Hindi Films

 To fix lost password in Windows XP कहिले काहिँ जानीनजानी कुनै पनि कुरा बिर्सिन सक्छ, अरुमा त फरक नपर्ला तर तपाईंले आफ्नो कम्प्युटर खोल्नको लागि राख्नु भएको password नै बिर्सिनु भयो भने चाँही समस्या पर्न सक्छ हैन र ? यदि तपाईं password बिर्सेंर आफ्नो कम्प्युटर खोल्न समस्यामा पर्नु भएको छ भने तल उल्लेखित केही tips को प्रयोग गरेर password लाई हटाउन सक्नु हुन्छ । 


 १) जब तपाईं कम्प्युटर स्टार्ट गर्नुहुन्छ त्यती बेला F8 कि press गर्नुहोस् ।

 २) तपाईंले boot menu option देख्न सक्नु हुनेछ र त्यहा तपाईंले"Safe Mode" लाई छान्नुहोस् ।

 ३) जब "Safe Mode" मा जानु हुन्छ तपाईंलाई password सोधिने छैन र तपाईंको कम्प्युटर खुल्नेछ । ४) कम्प्युटर खुलिसकेपछि run मा जानुहोस् र त्यहा nusrmgr.cpl टाईप गर्नुहोस् र Enter गर्नुहोस् ।

 ५) windows user account पेज खुल्नेछ । त्यहा तपाईंले password protect गर्नु भएको account खोल्नुहोस् र password लाई delete गरिदिनुहोस् ।

६) अब कम्प्युटरलाई restart गर्नुहोस् , तपाईंको password हटिसकेको हुनेछ ।

७) अब तपाईंले फेरी आफ्नो कम्प्युटरलाई नयाँ password ले protect गर्न सक्नु हुनेछ


केटीहरुलाई बचपन देखि नै मान मर्यादा र इज्जतको बारेमा धेरै कुरा सिकाइन्छ । केटीहरुलाई सँधै घरको इज्जत तेरै हातमा छ । केटी जस्तो हुनु पर्छ इत्यादी कुरा भन्ने गरिन्छ । तर जमाना बदलिएको छ । त्यसरी नै बानी ब्यवहार पनि । केटीहरु आजकल बदलिएका छन् । उनीहरु आफ्नो निर्णय आफै गर्न सक्ने भएका छन् । तर पनि अधिकाँश सम्बन्धमा धोका दिएकोरुपमा महिलालाई नै प्रस्तुत गरिन्छन् । महिलाहरुले किन दिन्छन् त धोका ?

एक जर्नलले गरेको अध्यनमा यस्तो देखियोः
१ ध्यान नदिनु
कुनै पनि सम्बन्धमा आपसी प्रेम र हेरचाह महत्वपूर्ण हुन्छ । यस्ता कुरामा ध्यान दिन छोडेपछि सम्बन्ध धरापमा पर्छ । महिलाहरु बढी भावुक हुने हुँदा यसको असर उनीहरुमा छिटो पर्छ । घरमा निरन्तर प्रेम र हेरचाहको अनुभव भएन भने महिलाले विवाहइत्तरमा सम्बन्धमा जान्छन् ।
२ बदलाको भावना
सम्बन्धमा धोका पाएको अनुभव भयो भने त्यसलाई भुल्न गाह्रो हुन्छ । खासगरी पार्टनरलाई दुःख लाग्ने गरी गरिएका यस्ता गल्तीले भावना समेत जगाउँछन् । पुरुषले आफूलाई धोका दिएको छ भन्ने लागिरहेको छ भने महिलाहरु बदला चुकाउनका लागि पनि अन्य पुरुषसँग सम्बन्ध राख्न पुग्छन् ।
३ आपसी सम्बन्ध राम्रो नहुनु
आपसी सम्बन्ध राम्रो भएन भने पनि महिलाहरुले फरक सम्बन्ध खोजी गर्छन् । महिलाले आफ्नो पुरुषले केवल यौनिक सम्बन्धमा मात्र ध्यान दिन्छ भन्ने लाग्यो भने प्रेमको पार्टनर खोज्छन् । पुरुषहरु आफू आफिसमा थाकेको वा तनावमा रहेको भन्दै यस्ता कुरामा ध्यान दिँदैनन तर महिलाहरुलाई यस्ता कुराको ठूलो महत्व हुन्छ ।
४ आकर्षक नहुनु
विवाह गरेको शुरु शुरुमा पुरुषहरुले आफ्ना र पत्निका हरेक कुरामा ध्यान दिन्छन् । तर विस्तारै यो कुरा हराउँदै जान्छ । महिलामा भने उनीहरुलाई आकर्षक हुनु पर्छ भन्ने चेत रहेको हुन्छ । उनीहरुलाई आफू सुन्दरी नभएकोमा पिर पनि हुन्छ । महिलाहरुलाई आफ्नो पार्टनरले सुन्दर भनोस् र प्रसंसा गरोस भन्ने चाहाना हुन्छ तर पुरुषहरु यस्ता कुरामा ध्यान दिँदैनन् । यसकै कारण महिलाहरु अन्य सम्बन्ध तिर मोडिन्छन् ।
५ आर्थिकरुपमा परनिर्भर
यदि कुनै पनि महिला पति वा प्रेमीसँग आर्थिकरुपमा निर्भर छिन भने उनले चाहेको कुरा गर्न सक्दिनन् । उनलाई सँधै आर्थिक जीवनको पिरले सताइरहन्छ । यसै कारणले कहिले काँहि महिलाहरु परपुरुषसँगको सम्बन्धमा पुग्छन् ।
६ असुरक्षा
भावनात्मकरुपमा वा शारीरिकरुपमा असुरक्षा महसुस गर्ने महिलाले कुनै पनि सम्बन्धलाई नाजायज मान्दैनन् । उनीहरुलाई मानसिक र शारीरिक सपोर्ट भयो भन उनीहरु सम्बन्ध राख्न चाहन्छन् चाहे त्यो परपुरुष नै किन नहोस् । असुरक्षित महसुस गरेका महिलाले सम्बन्धमा धोका पनि सहजै दिन्छन् ।
७ श्रेय नदिने
कुनै पनि पुरुषले आफ्नी स्त्रीलाई प्रशंसा पनि चाहिन्छ भन्ने सोंच्दैनन् । उनीहरु जति नै सिंगार पटार गरे वा राम्रो काम गर्दा समेत प्रशंसा दिनु पर्छ भन्ने हेक्का अधिकाँश पुरुषलाई हुँदैन । जसका कारण महिलाहरु प्रंशसा गर्ने पुरुषसँग नजिकिन्छन् । आफ्नी स्त्रीलाई प्रशंसा गर्न नभुल्नुस् ।
८ दिक्क लाग्ने सम्बन्ध
पुरुष अफिसबाट आउँछन् उनीहरुलाई चासो हुन्छ के खानेकुरा तयार छ ।अफिसमा हाकिमसँग झोंक चलेको विषयमा पनि उनीहरुलाई दिक्क लागिरहेको हुन्छ । उनीहरुले त्यही टेन्सन घरमा पनि देखाउँछन् जसका कारण महिलालाई भने विरक्त लाग्छ । अनि उनलाई पनि चाहिन्छ अलि फ्रेस गराउने साथी ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा राष्ट्रपति पुटिनका चालकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

