Hindi Films

पूर्व राजा ज्ञानेन्द्रलाई सप्तरीमा, कतै स्वागत, कतै विरोध गरेपछि ...

Unknown | 06:00 | 0 comments

राजविराज, जेष्ठ २७ । तराई भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह आज सप्तरी पुगेका छन् । बाराबाट सप्तरी पुगेका पूर्वराजा ज्ञानेन्द्रको पथौना र रुपनीका स्थानीय वासिन्दाले स्वागत गरेका थिए । त्यसक्रममा उनीहरुले राजतन्त्रको पक्षमा नारावाजी समेत गरेका थिए । पूर्व राजा ज्ञानेन्द्रले आज सप्तरीको कंकालीनी र हनुमान मन्दिर दर्शन गर्ने कार्यक्रम छ । यसैबीच, पूर्व राजा ज्ञानेन्द्रको भ्रमणको विरोध गर्दै सप्तरीका विद्यार्थी संगठनहरुले गजेन्द्रचोकमा प्रदर्शन गरेका छन् । त्यसक्रमा प्रहरीले पाँच जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । पूर्व राजा ज्ञानेन्द्रले भोलि सिराहाको लहानस्थित दुर्गा र लक्ष्मी मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।

Category:

0 comments