Hindi Films

 १ असोज, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका मुख्य शहर तथा जिल्ला सदरमुकामहरुमा सुपथ मूल्यको पसल खुलेको छ । आजदेखि खुलेका यि पसल कात्तिक २१ गतेसम्म चल्नेछन् ।
दशैं तथा तिहारका समयमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सुपथ मूल्यका पसल सञ्चालनको गरेको हो ।

साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानको समन्वयमा सस्तो उपभोग्य सामान उपलब्ध गराउन पसल खोलिएको आपूर्तिमन्त्री दीपक बोहोराले बताए ।

सिंहदरबार परिसरको साल्ट ट्रेडिङको विक्री केन्द्रमा खोलिएको पसल उद्घाटन गर्दै उनले उपभोक्तालाई चाडबाडको समयमा केही रात दिन सकियोस् भनेर पसल सञ्चालनमा ल्याइएको उनले बताए ।

काठमाडौंमा ११ स्थानमा सुपथ मूल्यका पसल खोलिएको छ । थापाथली, नख्खु, रामशाहपथ, जाउलाखेल, बल्खु-कलंकी, टेकु, कोटेश्वर, नारायणस्थान, बौद्ध, जोरपाटी, सिंहदरबार र भक्तपुरमा सुपथ मूल्यका पसल सञ्चालन भएका छन् । यो बाहेक उपत्यका मोवाइल ४ वटा भ्यानबाट पनि घर दैलोमा सामान पुर्‍याउने व्यवस्था गरिएको छ ।
साल्ट ट्रेडिङले बजारमा परिचलन गरेको भ्यानले घर-घर पुगेर सस्तोमा नुन र चामलसहितका खाद्यान्न विक्री गर्नेछन् ।
सुपथ मूल्यका पसलमा साल्ट नुन १६ रुपैयाँ र चिनी ७९ रुपैयाँमा किन्न पाइनेछ ।

चिनीमा ५ र नुनमा प्रतिकिलो २ रुपैयाँ छुट घोषणा भएको छ । खाद्य संस्थानले चामल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ भने भने खसीबोकामा पनि प्रतिकिलो १० रुपैयाँ छुटको निर्णय भएको छ ।
त्योबाहेक मैदा, सुजी, दाल र सोयाविन तेलमा अधिकतम् छुट दिने गरी व्यवस्था मिलाइएको कर्पोरशेनका प्रवक्ता कुमार राजभण्डारीले बताए । दुग्ध विकास संस्थानले घीउमा प्रतिकिलो १० रुपैयाँ र पनिरमा किलोको ५ रुपैयाँ छुट दिइएको छ ।

चाडपर्वकै लागि सरकारले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाइसकेको छ । हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँँ छ । राजधानीको ११ स्थानमा सरकारले आफैंले सञ्चालन गर्ने पसलमा नेशनल ट्रेडिङका विद्युतीय सामान, मेसिनेरी पार्टपुर्जा राखिएको छ ।

खुद्रा ब्यापारीरुले पनि साल्ट ट्रेडिङबाट सामान लिएर सुपथ मूल्यमा उपभोग्य सामग्री बेच्ने भएका छन् । खुद्रा ब्यापार संघको समन्वयमा खुद्रा ब्यापारीले १ लाख लिटर खाने तेल, ५ हजार बोरा चिनी र ३ हजार नुन बोरा नुन दिइएको छ ।छ । आजदेखि खुलेका यि पसल कात्तिक २१ गतेसम्म चल्नेछन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा राष्ट्रपति पुटिनका चालकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

राष्ट्रपति पुटिनको बीएमडब्ल्यू कार दुर्घटनामा परेको हो। मस्कोको व्यस्त सडकमा उनको कार विपरीत दिशाबाट आइरहेको अर्को कारसँग ठोक्किएको थियो। दुर्घटनाको समय राष्ट्रपति पुटिन उक्त कारमा नरहेको बताइएको छ।

रूसी अधिकारीहरुका अनुसार पुटिनका अनुभवी चालकले उक्त कार गुडाएका थिए। उक्त कार रूसी परिषदको माथिल्लो सदनमा पञ्जीकृत भएको बताइएको छ । पुटिनको कारसँग ठोक्किएका मर्सिडिज कारका चालक गम्भीर घाइते भएका छन्।

उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। घटनाबारे प्रहरीले छानबिन अगाडि बढाएको छ। दुर्घटनामा मृत्यु भएका चालकको परिचय खुलाइएको छैन। यद्यपी उनी चार दशकदेखि सरकारी चालकका रुपमा सेवामा रहेको जनाइएको छ। (एजेन्सी)
1संसारभरी सूर्य उदायपछि दिनको सुरुवात हुन्छ र सूर्य अस्ताएपछि रात पर्न सुरु गर्छ तर के तपाईंलाई थाहा छ, संसारमा यस्ता पनि देश छन् जहाँ सूर्य अस्ताउँदैन । थाहा पाऔं, सूर्यास्त नहुने यी पाँच देश बारेः
2नर्वेः
नर्वे पहाडले घेरिएको देश हो । यो देशमा मे महिनादेखि जुलाईसम्म लगभग ७६ दिनसम्म सूर्य अस्ताउँदैन् । यो देशलाई ‘ल्याण्ड अफ द मिड नाइट सन’ पनि भनिन्छ । यदि तपाईं लामो समयसम्म उज्यालोको मजा लिन चाहनुहुन्छ भने यो देशमा घुम्न जान सक्नुहुन्छ ।
3स्विडेनः
स्विडेन एउटा यस्तो देश हो जहाँ तपाईं आधा रातमा पनि सूर्य देख्न सक्नुहुन्छ । यहाँ मे महिनाको सुरु देखि अगस्ट महिनाको आधासम्म राती सूर्य अस्ताउँदैन ।
4आइसल्याण्डः
आइसल्याण्डमा पनि तपाईं आधा रातसम्म सूर्यको उज्यालोको मजा लिन सक्नुहुन्छ । यहाँका झरना, ज्वालामुखी, हिमनदीले र प्रकृतिको आकर्षक दृश्यले तपाईंको मन जित्नेछ । यहाँ १० मेदेखि जुलाईको अन्त्यसम्म सूर्य अस्ताउँदैन ।
5क्यानडाः
क्यानडामा गर्मी मौसममा ५० दिनसम्म सूर्य अस्ताउँदैन । यहाँ पनि अँध्यारो हुनुपर्ने रात उज्यालो नै हुन्छ ।
6फिनल्याण्डः
फिनल्याण्ड पनि एउटा यस्तो देश हो जहाँ गर्मी मौसममा ७३–७४ दिनसम्म सूर्य डुब्दैन । यो देशमा तपाईं स्किंग, साइक्लिङ, हाइकिङजस्ता गतिविधिसहित आनन्द लिन सक्नुहुन्छ ।
 