राष्ट्रपति पुटिनको बीएमडब्ल्यू कार दुर्घटनामा परेको हो। मस्कोको व्यस्त सडकमा उनको कार विपरीत दिशाबाट आइरहेको अर्को कारसँग ठोक्किएको थियो। दुर्घटनाको समय राष्ट्रपति पुटिन उक्त कारमा नरहेको बताइएको छ।

रूसी अधिकारीहरुका अनुसार पुटिनका अनुभवी चालकले उक्त कार गुडाएका थिए। उक्त कार रूसी परिषदको माथिल्लो सदनमा पञ्जीकृत भएको बताइएको छ । पुटिनको कारसँग ठोक्किएका मर्सिडिज कारका चालक गम्भीर घाइते भएका छन्।

उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। घटनाबारे प्रहरीले छानबिन अगाडि बढाएको छ। दुर्घटनामा मृत्यु भएका चालकको परिचय खुलाइएको छैन। यद्यपी उनी चार दशकदेखि सरकारी चालकका रुपमा सेवामा रहेको जनाइएको छ। (एजेन्सी)
1संसारभरी सूर्य उदायपछि दिनको सुरुवात हुन्छ र सूर्य अस्ताएपछि रात पर्न सुरु गर्छ तर के तपाईंलाई थाहा छ, संसारमा यस्ता पनि देश छन् जहाँ सूर्य अस्ताउँदैन । थाहा पाऔं, सूर्यास्त नहुने यी पाँच देश बारेः
2नर्वेः
नर्वे पहाडले घेरिएको देश हो । यो देशमा मे महिनादेखि जुलाईसम्म लगभग ७६ दिनसम्म सूर्य अस्ताउँदैन् । यो देशलाई ‘ल्याण्ड अफ द मिड नाइट सन’ पनि भनिन्छ । यदि तपाईं लामो समयसम्म उज्यालोको मजा लिन चाहनुहुन्छ भने यो देशमा घुम्न जान सक्नुहुन्छ ।
3स्विडेनः
स्विडेन एउटा यस्तो देश हो जहाँ तपाईं आधा रातमा पनि सूर्य देख्न सक्नुहुन्छ । यहाँ मे महिनाको सुरु देखि अगस्ट महिनाको आधासम्म राती सूर्य अस्ताउँदैन ।
4आइसल्याण्डः
आइसल्याण्डमा पनि तपाईं आधा रातसम्म सूर्यको उज्यालोको मजा लिन सक्नुहुन्छ । यहाँका झरना, ज्वालामुखी, हिमनदीले र प्रकृतिको आकर्षक दृश्यले तपाईंको मन जित्नेछ । यहाँ १० मेदेखि जुलाईको अन्त्यसम्म सूर्य अस्ताउँदैन ।
5क्यानडाः
क्यानडामा गर्मी मौसममा ५० दिनसम्म सूर्य अस्ताउँदैन । यहाँ पनि अँध्यारो हुनुपर्ने रात उज्यालो नै हुन्छ ।
6फिनल्याण्डः
फिनल्याण्ड पनि एउटा यस्तो देश हो जहाँ गर्मी मौसममा ७३–७४ दिनसम्म सूर्य डुब्दैन । यो देशमा तपाईं स्किंग, साइक्लिङ, हाइकिङजस्ता गतिविधिसहित आनन्द लिन सक्नुहुन्छ ।
 
