरि स्याइँ्यय जो गरिरहेछ!
मनै स्याइँ्यय पार्ने सम्झना मान्छेले चाहेर पनि कहाँ बिर्सन सक्छ र!
...
रमिला र सञ्जीवको मित्रताबारे रमाबाहेक अर्को एक जना व्यक्तिलाई पनि जानकारी थियो– रमिलाकी आमा भलाकुमारी।
गत जेठमा रमिलाकी एक जना मिल्ने साथीले विष खाएर आत्महत्या गरिछन्। त्यो शोकमा रमिला मुर्छा परिछन्। सञ्जीवले सन्चो–बिसन्चो सोध्न फोन गरेपछि भलाकुमारीलाई उनीहरूको मित्रताबारे थाहा भएको रहेछ। थाहा पाउनेबित्तिकै उनले छोरीलाई खुब गाली गरिछन्।
यो घटनापछि भने भलाकुमारीलाई लाग्न थालेको छ– ‘उनीहरूको जोडी भगवानले नै जुराइदिएको हो।'
‘अब गाली गरेर के गर्नु, छोरीले मन पराएपछि,' उनले भनिन्, ‘भगवानको पनि यही इच्छा रहेछ, त्यही भएर त यत्रो दुर्घटनामा पनि उनीहरू दुवैलाई सकुशल राखेर चमत्कार देखाए।'
भलाकुमारी अहिले रामेछापमै छिन्। छोरी दुर्घटनामा परेको सुन्नेबित्तिकै उनी मुर्छा परिन्। दिनहुँ फोनमा कुराकानी भइरहन्छ। तर, यहाँ आउन पाएकी छैनन्। ‘गाउँमा घर ढलेर परिवारको बिचल्ली छ, तीन जना नानीहरू छन्,' उनले भनिन्, ‘हामी त सबै घरबाहिरै बसिरहेका छौं। अब केही दिनमै छोरी डिस्चार्ज भएर यतै आउँछिन्।'
शुक्रबार साँझ फोन गर्दा भलाकुमारी दिवाली पूजाको तयारीमा थिइन्। ‘यत्रो विपदमा छोरीको हात थापिदिएपछि दिवाली पूजा त गर्नैपर्योि,' उनले भनिन्।
उता, सञ्जीवसँग पनि अस्पतालमा भेट हुन सकेन। हामी पुग्दा उनी डिस्चार्ज भएर रामेछाप फर्किसकेका रहेछन्। मैले रमिलासँग सञ्जीवको फोन नम्बर मागेँ। मैले डायरीमा नम्बर टिपेपछि रमिलाले पुलुक्क हेरिन्। अनि मेरो हातबाट डायरी फुत्त तानेर नम्बर सच्याइदिइन्। एउटा अंक गल्ती भएको रहेछ।
मैले अस्पतालबाटै फोन गरेर दुई जनाबीच कुराकानी गराउन खोजेको थिएँ। लाइनै लागेन। नेटवर्क व्यस्त भन्ने सन्देश आइरह्यो।
‘बेलुका फोन गर्छु,' मैले भनेँ, ‘तिम्रो केही सन्देश छ, म सुनाइदिन्छु।'
‘केही छैन,' उनी लजाइन्।
‘केही नभए पनि म रमिलाले खुब सम्भि्करहेकी छन्, तिमी आफ्नो घाउको ख्याल राख्नू, धेरै हिँडडुल नगर्नू भनेको छ भन्दिन्छु है?' मैले उनको मन चोर्न खोजेँे।
उनले टाउको हल्लाउँदै भनिन्, ‘हुन्छ।'
बिहीबार दिनभरि सञ्जीवको फोन लागेन। शुक्रबार दिनभरि पनि लागेन। बेलुकी बल्लतल्ल कुराकानी भयो। मैले भैंचालोको त्यो क्षणबारे उनीसँग फेरि केही सोधखोज गरेँ।
र, अन्तिममा रमिलाको सन्देश सुनाइदिएँ। अनि सोधेँ, ‘तिम्रो केही भन्नु छ?'
‘मेरो पनि खुब सम्झना सुनाइदिनू,' उनले भने, ‘तिमी राम्ररी बिसेक हौ है रमिला। तिम्रो आँखाको घाउ कस्तो भयो? अझै दुख्छ कि दुख्दैन? खुट्टा कस्तो छ? टेक्न मिल्छ कि मिल्दैन? तिमी मेरो चिन्ता नलिनू, म ठिक छु, आफ्नो ख्याल राख्नू। म एक–दुई दिनमै काठमाडौं आउँछु, अनि भेटौंला। तिमी राम्ररी बिसेक भएर डिस्चार्ज हौ, अनि ...'
