Hindi Films

अश्लील फोटो बनाएर युवतीसँग ६ हजार माग्ने प्रहरी खोरमा

Unknown | 07:02 | 0 comments

काठमाडौं, भदौ २२–आफ्नै सहपाठी महिलासाथीको मोबाइलमा रहेको फोटो दुरुपयोग गरेर अश्लील बनाई रकम असुली गर्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको किर्तिपुर नगरपालिका १ बस्ने २२ वर्षीय राजेश पौडेलले सहपाठी महिलाको मोबाइलमा रहेको फोटो दुरुपयोग गरी अश्लील फोटो बनाई सामाजिक सञ्जालबाट सार्वजनिक गरिदिने भन्दै युवतीसँग ६ हजार रुपयाँ माग गरेका थिए । पौडेलले गत भदौ १३ गते युवतीको मोबाइलमा रहेको फोटो लिएर पटक पटक युवतीको इमेलमा अश्लील फोटो पठाएर धम्की दिँदै रकम मागेको प्रहरीको भनाई छ । पीडितको उजुरीको आधारमा पौडेललाई पक्राउ गरेर बिद्युतिय कारोवार ऐन अन्र्तगत मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

Category:

0 comments