९ भदौ, काठमाडौं । ‘वारि जमुना पारि जमुना.. ‘आलुतामाले’ लगायत चर्चित गीतका गायक चर्चित गायक खेमराज गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ । गुरूङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ ५ः५० बजेतिर उनको निधन भएको अस्पतालले जनाएको छ ।
जण्डिस देखिएपछि उनलाई १० दिनअघि अस्पताल लगिएको थियो । तर, स्वास्थ्य बिग्रिँदै गएपछि सघन उपचार कक्ष (आईसीयूमा) राखिएका उनको अवस्था थप नाजुक भएपछि विहान ८ बजेतिर भेन्टिलेटरमा राखिएको थियो । चिकित्सकहरुका अनुसार उनको कलेजो कामै नलाग्ने अवस्थामा पुगेको र मिर्गौलामा पनि समस्या देखिएको थियो । थप उपचारका उनलाई बिहीबार एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल लैजाने तयारी गरिए पनि नाजुक अवस्थामा लैजान उपयुक्त नभएको चिकित्सकको सुझावपछि अन्तिम समयमा रद्द गरिएको थियो । गायक गुरुङका जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे र घुमफिर एल्बम निस्किएका छन् ।

९ भदौ, एजेन्सी ।
उत्तर कोरियाली तानशाह किम जोङ उनले रियो ओलम्पिकमा पदक नजित्ने आफ्ना देशका खेलाडीलाई सजाय दिने घोषणा गरेका छन् ।
विना पदक देश फर्किएका खेलाडीहरुलाई कोइला खानीमा काम गराउने घोषणा किम जोङ उनले गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
त्यति मात्र होइन विना पदक फर्किएका खेलाडीहरुलाई घर खाली गराउने र रासन कार्ड पनि खोसिने घोषणा समेत तानशाहले गरेका छन् । उत्तर कोरियामा विना रासन कार्ड पसलमा गएर सामान किन्न समेत पाइँदैन । यस्तो भएमा खेलाडीहरु खान नपाएर मर्न सक्ने अवस्था समेत आउन सक्ने बताइएको छ ।
किमले ओलम्पिकमा हारेका खेलाडीका परिवारलाई पनि कोइला खानीमा काम गराउनेछन् । खेलाडीहरुलाई ५ स्वर्ण पदक जित्नै पर्ने टार्गेट सहित ओल्मपिक खेल्न रियो पठाएका किमले २ मात्र स्वर्ण पदक प्राप्त गरेपछि खेलाडीहरुलाई सजाय दिने घोषणा गरेका हुन् ।
यस अघि पनि जोङले सन् २०१० मा विश्व कप फुटवलमा पराजित भएर फर्किएको फुटवल टिमका खेलाडीहरुलाई कोइला खानीमा श्रम गर्न र चिसोमा बस्न बाध्य पारेका थिए ।
किम जोङ उनले दुश्मन देश दक्षिण कोरियाले उत्तर कोरियाले भन्दा बढी ९ स्वर्ण पदक जितेपछि आफ्ना खेलाडीहरुलाई सजायको घोषणा गरेका हुन् ।


आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

mesh
आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना पनि छ । इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । गरेका काममा सोचेजति सफलता प्राप्त हुने सम्भावना छैन । व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धनप्रदाय कुबेराय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

brish
आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

mithun
खर्चमा नियन्त्रण गर्नुपर्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घरमा परपाहुनाको चाप बढ्नसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

karkat
आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट प्रतिष्ठा प्राप्त हुनेछ । प्रेममा उच्च सफलता प्राप्त हुने योग छ ।  आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

singha
मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । अचल सम्पत्तिको कारोबार गर्दा सामान्य रूपमा फाइदा लिन सकिने छ । बन्दव्यापारका क्षेत्रमा झिनामसिना समस्या देखिन सक्छन् । घरायसी समस्यामा समय व्यतीत हुनसक्छ । कडा मिहिनेत र परिश्रमका कारण गुमेको प्रतिष्ठा प्राप्ति हुने सम्भावना छ । मनोरञ्जन वा खेलवाडबाट टाढा रहनु पर्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

tula
आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ । सुरुमा चिन्ता र छटपटी देखिए पनि दिन छिप्पिंदै जाँदा शरीरमा स्फूर्ति र उमङ्गको सिर्जना हुनेछ । धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ । गर्नु नपर्ने काम भए पनि त्यसको उपलब्धी राम्रै हुने सम्भावना छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

brishik
दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

dhanu
तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । सहयोगी हातहरू पछि हट्न सक्छन् । अनावश्यक र दिक्कलाग्दो यात्रा हुनसक्छ । भोगविलासमा मन जानेछ । बन्दव्यापारमा समेत सोचेजस्तो लाभ हुँदैन । ऋणसापटी लिनदिन आजको दिन अनुकूल हुँदैन । पारिवारिक जीवन निराशापूर्ण रहने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

makar
व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । आजको चिन्तन र विचारले काम गर्नसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

kumbha
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन् । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ ।साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ । हाँकेको÷ताकेको काममा आफन्तहरूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

mean
नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

लोकमानले गर्लान् त गच्छदार र अर्जुन कार्कीमाथि छानविन ?

