Hindi Films

पहिरोले घर पुरिएपछि एकै घरका सातको मृत्यु

Unknown | 06:57 | 0 comments

दैलेख, ४ असार अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिएपछि यहाँ एकै घरका सात जनाको मृत्यु भएको छ । दैलेखको मालिका गाविस वडा नं– २ कुमालडाँडाका मोहन कुमालको घर पहिरोले भत्किँदा उनीसहित श्रीमती, तीन छोरा र दुई छोरी गरी सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । कुमाल परिवारको मृत्युपछि कुमाल टोल अहिले शोकमग्न बनेको छ । गएराति पहिरो आउँदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको आफन्तले बताएका छन् । इलाका प्रहरी कार्यालय दुल्लु र तल्लो ढुङ्गेश्वरबाट गएको प्रहरी टोली उद्धार कार्यमा जुटिरहेको र अहिलेसम्म दुई जनाको शव मात्र निकालिएको प्रहरीले बताएको छ । त्यस्तै अविरल वर्षाका कारण दैलेखको खड्कवाडा गाविस र नाउले कटुवाल गाविसको दोभानको रुपमा रहेको लोहोरे खोलाले निकास नपाउँदा २५ घर बादीबस्ती डुबानमा परेको प्रहरीले जानकारी दिएको छ । वर्षा अझै नरोकिएकाले थप समस्या उत्पन्न हुनसक्ने भन्दै बादी समुदायलाई सुरक्षित ठाउँमा जान सचेत गराइएको छ ।

Category:

0 comments