उनले त्यसपछि बोल्न सकेनन्।
विपदमै त हो सम्बन्ध गाढा हुने! सम्झेँ, हिजो रमिलालाई भेटेर फर्किंदै गर्दा टुँडिखेलमा ज्याकरान्डा उसैगरी फक्रेका थिए।
मेरो मन खुसीले स्याइँ्यय भयो।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला


 
बिवाहित महिलाले अवस्य पढ्नु होला ।
नेपाली महिला जसले जुन विवाहको बन्धनमा बाँधिएर पतिको रुपमा स्वीकार गरेर आउनु भएको छ । उहाँहरुलाई मेरो विनम्र अनुरोध !!!
आफ्नो श्रीमान् विदेश गएको छ भनेर छोरा/छोरी बोडिङ्ग पढाउने निउमा आफ्नो जग्गा जमिन बाझो राखेर शहर नजानुहोला । कानमा टप,मुद्रा र घाटिमा सिक्री नखोज्नु होला,आँटा र गुन्द्रुक खाने मुखलाई विगारेर वास्मतिको चामल नखोज्नुहोला,मोही र आँटो गाबाको तरकारीलाई लत्याएर मासु ,हुस्कि र वियरमा मन नडुलाउनुहोला । गाउँ घरछोडेर बजारको महँगो कोठा भाडाँ तिरेर बस्न नखोज्नु होला किनकि विदेशीएको श्रीमान मृत्युसँग लडिरहेको छ । जो कि कति खेर मृत्युको शिकार बनेर बाकसमा पेकिङ् हुनपर्ने हो कसैलाई थाह हुदैन । तसर्थ मोजमस्ती र विलाशी जिवन शैली होइन् साधारण जिवनशैलीमा रमाउन सिक्नुहोस् ।
कुरो मन परे सेयर गरौ ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला


२०७२ बैशाख २८ सोमबार
फोटो :भूकम्पले ध्वस्त भएको गोरखाको केरौंजा गाउँ
१५ दिन हिँडेर सदरमुकाम
धर्मशाला (गोरखा) : भूकम्पपछि धर्मशालामा धेरै ठूलो हिमपहिरो आयो। लज भएको भवन, भान्सा, तलको क्याम्पसाइटको टेन्ट हाउससम्म पहिरोले पुर्‍यो। त्यहाँबाट बचेर साम्दो आइपुगें। साम्दो, सामागाउँ ध्वस्त छ। सामागाउँको होटेल लाइनको नयाँबस्तीका घर चिरिएका छन्। पुरानो बस्तीका सबै घर, छोर्तेन, मानेहरू ध्वस्त छन्।
ल्हो गाविसको स्यालामा तीन करोडमा बनेको आवासीय स्कुल ध्वस्त छ। गुम्बा र घर पनि बाँकी छैन। १० वटा होटेल र ३५ वटा पुराना घर एउटा पनि ठाडा छैनन्। स्यालाबाट ल्हो गाउँ आउने बाटोमा रूख ढलेर हिँड्न नसकिने छ। अहिले पनि पहिरो झरिरहेको छ।
ल्हो गाउँमा पनि स्कुल छैनन्, छोर्तेन छैन, गुम्बा छैन। पुरानो गाउँ एउटा पनि छैन। सिरिप विजयको होटेल बाँकी छ। ल्होमा एकजनाको ज्यान गएको छ। गाउँका सबै मानिस टेन्टमा बसेका छन्। 
टेन्ट नहुने ओडारमा छन्। त्यसपछि स्यो गाउँ आउँछ। त्यहाँ जमिन र बाटोमा चिरा परेको छ। ल्ही गाउँमा पनि एउटा घर बाँकी छैन। गाईबस्तु, चौंरी सखाप भएका छन्। कहाँ कति मरे यकिन छैन। पहिरो झरेको छ। सबै राहतको पर्खाइमा छन्।
प्रोक गाविसको नाम्रुङमा होटेल भत्किएका छन्। पहिरोले बाटो छेकिएको छ। पत्नीले भीरमा हेर्ने, म दौडने, अनि मैले हेर्ने पत्नी दौड्ने गर्दै भीर काट्यौं। लगभग एक सय मिटर लामो बाटो त्यस्तो छ। 
पालैपालो हेर्दै कुद्ने हो। प्रोक गप र प्रोक गाउँका घर बूढीगण्डकीमा झर्न ठिक्क छन्। घर कुनै ठाडो देखिएन। सबै पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ।ल्होमा ५० जना थिए, तिनीहरूको पनि उद्धार भयो।
