Hindi Films

अर्घाखाँचीमा यस बर्षको एसएलसी परीक्षामा गत बर्षको भन्दा ६ प्रतिशत बृद्धि

Unknown | 23:44 | 0 comments

- प्रेमनारायण आचार्य सन्धिखर्क , अर्घाखाँची । अर्घाखाँचीमा यस बर्षको एसएलसी परीक्षामा नियमित तर्फ ३२ दसमलब ६३ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका छन । कुल तीन हजार तीन सय सैतीस बिद्यार्थीले नियमित तर्फको परीक्षा एक हजार ८९ बिद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले बताउनु भयो । यो नतीजा गत बर्षको भन्दा ६ प्रतिशतले बढि हो । मालिका ईगलिस बोर्णिंग स्कुल ठुलापोखराका बिद्यार्थी चिरञ्जिबी पाण्डेले ९१ प्रतिसत अंक प्राप्त गरेर जिल्ला प्रथमको स्थान हासिल गरेको बोर्डिङका ब्यबस्थापक धनीश्वर पाण्डेले जानकारी दिनु भयो । मालिका इंगलिस बोर्डिङ स्कुलबाट ११ जनाले एसएलसीको परीक्षा दिएकोमा ८ जना बिशिष्ट श्रेणी र ३ जना प्रथम श्रेणीमा उत्तिर्ण भइ सत प्रतिसत बिद्यार्थी उत्तिर्ण भएको प्रिन्सीपल नारायण भुसालले बताउनु भयो । त्यस्तै जनसेवा माबि अड्गुरीबाट एसएलसी दिएका मध्ये ६ जना प्रथम र ७ जना द्धितीय श्रेणीमा गरि सत प्रतिसत बिद्यार्थी उत्तिर्ण भएका छन ।

Category:

0 comments