Hindi Films

डाक्टरको लापरवाहीले फेरी अर्को सुत्केरीको महिलाको ज्यान गएपछि !

Unknown | 12:39 | 0 comments

उपचारका क्रममा सुत्केरीको मृत्यु भएको विषयलाई लिएर स्थानीयवासी र पीडितपक्ष तोडफोडमा उत्रिएपछि भरतपुरस्थित चितवन मेडिकल कलेजले आकस्मिक बाहेकका सबै सेवा बन्द भएको थीयो । आकस्मिक बाहेकका अन्य सेवाहरु बन्द गरिएपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरु मर्कामा परेका छन् भने कतिपय बिरामीहरु अर्को अस्पताल जान बाध्य भएका छन् । भरतपुर नगरपालिका–१२ बसन्तचोक निवासी २२ वर्षीया भवानी खतिवडा घिमिरेको उपचारका क्रममा मृत्यु भएपछि चिकित्सकको लापरबाही कारण उनको ज्यान गएको भन्दै पीडित पक्ष तोडफोडमा उत्रिएकाले हिजो दिनभर अस्पताल तनावग्रस्त बनेको थियो ।

Category:

0 comments