९ भदौ, काठमाडौं । ‘वारि जमुना पारि जमुना.. ‘आलुतामाले’ लगायत चर्चित गीतका गायक चर्चित गायक खेमराज गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ । गुरूङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ ५ः५० बजेतिर उनको निधन भएको अस्पतालले जनाएको छ ।
जण्डिस देखिएपछि उनलाई १० दिनअघि अस्पताल लगिएको थियो । तर, स्वास्थ्य बिग्रिँदै गएपछि सघन उपचार कक्ष (आईसीयूमा) राखिएका उनको अवस्था थप नाजुक भएपछि विहान ८ बजेतिर भेन्टिलेटरमा राखिएको थियो । चिकित्सकहरुका अनुसार उनको कलेजो कामै नलाग्ने अवस्थामा पुगेको र मिर्गौलामा पनि समस्या देखिएको थियो । थप उपचारका उनलाई बिहीबार एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल लैजाने तयारी गरिए पनि नाजुक अवस्थामा लैजान उपयुक्त नभएको चिकित्सकको सुझावपछि अन्तिम समयमा रद्द गरिएको थियो । गायक गुरुङका जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे र घुमफिर एल्बम निस्किएका छन् ।

९ भदौ, एजेन्सी ।
उत्तर कोरियाली तानशाह किम जोङ उनले रियो ओलम्पिकमा पदक नजित्ने आफ्ना देशका खेलाडीलाई सजाय दिने घोषणा गरेका छन् ।
विना पदक देश फर्किएका खेलाडीहरुलाई कोइला खानीमा काम गराउने घोषणा किम जोङ उनले गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
त्यति मात्र होइन विना पदक फर्किएका खेलाडीहरुलाई घर खाली गराउने र रासन कार्ड पनि खोसिने घोषणा समेत तानशाहले गरेका छन् । उत्तर कोरियामा विना रासन कार्ड पसलमा गएर सामान किन्न समेत पाइँदैन । यस्तो भएमा खेलाडीहरु खान नपाएर मर्न सक्ने अवस्था समेत आउन सक्ने बताइएको छ ।
किमले ओलम्पिकमा हारेका खेलाडीका परिवारलाई पनि कोइला खानीमा काम गराउनेछन् । खेलाडीहरुलाई ५ स्वर्ण पदक जित्नै पर्ने टार्गेट सहित ओल्मपिक खेल्न रियो पठाएका किमले २ मात्र स्वर्ण पदक प्राप्त गरेपछि खेलाडीहरुलाई सजाय दिने घोषणा गरेका हुन् ।
यस अघि पनि जोङले सन् २०१० मा विश्व कप फुटवलमा पराजित भएर फर्किएको फुटवल टिमका खेलाडीहरुलाई कोइला खानीमा श्रम गर्न र चिसोमा बस्न बाध्य पारेका थिए ।
किम जोङ उनले दुश्मन देश दक्षिण कोरियाले उत्तर कोरियाले भन्दा बढी ९ स्वर्ण पदक जितेपछि आफ्ना खेलाडीहरुलाई सजायको घोषणा गरेका हुन् ।

लोकमानले गर्लान् त गच्छदार र अर्जुन कार्कीमाथि छानविन ?

