Hindi Films

डिजेल चोरी प्रकरण : ट्यांकरमा पेट्रोलियम पदार्थको नापजाँच सुरु

Unknown | 04:11 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२ जेठ, भैरहवा । रुपन्देही पडसरी-१ र मधवलीया-३ बाट डिजेल चोरी प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएका १९ वटा ट्याङ्करमा भएको पेट्रोलियम पदार्थको नापजाँच सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका प्रहरी प्रमुख एसपी विक्रम सिंह थापाको नेतृत्वमा तथा प्रहरी निरीक्षक एवम् अनुसन्धान अधिकृत प्रदिपबहादुर क्षेत्रीसहितको टोलीले नापजाँच सुरु गरेको हो ।
बिहानदेखि सुरु गरिएको १९ वटा ट्यांकरको नापजाँच मध्ये समाचार तयार पार्दा सम्म ६ वटा ट्यांकरको नापजाँच भइसकेको र बाकी ट्यांकरको नापजाँच जारी रहेको रुपन्देही प्रहरीलेअनलाइनखबरलाई जनाएको छ । नापजाँचको क्रममा पेटोलियम पदार्थ नभएको भनिएको ट्यांकरमा मट्टतिेल समेत फेला परेको छ । नापजाँच भएको ६ वटा ट्यांकर मध्ये पिंकी जयसवाल र पि्रती जयसवालको नाममा रहेको लु १ ख ८२८२ नम्बरको ट्यांकरको ४ वटा च्याम्बर मध्य ३ वटा च्याम्बरमा मट्टतिेल फेला परेको हो । उक्त ट्यांकर प्रहरीले पडसरी १ बाट बैशाख १६ गते नियन्त्रणमा लिएको थियो । यद्यपी नापजाँचको बारे अनुसन्धान पुरा नभएपनि ट्यांकरबाट फेला परेको मट्टतिेल पेट्रोलमा मिसावट गरी विक्रि बितरण गर्ने प्रहरीको आशंका छ । जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, वाणिज्य कार्यालय, पत्रकार, आयाल निगम र गुणस्तर कार्यालयका प्रतिनिधिहरुको रोहवरमा ट्यांकरहरुको नापजाँच जारी रहेको प्रहरीले बताएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments