Hindi Films

जनताको चाहना अनुसार सक्रिय हुन सक्छुः पूर्व राजा ज्ञानेन्द्र

Unknown | 07:19 | 0 comments

रौतहट, असार ४ । पूर्वराजा ज्ञानेन्द्र शाहले समय आएपछि जनताको चाहना अनुसार आफू सक्रिय हुनसक्ने बताएका छन् । तराईका जिल्लाहरुको भ्रमणका क्रममा आज रौतहटको गौर पुगेका पूर्व राजाले सिया प्यालेस होटलमा सञ्चारकर्मीसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।
अझै समय आईनसकेको भन्दै उनले आफू पनि प्रतीक्षामै रहेको बताए । निष्पक्ष रुपमा संविधानसभाको निर्वाचन सम्पन्न गराएर नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन पनि पूर्व राजाले नेताहरुलाई सुझाव दिए । निर्वाचनलाई प्रजातान्त्रिक अभ्यासको रुपमा लिनुपर्ने भन्दै पूर्व राजाले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्ने तथा सबैले भाग लिने वातावरण बन्नुपर्ने बताए । पूर्व राजाले आज गौरस्थित शिवालयमा पूजाआजा गरेका थिए । त्यस क्रममा उनले सर्वसाधारण तथा शुभचिन्तकहरुसँग भेटघाट समेत गरेका थिए ।

Category:

0 comments