Home �
News
� पाकिस्तानमा विश्वविद्यालयका छात्राहरु चढेको बसमा विस्फोट हुदा, ११ जनाको मृत्यु
Unknown |
10:32 |
0
comments
इस्लामावाद, असार १ । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटामा विश्वविद्यालयका छात्राहरु चढेको बसमा गराइएको विष्फोटमा परी कम्तिमा ११ जना मारिएका छन् । विश्वविद्यालयको पार्किङमा रहेको बस भित्र राखिएको बम विष्फोट हुँदा धेरै विद्यार्थी घाईते भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।
घाईते मध्ये केहीको अवस्था गम्भीर छ ।
यसैबीच, घाईते विद्यार्थीहरुको उपचार भैरहेको अस्पतालको आकस्मिक कक्ष नजिक पनि विष्फोट गराइएको बीबीसीले जनाएको छ ।
तालिवानको बलियो पकड रहेको क्वेटामा जातीय र साम्प्रदायिक हिंसा व्यापक छ ।
Category:
News
0 comments