Hindi Films

हुम्लामा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना, ६ घाइते

Unknown | 09:27 | 0 comments

पहिरोमा परेकाको उद्दारका लागि टोली पुर्याएर फर्केको फिस्टेल एअरको हेलिकप्टर हुम्लाको मुचु गाविस ३ मा दुर्घटनाग्रस्त भएको छ । कर्णाली नदीको किनारमा भएको दुर्घटनास्थल पारीबाट देखिए पनि प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी हुम्लाका निरीक्षक युवराज चौधरीले बताए । ६ जना यात्रु रहेको उक्त हेलिकप्टरमा चार नेपाली यात्रु सवार थिए ।
हेलिकोप्टरलाई इटलीका क्याप्टेन डाभिडाले उडाएका थिए । हुम्लाको तिब्बती सीमा मुचु-९ स्थित हिल्सा गाउँमा गएको पहिरोमा परेकाको उद्दारका लागि हेलिकप्टरमा उद्धार टोली गएको थियो । यसबारे विस्तृत विवरण भने आउन बाँकि नै रहेको छ ।

Category:

0 comments