८ भदौ, काठमाडौं । पटक-पटक मन्त्री बन्दै आएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको रोजाइको मन्त्रालय हो भौतिक योजना तथा पूर्वाधार । प्रचण्ड नेतृत्वको सरकारमा पनि गच्छदारले यो मन्त्रालयका लागि लविङ गरेका थिए, तर सफल भएनन् । आखिर गच्छदार किन भौतिक योजना मन्त्रालय नै ताक्छन् ? यसका पछाडिको एउटा रहस्य अनलाइनखबरले फेला पारेको छ ।Gachchhadar n karki
गच्छदार भौतिक योजना मन्त्री भएका बेला विभिन्न ६ वटा सडक आयोजनामा ठेक्का लगाउँदा नीतिगत गडबडी गरेको पाइएको छ । यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगिसकेको छ । यद्यपि अख्तियार प्रमुख लोकमानसिंह कार्कीले पूर्वमन्त्री गच्छदारलाई के गर्छन्, त्यो भने हेर्न बाँकी छ ।
हेटौडा-धरान-चतरा सडक निर्माण आयोजना र गल्छी-स्याफ्रुबेशी सडक आयोजनामा ठेक्का लगाउँदा मन्त्रालय र सडक विभागका पदाधिकारीको मिलेमतोमा गडबडी भएको आशंका सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको छ ।
यो प्रकरणमा भौतिक योजना निर्माण तथा यातायात पूर्वमन्त्री विजयकुमार गच्छदार, सचिव अर्जुनकुमार कार्की र सडक विभागका महानिर्देशक माधवकुमार कार्कीको मिलेमतोमा अवैधानिक तरिकाले ठेक्का मापदण्ड सच्याइएको पाइएको छ ।
दुईवटा सडक निर्माण आयोजनालाई ६ वटा प्याकेज बनाएर ठेक्का आहृवान गर्दा सडक विभागले ६ वटा निर्माण व्यवसायीले मात्र प्रतिस्पर्धा गर्न सक्ने गरी मापदण्ड बनाएको देखिएको छ ।
सच्याइएको मापदण्ड अनुसार यसअघि त्यस्तै प्रकृतिको कुनै ठेक्का लागेको छैन भने उक्त मापदण्डले आगामी दिनमा अर्को त्यस्तो आयोजनाका लागि समेत बोलपत्र आहृवान गर्न सकिँदैन ।
यस्तै ठेक्कामा विदेशी कम्पनीले एक्लै प्रतिस्पर्धा गर्न नसक्ने बनाइएको छ र छानिएका ६ वटै निर्माण व्यवसायीलाई ठेक्का दिलाइएको छ ।
ठेक्काका लागि मापदण्ड निर्माण समितिमा रहेका एक पदाधिकारीका अनुसार मन्त्री सचिव र महानिर्देशकले एकमुष्ट १ अर्ब ८१ करोड अर्थात कुल ठेक्का रकमको ७.५ प्रतिशत कमिशन पाउने सर्तमा ठेक्का मापदण्ड परिवर्तन गरिएको हो ।
कुन- कुन आयोजनामा भयो चलखेल ?
विभिन्न ६ वटा आयोजनामध्ये एउटा धरान-चतरा सडक खण्ड अन्तरगत १४० किलोमिटरको सिन्धुली हेटौडा सडक खण्ड रहेको छ । कुल ६ अर्ब ५० करोड ठेक्का मूल्य रहेको यो आयोजना विदेशी कम्पनीसँग कालिका स्वच्छन्द जेभीलाई ठेक्का पारिएको छ ।
त्यसैगरी धरान-सिन्धुली सडक खण्डअन्तरगतकै अर्को १३० किमीको आयोजनाको ठेक्का मूल्य ६ अर्ब ५० करोड रहेको छ । यो आयोजनामा विदेशी कम्पनीसँग शर्मा-लामा जेभीलाई ठेक्का दिइएको छ ।
यस्तै धरान-सिन्धुली-चतरा सडक आयोजना अन्र्तगत पर्ने ४३ वटा पुलका लागि ४ अर्बको ठेक्का दिइएको छ । यो पुलका लागि विदेशीसँग रसुवा जेभीले ठेक्का पाएको छ । त्यहाँ निर्माण गर्नुपर्ने ४३ वटा पुलको लम्बाइ २७०० मिटर छ ।
यस्तै गल्छी-त्रिशुली-स्याफ्रुबेंशी-रसुवागढीको ८२ किलोमिटर लामो सडक आयोजनामध्ये ३६ किमीको ठेक्का विदेशी कम्पनीसँग तुण्डी जेभीले पाएको छ । त्यसअन्र्तगत पर्ने ३३ पुलका लागि विदेशीसँग अनक जेभीले ठेक्का पाएको छ ।
यो आयोजनाको ८२ किमीमध्ये बेत्रावती-मैलुङ-स्याफ्रुबेंसी खण्डको २८ किलोमिटर बाटो नेपाली सेनालाई दिइएको छ भने बाँकी १८ किमी सडक विभागले नै बनाउने गरी छुट्टै आयोजना अन्तरगत राखिएको छ ।
आशंका गर्नुपर्ने ८ आधार
गच्छदारको कार्यकालमा यी आयोजनाहरुमा नीतिगत हेरफेर गरेर आफूले इच्छाएका ६ वटा ठेकेदार कम्पनीलाई ठेक्का पारिनुले केही आशंका जन्माएको छ ।
आशंका नं १
टेण्डर आहृवान गर्दा खरिद ऐन ०६३ मा कुनै अप्ठेरो परे ठेक्का आहृवानसम्वन्धी मापदण्ड प्रधानमन्त्री कार्यालय मातहतमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले बनाउन सक्ने व्यवस्था छ । तर, यी ठेक्काहरु लगाउँदा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई थाहै नदिई मापदण्ड परिवर्तन गरिएको पाइएको छ ।
खरिद अनुगमन कार्यालयले ०७१ सालमा खरिद ऐन २०६३ का आधारमा मापदण्ड बनाएको थियो । त्यसयता सोही मापदण्ड अनुसार नै टेण्डर लगाइँदै आएको छ । तर, यी आयोजनाहरुमा सडक विभागले सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आहृवान नगरेर छुट्टै मापदण्ड बनाएको देखिन्छ । त्यो पनि एउटा छुट्टै योजनाका लागि मात्रै लागु हुने गरी मापदण्ड बनाइएको छ ।
अन्य आयोजनामा भने विभागले पनि खरिद ऐन ०६३ ले व्यवस्था गरेअनुसारको मापदण्डबाटै बोलपत्र आहृवान गर्ने गरेको थियो । आगामी ठेक्कामा पनि त्यही नियम आकर्षित हुँदै आएको छ । तर, उल्लेखित ६ वटा ठेक्काका लागिमात्रै कानुन विपरीत किन मापदण्ड परिवर्तन गरियो ? यसको प्रश्न विभागले दिन नसक्दा आशंका जन्मिएको छ ।
आशंका नं २
खरिद अनुगमन ऐनअन्तरगतको नेशनल बिडिङ कम्पिटिसनको मापदण्डले ६ करोडभन्दा बढी मूल्यको ठेक्कामा विदेशी कम्पनीले एक्लै प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गरेको छ । तर, यी आयोजनाहरुमा नेपालका ६ वटा ठेकेदार कम्पनीलाई जबरजस्ती घुसाइएको छ ।
विदेशी कम्पनीले एक्लै बिडिङ गर्न पाउने पुरानो प्रावधानलाई रोक्न सडक विभागले मन्त्रिपरिषदमा प्रस्ताव लगेर उक्त सडक आयोजनामा विदेशी कम्पनीले एक्लै भाग लिन नपाउने निर्णय गरेको देखिन्छ ।
मन्त्रिपरिषदको गत जेठ ७ गतेको बैठकको निर्णयले गल्छी स्याफ्रुबेंसी र हेटौँडा-धरान-चतरा सडक आयोजनाका लागि विदेशी एक्लैले प्रतिस्पर्धा गर्न नपाउने र उसले नेपाली कम्पनीसँग अनिवार्य जेभी गर्नुपर्ने निर्णय गरेको देखिन्छ ।
