Home �
News
� बद्री–केदारनाथ दर्शनमा गएका काभ्रेका २८ नेपाली बाढीका कारण फसेको खुलासा
Unknown |
13:09 |
0
comments
बाटोखर्च सकियो, खानेकुराको अभावः
काभ्रे, असार ७ । बद्री–केदारको दर्शनमा गएका काभ्रे अनेकोटका मात्रै २८ जना श्रद्धालु त्यस क्षेत्रमा फसेको खुलेको छ । बद्री–केदारनाथ क्षेत्रमा फसेका तीर्थालुका आफन्तजनले उद्दारका लागि तत्काल पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् ।
यही असार २ गते केदारनाथको दर्शन गरी बद्रीनाथ जाने क्रममा उनीहरु बाढी, पहिरोका कारण पाण्डुकेशरमा फसेको र त्यहाँबाट हिंडेर जोशीमठसम्म आईपुगेको परिवारजनले बताएका छन् ।

जोशीमोठमा रहेका उनीहरुको बाटो खर्च सकिएको र खानेकुराको समेत अभाव भएको पनि परिवारजनले बताएका छन् । तीर्थालु नेपालीहरुमा अधिकांश बृद्धबृद्धा भएकाले उनीहरुको स्वास्थ्य अवस्था समेत कमजोर बनेको पनि आफन्तजनले बताएका छन् ।
काभ्रेको अनेकोट गाविस वडा नम्बर ३ द्वारेका १४ परिवारका २८ जना गत जेठ १५ गते चारधाम तीर्थमा निस्किएका थिए ।
यसैबीच, परराष्ट्र मन्त्रालयले बद्री–केदार क्षेत्रमा फसेका नेपाली तीर्थयात्री मध्ये टीका बल्लभको नेतृत्वमा रहेका काभ्रेका ३९ जनालाई हेलिकप्टरबाट उद्दार गरी ऋषिकेश ल्याइएको र ३० जना बद्रीनाथमा सुरक्षित रहेको जनाएको छ ।
मन्त्रालयले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार दिलबहादुर बस्नेतको नेतृत्वमा रहेका १४ नेपाली तीर्थयात्रीहरु भने आज नेपालतर्पm फर्किएका छन् । साथै, मन्त्रालयले नयाँ दिल्लीस्थित दूतावासबाट दुई जना कर्मचारी ड्राईपूmड लिएर देहरादून गएको पनि जनाएको छ ।
Category:
News
0 comments