८ भदौ, काठमाडौं । पटक-पटक मन्त्री बन्दै आएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको रोजाइको मन्त्रालय हो भौतिक योजना तथा पूर्वाधार । प्रचण्ड नेतृत्वको सरकारमा पनि गच्छदारले यो मन्त्रालयका लागि लविङ गरेका थिए, तर सफल भएनन् । आखिर गच्छदार किन भौतिक योजना मन्त्रालय नै ताक्छन् ? यसका पछाडिको एउटा रहस्य अनलाइनखबरले फेला पारेको छ ।Gachchhadar n karki
गच्छदार भौतिक योजना मन्त्री भएका बेला विभिन्न ६ वटा सडक आयोजनामा ठेक्का लगाउँदा नीतिगत गडबडी गरेको पाइएको छ । यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगिसकेको छ । यद्यपि अख्तियार प्रमुख लोकमानसिंह कार्कीले पूर्वमन्त्री गच्छदारलाई के गर्छन्, त्यो भने हेर्न बाँकी छ ।
हेटौडा-धरान-चतरा सडक निर्माण आयोजना र गल्छी-स्याफ्रुबेशी सडक आयोजनामा ठेक्का लगाउँदा मन्त्रालय र सडक विभागका पदाधिकारीको मिलेमतोमा गडबडी भएको आशंका सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको छ ।
यो प्रकरणमा भौतिक योजना निर्माण तथा यातायात पूर्वमन्त्री विजयकुमार गच्छदार, सचिव अर्जुनकुमार कार्की र सडक विभागका महानिर्देशक माधवकुमार कार्कीको मिलेमतोमा अवैधानिक तरिकाले ठेक्का मापदण्ड सच्याइएको पाइएको छ ।
दुईवटा सडक निर्माण आयोजनालाई ६ वटा प्याकेज बनाएर ठेक्का आहृवान गर्दा सडक विभागले ६ वटा निर्माण व्यवसायीले मात्र प्रतिस्पर्धा गर्न सक्ने गरी मापदण्ड बनाएको देखिएको छ ।
सच्याइएको मापदण्ड अनुसार यसअघि त्यस्तै प्रकृतिको कुनै ठेक्का लागेको छैन भने उक्त मापदण्डले आगामी दिनमा अर्को त्यस्तो आयोजनाका लागि समेत बोलपत्र आहृवान गर्न सकिँदैन ।
यस्तै ठेक्कामा विदेशी कम्पनीले एक्लै प्रतिस्पर्धा गर्न नसक्ने बनाइएको छ र छानिएका ६ वटै निर्माण व्यवसायीलाई ठेक्का दिलाइएको छ ।
ठेक्काका लागि मापदण्ड निर्माण समितिमा रहेका एक पदाधिकारीका अनुसार मन्त्री सचिव र महानिर्देशकले एकमुष्ट १ अर्ब ८१ करोड अर्थात कुल ठेक्का रकमको ७.५ प्रतिशत कमिशन पाउने सर्तमा ठेक्का मापदण्ड परिवर्तन गरिएको हो ।
कुन- कुन आयोजनामा भयो चलखेल ?
विभिन्न ६ वटा आयोजनामध्ये एउटा धरान-चतरा सडक खण्ड अन्तरगत १४० किलोमिटरको सिन्धुली हेटौडा सडक खण्ड रहेको छ । कुल ६ अर्ब ५० करोड ठेक्का मूल्य रहेको यो आयोजना विदेशी कम्पनीसँग कालिका स्वच्छन्द जेभीलाई ठेक्का पारिएको छ ।
त्यसैगरी धरान-सिन्धुली सडक खण्डअन्तरगतकै अर्को १३० किमीको आयोजनाको ठेक्का मूल्य ६ अर्ब ५० करोड रहेको छ । यो आयोजनामा विदेशी कम्पनीसँग शर्मा-लामा जेभीलाई ठेक्का दिइएको छ ।
यस्तै धरान-सिन्धुली-चतरा सडक आयोजना अन्र्तगत पर्ने ४३ वटा पुलका लागि ४ अर्बको ठेक्का दिइएको छ । यो पुलका लागि विदेशीसँग रसुवा जेभीले ठेक्का पाएको छ । त्यहाँ निर्माण गर्नुपर्ने ४३ वटा पुलको लम्बाइ २७०० मिटर छ ।
यस्तै गल्छी-त्रिशुली-स्याफ्रुबेंशी-रसुवागढीको ८२ किलोमिटर लामो सडक आयोजनामध्ये ३६ किमीको ठेक्का विदेशी कम्पनीसँग तुण्डी जेभीले पाएको छ । त्यसअन्र्तगत पर्ने ३३ पुलका लागि विदेशीसँग अनक जेभीले ठेक्का पाएको छ ।
यो आयोजनाको ८२ किमीमध्ये बेत्रावती-मैलुङ-स्याफ्रुबेंसी खण्डको २८ किलोमिटर बाटो नेपाली सेनालाई दिइएको छ भने बाँकी १८ किमी सडक विभागले नै बनाउने गरी छुट्टै आयोजना अन्तरगत राखिएको छ ।
आशंका गर्नुपर्ने ८ आधार
गच्छदारको कार्यकालमा यी आयोजनाहरुमा नीतिगत हेरफेर गरेर आफूले इच्छाएका ६ वटा ठेकेदार कम्पनीलाई ठेक्का पारिनुले केही आशंका जन्माएको छ ।
आशंका नं १
टेण्डर आहृवान गर्दा खरिद ऐन ०६३ मा कुनै अप्ठेरो परे ठेक्का आहृवानसम्वन्धी मापदण्ड प्रधानमन्त्री कार्यालय मातहतमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले बनाउन सक्ने व्यवस्था छ । तर, यी ठेक्काहरु लगाउँदा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई थाहै नदिई मापदण्ड परिवर्तन गरिएको पाइएको छ ।
खरिद अनुगमन कार्यालयले ०७१ सालमा खरिद ऐन २०६३ का आधारमा मापदण्ड बनाएको थियो । त्यसयता सोही मापदण्ड अनुसार नै टेण्डर लगाइँदै आएको छ । तर, यी आयोजनाहरुमा सडक विभागले सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आहृवान नगरेर छुट्टै मापदण्ड बनाएको देखिन्छ । त्यो पनि एउटा छुट्टै योजनाका लागि मात्रै लागु हुने गरी मापदण्ड बनाइएको छ ।
अन्य आयोजनामा भने विभागले पनि खरिद ऐन ०६३ ले व्यवस्था गरेअनुसारको मापदण्डबाटै बोलपत्र आहृवान गर्ने गरेको थियो । आगामी ठेक्कामा पनि त्यही नियम आकर्षित हुँदै आएको छ । तर, उल्लेखित ६ वटा ठेक्काका लागिमात्रै कानुन विपरीत किन मापदण्ड परिवर्तन गरियो ? यसको प्रश्न विभागले दिन नसक्दा आशंका जन्मिएको छ ।
आशंका नं २
खरिद अनुगमन ऐनअन्तरगतको नेशनल बिडिङ कम्पिटिसनको मापदण्डले ६ करोडभन्दा बढी मूल्यको ठेक्कामा विदेशी कम्पनीले एक्लै प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गरेको छ । तर, यी आयोजनाहरुमा नेपालका ६ वटा ठेकेदार कम्पनीलाई जबरजस्ती घुसाइएको छ ।
विदेशी कम्पनीले एक्लै बिडिङ गर्न पाउने पुरानो प्रावधानलाई रोक्न सडक विभागले मन्त्रिपरिषदमा प्रस्ताव लगेर उक्त सडक आयोजनामा विदेशी कम्पनीले एक्लै भाग लिन नपाउने निर्णय गरेको देखिन्छ ।
मन्त्रिपरिषदको गत जेठ ७ गतेको बैठकको निर्णयले गल्छी स्याफ्रुबेंसी र हेटौँडा-धरान-चतरा सडक आयोजनाका लागि विदेशी एक्लैले प्रतिस्पर्धा गर्न नपाउने र उसले नेपाली कम्पनीसँग अनिवार्य जेभी गर्नुपर्ने निर्णय गरेको देखिन्छ ।
भइरहेको नियमभन्दा विपरीत मन्त्रिपरिषदबाट निर्णय गराएर नेपाली कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गर्नु र विदेशी कम्पनीले अनिवार्य रुपमा नेपाली कम्पनीहरुसँग जेभी गर्नुपर्ने व्यवस्था गर्नुले अनियमितताको आशंका जन्माएको स्रोतको दाबी छ ।
आशंका नं ३
कानुनतः खरिद अनुगमन ऐनसँग बाझिने गरी ठेक्का आहृवानका लागि कुनै पनि मापदण्ड बनाउन मिल्दैन । तर, सडक विभागले पहिले मन्त्रिपरिषदमा लगेर सार्वजनिक खरिद ऐन विपरीत विदेशी कम्पनी एक्लैले ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने र नेपाली निर्माण व्यवसायीसँग जेभी गर्नुपर्ने निर्णय गराएको छ ।
र, उक्त निर्णयको अपव्याख्या गर्दै विभागले ठेक्कामा प्रतिस्पर्धा गर्ने व्यवसायी र्फमले विदेशीसँग जेभी गर्दा कम्तिमा २५ प्रतिशत शेयर लगानी गर्नुपर्ने र सातदेखि १० वर्षको अनुभव भएको प्रमाण पेश गर्नुपर्ने नयाँ शर्तसमेत तोकेको छ ।
विभागले आफुले चाहेका ६ वटा निर्माण व्यवसायी फार्मसँग मात्र मेलखाने गरी मापदण्ड बनाएर बोलपत्र आहृवानका लागि सूचना प्रकाशित गरेको छ ।
मन्त्रिपरिषदले विदेशी कम्पनीलाई सिधै प्रतिस्पर्धा गर्न रोके पनि नेपाली व्यवसायीलाई समान रुपमा प्रतिस्पर्धा गर्न दिनुपर्ने आशय व्यक्त गरेको छ । तर, आयोजनामा ६ वटाभन्दा बढी कम्पनीले भाग नै लिन नसक्ने गरी मापदण्ड बनाएर इच्छाएको कम्पनीलाई ठेक्का पारिएको देखिन्छ ।
आशंका नम्बर ४
निर्माण व्यवसायी ऐनले नेपाली निर्माण व्यवसायीले विदेशी कम्पनीभन्दा साढे ७ प्रतिशत बढी दर दिँदासम्म उक्त ठेक्का नेपालीले व्यवसायीलाई दिनुपर्ने व्यवस्था गरिदिएको छ । तर विभागले मापदण्डमा जम्मा खर्चको २५ प्रतिशत शेयर नेपाली पाटर्नरले हाल्नुपर्ने व्यवस्था गरिदिएको छ ।
एउटा नेपाली ठेकेदारले कुल १५ अर्बका लागि ३ अर्व ७५ करोड शेयर हालेर काम गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको पाइएको छ । यस्तो मापदण्ड अनुसार ६ वटा नेपाली निर्माण व्यवसायी र्फमले मात्रै प्रतिस्पर्धा गर्न सक्ने स्थिति बनाइएको छ ।
विदेशीलाई सिधै प्रतिस्पर्धा गर्न नदिने, जेभी गर्नुपर्ने र नेपालीसँग जेभी गर्दा केही सीमितसँगमात्रै जेभी गर्नुपर्ने बाध्यता खडा गरिनु आफैंमा शंका गर्नुपर्ने विषय हो । त्यसमा ६ वटा व्यवसायी फार्मले ६ वटा आयोजनामा जति ठेक्का हाल्यो, त्यतिमै स्वीकृत हुने स्थिति आउनु आफैंमा अनुसन्धानको विषय हो ।
प्रतिस्पर्धा गराएको भए धेरै फार्महरुमध्येबाट छनोट गर्न सकिन्थ्यो र ठेक्का घटी घटाउमा जान्थ्यो ।
आशंका नं ५
सडक विभागले नयाँ मापदण्ड बनाएर नेपाल निर्माण व्यवसायी संघ अनामनगरलाई पत्र पठायो, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई जानकारी दियो, भौतिक मन्त्रालयलाई जानकारी दियो, प्रधानमन्त्री कार्यालयको स्वकीय सचिवलाई दियो । प्रधानमन्त्रीको निजी सचिवालयलाई पनि जानकारी दियो । तर, यो मापदण्ड बनाउनुपर्ने सार्वजनिक खरिद अनुगमन कार्यालयलाईं भने नयाँ मापदण्ड बनाएकोबारे कुनै पत्तो दिएन ।
जुन निकायसँग सम्बन्धित ऐन र मापदण्ड थियो, उक्त कार्यालयसँग परामर्श नै नगरी र उसलाई जानकारी नै नदिई नयाँ मापदण्ड बन्नुका पछाडि शंका बढेको छ ।
आशंका नं ६
खरिद अनुगमन कार्यालयले विभागमा पत्र पठाएर ०७२ को पत्र दर्ता गर्न पटक-पटक सडक विभागमा अनुरोध गर्दा पनि सडक विभागका महानिर्देशकले च्यातेर फ्याँकेको बताइन्छ ।
खरिद अनुगमन कार्यालयले पास गरेको स्ट्याण्डर्स बिडिङ्ग डकुमेण्टमा खरिद अनुगमन कार्यालयले पास गरेर राखेको डकुमेन्टमा दफा २.४.२ कन्ट्रयाक अफ सिमिलर साइज एण्ड नेचरमा जेभी पार्टनरको हकमा नट एप्लिकेवल भनेकोमा २५ प्रतिशत राख्नुपर्ने कारण के र त्यो अधिकार विभागले कसरी पायो ? विभागले त्यसको जवाफ दिएको छैन ।
आशंका नं ७
विभागले चलन चल्तीमा रहेको मापदण्डलाई मारिमार्जन गरी एउटा ठेक्काका लागिमात्र आफू अनुकुलको मापदण्ड बनाएको छ । तर, अन्य विभागहरु सिंचाइँ विभाग, सहरी विकास विभाग, दुरसञ्चार संस्थान लगायत अरु कुनै पनि निकायले खरिद अनुगमन कार्यालयको नियम पालना गरी बोलपत्र माग्ने गरेको छ । तर, मापदण्ड तयार गर्दा ६ वटा ठेक्कामा ६ वटा नेपाली निर्माण व्यवसायीले मात्र प्रतिस्पर्धा गर्न सक्ने र विदेशी कम्पनीले ६ नेपाली कम्पनीसँग मात्र जेभी गर्न सक्ने गरी मापदण्ड बनाएको छ ।
कुनै पनि ठेक्कामा प्रतिस्पर्धा नहुनु र जति ठेक्का संख्या छ, त्यति संख्याका निर्माण व्यवसायी फार्मले मात्रै एक्लाएक्लै दरभाउ प्रस्ताव गर्नुले आर्थिक अनियमिताको आशंका बढाउँछ ।
आशंका नं ८
खरिद अनुगमन कार्यालयले ०७२ भदौ १७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेर विभागले ठेक्का लगाउँदा कानुन उल्लंघन गरेको ब्यहोरा जानकारी गराएको छ ।
विभागले आफ्नै मापदण्ड बनाएको सन्दर्भमा आयोगले खरिद अनुगमन कार्यालयसँग राय मागेको थियो ।
खरिद अनुगमन कार्यालयले अख्तियारलाई पत्रमा लेखेको छ, ‘सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको निर्माण खरिद सम्वन्धी नेशनल कम्पिटिशन बिडिङ-एनसीबीको सेक्सन ३ अन्तरगत जोइन्ट भेन्चरको हकमा बोलपत्रदाता सहभागी भएको छ ।’
अख्तियारलाई देखाइएको पत्रमा अगाडि भनिएको छ- ‘कुनै एकको अनुभव भए पुग्ने प्रष्ट व्यवस्था भएकाले यस सम्वन्धमा सार्वजनिक निकायले बोलपत्र काजजात तयार गर्दा उक्त प्रावधान विपरीत हुने गरी सबैको अनुभव चाहिने भनी प्रावधान राख्न सकिने र यसरी गरिएको परिवर्तन सारभूतरुपमा फरक भएको समेत मानिनेछ ।’
भाद्र ८, २०७३- सदरमुकाम कलैयादेखि २० किमी उत्तरपूर्व बछनपुर्वामा तीन बर्षदेखि बस्दै आएकी एक कम्बोडिएन महिलालाई बस्न सकस भएको छ । कम्बोडिया फर्किन उनीसित भिसा नभएकाले उनलाई झन् समस्या थपिएको हो ।

