Hindi Films

गहिरो मायामा परेकी सम्पदाले प्रेमीलाई नपाएपछि

Unknown | 15:47 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
यतिबेला संचारकर्मीहरु भिडियो निर्देशनमा निक्कै अग्रसर हुन थालेका छन् । यही क्रममा चलचित्र पत्रकारिता गर्दै आएका रंग पत्रकार दयाराम घिमिरे पनि म्यूजिक भिडियो निर्देशनमा देखिएका छन् । उनले निर्देशन गरेको पहिलो म्यूजिक भिडियोको छायांकन बिहिबार गरिएको छ । ‘तिमीले मेरो इन्द्रधनुषी सपना माग्यौ’ बोलको गीतको भिडियोको निर्देशन घिमिरेले गरेका हुन् । ‘सानु’ एल्बममा समावेश यो गीतमा तेनहाङ राइको संगीत, राजेश विद्रोहीको शब्द, शिव परियारको स्वर छ ।
भिडियोमा सम्पदा बाँनिया र जीवन भट्टराइले अभिनय गरेका छन् । सम्पदा पछिल्लो समयमा म्यूजिक भिडियोमा व्यस्त मोडल हुन् । दुई मोडलका साथमा रामकेशर बोगटी र केशु घिमिरे पनि भिडियोमा देखिनेछन् । गहिरो माया गर्ने प्रेमी-प्रेमिका एक अर्कालाई चाहँदा चाहँदै एक हुन नसक्नुको पीडालाई भिडियोमा देखाउन खोजिएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments