Home �
News
� ‘संविधानसभाको निर्वाचन मंसिर ४ गते’ गर्ने घोषणा
Unknown |
07:10 |
0
comments
काठमाडौं, जेष्ठ ३० । सरकारले आगामी मंसिर ४ गते संविधानसभाको निर्वाचन गर्ने घोषणा गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषदको वैठकले संविधानसभा निर्वाचन सम्बनधी अध्यादेश पारित गर्दै चुनावको मिति घोषणा गरेको हो । सरकारले राजनीतक दलहरुबीच मूख्य विवादको विषय बन्दै आएको थ्रेसहोल्ड र फैजदारी मुद्दा लागेकाहरुले चुनाव लड्न पाउने कि नपाउने भन्ने विषयमा भने स्पष्ट व्यवस्था गर्न सकेको छैन ।

आन्दोलनरत दलहरुले भन्दै आएको निर्वाचन क्षेत्र निर्धारण सम्बम्धी मुद्दा सम्बोधन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहीर अली अन्सारीको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।
यसअघि आजै चुनावका लागि आवश्यक ऐन कानूनको अन्तिम टुंगो लगाउने तयारी स्वरुप मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले निर्वाचन आयोगसँग छलफल गरेका थिए । अध्यक्ष रेग्मी र निर्वाचन आयोगका पदाधिकारीबीच बालुवाटारमा भएको छलफल निर्वाचन कानून र संविधानसभा चुनावको मिति घोषणाका विषयमा केन्द्रित रहेको थियो ।
Category:
News
0 comments