Hindi Films

गुरुले आफ्नो विद्यार्थीसँग पटक पटक यौन सम्पर्क राख्दा ११ वर्ष कैद

Unknown | 09:21 | 0 comments

सिन्धुपाल्चोक, ७ असार । गुरुले नै आफ्नो विद्यार्थीसँग पटक पटक यौन सम्पर्क राखेको अभियोगमा जिल्ला अदालत सिन्धुपाल्चोकले स्थानीय जनजागृति उच्चमाविका एक शिक्षकलाई ११ वर्ष कैद सजाय तोकेको छ ।
न्यायाधीश अनन्तराज डुम्रेको इजालसले ०६८ मंसिरदेखि थुना रहेका ठूलोसिरुवारी ६ का नारायणबहादुर श्रेष्ठलाई कैद तोकेको हो । अदालतले पीडक श्रेष्ठबाट जाहेरवाला ३ छात्रलाई जनही ५०र५० हजार क्षतिपूर्ति भराउने निर्णयसमेत गरेको छ । सिन्धुपाल्चोकमा यस्तो प्रकृतिको मुद्दा दर्ता भएको यो नै पहिलो हो । उच्चमावि साँगाचोकका ९ देखि १३ वर्षका ६ बालकलाई ट्युसन पढाउने र जाँच दिएको कापी देखाइदिने भन्दै आफ्नो कोठामा बोलाएर श्रेष्ठले ०६७ चैतदेख पटकपटक अप्राकृतिक यौनसम्पर्क राखेको आरोप थियो । एक बालकले शिक्षकले पटकपटक अप्राकृतिक मैथुन गरेको खुलासा गरेपछि अन्य बालकले पनि यस्तै खुलासा गरेका थिए । ०६८ कात्तिकमा पक्राउ परेका श्रेष्ठविरुद्ध जिल्ला न्यायाधिवक्ता कार्यालयले जबर्जस्ती करणीमा मुद्दा अभियोजन गरेको थियो । उक्त मुद्दामा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता कृष्णजंग शाहले बहस गरेका थिए ।भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस् ।

Category:

0 comments