बिही गाविसमा पनि गुम्बा, माने, छोर्तेन र घर सग्ला छैनन्। क्वाकको पनि त्यही हालत छ। बाटोमा ठूलो पहिरो गएको छ। त्यहाँबाट १५ जना विदेशीको हेलिकोप्टरबाट उद्धार गरियो। ड्याङमा मेरो होटेलबाट पनि दुई विदेशीको उद्धार गरियो।
सिर्दिबास गाविसको पेवामा रहेका सबै होटेल भत्केका छन्। पूरै गाउँ ध्वस्त छ। नौजना विदेशी र २५ जना नेपालीको महाभूकम्पको तेस्रो दिन उद्धार भयो। एक्ले भट्टीमा चार घर थिए। ती कहाँ थिए भन्ने अहिले ठम्याउन सकिँदैन। बाख्रा, गाई खच्चड सबै मरे। गनाएर सास फेर्नै मुस्किल छ।
आर्वाङ गाउँको खच्चडवाला ढुंगाले लागेर मरेछन्। आफ्ना सबै भेडा पहिरोमा पुरिएपछि फिलिम गाउँका एकजनाले आत्महत्या गरे। पाङसिङ गाउँका घर चर्केका छन्। घट्टेखोला र सल्लेरीमा पनि एउटै घर बाँकी छैन। त्यहाँ एकजनाको मृत्यु भयो। 
जगतमा खासै केही भएको छैन। केरौंजा गाविसको यारुबगरमा लाप्राक र गुम्दाका एक/एकजनालाई ढुंगाले किचिराखेको देखियो। स्याउली बजार तहसनहस छ। बाटो छँदै छैन। दोभानमा एकजना बहिनी ढुंगाले लागेर मरिन्। 
हुल्चुकमा तीनजना मरेकाको लास भेटिएको छैन। रुन्चेतमा ६ जना मरेका छन्। केरौंजा गाविसको चार सय घरमा एउटा पनि बाँकी छैनन्। अहिलेसम्म १९ जना मरेको खबर छ। भेडा कति मरे गणनै छैन।
कासीगाउँमा तीनवटा गाई मरेको देखें। पहिरो खस्या रहेछ। त्यहाँका खच्चडवालाले बाटो बनाइरहेका छन्। मकैबारी खत्तम भएको छ। कासीगाउँमा पनि स्कुल, घर सबै भत्केका छन्। 
लापु, यमगाउँ, लप्सीबोट, यार्साको हालत पनि त्यस्तै छ। मैले सात दिनको यात्रामा देखेको दृश्य हुन् यी। मान्बुमा पनि घर ध्वस्तै छन्। थुमीमा आर्खेत र सोतीबजारको हालत पनि उस्तै छ। आर्वाङमा पनि एक घर बाँकी छैनन्। आरुघाटको त के कुरा गरौँ। सबैभन्दा ठूलो बजार नै आरुघाट हो। सबै घर ढलेका छन्।
केरौंजाका पीडित दुई सय ६५ घरधुरीमा ४५ वटा त्रिपाल पुग्यो। कसलाई बाँड्ने? लापुमा पनि त्यही हालत छ।राहत बाँडेको पनि के भन्ने र? हेलिकोप्टरले माथिबाट बिस्कुट, चाउचाउ दुईचार प्याकेट फालेर हुन्छ? चिउरा एक किलो नि छैन। 
चामल ल्याउँछ हेलिकोप्टरबाट खसाल्छ। त्यसरी के राहत पुग्नु? हेलिकोप्टरको पनि मनपरी छ। केरौंजामा आर्मीले बिस्कुट बाँडेको छ अलिअलि। नेपाल आर्मीले चिउरा खुवाइरहेको थियो। मान्बुमा केही राहत पुगेको छैन।
तल्लो भेगका मानिसलाई त्यहाँको बारेमा केही थाहा छैन। हामी सीडीओलाई भन्न चाहन्छौं-'खानाभन्दा पनि पाल देऊ।' चिसो ठाउँमा ओतको लागि जेनतेन हुन्थ्यो।
दुई साताअघि गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्पबाट बाँचेका चन्द्र गुरु ङ लार्केपासको बेसक्याम्प(धर्मशाला) बाट सदरमुकाम आइपुगेका छन्। 
हिमालपारिका गाउँहरूको अवस्थाबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउन १५ दिन लगाएर गोरखाबजार आएका गुरुङले देखेको उत्तरी गोरखाका हिमालपारिका बस्तीको बयान उनकै शब्दमा।) 

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला