Hindi Films

कतारमा सडक दुर्घटनामा ३ नेपालीको मृत्यु, १३ घाइते

Unknown | 23:36 | 0 comments

६ असार, दोहा । कतारमा भएको माइक्रोभ्यान दुर्घटनामा तीन नेपाली कामदारको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । कम्पनीमा काम गरेर सनैयास्थित क्याम्पमा र्फकने क्रममा सल्वारोडमा भएको माइक्रोभ्यान दुर्घटनामा बृजनाथ पण्डित, कृष्ण राजबंशी र पशपल धमलाको मृत्यु भएको स्थानीय पेनेसुला दैनिक पत्रिकाले जनाएको छ । मृत्यु हुने नेपालीहरुको ठेगाना खुल्न सकेको छैन । दुर्घटनामा घाइते भएका १३ नेपालीको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । टायर पड्किएपछि नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ ।

Category:

0 comments