यसबाहेक भाषा समस्या, खानपान, पारिवारिक वातावरण नमिल्नु र आमाबाबुको सम्झनाले उनलाई पिरोलेको हो । भिसा नभएर फर्किन नसकेकी उनी दिनभर खेतीपाती र सुँगुर पालनमा व्यस्त रहन्छिन् ।

वैदेशिक रोजगारीको सिलसिलामा तीन बर्ष अघि मलेसियामा रहेका बछनपुर्वा ६ का रविन्द्र चौधरीसित प्रेम सम्बन्ध भएपछि कम्बोडियन छेतछुत नेपाल आएकी थिइन् । उनीसित साढे दुई बर्षका एक छोरा छन् ।
छेतछुत भन्छिन् ‘अब कुनै हालतमा बस्न सक्दिनँ, छोरा लिएर कम्बोडिया जान चाहन्छु । जानलाई कसैले सहयोग गरिदिए खुसी हुन्थे । घरमा आमा र बाबुले बोलाउनु भएको छ । मलाई यहाँ थुप्रै समस्या भएकाले बस्न मन लागेको छैन् ।’ पति झैं स्वीकारिसकेको रविन्द्र र उनका उनका जेठी पत्नीको व्यवहारले आफुलाई दुखि:त बनाएको उनले बताइन् ।

इच्छाएको खाने कुरा खान नपाएकोले बाबुसित कम्बोडियाबाट पैसा मगाएको उनले बताइन् । उता रविन्द्र भन्छन्, ‘एक ठाउँमा बस्दा जसको घरमासमेत समान्य खटपट हुने झैं आफ्नो घरमा पनि समान्य खटपट भएको छ । तर त्यो ठूलो समस्या छैन् । आमाबाबुको सम्झनाले आतिएकी छिन् ।’ पत्नी बनाएको छेतछुतलाई मायापूर्वक राख्न आफ्नो परिवार आफू तयार रहेको उनले बताए । रविन्द्रसित जेठी पत्नीसहित तीन छोराछोरीसमेत छ । रविन्द्रका बाबु दिनानाथ चौधरी भन्छन् ‘दुबैबीच ‘कोर्ट म्यारेज’ गराइदिन र नागरिकता बनाइ दिन सरकारी निकायमा धेरै प्रयास गरें । तर प्रमाणको अभावमा नत नागरिकता बनेको छ, नत ‘कोर्ट म्यारेज हुन सकेको छ । कम्बोडियनलाई आफ्नो घरमा परिवारको सदस्य स्वीकारि सकेका छौं ।’

