Hindi Films

जन्मेकी छोरीसमेत आफ्नो नभएको भन्दै एक लाख दिएर गाउँमै सम्बन्ध बिच्छेद

Unknown | 03:48 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
मुगु : रारा गाविसको रुमा गाँउस्थित जनज्योति निम्न माध्यमिक विद्यालयका एक शिक्षकले एक लाख रुपैयाँ दिएर पत्नीसँग सम्बन्ध विच्छेद गरेका छन् । एक वर्ष अघि सोही गाँउकी २४ वर्षीया युवतीसँग विवाह गरी जन्मेकी छोरीसमेत आफ्नो नभएको बताउँदै उनले एक लाख रुपैयाँ दिएर गाउँमै सम्बन्ध बिच्छेद गरेका हुन् । कार्कीबाडा–७ निवासी जनज्योति निम्न माध्यमिक विद्यालयका शिक्षक ३६ वर्षीय राजबहादुर बिटालुलले एक वर्ष अघि ती युवतीसँग यौनसम्बन्ध राख्दा छोरी जन्मेकी थिइन् । युवती गर्भवती भएपछि गाँउलेको दवाबमा एक वर्षसम्म आफ्नै घरमा राखेका उनले छोरी आफ्नी नभएको भन्दै एक लाख दिएर गाँउमै सम्बन्ध बिच्छेद गरेका हुन् । पहिलो पत्नीसमेत रहेका शिक्षक राजबहादुरले हेला गरेपछि बस्न नसेको युवतीको भनाइ छ । छोरीको जन्मदर्ता गर्न समेत नमानी आफूलाई घरबाट निकाल्न खोजेको उनको भनाइ थियो । शिक्षक राजबहादुरले गाउँलेहरु लगाएर गाउँमै अवैधानिकरुपमा सम्बन्ध बिच्छेद गराएको रारा–१ का बीरबहादुर बमले बताए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments