Hindi Films

पत्रकार र अनलाइन सञ्चालकलाई प्रहरीले पक्राउ..

Unknown | 09:12 | 0 comments

काठमाडौं, असार ६ - पत्रकार सुशील पन्त र एउटा अनलाईनका सञ्चालक सन्तोष भट्टराईलाई प्रहरीले पक्रेको छ । नेपाली हेडलाइन्स डट कममा प्रकाशित समाचारका विषयमा नेपाली हेडलाइन्स डट कमका अतिथि सम्पादक पन्त र सञ्चालक भट्टराईलाई पक्राउ गरिएको हो । पन्तलाई काठमाडौ प्रहरी परिसर हनुमानढोकामा हिरासतमा राखिएको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पन्तलाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ । तर प्रहरी प्रवक्ता नवराज सिलवालले भने पत्रकार पन्त पक्राउ परे नपरेको आफूलाई जानकारी नभएको उज्यालो अनलाइनलाई बताउनुभयो । नेपाली हेडलाइन्सका सम्पादक अमृत अधिकारीले भने अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर पन्त र भट्टराईलाई प्रहरीले पक्राउ गरेको बताउनुभएको छ ।

Category:

0 comments