 उनी खुसीले कम्बोडिया फर्के पनि आफुहरु खुसी रहने उनले बताए । भन्छन् ‘तीन महिना अघि घरमा समान्य खटपट पर्दा गाउँलेको उक्साहटमा परेकी छेतछुत एक पटक प्रहरी चौकी पुग्दा सम्झाइ बुझाई मिलापत्र गरी ल्याएँ ।’ समान्य लेखपढ गर्नसक्ने कम्बोडियन छेतछुत अंग्रेजी बोल्न जान्दिनन् । कम्बोडियाको मातृ भाषा बिर्सिएकी छिन् ।

तर मलेसियन र थारु भाषा भने कामचलाउ बोल्छिन् । कम्बोडियाको कम्पोङचाम, तबोखखमोम र डब्बईमासमेत दाजुभाइहरुको घर भएको बताउने उक्त महिलाले आफुसित आमाबाबुसहित पाँच दाजुभाइ र तीन दिदी बहिनी भएको बताउँछिन् । भएकी ती महिलालाई अहिले नेपाल बस्न सकस छ । खेतीपाती र घरायसी काम गर्न साह्रै मिहनेती छेतछुत सातादेखि ज्वरोले थलिएकी छिन् । खेतीसँगै सुगुर र कुखुरा पालनमा व्यस्त रहन्छिन् । उनीसित नागरिकता छैन् । घर फर्किन न त भिसा नै छ । रविन्द्र र उनका परिवारले सल्लाह गरेर विवाह दर्ता बनाइदिएका छन् ।

तर उक्त जन्म दर्ताको कागज हराएको उनीहरु बताउँछन् । ‘कम्बोडियन साह्रै मिहनेती र मिलनसार व्यवहारकी छिन् । तर घरको आमाबाबु र दाजुभाईको चिन्ता सताएकोले केही समयदेखि दिनभर ब्याकुल रहन्छिन्,’ बछनपुर्वाकी एक महिलाले भनिन्, ‘बस्नलाई उनलाई सकस भएको छ ।’ यसरी आइन् नेपाल कम्बोडियाकी ३५ बर्षीया छेतछुत र बछनपुर्वा ६ का ३० बर्षीय रविन्द्र चौधरी मलेसियाको सेलेङगरस्थित फर्मोसा भन्ने परसोनी नामक रसायन तथा स्पीकर बनाउने उद्योगमा तीन बर्ष अघि सँगै काम गर्थे ।

 उनीहरुको तीन बर्षे बसाईंको क्रममा प्रेम भयो । र नेपाल फर्किने सल्लाह गरे । सल्लाह अनुसार कम्बोडियाको डब्बइ गाउँकी पिता जोटछत र माता चोनइमकी छोरी छेतछुत मलेसियाबाट कम्बोडिया फर्किइन् । त्यहाँबाट भारतको लागि पर्यटकीय प्रवेशाज्ञा (टुरिष्ट भिसा) बनाइन् । र केही दिनपछि दिल्ली आइपुगिन् । दिल्ली आइपुगेकी छेतछुतलाई रविन्द्रले नेपाल ल्याउन चाँजोपाँजो मिलाएका रहेछन् ।

 मलेसियाबाट फोन गरी रविन्द्रले आफन्तलाई दिल्ली पठाए । आफन्तले ती महिलालाई दिल्लीबाट सोझै रक्सौल हुँदै बछनपुर्वा ल्याए । छेतछुत बछनपुर्वा पुगेको १५ दिन पछि रविन्द्र पनि मलेसियाबाट घर फर्के । तीन बषैदेखि दुबै पति–पत्नी झैं बसिरहेका छन् । अहिले उनीहरुसित साढे दुई बर्षको एक छोरा छन् ।
म्यानमारमा शक्तिशाली भूकम्प, नेपाल पनि हल्लायो
 भदौ ८, २०७३

काठमाडौँः बुधबार दिउँसो म्यानमारमा शक्तिशाली भूकम्प गएको छ । म्यान्मारको मध्य क्षेत्रमा केन्द्रबिन्दू भएर ६ दशमलव ८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् । म्यानमारको भूकम्पको धक्का नेपालको राजधानीसँगै पूर्व भागमा महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले म्यानमारमा ७ म्याग्निच्यूडको भूकम्प गएको मापन गरेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।

बुधबार बिहान इटलीमा गएको ६ दशमलव २ म्याग्निच्यूडको शक्तिशाली भूकम्पले ३७ जनाको ज्यान गएको छ । भूकम्पले राजधानी रोम नजिकैको सहर ध्वस्त भएको छ ।

 



एम बर्तमान राना/भाद्र ५, काठमाडौं ।
फेसबुक एबम अनलाइन मिडियामा छाएका जोया र जीबन थापाको सम्बन्ध र जीवन थापालाई लगाईएको आरोपहरु मिडियाहरुले फैलाईएको अफबाह मात्र रहेको पुस्टि भएको छ । उनीहरुको समाचार ब्यापक भए पनि जिबन थापाको बारेमा पुष्ट विवरण भने आएका थिएन । यस बारे डीके मिडिया(दुधकोशी मिडिया)ले खोज तलाश गर्दै जादा जिबन थापाको पुरा नाम जीवन थापा मगर रहेको वहाको स्थायी ठेगाना केरुंग-८, सोलुखुम्बु रहेको थाहा हुन् आएको छ । बिगत ६ बर्ष अघि मात्र कंचनपुरबाट रोजीरोटीको सवालसंगै बसाइ सराई गर्दै चितवनमा अस्थायी बसोबास गर्दै आएको पाईएको छ । बि.स. २०४६ सालमा सोलुबाट रोजीरोटीकै लागि कंचनपुर पुगेको जिबनको आमाले बताएका छन् ।
थापामगर टुहुरा हुनुन्छ । गत २०७२ सालको साउनमा काठमाडौंमा उपचारका क्रममा उनका बुबा बल बहादुर थापा मगर जन्डिसबाट मृत्यु भएको थियो र उहाको अन्तिम काजक्रिया पनि कालोपुल काठमाडौं गरिएको थियो भने थापा र जिया उनका आमा पूर्ण माया मगरसंग चितवन बस्दै आएको थिए । बिगत केहि समयदेखि भने छुट्टै कोठा लिएर जिया र थापा परिवारसंगै बस्दै आएको पाईएको छ । उनीहरुको आर्थिक स्थिति नाजुक भए पनि उनीहरु बिचमा अत्यन्त सुमधुर सम्बन्ध रहेको र एकले अर्कालाई अत्यन्त माया गर्ने पाईएको छ ।

एक दिन बिहान जिया र थापाबीच सामान्य बिबाद भएको पाएपछी यहि बिषयलाई बिबादको केन्द्र बनाएर चितवन स्थित आदर्श संस्थाले जोया लगायत दुई बच्चालाई उठाएर संस्थामा लगेको पाईएको छ । यसरी आफ्नो श्रीमती लगायत बाल बच्चा लगेपछी आफ्नो कोठामा फर्काउन थापा र उसको आमा पूर्ण माया मगर दशौँ चोटी संस्था पुगेको तर संस्थाले कहिल्यै पनि भेट्न नदिएको उल्टै हप्काई दप्काई गरेर फर्काउने गरेको खुल्न आएको छ र मिडियाहरुले अत्यान्तै बिजोक अबस्थामा बाटोबाट उद्दार गरेको भनीए पनि जिया र दुई नाबालकलाई कोठाबाट उठाएर लागिएको खुल्न आएको छ र मिडियामा छाए जस्तो सडकमा बेबारिसे भएको, कयौं दिन देखी भोको राखेको, कुट्ने पिट्ने गरेको, जीवनले ड्रग्स खाने गरेको, पुरै बेवास्ता गरेको भन्ने निराधार हल्ला फैलाईएको देखिएको छ । जुन हल्ला संस्थाले गरेको खुल्न आएको छ ।
“जुन दिन आदर्श संस्थाले बुहारी बच्चा उठाएर लागे त्यस दिन मेरो कामले बाहिर गएको थिए काम सकेर घर आउदा बुहारी र नानीहरु थिएन र जीवनलाई सोधे खै बुहारी नानिहरु ! भनेर सोध्दा निन्याउरो मुख लगाउदै मान्छेहरुले लिएर गए भने पछी म तर्सिए र वरिपरी सोधखोज गर्दा आदर्श संस्थामा लागेको थाहा पाए र तुरुन्तै बुहारीलाई फर्काउन जीवनलाई लिएर संस्थाको कार्यालय पुगे र बुहारी जिया र नानि लिन आएको बताउदा संस्थाका ठुला मान्छेले जोड जोडसंग गाली गरे हप्काए, अब मुद्दा लगाउने, तिमीहरुलाई कारबाही गर्ने भनेर धम्काए । अनि जिया र नानिहरुलाई फर्काउन नसकिने भने पछी हामि आमा छोरा निराश भएर घर फर्कियौ ।एक दुइ दिनको अन्तर पारेर बुहारी र नानीहरुलाई भेट्न जान्थ्यौ तर संस्थाले कहिल्यै भेट गर्न दिदैनथ्यो । हो हामि गरिब छौ, तर बुहारी र नानीहरुलाई एक छाक खाना, लाउन र माया स्नेहमा कहिल्यै कमि थिएन । खै किन यस्तो गर्यो ? आमा पूर्ण माया मगरले टेलिफोनमा बताए ।

उनले भने “हाम्रो स्थायी ठेगाना सोलुखुम्बु, अनि अस्थायी बसाई चितवन, अनि सरकारी प्रक्रिया नबुझ्नको कारणले नानीहरुको जन्म दर्ता, नाता प्रमाणित, बिबाह दर्ता, तथा नागारिकता बनाउन सकेनौ तर उनिहरुसंग त हाम्रो रगतको नाता कायम भईसकेको छ त्यो त हाम्रो आँखाले हेर्न सक्छौ नि ! यहि कमजोरीमाथि टेकेर हाम्रो सन्तानलाई आज त्यो आदर्श संस्था र प्रसासनले अबैधानिक ठहर्याउदै टाढा पुर्यायो । बिदा हुने दिन जोया र जीवन लामो समय अंकमाल गरेर धेरै रुए, आशु झारे तर हामि त निरिह भएर हेर्न बाहेक केहि गर्न सकेनौ । बरु उल्टै मानसिक तनाब डर धाक धम्कि खेप्यौ । त्यो आदर्श संस्थाले म र छोरालाई बारम्बार भन्थ्यो- काम हुन लाग्यो ७/८ लाख क्षेतीपूर्तिको लागि तयार गर्नु नत्र कारबाही होला । तनाब हुन्थ्यो कहाँबाट ल्याउनु होला त्यत्रो पैशा ! निद्रा लाग्दैनथ्यो ..म छोरालाई गालि गरि रहन्थे.. जिबन पनि रुन्थे” आमाले भने ।

यसरि यी सम्पूर्ण घटना हेर्दा नाता प्रमाणित, विबहा दर्ता, जन्म दर्ता नभएकै कारण नेपालको बसाई अबैधानिक भएको ठहर गर्दै लामो समय लगाएर संस्था र प्रसासनले फिलिपिन्स एम्बेसीसंग पत्राचार गरि खर्च झिकाएर जोयालाई उसको परिवारबाट छुटाएर देश निकाला गरेको देखिन्छ । यहा प्रश्न उब्जन्छ किन प्रसासनले त्यत्रा दुइ दुइ बच्चा हुदा हुदै पनि तिनलाई नाता प्रमाणित, विबहा दर्ता, जन्म दर्ता लगायतका आधिकारिक कागजातका लागि पहल गरेन ? त्यो संस्था र प्रसासन माथिको गम्भीर प्रश्न हो । आउनुहोस एक जुट हौ कि अन्यायमा परेको जिबन थापा मगर र उनको परिवारको न्यायको लागि आवाज बुलुन्ध पारौ ।