भइरहेको नियमभन्दा विपरीत मन्त्रिपरिषदबाट निर्णय गराएर नेपाली कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गर्नु र विदेशी कम्पनीले अनिवार्य रुपमा नेपाली कम्पनीहरुसँग जेभी गर्नुपर्ने व्यवस्था गर्नुले अनियमितताको आशंका जन्माएको स्रोतको दाबी छ ।
आशंका नं ३
कानुनतः खरिद अनुगमन ऐनसँग बाझिने गरी ठेक्का आहृवानका लागि कुनै पनि मापदण्ड बनाउन मिल्दैन । तर, सडक विभागले पहिले मन्त्रिपरिषदमा लगेर सार्वजनिक खरिद ऐन विपरीत विदेशी कम्पनी एक्लैले ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने र नेपाली निर्माण व्यवसायीसँग जेभी गर्नुपर्ने निर्णय गराएको छ ।
र, उक्त निर्णयको अपव्याख्या गर्दै विभागले ठेक्कामा प्रतिस्पर्धा गर्ने व्यवसायी र्फमले विदेशीसँग जेभी गर्दा कम्तिमा २५ प्रतिशत शेयर लगानी गर्नुपर्ने र सातदेखि १० वर्षको अनुभव भएको प्रमाण पेश गर्नुपर्ने नयाँ शर्तसमेत तोकेको छ ।
विभागले आफुले चाहेका ६ वटा निर्माण व्यवसायी फार्मसँग मात्र मेलखाने गरी मापदण्ड बनाएर बोलपत्र आहृवानका लागि सूचना प्रकाशित गरेको छ ।
मन्त्रिपरिषदले विदेशी कम्पनीलाई सिधै प्रतिस्पर्धा गर्न रोके पनि नेपाली व्यवसायीलाई समान रुपमा प्रतिस्पर्धा गर्न दिनुपर्ने आशय व्यक्त गरेको छ । तर, आयोजनामा ६ वटाभन्दा बढी कम्पनीले भाग नै लिन नसक्ने गरी मापदण्ड बनाएर इच्छाएको कम्पनीलाई ठेक्का पारिएको देखिन्छ ।
आशंका नम्बर ४
निर्माण व्यवसायी ऐनले नेपाली निर्माण व्यवसायीले विदेशी कम्पनीभन्दा साढे ७ प्रतिशत बढी दर दिँदासम्म उक्त ठेक्का नेपालीले व्यवसायीलाई दिनुपर्ने व्यवस्था गरिदिएको छ । तर विभागले मापदण्डमा जम्मा खर्चको २५ प्रतिशत शेयर नेपाली पाटर्नरले हाल्नुपर्ने व्यवस्था गरिदिएको छ ।
एउटा नेपाली ठेकेदारले कुल १५ अर्बका लागि ३ अर्व ७५ करोड शेयर हालेर काम गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको पाइएको छ । यस्तो मापदण्ड अनुसार ६ वटा नेपाली निर्माण व्यवसायी र्फमले मात्रै प्रतिस्पर्धा गर्न सक्ने स्थिति बनाइएको छ ।
विदेशीलाई सिधै प्रतिस्पर्धा गर्न नदिने, जेभी गर्नुपर्ने र नेपालीसँग जेभी गर्दा केही सीमितसँगमात्रै जेभी गर्नुपर्ने बाध्यता खडा गरिनु आफैंमा शंका गर्नुपर्ने विषय हो । त्यसमा ६ वटा व्यवसायी फार्मले ६ वटा आयोजनामा जति ठेक्का हाल्यो, त्यतिमै स्वीकृत हुने स्थिति आउनु आफैंमा अनुसन्धानको विषय हो ।
प्रतिस्पर्धा गराएको भए धेरै फार्महरुमध्येबाट छनोट गर्न सकिन्थ्यो र ठेक्का घटी घटाउमा जान्थ्यो ।
आशंका नं ५
सडक विभागले नयाँ मापदण्ड बनाएर नेपाल निर्माण व्यवसायी संघ अनामनगरलाई पत्र पठायो, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई जानकारी दियो, भौतिक मन्त्रालयलाई जानकारी दियो, प्रधानमन्त्री कार्यालयको स्वकीय सचिवलाई दियो । प्रधानमन्त्रीको निजी सचिवालयलाई पनि जानकारी दियो । तर, यो मापदण्ड बनाउनुपर्ने सार्वजनिक खरिद अनुगमन कार्यालयलाईं भने नयाँ मापदण्ड बनाएकोबारे कुनै पत्तो दिएन ।
जुन निकायसँग सम्बन्धित ऐन र मापदण्ड थियो, उक्त कार्यालयसँग परामर्श नै नगरी र उसलाई जानकारी नै नदिई नयाँ मापदण्ड बन्नुका पछाडि शंका बढेको छ ।
आशंका नं ६
खरिद अनुगमन कार्यालयले विभागमा पत्र पठाएर ०७२ को पत्र दर्ता गर्न पटक-पटक सडक विभागमा अनुरोध गर्दा पनि सडक विभागका महानिर्देशकले च्यातेर फ्याँकेको बताइन्छ ।
खरिद अनुगमन कार्यालयले पास गरेको स्ट्याण्डर्स बिडिङ्ग डकुमेण्टमा खरिद अनुगमन कार्यालयले पास गरेर राखेको डकुमेन्टमा दफा २.४.२ कन्ट्रयाक अफ सिमिलर साइज एण्ड नेचरमा जेभी पार्टनरको हकमा नट एप्लिकेवल भनेकोमा २५ प्रतिशत राख्नुपर्ने कारण के र त्यो अधिकार विभागले कसरी पायो ? विभागले त्यसको जवाफ दिएको छैन ।
आशंका नं ७
विभागले चलन चल्तीमा रहेको मापदण्डलाई मारिमार्जन गरी एउटा ठेक्काका लागिमात्र आफू अनुकुलको मापदण्ड बनाएको छ । तर, अन्य विभागहरु सिंचाइँ विभाग, सहरी विकास विभाग, दुरसञ्चार संस्थान लगायत अरु कुनै पनि निकायले खरिद अनुगमन कार्यालयको नियम पालना गरी बोलपत्र माग्ने गरेको छ । तर, मापदण्ड तयार गर्दा ६ वटा ठेक्कामा ६ वटा नेपाली निर्माण व्यवसायीले मात्र प्रतिस्पर्धा गर्न सक्ने र विदेशी कम्पनीले ६ नेपाली कम्पनीसँग मात्र जेभी गर्न सक्ने गरी मापदण्ड बनाएको छ ।
कुनै पनि ठेक्कामा प्रतिस्पर्धा नहुनु र जति ठेक्का संख्या छ, त्यति संख्याका निर्माण व्यवसायी फार्मले मात्रै एक्लाएक्लै दरभाउ प्रस्ताव गर्नुले आर्थिक अनियमिताको आशंका बढाउँछ ।
आशंका नं ८
खरिद अनुगमन कार्यालयले ०७२ भदौ १७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेर विभागले ठेक्का लगाउँदा कानुन उल्लंघन गरेको ब्यहोरा जानकारी गराएको छ ।
विभागले आफ्नै मापदण्ड बनाएको सन्दर्भमा आयोगले खरिद अनुगमन कार्यालयसँग राय मागेको थियो ।
खरिद अनुगमन कार्यालयले अख्तियारलाई पत्रमा लेखेको छ, ‘सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको निर्माण खरिद सम्वन्धी नेशनल कम्पिटिशन बिडिङ-एनसीबीको सेक्सन ३ अन्तरगत जोइन्ट भेन्चरको हकमा बोलपत्रदाता सहभागी भएको छ ।’
अख्तियारलाई देखाइएको पत्रमा अगाडि भनिएको छ- ‘कुनै एकको अनुभव भए पुग्ने प्रष्ट व्यवस्था भएकाले यस सम्वन्धमा सार्वजनिक निकायले बोलपत्र काजजात तयार गर्दा उक्त प्रावधान विपरीत हुने गरी सबैको अनुभव चाहिने भनी प्रावधान राख्न सकिने र यसरी गरिएको परिवर्तन सारभूतरुपमा फरक भएको समेत मानिनेछ ।’
भाद्र ८, २०७३- सदरमुकाम कलैयादेखि २० किमी उत्तरपूर्व बछनपुर्वामा तीन बर्षदेखि बस्दै आएकी एक कम्बोडिएन महिलालाई बस्न सकस भएको छ । कम्बोडिया फर्किन उनीसित भिसा नभएकाले उनलाई झन् समस्या थपिएको हो ।

