अायल निगम भन्छ : हामिलार्इ चाइनाकाे जहाजले डुबाउनु डुबायाे
![]() |
काठमाडौं । चिनियाँ जहाज आएपछि बजारमा हिस्सा बढ्ने र प्रशस्त नाफा कमाउने सपना देखेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई अहिले आएर ती जहाज घाँडो भएका छन् ।
चार थान किन्दा दुइवटा सित्तैमा पाइने चिनियाँ स्किम अनुसार पहिलो खेपमा ल्याइएका दुई जहाजमध्ये एउटा ६ महिना र अर्को एकसातादेखि त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा थन्किरहेका छन ।
‘चिनियाँ जहाज उडाएर सञ्चालन खर्च पनि निकाल्न मुस्किल छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा पवक्ता रामहरि शर्माले भने,’हामीले कहिल्यै पनि चिनियाँ जहाज ल्याउँछौं भनेका थिएनौं, हाम्रो व्यापारिक योजनामा पनि थिएन तर परिस्थिति यस्तो आइलाग्यो कि चिनियाँ जहाज हाम्रै भागमा पर्न गयो ।’
निगमले २०७१ वैशाख १४ मा ५६ सिट क्षमतायुक्त मोडर्न आर्क एमए-६० र कात्तिक १७ मा १८ सिटे वाई १२-ई जहाज काठमाडौं ल्याएको थियो । असार ११ वाट नियमित उडान सुरु गरेको जाहाज त्यसपछि माघसम्ममा प्राविधिक समस्याले करिब दर्जनपटक ग्राउन्डेड हुन पुगेको छ ।अाजको नागरिक दैनिकमा खबर छ ।
![]() |
Category: News


0 comments