Home �
News
� न्यूनतम तलब २० हजार पुर्याउन सरकारी कर्मचारीको माग
Unknown |
08:40 |
0
comments
२ असार, काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले सरकारी कर्मचारीको न्यूनतम तलब २० हजार पुर्याउन माग गरेको छ । आइतबार अर्थमन्त्री शंकरप्रसाद कोइरालासँग भेटगरि कर्मचारी संगठनले कर्मचारी नेतृत्वको सरकारले आफूहरुको हितमा काम गर्न ध्याकर्षण गराएका छन् ।
अघिल्लो वर्षको तुलनामा राजश्व वृद्धि दर उच्च रहेको, श्रमिकहरुको पारिश्रमिक एवं ज्याला बढेको, तीन वर्षदेखि कर्मचारीको तलव नबढेको अवस्थामा कर्मचारीको तलव भत्ता बढाउनुपर्ने संगठनको माग छ । कर्मचारीहरुले १८ बुँदे माग प्रस्तुत गर्दै पोसाक भत्ता १५ हजार, स्थानीय र दुर्गम भत्ताको वैज्ञानिक पुनरावलोकन, स्वास्थ्य बीमा योजना, कर्मचारी कल्याण कोषको व्यवस्था गर्न आग्रह गरेका छन् । कर्मचारीको कुरा सुनेपछि अर्थमन्त्री कोइरालाले सरकारले आफ्नो थैलो हेरेर विवेकपूर्ण निर्णय गर्ने बताउनुभयो । यो सरकारबाट कर्मचारीहरुले अपेक्षा गरेको तथ्यलाई आफूले आत्मसात् गरेको बताउँदै उहाँले सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Category:
News
0 comments