Hindi Films

तेह्र वर्षीया बालिका बलात्कृत

Unknown | 06:53 | 0 comments

सिरहा, ४ असार । सिरहाको चिकना गाविस– ३ की एक १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । खेतमा काम गर्न गएकी बालिकालाई कोही नभएको मौका छोपी स्थानीय ३३ वर्षीय सुरेश यादवले सोमबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कृत बालिकाले बेहोस अवस्थामा घर पुगी घटनाबारे बाबुआमालाई जानकारी गराएपछि पीडित उनीहरुले इलाका प्रहरी कार्यालय कल्याणपुरलाई घटनाबारे जानकारी गराएका थिए । आरोपित सुरेश घटनापछि फरार भएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक मनोज न्यौपानेले जानकारी दिनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको उहाँले बताउनु भयो ।

Category:

0 comments