Hindi Films

कोरियामा नेपालीले पाए ‘ह्याप्पीनेस हेल्प’ पुरस्कार

Unknown | 07:21 | 0 comments

कोरियामा कार्यरत एक नेपालीलाई पहिलोपटक कोरियाको एक संस्थाले पुरस्कृत गरेको छ ।
कोरियन एक्सचेन्ज बैंक अन्र्तगत रहेको केइवी फाउन्डेसनले बहुसांस्कृतिक परिवार बनाउन र दुःखमा परेका बिदेशीलाई सहयोग गरेवापत यज्ञराज सुवेदीलाई ‘ह्याप्पीनेस हेल्प पुरस्कार’ प्रदान गरेको हो । कोरियाका समाजसेवीमध्ये सिफारिसमा परेका ८० जनालाई उछिन्दै सुवेदीले उक्त पुरस्कार हात पारेका हुन् । केईवी फाउण्डेसनले हरेक बर्ष प्रदान गर्दै आएका मुख्य चार पुरस्कारमध्ये ह्याप्पीनेस हेल्प पुरस्कार एक हो । अन्य पुरस्कारहरु कोरियनसाग बिबाह गरी आउने र दुःख पाउनेहरुलाई प्रदान गरिएको छ । यो पुरस्कार पहिलोचोटी नेपालीले पाएका हुन् । सुवेदी । कोरियामा ख्यंग सांग नाम्दो राज्य व्यवस्था समिति सदस्यसमेत रहेर काम गरिसकेका सुबेदी हाल किम्हे मिसन मैग्रंट्स चर्च मा पास्टर भएर काम गरिरहेका छन ।

Category:

0 comments