Hindi Films

जब आफ्नै साथीको आत्महत्याको ब्रेकिङ न्यूज लाइभ पढ्नुपर्‍यो , भिडियो हेर्नुहोस

Unknown | 03:18 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
चिन्दै नचिनेका मानिसको मृत्युले पनि कहिलेकाहीँ भावुक बनाइदिन्छ । आफैले चिनेको, सँगै काम गरेको र प्रगाढ सम्बन्ध भएको दौंतरीको अकालमै मृत्युको घाउ सहिनसक्नु हुन्छ । त्यस्ता खवर सुन्दा मन सम्हाल्न सकिन्न, आँसु रोक्न सकिन्न । तर, पत्रकारिता पेशामा कहिलेकाहीँ यस्तो पनि जहाँ दुःख मान्न पनि पाइन्न र मन थाम्न पनि सकिन्न । यस्तै भएको छ ताइवानकी एक टीभी एङ्करलाई । नेक्स्ट टीभीमा कार्यरत ली चिङयु स्टुडियोमा लाइभ समाचार पढिरहेकी थिइन् । त्यतिकैमा उनको स्त्रिmनमा ब्रेकिङ न्यूज आयो जसलाई पढ्न उनले ठूलो हिम्मत जुटाउनुपर्‍यो । अघिल्लो दिनसम्म आफैंसँग हाँसिखेली काम गरिरहेका सहकर्मी टीभी एङ्कर इरिच सिस आफ्नै घरमा मृत अबस्थामा फेला परेको ब्रेकिङ समाचार थियो । त्यो समाचार पढ्दा उनको अनुहार जे जस्तो भाव देखियो त्यो निकै मन छुने छ । सहकर्मी एङकर आफ्नै निवासमा मृत अबस्था भेटिएका थिए र उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो । त्यो समाचार उनले केही सेकेन्डमै पढेर सकाइन् । तर, अन्तिम सेकेन्डहरुमा उनी रुनमात्र सकेकी छैनन् । हेर्नुहोस भिडियोमा, उनले कसरी सम्हालिन आफैलाई ?
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments