Hindi Films

मलेसियामा नेपालीद्वारा आत्महत्या

Unknown | 07:47 | 0 comments

क्वालालम्पुर, कार्तिक १ - मलेसियामा एक नेपाली युवाले आत्महत्या गरेका छन् । सलाङ -२ तारेभीर, धादिङ घर भएका गुन बहादुर कुँवर बुधबार बेलुका करिब ८ बजेतिर झुण्डिएर आत्महत्या गरेका हुन् ।
यहाँको पाङ्सापुरीस्थित जिआरटी नामक कम्पनीमा कार्यरत २० बर्षीय कुँवर कोठामै पंखा झुण्ड्याउने फलामे डन्डीमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । २ बर्षअघि मलेसिया आएका उनको आत्महत्याको कारण खुल्न सकेको छैन । सोही कम्पनीमा कार्यरत नवराज रुपाखेतीका अनुसार कुवँर अविवाहित हुन् । मृतक कुँवरको शवलाई हाल नजिकैको एक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । शवलाई नेपाल पठाउने तयारी भइरहेको छ ।

Category:

0 comments