Home �
News
� डलरको मूल्य पुनः उकालो लागेपछि ....
Unknown |
03:19 |
0
comments
३० जेठ, काठमाडौं । नेपाली बैंकले हिजोको तुलनामा डलरको बिक्री मूल्य केही कम तोके पनि भारतमा आज अपरान्ह डलरको मूल्य पुनः उकालो लागेको छ । भारतमा बिहीबार अपरान्ह १ डलरको बिक्री मूल्य भारु ५८.४१ पुगेको छ ।

बुधबार कारोबार बन्द हुँदा डलरको बिक्री दर भारु ५८.२६ कायम रहेको थियो ।
नेपाली मुद्रामा रुपान्तरण गर्दा आज भारतमा १ अमेरिकी डलर बराबर ९३ रुपैयाँ ४६ पैसामा कारोबार भइरहेको छ । नेपाली बैंकले भने हिजोको तुलनामा २० पैसा घटाएर आज ९३ रुपैयाँ ३० पैसामा कारोबार गरेका छन् । नेपालमा बैंकहरुले तोकेको दर दिनभर कायम रहन्छ ।
Category:
News
0 comments