यसबाहेक भाषा समस्या, खानपान, पारिवारिक वातावरण नमिल्नु र आमाबाबुको सम्झनाले उनलाई पिरोलेको हो । भिसा नभएर फर्किन नसकेकी उनी दिनभर खेतीपाती र सुँगुर पालनमा व्यस्त रहन्छिन् ।

वैदेशिक रोजगारीको सिलसिलामा तीन बर्ष अघि मलेसियामा रहेका बछनपुर्वा ६ का रविन्द्र चौधरीसित प्रेम सम्बन्ध भएपछि कम्बोडियन छेतछुत नेपाल आएकी थिइन् । उनीसित साढे दुई बर्षका एक छोरा छन् ।
छेतछुत भन्छिन् ‘अब कुनै हालतमा बस्न सक्दिनँ, छोरा लिएर कम्बोडिया जान चाहन्छु । जानलाई कसैले सहयोग गरिदिए खुसी हुन्थे । घरमा आमा र बाबुले बोलाउनु भएको छ । मलाई यहाँ थुप्रै समस्या भएकाले बस्न मन लागेको छैन् ।’ पति झैं स्वीकारिसकेको रविन्द्र र उनका उनका जेठी पत्नीको व्यवहारले आफुलाई दुखि:त बनाएको उनले बताइन् ।

