Home �
News
� दोलखामा खोटोबाट ३० लाख आम्दानी !
Unknown |
09:20 |
0
comments
दोलखा, असार ९ । सौन्दर्य प्रशोधन तथा रंगहरुमा मिसाउनका लागि प्रयोग हुने तारपीन तेल र रोजिनको कच्चा पदार्थ खोटो निर्यातबाट यस बर्ष दोलखा जिल्लाले तीस लाख आम्दानी गरेको छ । दोलखाको विभिन्न नौ वटा सामुदायिक वनको सल्लाको रुखबाट संकलित ८५ हजार ७ सय किलोग्राम खोटो निर्यातबाट जिल्लाका किसानले ३० लाखभन्दा बढीको आम्दानी गरेका हुन् ।
सुनखानी गाविसको श्रीमाला, ज्योतिखहरे, आइतवारे सहित तीन वटा, भीमेश्वर नगरपालिकाको सीताकुण्ड र बुढा भीमसेन गरी दुई वटा, काटाकुटी गाविसको गोल्मेश्वर, पवटी गाविसको वालुवाभुमेस्थान, शहरेको गणेशथान भोटेछाप र गैरीमुदीको थुम्कीसल्लेरी गरी नौं वटा सामुदायिक वनबाट खोटो संकलन हुँदै आएको छ ।
हाल खोटो प्रतिकेजी ३५ रुपैयाँमा विक्री भइरहेको छ । खोटो संकलन वापत सम्वन्धित सामुदायिक वनले प्रतिकेजी आठ रुपैयाँ र जिल्ला विकास समितिले १ रुपैयाँका दरले रोयल्टी र राजश्व प्राप्त गर्छन् । जिल्ला विकास समिति ८५ हजार ७ सय राजश्व संकलन गरेको छ ।
Category:
News
0 comments