Home �
News
� भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्रमाथि एक किशोरले चप्पल हानेपछि ....
Unknown |
06:38 |
0
comments
२९ जेठ, काठमाण्डौं । पूर्वाञ्चल भ्रमणमा हरेका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि चप्पल फ्याँक्न आफूलाई केही व्यक्तिले उक्साएको बयान पक्राउ परेका किशोरले प्रहरी समक्ष दिएका छन् । प्रहरी स्रोतका अनुसार १४ बर्षका ती किशोरलाई पूर्वराजामाथि चप्पल फ्याँक्न ५० रुपैयाँ दिएको र स्थानीय होटलमा खानाको व्यवस्था गरिएको थियो । उमेर सानो भएका कारण प्रहरीले ती किशोरको नाम भने सार्वजनिक गरेको छैन ।

तर घटनामा संलग्न व्यक्तिको विषयमा जानकारी पाइसकेको प्रहरीले बताएको छ । पूर्वाञ्चल भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्रमाथि राजविराजमा सोमबार ती किशोरले चप्पल हानेका हुन् । अन्नपूर्ण पोष्ट भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस ।
Category:
News
0 comments