रेखा थापाको झगडा छविदेखि राजेश हमालसम्म
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौ। रेखा थापाले राजेश हमाललाई ‘असामाजिक’ को संज्ञा दिएपछि उनीहरुबीच बोलचाल बन्द भएको लामो समय भएको आजको नेपाल राष्ट्रिय साप्ताहिकमा छापिएको छ। फिल्ममा पनि सँगै देखिएका छैनन्। रेखालाई कुनै पश्चाताप पनि छैन्। अहिले उनी जंगिदैं भन्छिन् ‘सुटिङ सेटमा घमण्ड देखाउने व्यवहार हेर्दा उहाँ मलाई असामाजिक लाग्छ।’ राजेशसँग मात्र होइन, दर्जन भन्दा बढी फिल्मकर्मीसँग रेखाको सुमधुर सम्बन्ध छैन्। हिजो जससँग नजिक थिइन्, आज उनीहरु परमशत्रु भएका छन्। पूर्वपति छबिराज ओझादेखि नायक आर्यल सिग्देल र निर्देशक श्याम भट्टराईसम्म यो सूचीमा पर्छन्। पछिल्लो समय पूर्वपति छवि र दाई मान्दै आएका निर्दैशक श्यामसँगको झगडाका कारण उनी विवादमा फसेकी छिन्। तीनवर्षअघि सम्बन्धविच्छेद गर्नभन्दा अहिले छविसँगको लफडा उत्कर्षमा पुगेको छ।
आफूले बनाएको फिल्म हिम्मतमा निखिल उप्रेतिले धेरै पारिश्रमिक मागेपछि उनको सम्बन्ध त्यतिबेला देखि नै निखिलसँग राम्रो छैन्।
विराट भट्ट, आर्यन सिग्देल,यशकुमारसँग पनि रेखाको सुमधुर सम्बन्ध टुटेको छ।
सफलताको क्रेडिट आफुलाई नदिएको भन्दै रेखाले विराज र आफुसँग भन्दा नम्रतासँग खेलेको फिल्मले प्रंशसा पाएपछि आर्यनसँग उनले निहुँ खोजिन। काली फिल्म मिलेर बनाउने यशकुमारसँग मौखिक सहमति गरेकी रेखाले सुटुक्क बनाएपछि आजकाल यशकुमार पनि रेखासँग बोल्दैनन्।
ए फर अमेरिका नामक फिल्मबाट नम्रता श्रेष्ठलाई हटाएपछि उनीहरुबीचको समन्ध पनि पानी बाराबारको स्थितिमा छ।फिल्म यस्तै रहेछ जिन्दगानीमा आफूले भन्दा अरुणिमा लम्सालले राम्रो भूमिका पाएको भन्दै उनले झगडा गरिन्।प्रचण्डपुत्र प्रकाशलाई बेला न कुवेला फोन गरेर हैरान बनाएपछि प्रकाशले रेखाको नम्बर नै ब्ल्याक लिष्टमा राखेका छन्।चलचित्र विकास बोर्डको अध्यक्ष बन्नबाट चेतन सापकोटाले भाँडेको आरोप लगाएपछि उनीहरुबीच पनि राम्रो सम्बन्ध छैन्।
स्रोत : हाम्रा कुरा
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:



0 comments