Hindi Films

राष्ट्रपतिको आन्द्रामा दाग देखियो, जापान लगिदै (भिडियो सहित)

Unknown | 07:55 | 0 comments

काठमाडौं, असार २ । राष्ट्रपति डाक्टर रामबरण यादवको स्वास्थ्यमा समस्या आएपछि उनलाई थप उपचारको लागि सोमबार जापान लैजाने तयारी भैरहेको छ । राष्ट्रपति यादवको ठूलो आन्द्रामा दाग देखिएपछि उनलाई सुविधासम्पन्न अस्पतालमा लैजान चिकित्सकहरुले सुझाव दिएका छन् । विगत दुइ महिनादेखि पखाला लाग्ने समस्याबाट पीडित रहनु भएका राष्ट्रपति यादवको हिजो महाराजगञ्जस्थित शिक्षण अस्पताल र धापासीस्थित ग्राण्डी अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा ठूलो आन्द्रामा घाउ रहेको पत्ता लागेको थियो । चिकित्सकहरुको सल्लाह बमोजिम राष्ट्रपति यादवलाई जापान लैजान लागिएको हो ।

Category:

0 comments