इच्छाएको खाने कुरा खान नपाएकोले बाबुसित कम्बोडियाबाट पैसा मगाएको उनले बताइन् । उता रविन्द्र भन्छन्, ‘एक ठाउँमा बस्दा जसको घरमासमेत समान्य खटपट हुने झैं आफ्नो घरमा पनि समान्य खटपट भएको छ । तर त्यो ठूलो समस्या छैन् । आमाबाबुको सम्झनाले आतिएकी छिन् ।’ पत्नी बनाएको छेतछुतलाई मायापूर्वक राख्न आफ्नो परिवार आफू तयार रहेको उनले बताए । रविन्द्रसित जेठी पत्नीसहित तीन छोराछोरीसमेत छ । रविन्द्रका बाबु दिनानाथ चौधरी भन्छन् ‘दुबैबीच ‘कोर्ट म्यारेज’ गराइदिन र नागरिकता बनाइ दिन सरकारी निकायमा धेरै प्रयास गरें । तर प्रमाणको अभावमा नत नागरिकता बनेको छ, नत ‘कोर्ट म्यारेज हुन सकेको छ । कम्बोडियनलाई आफ्नो घरमा परिवारको सदस्य स्वीकारि सकेका छौं ।’

 उनी खुसीले कम्बोडिया फर्के पनि आफुहरु खुसी रहने उनले बताए । भन्छन् ‘तीन महिना अघि घरमा समान्य खटपट पर्दा गाउँलेको उक्साहटमा परेकी छेतछुत एक पटक प्रहरी चौकी पुग्दा सम्झाइ बुझाई मिलापत्र गरी ल्याएँ ।’ समान्य लेखपढ गर्नसक्ने कम्बोडियन छेतछुत अंग्रेजी बोल्न जान्दिनन् । कम्बोडियाको मातृ भाषा बिर्सिएकी छिन् ।

तर मलेसियन र थारु भाषा भने कामचलाउ बोल्छिन् । कम्बोडियाको कम्पोङचाम, तबोखखमोम र डब्बईमासमेत दाजुभाइहरुको घर भएको बताउने उक्त महिलाले आफुसित आमाबाबुसहित पाँच दाजुभाइ र तीन दिदी बहिनी भएको बताउँछिन् । भएकी ती महिलालाई अहिले नेपाल बस्न सकस छ । खेतीपाती र घरायसी काम गर्न साह्रै मिहनेती छेतछुत सातादेखि ज्वरोले थलिएकी छिन् । खेतीसँगै सुगुर र कुखुरा पालनमा व्यस्त रहन्छिन् । उनीसित नागरिकता छैन् । घर फर्किन न त भिसा नै छ । रविन्द्र र उनका परिवारले सल्लाह गरेर विवाह दर्ता बनाइदिएका छन् ।

तर उक्त जन्म दर्ताको कागज हराएको उनीहरु बताउँछन् । ‘कम्बोडियन साह्रै मिहनेती र मिलनसार व्यवहारकी छिन् । तर घरको आमाबाबु र दाजुभाईको चिन्ता सताएकोले केही समयदेखि दिनभर ब्याकुल रहन्छिन्,’ बछनपुर्वाकी एक महिलाले भनिन्, ‘बस्नलाई उनलाई सकस भएको छ ।’ यसरी आइन् नेपाल कम्बोडियाकी ३५ बर्षीया छेतछुत र बछनपुर्वा ६ का ३० बर्षीय रविन्द्र चौधरी मलेसियाको सेलेङगरस्थित फर्मोसा भन्ने परसोनी नामक रसायन तथा स्पीकर बनाउने उद्योगमा तीन बर्ष अघि सँगै काम गर्थे ।

 उनीहरुको तीन बर्षे बसाईंको क्रममा प्रेम भयो । र नेपाल फर्किने सल्लाह गरे । सल्लाह अनुसार कम्बोडियाको डब्बइ गाउँकी पिता जोटछत र माता चोनइमकी छोरी छेतछुत मलेसियाबाट कम्बोडिया फर्किइन् । त्यहाँबाट भारतको लागि पर्यटकीय प्रवेशाज्ञा (टुरिष्ट भिसा) बनाइन् । र केही दिनपछि दिल्ली आइपुगिन् । दिल्ली आइपुगेकी छेतछुतलाई रविन्द्रले नेपाल ल्याउन चाँजोपाँजो मिलाएका रहेछन् ।

 मलेसियाबाट फोन गरी रविन्द्रले आफन्तलाई दिल्ली पठाए । आफन्तले ती महिलालाई दिल्लीबाट सोझै रक्सौल हुँदै बछनपुर्वा ल्याए । छेतछुत बछनपुर्वा पुगेको १५ दिन पछि रविन्द्र पनि मलेसियाबाट घर फर्के । तीन बषैदेखि दुबै पति–पत्नी झैं बसिरहेका छन् । अहिले उनीहरुसित साढे दुई बर्षको एक छोरा छन् ।

