Home �
hotnews
� मन्दिरमा दलितलाइ पुजा गर्न नदिएर कुटपिट गरी दुव्र्यवार गरेपछि !
Unknown |
07:03 |
0
comments
पिपरिया दोस्तिया-८ भिङ्डावर गाउँको दलित बस्तीमा आफूलाई कथित उपल्लो जाति बताउने समूहले आक्रमण गर्दा १४ जना घाइते भएका छन् । बस्तीका सबै ६५ घरमा नै तोडफोड र लुटपाटसमेत गरिएपछि स्थानीय बासिन्दा त्रसित छन् । डरले केहीले गाउँ नै छाडेका छन् । घटनापछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
घाइतेहरूको गरुडास्थित अनामिका र गौर अस्पतालमा उपचार भइरहेको छ । आक्रमणमा संलग्नमध्ये दुई जनालाई पक्राउ गरिएको छ ।
‘गाउँ नै उल्टिएर आक्रमण गरे,’ घाइते गुरुदयाल रामले भने, ‘बस्तीमा तोडफोड र लुटपाट मात्र गरेनन्, खानेपानीको धारासमेत उखेलेर लगे ।’ धारा उखेलेर लगिएपछि बस्तीमा पानी आपूर्ति बन्द छ । स्थानीयले पानी पिउनसमेत पाएका छैनन् । दलितबस्तिमा रहेको खानेपानीको धारा गैर दलितहरुले भाचिदिए पछि दलित बस्तिमा खानेपानीको समस्या भएको छ । एक महिना अघि गैर दलितको गाउको बिचमा रहेको मन्दिरमा दलितलाइ पुजा गर्न नदिएर कुटपिट गरी दुव्र्यवार गरेको घटनाको विवाद बढ्दै गए पछि शुक्रवार साझ गैर दलितहरुको एक समुहले दलितहरुको घर तोडफोड गरी दलितहरु लाइ कुटपिट गरेका थिए ।
Category:
hotnews
0 comments