अहिले ज्यादै सामाजिक संजालमा गालि र भौतिक कारबाहीको चेतावनी आए पछी डरले जिबन भारत पुगेको छ र सम्पर्क भएमा उसको बिस्त्रित खबर निरन्तर तपाईहरुको माझ पुर्याउने छौ __
(थप अझ प्रस्ट हुनका लागि जीवन थापाको आमा पूर्णमाया मगर ९८१९२४७२८६ र मामा कामे मगर ९८५११९१०७१ मा कल गर्न सक्नु हुनेछ)
काठमाडौँ – सरकारबाट समर्थन फिर्ता लिने एकल निर्णयको विरोधमा पार्टीभित्र जवाफ दिन बाध्य भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियोजित योजनामा फसेको पुष्टि भएको छ । पार्टी हेडक्वाटरको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र एमालेसँगको गठजोडमा माओवादीले घाटा व्यहोरिरहेको चर्चा चलेपछि सरकारका सम्बन्धमा कुराकानी गर्ने सबै अख्तियारी माइन्युटमा लेखेरै प्रचण्डले जिम्मा पाएपछि उनले त्यसको दुरूपयोग गरेका कारण उनको आलोचना बढिरहेको छ ।
एमालेभित्रको असन्तुष्ट पक्ष नेता माधवकुमार नेपाल र झलनाथ खनालको बुई चढेर काँग्रेससँगको नयाँ समिकरणमा सहमति जुटाएर पार्टीले दिएको जिम्मेवारी भन्दै उनले अकास्मात सरकारबाट समर्थन फिर्ता लिएका थिए । त्यसबारेमा पार्टीभित्र पनि उनले विरोधको सामना गरिरहेका छन् । भर्खरै एकता प्रक्रियामा आएका रामबहादुर थापा बादललगायत व्यक्ति पनि उनीसँग रुष्ट छन् भने काँग्रेससँगको समीकरणको सहमतिलाई नेता नारायणकाजी श्रेष्ठले ठाडै अस्वीकार गरेका छन् । प्रचण्डलाई अदृश्य शक्ति र काँग्रेसले शव्दजाल, सत्ता मोहको चक्रव्यूहमा फँसाएको श्रेष्ठले खुलेआम टिप्पणी गरेका छन् । खासगरी भारतीय संस्थापनको रुचि अनुसार प्रचण्ड फसेका हुन्
भारतविरोधीका रूपमा राष्ट्रवादी नेता भनेर परिचय बनाउँदै गरेका प्रचण्डलाई अन्ततः भारतले झुकाएको उनकै पार्टीभित्र टिप्पणी गरिन्छ । असोज १ गते मात्रै नेपालको संविधान रोक्नका लागि काठमाडौं आएका भारतीय विदेश सचिव एस जयशंकरलाई ढिलो आएकाले प्रक्रिया रोक्न नसकिने बताएका प्रचण्ड भारतीय निसानामा थिए ।
नेपालको संविधानमा प्रत्यक्ष स्वामित्व खोजिरहेको भारतले त्यसपछि मधेस आन्दोलनलाई बल दियो भने मूलधारका पार्टीहरूमा गुटका नेताहरूसँग खेल्ने गरेको थियो । तत्कालीन एमाओवादीमा डा. बाबुराम भट्टराई, एमालेमा माधवकुमार नेपाल र काँग्रेसमा शेरबहादुर देउवामार्फत भारतले आफ्नो एजेन्डा राख्ने प्रयास गरिरहेको थियो । एमालेभित्र नेपाल अल्पमतमा रहेका कारण अध्यक्ष ओलीले पेल्दै सहमति गरे भने माओवादीबाट भट्टराईले राजीनामा नै गरेका थिए । उता, शक्तिहीन अवस्थामा रहेका शेरबहादुर देउवा भने मौकाको खोजीमा थिए ।
०७१, ३ असोजअघि प्रमुख तीन दलबीच भएको १६ बुँदे सहमतिमा भारतको चाहनाविपरीत सुशील कोइरालाले काँग्रेसलाई नेपाली जनताको पक्षमा उभ्याउन सफल भएपछि देउवाले त्यसको विरोध गरेका थिए । भारतले कोइरालालाई हल्लाउन नसकेपछि त्यसको विरोधमा उभिएका तत्कालीन वरिष्ठ नेता देउवाको गुण काँग्रेस महाधिवेशनका बेलो चुकाएको थियो । अहिले पुनः भारतले उनलाई चलाएर माओवादीलाई विलखबन्धनमा पार्ने काममा सफल भएको आडमा दूतावासले भोजभतेरको आयोजना गरेको थियो । ‘यो आफ्नो जीतभन्दा पनि माओवादी केन्द्र प्रचण्डको राष्ट्रवादी अनुहारलाई धुमिल बनाउन सफल भएको उपलक्ष्यमा आयोजना गरिएको भोज थियो’, उच्च स्रोतले भन्यो,‘जसरी पनि प्रचण्डसँग भारतले आफ्नो  अडानमा जित हासिल गर्नु थियो, भयो ।’
बहुमतको सरकार हुँदाहुँदै पनि एमालेसँग माओवादीले ९ बुँदे सम्झौता गर्नुअघि देउवाले माओवादीसँग सरकार छाड्नका लागि विकल्पहरू सुझाएका थिए । तर, प्रचण्डले देउवालाई जिल खुवाउँदै ओली सरकारसँको सम्बन्ध अझ लम्ब्याउने हस्ताक्षर गरी फर्किएपछि माओवादीलाई विश्वासै नगर्ने अडानमा थिए देउवा । उनले माओवादीलाई घेराबन्दिमा पार्नुपर्ने प्रस्ताव बोकेर प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँग २ बुँदे प्रस्ताव अघि सारेका थिए । सरकार विघटन गरी माओवादीलाई सत्ताच्युत गरी अर्को सरकारको नेतृत्व पनि ओलीले गर्ने र त्यसमा काँग्रेसको समर्थन हुने देउवाको प्रस्ताव थियो ।
९ महिनाका लागि ओली र त्यसपछि देउवाको नेतृत्वमा सरकार सञ्चालन गर्ने २ बुँदे प्रस्ताव ओलीले अव्यवाहारिक भएको भन्दै पन्छाएपछि माओवादीसँग काँग्रेसको गठजोड भएको थियो । स्रोतले भन्यो, ‘विश्वासका आधारमा गठबन्धन बनाई सरकारमा समर्थन गरेको माओवादीलाई सिध्याउन नहुने भन्दै प्रधानमन्त्रीले देउवाको प्रस्ताव मान्नुभएन, त्यही प्रस्ताव माओवादीलाई देखाएर उनी सरकार कमजोर बनाउन सफल भए ।’
चीनसँग ओलीको सम्बन्ध सुधार, वामपन्थी शक्तिमा एमालेप्रति जनताको झुकाव बढ्न थालेपछि भविष्यमा माओवादीलाई मतान्तरमा एमालेले उछिन्ने, काँग्रेस पनि पत्ता साफ हुने अवस्था आउनसक्ने आकलनलाई अगाडि तेर्साएर देउवाले प्रचण्डलाई शब्दजालमा पारी सरकारबाट समर्थन फिर्ता लिन बाध्य पारेका थिए । प्रचण्डलाई भारतीय पक्षले पनि सरकारबाट हट्नका लागि बारम्बार दबाब दिँदै आएका थिए । ‘जसरी पनि माओवादीलाई अगाडि बढ्न नदिने योजनामुताविक यो सरकार बनेको हो, देउवा कम्युनिस्टहरूलाई बढार्ने योजनामा नै अघि सरेका हुन्, त्यसमा भारतको ढाडस पाएका छन् ।’, स्रोतले भन्यो, ‘यही योजनाअनुसार प्रचण्डलाई फसाइएको हो ।’- जनप्रहार साप्ताहिक  बाट 


