Hindi Films

पूर्वराजा ज्ञानेन्द्र महोत्तरीमा पूजा अर्चनामा व्यस्त

Unknown | 10:58 | 0 comments

महोत्तरी, ६ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार महोत्तरी जिल्लाको पौराणिक नगरी मटिहानीस्थित प्रसिद्ध लक्ष्मीनारायण मठ र सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वर नाथ महादेवको पूजा अर्चना गर्नुभयो ।
तीर्थाटनका लागि तराईका जिल्ला घुम्ने क्रममा आज पूर्व राजा शाह बिहान साढे ११ बजेतिर मटिहानीका लक्ष्मीनारायण र १२ बजेतिर जलेश्वरनाथ महादेव पुग्नुभएको थियो । विशुद्ध धार्मिक यात्रामा आएका पूर्वराजाले दुबै ठाउँमा पण्डित लगाई विधिपूर्वक पूजा अर्चना गर्नुभएको थियो । बाबा जलेश्वर नाथको पूजा सकिएपछि पूर्वराजा जलेश्वर–बर्दिवास सडकखण्ड हुँदै काठमाडौँ प्रस्थान गर्नुभयो । उहाँको सुरक्षाका लागि आज जिल्लाभर सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

Category:

0 comments