Hindi Films

‘पान मसला’का लागि साहरुखलाई २० करोड

Unknown | 05:47 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
बलिउड नायक साहरुख खानले हालै मात्र एक महंगो विज्ञापनमा हस्ताक्षर गरेका छन् । ‘पान मसला’ ब्रान्डका लागि साहरुखले महंगो रकम लिएको भारतीय संचारमाध्यहरुले जनाएका छन् । ‘पान मसला’ ब्रान्डका लागि साहरुख खानलाई २० करोड रुपैयाँ दिइएको छ । साहरुख २० करोडमा यो विज्ञापनमा खेल्न र ब्रान्डलाई प्रमोट गर्न राजी भएका हुन् । उसो त साहरुख खानले लिएको यो उच्च रकम भने होइन । यसअघि बलिउड नायक आमिर खानले एक विज्ञापनमा अभिनय गरेवापत ६ बर्षका लागि ८० करोड लिएका थिए । तर उक्त कम्पनीले आमिरले प्रमोशनमा साथ नदिएको भन्दै ६ बर्षपछि उनीसँग नयाँ संझौता नगर्ने जनाइसकेको छ । ‘चेन्नई एक्सप्रेस’ हिट भएपछि साहरुख खानको माग बलिउड र विज्ञापन बजारमा झनै बढेको छ । यसैले पनि एउटा कम्पनी साहरुखलाई यती महंगो मुल्य तिर्न तयार भएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments