Home �
TV Show
� भारतको उत्तराखण्डमा अजै पनि दर्जनौं नेपाली अलपत्र नेपालीको उद्धार जारी
Unknown |
08:04 |
0
comments
काठमाडौं, ८ असार । भारतको चारधाम तिर्थयात्राका लागि गएकोबेला बाढीपहिरोले अलपत्र परेका १ सय ७६ जना नेपाली सम्पर्कमा आएका छन् । केदारनाथ, बद्रीनाथ, गंगोत्री, यमनोत्री गएका करिब ४ सय नेपाली तीर्थयात्रीहरु बाढी र पहिरोले अलपत्र परेका थिए ।
अलपत्र परेकामध्ये शुक्रबार थप २९ जनालाई भारतीय उद्धार टोलीले हेलिकोप्टरबाट उद्धार गरेको हो ।
उत्तराखण्डको जोशीमठबाट उद्धार गरिएकाहरुमध्ये धेरैजसो काभ्रेपलान्चोकका रहेको बताइएको छ । उनीहरु सबैलाई कर्णप्रयागबाट बसमार्फत् नेपाल पठाइएको भारतस्थित नेपाली दुतावासले जनाएको छ । भारतको नेपाली दूतावासबाट उद्धारका लागि दुईजना कर्मचारीलाई खाद्य सामग्रीसहित आज हरिद्वार, देहरादून र तेह्रीतर्फ पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले जानकारी दिनुभयो । भारतले नेपालीहरुको उद्धारका लागि निरन्तर सहयोग गर्ने आश्वासन दिएको र सो कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
भारत उत्तराखण्डमा उद्धारकार्यमा सकृय नेपाली कृष्ण ढकालले कति नेपाली अलपत्र परेका छन् भन्ने एकीन नभएको बताउनुभयो ।
यसैबीच दिलीस्थित नेपाली दूतावासले विज्ञप्ति निकालेर केदारनाथदेखि हरिद्वार तथा देहरादूनसम्मको क्षेत्रमा ठूलो क्षति भएको र मौसम पनि प्रतिकूल रहेकोले उद्धारमा समस्या परेको जनाएको छ ।
भारतको केन्द्र सरकार, उत्तराखण्ड सरकार, प्रहरी तथा भारतीय सेनालगायतले उद्धार सहयोग गरीरहेको र उद्धार कार्य अझै केही दिनसम्म चलिरहने नेपाली दूतावासले जनाएको छ ।भिडियो हेर्न को लागि तलको बक्स मा क्लिक गर्नुहोस् ।
Category:
TV Show
0 comments