काठमाडौं । भगवान् आदित्यका नाममा स्थापित आदित्य प्रतिष्ठानका लागि सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने भएपछि उत्पन्न प्रतिक्रियाप्रति स्वयम् उहाँ मौन रहनुभएको छ । आफ्नोबारेमा कहाँ–कहाँ कसले के भने र के लेखे भन्ने सबै कुराको जानकारी राख्ने उहाँले अहिलेसम्म कुनै प्रतिक्रिया दिनुभएको छैन ।
उहाँ आफैंले निर्देशन दिएपछि ०७१ मङ्सिर २९ गते आदित्य प्रतिष्ठानको गठन भएको थियो । प्रतिष्ठानको संरक्षक उहाँ आफैँ हुनुहुन्छ भने अध्यक्षमा उहाँका बुबा शेषराज दाहाल, उपाध्यक्ष लक्ष्मी गुरागार्इं, महासचिव शम्भु गुरागाईं, सचिव जगदीश गुरागाईं, कोषाध्यक्ष ईश्वरा दाहाल तथा सदस्यहरू सुशीला निरौला, सुशील कोइराला, उद्धव केसी, भेषराज लोहनी र भोलानाथ रेग्मी हुनुहुन्छ ।
प्रतिष्ठानका नाममा दिइएको पैसा र त्यसपछिको प्रतिक्रियाबारे आदित्य स्वयम्ले जे भन्नुहुन्छ त्यही गरिने प्रतिष्ठानका पदाधिकारीहरूले बताए । यसअघि सरकारले उहाँको उपचारका लागि दिएको ६० लाख रुपैयाँ अमेरिकामा खर्च नभएपछि उहाँकै निर्देशनअनुसार सरकारलाई फिर्ता दिइएको थियो ।
प्राप्त जानकारीअनुसार मंगलबार गुरुपूर्णिमाका दिन आदित्यले पाँचजना व्यक्तित्वलाई शिक्षा मन्त्रदान दिनुभएको छ । जसमा यज्ञ महतो, रामेश्वर थापा, विदुषा लोहनी, दुर्गा चुँडाल र राजन कोइराला रहेका छन् । भगवान् आदित्यको परिवारजनले नचिनेका ती पाँचैजनाको नाम र फोन नम्बर उहाँले परिवारका सदस्य तथा उहाँका चेलाहरूलाई टिपाएर बोलाउन अह्राउनुभएको थियो ।
उहाँले कसैलाई भेट्न चाहनुभए आफैँले नाम र नम्बर दिने गर्नुभएको छ । यसपटक उहाँले शिष्य बनाउनुभएका यज्ञ महतो रुसमा व्यवसाय गरेर चर्चित बनेका व्यवसायी उपेन्द्र महतोका छोरा हुन् । केही महिनाअघि यज्ञले आदित्यलाई भेटेका थिए । भेटमा यज्ञले लगेको चकलेटको कभरमा रुसी भाषामा केही लेखिएको थियो ।
त्यो पढेर आदित्यले ‘ए‘ यो चकलेटमा त नयाँ वर्षको शुभकामना पो लेखिएको रहेछ’ भन्दा यज्ञ चकित परेका थिए । उक्त चकलेटको बाहिर त्यही कुरा लेखिएको थियो जुन आदित्यले त्यहाँ यज्ञलाई लेखेर दिनुभएको थियो । विश्वमा बोलिने सबै भाषाहरूबारे जानकारी राख्ने उहाँको अलौकिक क्षमताबाट विभिन्न देशका मानिस चकित पर्दै आएका छन् ।
कतिपय नेपालीले नै पनि उहाँको टेस्ट गर्नका लागि जापानिज, चाइनिजलगायतका आफूले जानेका भाषामा केही लेखेर दिँदा उहाँले बुझेर जवाफ फर्काउने गर्नुभएको छ । आदित्य प्रतिष्ठानमार्फत विभिन्न अनुष्ठानहरू गर्ने र योग तथा ध्यानका लागि विश्वका मानिसहरूलाई नेपालमा आकर्षित गर्ने उहाँको योजना रहेको छ ।
२०६७ साल साउन ७ गते जन्मनुभएका आदित्यको जन्ममा ‘स’को अनौठो संयोग परेको छ । उहाँलाई भेट्नका लागि हरिद्वार, ऋषिकेषलगायतका स्थानबाट शिष्यहरू आउन थालेका छन् । प्राप्त जानकारीअनुसार, केही समयअघि हरिद्वारका एक शिष्यलाई उहाँले योगको एउटा सूत्र लेखेर दिनुभयो र भन्नुभो– यो सूत्रअनुसार योग गराउनु । योगमा विद्यावारिधि गरेका ती शिष्य उहाँको कुराबाट छक्क परेका थिए ।
उहाँका शिष्य सुशील कोइरालाका अनुसार एकपल्ट उहाँले रूखलाई उल्टो पारेर जरा माथिल्लो भागमा भएको रूख बनाएर शिष्य र आफन्तहरूसामु राख्नुभयो । यो के होला भनेर सबै छक्क परे । रूख किन उल्टो बनाइयो ? एक–आपसमा कुराकानी गरे, तर निचोड निकाल्न सकेनन् ।
पछि उहाँले गीताको चौधौँ अध्यायको पहिलो श्लोक हेर्न भन्नुभयो । गीताको उक्त श्लोकमा भगवान् कृष्णले पीपलको उल्टो रूखको उदाहरण दिँदै योग साधनाबारे अर्जुनलाई बताउनुभएको रहेछ । आदित्यले गीता या महाभारत पढेको आफूहरूलाई कहिल्यै थाहा नभएको अभिभावकले बताए ।
यस्ता अलौकिक तथा विलक्षण प्रतिभा भएका व्यक्ति साधारण मानव मात्र हुन सक्दैनन् भन्ने कुरा उहाँलाई भेट्ने जोकोहीलाई पनि लाग्छ । यो देशका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्ड, नारायणकाजी सबैले उहाँको प्रतिभाको संरक्षण गर्न आवश्यक ठानी सरकारबाट एक करोड रुपैयाँ उपलब्ध गराएको बुझ्न गाह्रो पर्दैन । उक्त रकमबाट योग, ध्यान र साधनाको क्षेत्रमा नेपालको नाम रहने विश्वास गरिएको छ । आजको घटना र विचारमा खबर छापिएको छ ।

प्रधानमन्त्री केपी ओलीलाई आफ्नो अडानबाट पछि नहट्न आग्रह गर्दै राजधानीमा युवाहरूले प्रदर्शन गरेका छन्। राजधानीको माइतीघर मण्डलामा आई एम विथ् केपी ओली लेखिएको ब्यानर र ओलीको समर्थनमा लेखिएका प्लेकार्ड सहित युवाहरू नारा लगाइरहेका थिए।
नेकपा माओवादी केन्द्रले संसदमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि ओली सरकार धर्मराउन पुगेको छ।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले ओलीलाई समर्थन फिर्ता लिने निर्णय गरेपछि एकाएक सामाजिक सञ्जालमा #IamWithKpOli ह्यास ट्याग राखेर फेसबुक ट्विटरमा भाइरल बनेको थियो।
ओली सरकारको समर्थनमा फेसबुक र ट्वीटरमा #IamWithKpOli नाम दिएर फेसबुक पेज नै बनाएर युवाहरूले अभियान नै चलाएका थिए।
फ्रान्सको नीसमा आतंककारी हमलापछि सार्वजनिक भएका तस्बिरहरु निकै भयावह छन् । यी तस्बिरहरुमा आतंकको क्रुरतालाई एकपटक फेरी संसार सामू ल्याउने काम भएको छ ।
फ्रान्समा पुनः एकपटक आतंककारी हमला भएको हो । फ्रान्सको नीसमा आतंककारीले भीडमाथि ट्रकले हमला गरेका हुन् । जसमा कम्तीमा पनि ८० मानिसहरुको मृत्यु भइसकेको छ भने १२० भन्दा बढी मानिसहरु घाइते भएको बताइन्छ । यद्यपी, फ्रान्सका राष्ट्रपती फ्रान्स्वा ओलांदले ७७ मानिसहरुको मृत्यु भएको पुष्टि गरेका छन् ।
france attack (1)france attack (2)france attack (3)france attack (4)france attack (5)france attack (6)france attack (7)france attack (8)france attack (9)france attack (10)france attack (11)france attack (12)france attack (13)
Nice Attack. All images taken without permission from the account holder
Nice Attack. All images taken without permission from the account holder
ATTENTION EDITORS - VISUAL COVERAGE OF SCENES OF INJURY OR DEATH - A body is seen on the ground July 15, 2016 after at least 30 people were killed in Nice, France, when a truck ran into a crowd celebrating the Bastille Day national holiday July 14. REUTERS/Eric Gaillard
ATTENTION EDITORS – VISUAL COVERAGE OF SCENES OF INJURY OR DEATH – A body is seen on the ground July 15, 2016 after at least 30 people were killed in Nice, France, when a truck ran into a crowd celebrating the Bastille Day national holiday July 14.