Hindi Films

एमाओवादी जिल्ला सदस्यमाथि गोली प्रहार

Unknown | 07:28 | 0 comments

दाङ, कार्तिक २ - दाङमा शनिबार अपरान्ह एकिकृत माओवादीका जिल्ला सदस्यमाथि गोली प्रहार भएको छ । डुरुवा गाबिस ६ धमकापुर निबासी ३८ बर्षीय हरिचन्द्र चौधरीमाथि अपरान्ह पौने ४ बजे घर नजिकै गोरु चराउँदै गरेको बेला ५ जनाको समूहमा आएका व्यक्तीहरुले गोली हानेको प्रहरीले बताएको छ ।
चौधरीको दुई खुट्टामा २ वटा गोली लागेको र दायाँ कुममा खुकुरीको गहिरो चोट लागेको छ । गोली हान्नेहरुको पहिचान हुन नसकेको र खोजी भैरहेको प्रहरीले बताएको छ । गम्भिर घाइते चौधरीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।

Category:

0 comments