हामी प्राय आफ्नो घरको भित्तामा माउसुली देख्‍ने वित्तिक्कै भगाउनेतिर सोच्छौ। तर हामीलाई थाहा छ की हामरो घरमा पाइने माउसुली कत्ति महंगो छ भनेर ? यसको मूल्य बिएमड्ब्लू कारभन्दा महंगो छ।

 विश्व बजारमा यसको मूल्य करीब ६३ लाख ९७ हजार ६ सय २० रुपैँयाँ बढी रहेको छ। यो माउसुली विशेषगरी नेपाल र भारतको जंगलमा पाइने गर्दछन्। यस्तै नेपाल-भारत सीमामा यसको अवैध तस्करी हुने गरेको छ। तस्करीका क्रममा धेरै तस्करीहरु समातिएका पनि छन्।

तर तपाई सोच्दैहुनुहुन्छ होला यसको फाइदा के हुन्छ। यसलाई किन यति धेरै मूल्यमा तस्करहरुले बिक्री गर्छन? किनकी माउसुलीलाई बिरामीको परम्परागत उपचारको औषधि बनाउन प्रयोग गर्ने गरिन्छ। खासगरी डायबेटीज, एड्स, क्यान्सरलगायतका रोगमा माउसुलीले अचुक रुपमा औषधिको काम गर्दछ। यही कारण यसको माग विश्वभर रहँदै आएको छ।

विशेष गरी चीनमा एक परम्परागत बजारमा यसको माग निक्कै धेरै छ। यही कारण यसलाई विदेश पठाउन तस्करहरु सक्रिय रहेका हुन्छन्। यसका साथै नेपालर भारतबाहेक माउसुली इन्डोनेसिया, बंगलादेश तथा फिलिपिन्समा पाइने गरिन्छ।

तर यसको मात्रा अब नेपाल -भारतको तुलनामा अन्य देशमा घट्दै गइरहेको छ। जंगलको तीव्र फडानी र जनसंख्या वृद्धिका कारण यसको लोप र तस्करी पनि दिनानुदिन बढ्दै गएको छ। यसको तस्करी हुनबाट बचाउन अहिलेसम्म कुनै पनि देशमा सतर्कता अपनाइएको पाइँदैन।
म्यानमारमा शक्तिशाली भूकम्प, नेपाल पनि हल्लायो
 भदौ ८, २०७३

काठमाडौँः बुधबार दिउँसो म्यानमारमा शक्तिशाली भूकम्प गएको छ । म्यान्मारको मध्य क्षेत्रमा केन्द्रबिन्दू भएर ६ दशमलव ८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् । म्यानमारको भूकम्पको धक्का नेपालको राजधानीसँगै पूर्व भागमा महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले म्यानमारमा ७ म्याग्निच्यूडको भूकम्प गएको मापन गरेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।

बुधबार बिहान इटलीमा गएको ६ दशमलव २ म्याग्निच्यूडको शक्तिशाली भूकम्पले ३७ जनाको ज्यान गएको छ । भूकम्पले राजधानी रोम नजिकैको सहर ध्वस्त भएको छ ।

काठमाडौ ५, भदौ । पुरानो शहर काठमाडौ र अहिलेको काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ कि जुन सजिलै विश्वास गर्न पनि गाह्रो लाग्छ ।
उहिलेको काठमाडौ शान्त , खुला थियो तर अहिलेको काठमाडौमा सवारी र मान्छेको चाप उत्तिकै बढ्दै गएको छ ।
swaymbhu stupa
मन्दिरै मन्दिरको शहर, फोहोरै फोहोरको शहरमा परिणत भएको छ । पुरानो शहर काठमाडौले आफ्नो मौलीकता गुमाएर आधुनिक शैलीमा परिणत भएको छ ।
काठमाडौको भौतिक, राजनीतिक र सामाजिक परिवर्तनसंगै विभिन्न परिवर्तन आएको पाईन्छ । र यो परिवर्तनलाई शव्दबाट भन्दा पनि बढि तस्विरबाट नियाल्न सकिन्छ ।
तस्विरमा हेरौ ५० वर्ष भन्दा अघिका पुराना दृश्य
parade
१. १३२ वर्षअघिको टुडिखेल ।
newroad gate
२. न्युरोड गेट  : विस १९६७ सालतिर काठमाडौको न्युरोड छिर्ने मुख्य गेट ।
50 years ago old buspark ktm
.५० वर्ष पहिलेको काठमाडौको पुरानो बसपार्क ।
tiger stripes

३. उहिलेको ट्याक्सी 
ghantaghar-and-ranipokhari
. ९५ वर्षअघिको घण्टाघर र रानीपोखरी
king birendra
५. सन् १९७५ मा असनस्थित राजा विरेन्द्रको राज्याभिषेक गर्ने क्रममा 
kirtipur
६. र्कीतीपुर र त्यहाबाट देखिएको लाङटाङ हिमालको दृश्य ।
asn chock
७. असन चोक स्थित अन्नपुर्ण मन्दिर
sukra-path८. ७३ वर्षअघिको न्युरोड र इन्द्रचोक
kathmandu-airport
९. ५५ वर्षअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल ।
new-road
१०. ५५ वर्षअघि न्युरोड शहरको दृश्य ।
movie-theate
११. काठमाडौको पहिलो फिल्म हल ६८ वर्षअघि ।
boudhha
१२.  विस १९६७ तिरको बौद्धस्तुपा र वरपरको दृश्य ।
329680_2701943239111_1762513854_o
१३.ठेकी बेच्न हिडेका काठमाडौका व्यापारी
kings way
१४. दरवारमार्ग ।
ad 1994 during sivaratri
१५. शिवरात्रीका बेला पशुपती मन्दिरमा साधुहरु