Hindi Films

नुवाकोटमा आफ्नै दाइले गरे बहिनीको हत्या

Unknown | 11:19 | 0 comments

नुवाकोट जिल्लाको पश्चिममा पर्ने सामरी गाविसका एक युवकले बिहीबार आफ्नै बहिनीको हत्या गरेको आरोप लगाइएको छ । सामरी–५ गँगटोका २१ वर्षीय वीरबहादुर तामाङले आफ्नै बहिनी १४ वर्षीया सन्तमायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरबहादुरले पहिलेदेखि नै सन्तमायालाई ज्यान मार्ने धम्की दिने गरेको रउनको हत्यापछि दाजु हराइरहेकाले हत्यामा दाजु वीरबहादुरकै हात रहेको प्रारम्भिक निष्कर्षमा पुगिएको घटनास्थलमा पुग्नुभएका प्रहरी निरीक्षक कुशनकुमार बस्नेतले बताउनुभयो । घरदेखि एक किमि तल जंगलको खोंचमा हत्या गरी फालिएको नग्न अवस्थामा सन्तमायाको शव भेटिएको हो । घटनाको जानकारी प्राप्त भएलगत्तै प्रहरी र स्थानीयवासीले वीरबहादुरको खोजी जारी राखेको भए पनि साँझसम्म बीरबहादुर फेला परेका छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतक किशोरीको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा राखिएको छ ।

Category:

0 comments